बेनपा – १० वडा को पहिलो अध्यक्ष रिम प्रसाद रोका ज्यूले आज बाट आफ्नो कार्यभार सम्हाल्दै।

वाखेत अपडेट
 
बेनपा – १० वडा को पहिलो अध्यक्ष रिम प्रसाद रोका ज्यूले आज बाट आफ्नो कार्यभार सम्हाल्नु भएको छ।
 
पातलेखेतको ईतिहास मै पहिलो युवा अध्यक्ष बन्नु भएको छ। सफल कार्यकालको लागी बढाई & शुभकामना।
 
रिम प्रसाद रोका ब्रिटिश गोर्खा मेजर स्व. लाल ब. रोकाको माईला छोरा हुन भने ब्रिटिश गोर्खा क्याप्टेन किशोर रोका को भाई हुन।
 
समाज को बिभिन्न सस्थाहरुको सफल नेतृत्व सम्हाली सकेको लामो अनुभब छ। पात्लेखेत लाई नयाँ उचाईमा पुराउनु हुने छ भन्ने पुर्ण बिस्वास छ।
Image may contain: 1 person, sitting and indoor
Advertisements

म्याग्दी : स्थानिय निर्बाचन-२०७४( साभार बेनी अनलाईन)

स्थानिय चुनाब अपडेट ( साभार बेनी अनलाईन)

म‌ंगलबार बिहान १०:३० बजेसम्म १२ वडाकाे मत गणना सकिदा म्याग्दीकाे अवस्था ।

नेपाली काङ्गेसबाट बिजय भएका वडा अध्यक्षहरु
१- रघुग‌ंगा गाउपालिका-१, बेगखाेलामा बिल बहादुर फगामी ४१८
२- मालिका गाउपालिका १ निस्काेटमा टंक पुन ४५१
३- रघुग‌ंगा गाउपालिका-४, दग्नाम एकबहादुर गर्बुजा निरबिराेध निर्वाचित

नेकपा एमालेबाट बिजय भएका वडा अध्यक्षहरु
१- बेनपा-१, रत्नेचाैरमा टेकबहादुर रावल ६०३
२- बेनपा-२, ज्यामरुककाेटमा हिराबहादुर थापा ६३४
३- मंगलागाउपालिका १ कुहुँमा डेकबहादुर राम्जाली ९०८
४‍- अन्नपुर्ण गाउपालिका १ दाेवामा दिलिप कुमार गर्बुजा
५- अन्नपुर्ण गाउपालिका ३ दानामा नरसिं पुन ५०७
६- धाैलागिरी गाउपालिका २ लुलाङमा गमप्रसाद विक २९४
७‍- मालिका गाउपालिका २ रुममा नरबहादुर पुन
८‍- मालिका गाउपालिका ३ मा डाडा गाउमा हाेमबहादुर पुन

नेकपा माअाेबादी केन्द्रबाट बिजय भएका वडा अध्यक्षहरु
१- धाैलागिरी गाउपालिका १ गुर्जामा झकबहादुर छन्ट्याल २५४
२‍- अन्नपुर्ण गाउपालिका २ भूरुङमा अाेमप्रसाद फगामी २१३

बिस्तृत तल हेर्नुस

बिजय प्राप्त हरुको नतिजा
———————-
मङ्गला गाउपालिका वडा न २ बाबियाचौर नेकपा एमाले वडा अध्यक्ष धन बहादुर खाति को पुरै प्यानल बिजयी भयको छ ।
————————

धौलागिरी १ मा माओवादी केन्द्र बिजयी धौलागिरी गाउँपालीका १ गुर्जाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार निर्वाचित भएका छन् । माओवादी केन्द्रका झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ । सदस्यहरुमा माओवादी केन्द्रका तिन र एक जना राप्रपाका उमेद्वार बिजयी भएका छन् ।

माओवादी केन्द्रकी सिता कुमारी छन्त्यालले महिला सदस्यमा (२९८), दलित महिला सदस्यमा ज्ञानदेवी बिक(२५२), सदस्यमा तारामान बिक (२२९) र राप्रपाका सुकमाया छन्त्यालले २६६ मत ल्याएर बिजयी हुनुभएको निर्वाचीत हुनुभएको छ । गुर्जाबाट गाउँपालीकाको अध्यक्षमा एमालेकी थमसरा पुनलाई ७६, माओवादी केन्द्रका रिमप्रकाश थापालाई २३४, उपाध्यक्षमा काँग्रेसका डम्मर भण्डारीलाई १५४ र एमालेका रेशम छन्त्याललाई १६७ मत प्राप्त भएको छ ।
——————————————-
म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङमा नेकपा एमालेका उमेद्वार गमप्रसाद बिकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

सो वडाको महिला सदस्यमा यसअघिनै एमालेकी सुवादेवी पुर्जा निर्बीरोध हुनुभएको थियो । दलित महिला सदस्यमा एमालेका ललिसरा बिक र सदस्यमा एमालेका मोतिप्रसाद पाईजा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका प्रत्यासी जंगबहादुर विश्वकर्माले १३४ मत ल्याउनुभएको छ ।

९३६ जना मतदाता रहेको लुलाङमा ६०३ जनाले मतदान गरेका थिए । १ र २ नम्बर वडाको मत गणाना हुँदा धौलागिरी गाउँपालीका अध्यक्षमा माओवादी केन्द्रका रिमप्रकाश थापाले ४२८, एमालेकी थमसरा पुनले ३७४, उपाध्यक्षमा काँग्रेसका डम्मर भण्डारीले ३१२ र एमालेका रेशम छन्त्यालले ४१२ मत प्राप्त गर्नुभएको छ ।
———————————
धौलागिरी गाउँपालीका ३ मुनाको वडा अध्यक्षमा नेकपा एमालेका पुर्म पुनले ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन (४६४) र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाईली (४५९) मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुल्ला वडा सदस्यमा एमालेका खबहादुर बुढा (४७६) र देउदत्त मल्ले ४७४ मत प्राप्त गरी बिजयी हुनुभएको छ । धौलागिरी १, २ र ३ नम्बर वडाको मतगणना सकिदा अध्यक्षमा थमसरा पुनले ८७८, माओवादी केन्द्रको रिमप्रकाश थापाले ७१६, उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले ७७२ र काँग्रेसका डम्मर भण्डारीले ८६२ मत प्राप्त गर्नुभएको छ ।एक हजार ५९७ मतदाता रहेको मुनाबाट एक हजार ६१ मत खसेको थियो । धौलागिरी ४ मुदीको पनी मतगणना सुरु भएको छ ।
——————————–
बेगखोलाको अन्तिम नतिजा हेनुहोस्
म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगको वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गर्नुभएको पाखापानीबाट स्थानीय अमर माविका प्रअ युकुमार गर्बुजाले जानकारी दिनुभयो ।

महिला वडा सदस्यमा बिष्णुमती पुन (४२१), दलित महिला सदस्यमा गौमाया बिक (४२७), खुल्ला सदस्यमा तिलककुमार तिलीजा (४१९) र बलमान गौचन (४२३) मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

बेगबाट गाउँपालीकाको अध्यक्षका उमेद्वार काँग्रेसका भवबहादुर भण्डारीलाई ४२९, एमालेका खिमबहादुर शाहीलाई २५०, उपाध्यक्षमा काँग्रेसकी कमला तिलीजालाई ४१९ र माओवादी केन्द्रका हरि भण्डारीलाई २१७ मत प्राप्त भएको छ । दुई वटा मतदान केन्द्र र एक हजार ६३३ मतदाता रहेको बेगखोलामा ७३७ मत खसेको थियो ।

—————–
रघुगंगा गाउँपालिका -2 एमाले माओवादी प्यानल विजयी भएका छन् । बडा अध्यक्षमा रिम कटुवाल भारिमत अन्तरले विजयी भएका छन। कुल १७०६ मतमा रिम कटुवालले ९९४ र काग्रेसका नरसिङ खत्रीले ४४३ मत प्राप्त गरेको थिए । भने महिला सदस्य गोरी भण्डारीले ८८५, दलित सदस्य ७५६, खुल्ला सदस्यमा देवेन्द्र बहादुर कटुवाल ९७६, रविन भण्डारीले ८१६ मत प्राप्त गरेका थिए । त्यस्तै गाउपालिका प्रमुख काग्रेसका भवबहादुर भण्डारीले१२४६, खिम शाहीले ९१९ र उपप्रमुखमा कमला तिलिचा ८९८ र हरि भण्डारी १२१६ मत प्राप्त गरेका छन ।

—————-

मालीका गाउँपालीका–१ निस्कोट नेपाली काँग्रेस बिजयी
भर्खरै १ जेष्ठ २०७४, सोमबार 1 पटक पढिएको
95
SHARES
म्याग्दी १ जेठ । म्याग्दीको मालीका गाउँपालीका–१ निस्कोटको वडा अध्यक्षमा नेपाली काँग्रेसका टंक पुन बिजयी हुनुभएको छ । ४५१ मत प्राप्त गरी पुन वडा अध्यक्षमा निर्वा्चित हुनुभएको हो । यसैगरी वडाका सदस्यहरुमा पनी काँग्रेसकै उमेद्वारहरु बिजयी भएका छन् । महिला सदस्यमा मनरुपा पुनमगर (४५९), दलित महिला सदस्य मनकुमारी कामी (४५६), खुल्ला सदस्य दिलकुमारी पुन (४६०) र लोकबहादुर मल्लले (४५६) मत प्राप्त गरेर बिजयी हुनुभएको छ ।

दुई वटा मतदान केन्द्र रहेको निस्कोटमा एक हजार ३३७ मतदाता रहेकोमा ९०७ जनाले मतदान गरेका थिए ।

निस्कोटबाट गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकालाई ४५१, उपाध्यक्षमा काँग्रेसकै बिमला रोकालाई ४५३, एमालेका अध्यक्षका उमेद्वार बेगप्रसाद गर्बुजालाई २६७, उपाध्यक्षमा खरमाया बिटालुलाई २६७ मत प्राप्त भएको छ ।

माओवादी केन्द्रका गाउँपालीकाको अध्यक्षका उमेद्वार कमल केसीलाई १३८ र उपाध्यक्ष गौरी सेञ्चुरीले १४१ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्षमा एमालेका प्रत्यासी वुद्धीबहादुर पुनले २६४ र माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त

————————
मालीका गाउँपालीका ४ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलीप शेरचनले ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । शेरचनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधीलाल जैसीले १८३ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा माओवादी केन्द्रका मनरुपा घर्ती, सिता श्रीपाली, उदबिर रसाईली र काँग्रेसका याम बहादुर पुन निर्वाचित हुनुभएको छ । एक हजार ३३५ मतदाता रहेको ओखरबोटमा ८५२ मत खसेको थियो ।
————————-
मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली कांग्रेसकी वडा अध्यक्ष पिपला बुढा सहित प्यानल नै विजय भएको छ । म्याग्दी जिल्लाको हालसम्म एक मात्रै महिला वडा अध्यक्षमा उम्मेदवारी दिएको बुढा सामाजिक कार्यकर्ता समेत हुन् ।
——————
मालिका गाउँ पालिका वडा न . ६ दर्बाङ मा एमाले ले प्यानल हात पारेको छ !! वडा न ६ मा
नेपाली काङ्ग्रेस :- 458
एमाले अध्यक्ष :- 555
माओवादी अध्यक्ष :- 72
# मालिका पालिकामा जम्मा ::-
काङ्ग्रेस :- 2565
एमाले :- 2290
माओवादी :- 860
जनमोर्चा :- 17
स्वतन्त्र :- 2
————–

तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा बिष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र बिरबहादुर पौडेल (१९९¬) प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षका प्रत्यासी काँग्रेसका आत्मा तुलाचनले १०९ र एमालेका यामबहादुर फगामीले ७५ मत प्राप्त गर्नुभएको छ । दुई वटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा ८ मत बदर भएको थियो
—————

अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी
अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडाका अन्य ४ जना सदस्यमा पनि एमालेकै उमेद्वारहरु बिजयी भएका छन् । दोवाबाट एमालेका गाउँपालीका अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाईजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गर्नुभएको थियो । ८६३ जना मतदाता रहेको कैलाश मावि दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियो
—————- ।
अन्नपूर्ण गाउँपालीका ३ दानाको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । नेकपा एमालेका नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गर्नुभएको छ ।

महिला वडा सदस्यमा चोमाया पाईजा (५१२), दलित महिला सदस्यमा गंगा बिक (४२६), खुल्ला सदस्य कृष्णबहादुर पुर्जा (५०७) र हस्तबहादुर पुन (४३३) मत ल्याएर बिजयी हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालीकाको तिन वटाको मतगणना गर्दासम्म एमालेका अध्यक्षका उमेद्वार नारायण पुनले ९५०, काँग्रेसका डमबहादुर पुनले ७६७ र माओवादी केन्द्रका कुलबिर राम्जालीले २१४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाईजाले ९९२ र काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गर्नुभएको छ । एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए ।

—=–
काँग्रेसले खाता खोल्यो, प्रमुखमा एमालेलाई उछिन्यो
36 मिनेट अगाडि २ जेष्ठ २०७४, मंगलवार 76 पटक पढिएको
64
SHARES
अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । हिजोदेखि एमालेले निरन्तर अग्रता कायमै राख्दै आएको अन्नपूर्णको वडा नं ४ नारच्याङको मतगणना सम्पन्नपछि काँग्रेसले एमालेलाई पछि पारेको हो ।

निर्वाचन अधिकृतको कार्यालय पोखरेबगरले दिएको जानकारी अनुसार, पछिल्लो मत परिणाम अनुसार काँग्रेसका क्या. डमबहादुर पुनले १३४३ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिद्धन्द्धी नारायण पुनले १२४३ मत ल्याएका छन् । माओबादीका कुलबीर राम्जालीले २३० मत ल्याएका छन् । वडा नं ४ नारच्याङमा वडा अध्यक्ष सहित प्यानलै विजयी भएको छ ।

काँग्रेसका उम्मेद्वार चन्द्रप्रकाश फगामी ५८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी एमालेका ओमलाल पुनले २८६ मत प्राप्त गरे । महिला सदस्यमा पवित्रा खड्का ५७३, दलित महिला सदस्यमा सुकमायाँ विक ५५५, खुल्ला सदस्यहरुमा नेकबहादुर तिलिजा ५२६, रुद्र बहादुर तिलिजा ५२० मत ल्याएर विजयी भएका छन् । नारच्याङमा ९२४ मत खसेको थियो
————–
अन्नपुर्ण गाउँपालिकाको हिस्तानमा नेपाली कांग्रेसका गम बहादुर फगामी ३५९ विजय भएका छन् । खुल्ला सदस्यमा नेकपा एमालेका तर्फबाट खुल्ला सदस्यमा गम बहादुर फगामी ३५९ मत प्राप्त गरेर विजय भएपनि बाँकी सदस्यमा नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेको निकै प्रभाव मानिएको हिस्तानमा कांग्रेसको विजयलाई निकै महत्वपुर्ण तरिकाले हेरिएको छ
—————
अन्नपुर्ण गाउँपालिकाको शिखमा नेपाली कांग्रेसले प्यानल हात पारेको छ । मतदान केन्द्रबाट गोकुल बहादुर बरुवालले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका दिलिप कुमार तिलिजाले ५ सय४६ मत प्राप्त गरेका छन् । त्यसैगरी महिला सदस्यमा दिलु रन्जिता ६३६, दलित महिला सदस्य रामसुभा नेपाली ६३४, धन बहादुर पुन ६०३ र खुल्ला सदस्य राजेश तिलिजाले ६४५ प्राप्त गरेका छन् ।
———===

बेनी नगरपालिका–१ मा नेकपा एमालेको प्यानल विजय भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टेक बहादुर रावलले ६३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छविलाल श्रेष्ठले ४०९ मत प्राप्त गरेका छन्। त्यस्तै महिला वडा सदस्यमा गौरी थापामगर ६०८, दलित महिला सदस्यमा जमुना नेपाली ६५१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै खुल्ला सदस्यमा टेक बहादुर थापा ६२३ र तारा प्रसाद थापा ५९३ प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार राती ११ बजेबाट सुरू भएको मतगणनाको अन्तिम परिणाम अनुसार बेनी नगरपालिका प्रमुखमा नेकपा एमालेका प्रमोद श्रेष्ठले ७७८ र नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ४५८ मत प्राप्त गरेका छन् । बेनपा १ का वडा अध्यक्ष सामाजिक कार्यकर्ता तथा पूर्व भारतीय सेनाबाट अवकाश प्राप्त हुन्।

उनले वडाको हितका लागि आफुँले काम गर्ने बेनीअनलाइलाई प्रतिक्रिया दिएका छन् । त्यस्तै उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवाल क्षेत्री ७१६ र नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने३६५ मत प्राप्त गरेकी छन् । यसैविच बेनपा २ को मतगणना सुरु भएको छ । हालसम्म नेकपा एमालेले अन्नपुर्ण गाउँपालिकाको दोवामा विजय हात पारेको छ ।—–
—————-
बेनी नगरपालिका–२ को अध्यक्षमा हिरा बहादुर थापा विजय
लेखक Editor – May 16, 2017
फेसबुक मा शेयर Twitter मा tweet

बेनी नगरपालिकाको भर्खर सम्पन्न मत गणनामा वडा अध्यक्षमा नेकपा एमालेका हिरा बहादुर थापा विजय भएका छन् । थापाले ६३४ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्धन्द्धी प्रताप मल्लले ५९४ मत प्राप्त गरे । अन्य पदका सदस्यहरूको विवरण प्रकाशितको तयारी भइरहेको छ ।
यसैविच मेयरमा हरिकुमार श्रेष्ठले ११ ९४ र प्रमोद श्रेष्ठ १३९० मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा राप्रपाकी सञ्जु बरुवाल १२२७ र नेकपा माओवादी केन्द्रकी ज्योती लामिछानेले ८२९ मत प्राप्त गरेकी छन् ।
————–
बेनपा–३ भकिम्ली
वडा अध्यक्षमा स्वतन्त्र उमेद्वार पदम पुनले ५१८ मत ल्याएर निर्वाचित भए । वडा अध्यक्षमा नेपाली काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यमा स्वतन्त्रका रत्नबहादुर जिसी (४६१), एमालेका गेमबहादुर घर्तीमगर (४९५), महिला सदस्यमा एमालेकी मनकुमारी पुन (४६४), दलित महिला सदस्यमा हरिकला दमाई (४६०)ले मत ल्याएर बिजयी भए । दुई हजार २६० जना मतदाता र तिन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो ।
——————
Benapa 5 Pulachoura final

Parmukh uml 739

Nc 775

UpParmukh Rpp 561

Mao 464

Wada Adhakshya uml 699

Nc 679

Mao 148

Mahila sadasya uml 771

Nc 567

Mao 124

Dalit mahila sadasya

uml 733

Nc 170

Mao 170

Khulla sadasya 1)

uml 680 2). 688

Nc 1) 458 2) 503

Mao 1) 124 2) 170

Comments(0)
23:45 बेनी नगरपालिकाको पछिल्लो मत परिणाम
Benapa 6 Arthunge final

Parmukh uml 762(3965)

Nc 624 (3833)

UpParmukh Rpp 527 (3023)

Mao 564 (2743)

Wada Adhakshya uml 722

Nc 320 Mao 336

Mahila sadasya uml 685

Nc 477

Mao 220

Dalit mahila sadasya uml 759

Nc 397

Mao 217

Khulla sadasya 1) uml 705

2). 694

Nc 1) 477

2) 412

mao 1) 202

2) 243
—-
बेनी नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका राजेन्द्र कुमार श्रेष्ठ सहित प्यानल विजय

Comments(0)
04:03
बेनी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका कृष्ण बहादुर बानियाँ सहित प्यानल विजय

Comments(0)
04:02
बेनी नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेका लक्ष्मण बानियाँ सहित प्यानल विजय
© सर्बाधिकार सुरक्षित benionline.com.

भबिरास पाईजा ( तालामा माईलौ)

भबिरास पाईजा ( तालामा माईलौ)

गत बर्ष बिरामी हुनु भयो । बेनीमा एक हप्ता उपचार भयो तर निको भएन। फोक्सा र स्वासप्रस्वास को समस्या थियो सलाईन लगाउदा पेट र शरीर सुन्नियो र पोखरा मणिपालमा लगेर 1 हप्ता राखेर सन्चो हुनु भयो।

हामी उहाको घर र अगेनामा सबै भन्दा बढी चिया र खाजा खाएर हुर्केको पुस्ता उपचारमा लागेको खर्च अलि अलि गरेर सहयोग गरौ भनियो। उपचार पछि छबिलाल पुनले सल्लाह गरे अनुसार सहयोग हातमा दिन खोज्नु भयो।
उहाँको जबाफ सुनेर खुसी भयौ। यो पालीको बिमार सानो तिनो हो खर्च मेरै बचतले पुग्यो। अब म सन्चो भए त्यसैले सहयोगको जरुरी पर्दैन। यो भन्दा ठुलो बिमार परेछु भने मेरो नि मान्छेहरु रहेछौ। सायद अब म बिरामी हुदैन।

यहि बिश्वासले होला माईलौ यति ठूलो भारी बोक्न सक्ने गरि सन्चो हुनु भएछ । मानिसहरु भारी बोक्नु दुखको काम भन्छन। काम गरेर पसिना निस्काउनु सबै भन्दा उत्तम ब्यायाम हो।

Image may contain: 1 person, sky, outdoor and nature

कोटगाउँ को २०७३ दशै मेलाको बास्केट बल उपाधी वाखेतलाई

कोटगाउँ को २०७३ दशै मेलाको बास्केट बल उपाधी वाखेतलाई

खेल अपडेट

सनराईज युवा क्लब कोटगाउँ ले सन्चालन गरेको को २०७३ दशै मेला मा हिजो भएको बास्केटबल फाईनल खेल मा घारसुन्ना लालीगुराँस युवा कल्बले कोटगाउको आयोजक टिम लाई ३४ – ४६ अन्तरले जित हासिल गरि पहिलो स्थान कब्जा गरेको छ।

खेलाडी हरु सुमन पुन, सुजन पुन, नरजन पाईजा, अमृत पाईजा, बिरेन्द्र रोका, रामकृष्ण घताने, रमेश, टार्जन, भक्ति प्रसाद थापा र रबिन थापा छन।

रामकृष्ण घताने ले बेस्ट प्लेयर ट्रेफी जितेका छन।

बढाई छ सम्पुर्ण टिम लाई

स्रोत – अमृत पाईजा

दृष्टिविहिन विद्यार्थी धनमायाँ विकलाई घर निकाला

बेनी अनलाईन बाट साभार

दृष्टिविहिन विद्यार्थी धनमायाँ विकलाई घर निकाला

हरिकृष्ण गौतम
म्याग्दी झिँ–८ की धनमायाँ विक दृष्टिविहिन विद्यार्थी हुन् । दुईबर्षको उमेरमै आमा गुमाएकी विकले बाल्यकालमा धेरै समस्या झेल्नुप¥यो । जन्मदिने आमा गुमाएपछि बुवाले दोस्रो विवाह, अर्की आमाको ब्यवहार र परिवारका अन्य सदस्यको साहरामा कष्टकर जिवन विताएकी विकले पिप्ले गाविसमा अवस्थित ज्ञानोदय माविबाट एसएलसी दिएपनि परिवारको असहयोगले उच्च शिक्षाका लागि बावियाचौर स्थित प्रेम किसानको घरमा बसेर मंगला शिक्षा क्याम्पसमा अध्ययरत छिन् ।

14012079_1005747206212780_1975158280_n (1)घरबाट निकाला गरेपछि विकको विचल्ली भएको छ । जन्मदिने बुवा र कान्छी आमाले मानसिक तनाव दिएपछि बाध्य भएर मामा घरमा पुगेकी विकले साङ्ग विद्यार्थीसंगै बसेर आफ्नो भविस्य बनाउने प्रयास गरिरहेकी छन् । ‘परिवारले असहयोग गरेपनि अर्काको घरमा बसेकी छन् । उनलाई सहयोगी हातको आवश्यकता छ’मंगला शिक्षा क्याम्पसका प्राचार्य गम बहादु्र खत्रीले बेनीअनलाइनलाई भने । पढाईमा अब्वल रहेकी विकलाई सहज वातावरण नहुदाँ पठनपाठनमा समेत समस्या भइरहेको छ ।

‘बे्रललिपीको सहयोगमा पढ्नुपर्ने भएपनि आर्थिक अभावमा कितावै लगेर जानुपर्छ । धेरै समस्या छ तर पनि प्रयास गरिरहेको छु’ विकले भनिन् । उनले बे्रललिपीमा लिपिबद्ध भएका पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रम सहयोग गर्न समेत अनुरोध गरिन् । आँखा नजिक लगेर पढ्नुपर्छ, अस्पष्ट हुदाँ विद्यार्थीले अपक्षा गरेअनुसारको नतिजा ल्याउन सकेका छैनन्’ विकले भनिन् । ‘परिवार र आँखाले साथ दिएन । मेरो जस्तो दुख कसैको छैन होला’ उनले भनिन्। केही समय मामाको घरमा बसेपनि उनलाई त्यहाँ समेत असहयोग भएपछि अलपत्र परेकी थिईन् । विकलाई झिँ गाविसले दलित र अपाङ भत्ता दिएपनि विकका बुवा डम्बर बहादुर विकले आफै राख्ने गरेको गाविस सचिव तेजकुमारी थापाको भनाई छ ।

‘गाविसले दिएको पैसा समेत परिवारले लुकाउन थालेपछि मैले अहिले उनकै हातका हालिदिएको छु ।परिवारबाट पुर्ण असहयोग छ’ उनले भनिन् । विकलाई सहयोग जुटाउन अपाङ संघ म्याग्दीले समेत पहल गरेको छ । संघका सचिव सुरेन्द्र केसीले संघमार्फत ५ हजार सहयोग गरिएपनि अझै सहयोगको आवश्यकता रहेको बताए । ‘घर निकाला गरिएपछि विचल्लीमा परेकी छन् । सानो सानो सहयोगले उनको जीवनमा परिवर्तन आउनेछ’ उनले भने । परिवार र आफन्तले असहयोग गरेपछि विक विचल्लीमा परेकी छन् ।

थप जानकारीका लागि बेनीअनलाइन ९८५७६२४१४९, मंगला शिक्षा क्याम्पस प्राचार्य गम बहादुर खत्री ९८०५१३४०८३,केशव कँडेल ९८०५२४१०९८

बिद्योदय निमाबि – वाखेत म्याग्दी ले आज आफ्नो ३ कोठे भवन ढलान गर्दैछ।

बिद्योदय निमाबि – वाखेत म्याग्दी ले आज आफ्नो ३ कोठे पक्की भवन ढलान गर्दैछ।

जिल्ला शिक्षा कार्यलयको १९ लाख ५० हजार को आयोजना मा भवन बनिरहेको छ। सो भवन भएको जग्गा रिम प्रसाद रोका परिवारले आज भन्दा ४-५ बर्ष पहिले स्कुललाई दान मा दिनु भएको हो।

भवनको ठेक्का वाखेतका जानेमाने ठेक्दार झमलाल थापा र कमल पुन ले लिएका छन।

भवन निर्णाणको फोटोहरु तलबाट माथी हेर्दै आउनु होला

फोटो क्रेडिट – गुन पुर्जा, मनबीर किसान, रिम रोका, बिकास पुन