बिद्योदय निमाबि को टोड्केमा बनभोज र हाउस समुह बिच दौड

बिद्योदय निमाबि को टोड्केमा बनभोज र हाउस समुह बिच दौड

हिजो शनिबार को दिन पारेर कक्षा ८ का बिद्यार्थि र बिद्यालय स्टाफको सौजन्यमा  कुहुँ- झि- पात्लेखेतको सिमाना मा पर्ने टोड्के डाँडा मा बनभोज कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम मा हाउस स्तरिय दौड प्रतियोगिता पनि भएको छ। किराखोर बाट – टोडके एनसेल टावर डाँडा सम्म भएको दौडमा छात्रा तर्फ हरियो सदन का करिना पुन र छात्र तर्फ पहेलो सदनका तिका राम्जाली विजयी भएका छन।

This slideshow requires JavaScript.

 

Advertisements

Exe. Generation-सरो सहकार्य वाखेत को अध्यक्षमा रिम प्रसाद रोका सर्वसम्मतले चयन हुनु भएको छ।

Exe. Generation-सरो सहकार्य वाखेत को अध्यक्षमा रिम प्रसाद रोका सर्वसम्मतले चयन हुनु भएको छ।

Exe.Generation-सरो सहकारी वाखेत का  अध्यक्ष रिम प्रसाद रोका

Exe.Generation-सरो सहकारी वाखेत का अध्यक्ष रिम प्रसाद रोका

हिजो बसेको Exe. Generation-सरो सहकार्य को दोस्रो बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।संस्थाको अध्यक्षमा रिम प्रसाद रोका, संरक्षकमा राम पाईजा ,सल्लाहकार समिति संयोजक लोक बहादुर पुन,र लेखा समिति संयोजकमा मस्विर रोकालाई चयन गरिएको छ

२ बर्षको कार्यकाल पुरा गर्नु भएका निबर्तमान अध्यक्ष लोक ब. पुन लाई सफल कार्यकाल को धन्यबाद र नब-नियुक्त अध्यक्ष रिम प्रसाद रोका ज्युले सरो-सहकार्यलाई सफलताको नयाँ उचाईमा पुराउनु हुने छ। उहाँ को सफल कार्यकाल को लागी सुभकामना।

1551477_1525110464403688_959555107097043418_n

सरो सहकार्यमा अहिले १२७ जना शेयर सहकार्य सदस्य छन। सरोको अर्थ नै बराबर लगानी बराबर मुनाफा र बराबर ब्ययभार हो।

भर्खरै आफ्नो कार्यकाल पुरा गर्नु भएका सरो-सहकार्य वाखेतका  निबर्तमान अध्यक्ष लोक ब. पुन

भर्खरै आफ्नो कार्यकाल पुरा गर्नु भएका सरो-सहकार्य वाखेतका निबर्तमान अध्यक्ष लोक ब. पुन

सरो-सहकार्यको बिधान अनुसार अध्यक्षको पदाअबधि २ बर्षको छ । सफल नेतृत्वको लागि लोक ब. पुनलाई तथा सम्पुर्ण ब्यबस्थापन टिम लाई धन्यबाद।

सरो-सहकार्य हाम्रै जिजु बराजुले सुरु गरेका सर्वमान्य पुरानो चलन सरो बाट प्रेरित छ। सरो ले दाजु भाई भित्र कुनै (बिबहा) कार्य सम्पन्न गर्नु पर्दा बराबर खर्च उठाउने जुन परम्परागत चलन छ त्यहि चलन लाई परम्परा चलाउनु र भाई खलक मा सिमित नराखेर सिङगो गाउँ र सबै सामुदायको आर्थिक समस्याहरु सामधान गर्न र आर्थिकरुपले आत्मनिर्भर बन्नको लागी सामुदाय बाट भएको कोशिस र एकताको प्रायस नै सरो-सहकार्य वाखेत हो। यस्को लक्ष्य भबिष्यमा आफ्नै गाउँ को सहकारी, र बैक बनाउनु हो। हामी प्राराम्भिक तहमा छौ। जस्ले आफु भित्रको आर्थिक समस्या, सामधान र ब्यस्थापनको अनुभवहरु लिदैछौ। हरेक गाउँलाई यस्तै प्रतिस्पर्धामा लागे भने सबै गाउँ अार्थिक रुपमा आत्मनिर्भर हुनेछन।

यस्ले समुह भित्र हरेक महिनाको पहिलो दिन सरो-सदस्य बाट समान १ हजार रुपैया जम्मा गर्दछ र आफ्नै समुह भित्र आवश्यक परेकोलाई लगानी गर्दछ। २ बर्ष सम्म निशुल्क स्वयम- ब्यबस्थापन भएको ले सँस्थाको नाफा ८ लाख नाघि सकेको छ। exe.Generation ( Executive Generation ) लाई हामीले स्व-स्फुर्त ब्यबस्थापक पुस्ता भनेका छौ। २ बर्ष सम्म यहि अबधारणाले सन्चालन भएको छ। नबनियुक्त अध्यक्ष रिम प्रसाद रोका ज्यु ले यस्लाई अझै नयाँ ढँगले ब्यबस्थित गरेर लैजानु हुनेछ। २ बर्ष सम्म सँस्थामा सकृयरुपमा रहनु भएको ले संस्थाको ब्यबहारिक कठिनाईहरुको बारे मा उहाँलाई पुर्ण जानकारी छ त्यसैले पनि सँस्था अझै सफल रुपमा अगाडि बढ्छ भन्ने पुर्ण बिश्वास साथ नयाँ कार्यसमितिले सर्वसम्मत उहाँ लाई चयन गरेको छ।

म्याग्दी जेसिज कप कस्ले कहिले जिते ( सन २००१-२०१४)

म्याग्दी जेसिज कप कस्ले कहिले जिते ( सन २००१-२०१४)

 

२००१ बेनी आवासीय मावि

२००२ मा प्रकाश उच्च मावि

२००४ मा प्रकाश उच्च मावि,

२००५ मा प्रकाश उच्च मावि

२००६ मा बेनी आवासीय मावि

२००७ मा बेनी आवासीय मावि

२००८मा बेनी आवासीय मावि

२००९ मा प्रकाश उच्च मावि

२०१० मा प्रकाश उच्च मावि

२०११ म न्यू बेष्ट प्वाइन्ट आवासीय उच्च मावि

२०१२ मा माउण्ट एभरेष्ट उच्च मावि

२०१३ मा बेनी आवासीय मावि

२०१४ मा माउण्ट एभरेष्ट उच्च मावि

गत बर्ष प्रकाश उच्च माबिले धाँधली भएको भएको भन्ने गुनासो गरेको थियो भने यो बर्ष पनि जेसिज कप अछुटो रहेन। हेम उच्च मावि ले गैह्र खेलाडी खेलाएको भन्ने स्क्याण्डल भयो र खेल बाट बन्चित भयो।

ओफी किन लोप हुने अबस्थामा पुगे?

 

जमानाको कुरा

सम्झनाको स्पर्शहरुः ओफी किन लोप हुने अबस्थामा पुगे?

(आजको बल्ग ओफीहरु किन लोप भएर गए। पुरानो समायमा यस्को उपयोगिता र लोप हुनु का कारण हरु बारे आज को सम्झनाको स्पर्शहरु समेटिएको छ।)

 

ओफी के हो ?

लोपउन्मुख अबस्थामा पुगेको पहाडी ईलाका को एउटा बृक्षको नाम ओफी हो। ओफी एक किसिम को फल लाग्ने जँगली रुख हो। यस्को भित्रको फल (नट) बाट बनाईएका तेलहरु छाल जन्य रोग को उपचारको लागी प्रयोग गरिन्थे। शिरो (शिरु) को नफक्रेको फूल लाई बाटी को रुपमा प्रयोग गरेर उज्यालो को लागी दियो बाल्न प्रयोग गरिन्थे। बजार मा काँच र ढलोट का गुच्चाहरु बन्नु भन्दा पहिले केटा केटी गुच्चाको रुपमा पनि ओफी कै दाना प्रयोग गर्दथे।

ओफी किन लोप अबस्थामा पुगे?

जब मानिसहरु शिकार युग बाट खेतीपाती को युगमा प्रबेश गरे त्यति बेला बाटै ओफीहरु मानब अतिक्रमण मा परे। यस्को घाँस र दाना भेडा बाख्राले बढि मनपराउने हुनाले हाँगाहरु बर्सेनी झार्ने (कात्ने) र भेडा बाख्रालाई खुवाउने गरिन थाले। खुल्ला चरण भएको कारण छिप्पिएका फल हरु तल झरे पछि चौपाया ले खाएर सक्ने हुनाले नयाँ बोट उम्रन सकेन। फेरि ओफीका फल बाट तेल बनाउन सुरु भए पछि त झन ओफीको संकलन कार्य पनि तिब्र भयो। ओफी का तेल हरु खास गरेर लुटो, घाउँ खटिराको औषघीको रुपमा प्रयोग हुन्थे। कुर्कच्चा फुटेका, ओठ फुटेका, छाला फुस्रो हुने मानिसहरुले पनि लोसन को रुपमा प्रयोग गर्दथे।

ओफी लोप हुनु को अर्को कारण गोठलाहरुले गोठमा आगो बचाई राख्नलाई पनि यिनै ओफीका मुढाहरु उपयुक्त मानिनु नै बुढो रुखहरु मासिनु को अर्को कारण बने। आगोका लगी ओफीका रुख नै किन उपयुक्त मानिए? यस्का दुई कारण थिए। एउटा आधामसो (आधा हिस्सा सुके जस्ता) हुन्थे पुरानो रुखहरु जस्ले आगो सल्कनु सजिलो तथा आधा काँचो हुनाले छिटो जलेर नसकिने खालका हुन्थे। अर्को अरु रुखहरुको जस्तो सोझो लामो रेसा(फाईबर) नभई कणदार फाईबर हुनु अर्को कारण हो। सोझो लामो रेसा भएका मुढाहरु मा आगो छिटो जलेर सकिन्थे। जसरी फलाम एक छेउबाट तापक्रम दिने हो भने अर्को छेउ सम्म नै तातिन्छ या जुन प्रकारले फलाम मा तापको सम्बाहन हुन्छ त्यहि प्रकारको आगोको सल्काई ओफीका रुखहरुमा हुन्थे। त्यसैले नै ओफीका मुढाहरु आगो जोहो राख्नको लागी गोठहरुमा प्रयोग गरिने उपयुक्त मुढा बने र मानब अतिक्रमण मा परेर लोप हुने अबस्थामा पुगे।

मट्टिटेल, सलाई, लाईटर को प्रयोग हुनु भन्दा पहिले सबै भन्दा महत्वपुर्ण मानिसका लागी आगोको जोहो नै थियो। गोठमा ठुलो मुढाहरुमा आगो जोगाईन्थे भने घरहरुमा अलि मोटो दाउरालाई अगुटोको रुपमा आगोको फिलिङगोमा घुसाएर खरानीले पुरिन्थे। फिलिङगोहरुले दाउरामा आगो बिस्तारै लाग्दथे र बिहान सम्म आगो रहन्थे। त्यस्तै गरि दिन मा पनि त्यसरी नै आगोको जोगो गरिन्थे।

आगोले धेरै चलनहरु बसाएका छन समाजमा छिमेक बिचको मित्रता पनि आगोले नै कायम गरेको थियो। आगो मर्दा आगो लिन पाईन्न भनेर नै त्यो बेला का मानिसहरु छिमेकी सँग झगडा गर्दैनथे। घातक बार, बार्ने बार जस्ता चलन हरु मात्रै होईन अचेल को सप्ताह अन्त को सुरुवाट पनि आगो कै कारणले बनेका थिए नेपाली गाउँ समाजहरुमा।  घातक बार र बार्ने बार का एउटै घारणा थिएनन। कतिले आफुलाई अफाप लाग्ने बार, जुन बार मा चोटपटक बढि लाग्छ। अमुल्य समानहरु हराउछ त्यो बार लाई बार्ने बार को रुपमा मान्दथे। भने कतिपयले आफु जन्मेको बारको तेस्रो दिन लाई घातक बार मान्दथे। कतिले भने आईतबार, मंगलबार र सनिबारलाई घातक बार मान्दथे।

 

गोठलाहरु आगो बलेको ठाउँमा बाघ, भालु र जँगली जनवारले आक्रमण गर्दैन भनेर नै राती भरि आगो बाल्दथे। कतिपय अबस्थामा आक्रमण गर्न आउने र गोठ बरिपरि आएर कराउने जँगली जनवारलाई लखेट्न पनि यिनै आगोहरु नै पहिलो बिकल्प हुन्थे।

बिश्वासको आधारमा बसेका चलन हरु हुनाले यि चलनहरु टोड्न मानिसलाई कानुन टोड्न जतिकै बैमानी गरिएको मानिन्थे। बार्ने बारको दिन आगो नदिने, मंगलबार को दिन पिडालु बारीमा नपस्ने। घाम दुबे पछि ओखर फोडेर नखाने। रातीमा ऐना नहेर्ने। ओखर र पाङग्रोको काठहरु एउटै घरमा प्रयोग नगर्ने। ऐजेरु पलाएका रुखका दाउरा नबाल्ने। अरु त अरु आईतबार र मंगलबार लाई महिलाले नुहाउनु नहुने बार को रुपमा पनि मान्यता राख्दथे।

 

ओफीलाई घाँस, आगो राख्ने मुढा, औषधी, खेलौना (गुच्चा), सिटी (फिर्फिरी) को रुपमा प्रयोग गरेको ले नै यिनिहरु को नयाँ बोटहरु हुर्कने मौका पाएनन। ओफी को गेडालाई सानो प्वाँल बनाएर भित्रको नट झिके पछि बन्ने खोक्रो प्वाँल मा सानो ढुँगा या केराउको गेडा हालेर भित्र मुखले सास फुक्दा सिटि को आवाज निस्कन्थे जस्लाई फिर्फिरे भन्थे।    बुढो रुखहरु मुढाको रुपमा प्रयोग भए पछि प्रकृतिले एउटै मा अनेक उपयोगी गुण दिएर पठाएको अमुल्य प्रजातिको रुख ओफी लोप हुन पुगे। दारको रुपमा भने ओफी बलियो काठ होईन।

 

(ओफीलाई ठाउँ बिशेष फरक फरक नामले चिनिन्छ)

 

जमानाको कुरा भित्र बाट

सम्झनाको स्पर्शहरुः ओफी किन लोप हुने अबस्थामा पुगे?)

स्यानु पाईजा

पात्लेखेत- ७ वाखेत, म्याग्दी

युवा क्लबको सकृयतामा बाटो मर्मत & नर्सरी बेड तैयार गरिदैछ

 

घारशुन्ना लालीगुराँस युवा कल्व वाखेत, म्याग्दी को सकृयतामा सिलढुँगा देखी अनजे बराहथान सम्म को मोटर बाटो मर्मत कार्य भै रहेको छ।

फोटो बिबरण

544937_855043644540387_4679841110499036938_n 1979740_854989057879179_2847539325663654383_n

पहिलो बाटो मर्मत गर्दै जादै, दोस्रो बराहथान मा नर्सरी निर्माणको बेड निर्माण गरिदै।

Source: गुनु पुर्जा

जलबायु अनुकुलित गाउँ योजनाको दश लाखको परियोजना वाखेतमा – कुन कुन काम हुदैछन अधिल्लो पोस्टमा हेर्नु होला।

परियोजनाले गर्ने काम हरु हेर्न (यहा क्लिक गर्नुहोस)

बराह पँग्रेनी सामुदायिक बनको भुईघाँस कात्ने फोट खुल्यो।

वाखेत अपडेट

भुईघाँस कात्ने फोट खुल्यो।

बराह पँग्रेनी सामुदायिक बन को आज भुई घाँस काट्न खुल्ला गरिएको छ। घर को एक जनाले कात्न पाउने ब्यबस्था गरिएको छ।