ठाडो बाँझोमा भवन बनाउदै भुमेथान आमासमुह- बडानं-९

ठाडो बाँझोमा भवन बनाउदै भुमेथान आमासमुह- बडानं-९

 

बडानं -९ का आमा समुहले ठाडो बाँझो मा आमासमुह भवन तथा किरिया गर्ने भवन निर्माण गर्न थालेका छन। 
स्थान चाहि – प्रेम माया पाईजा राम्जाली को धनसार नजिक

आमा समुह को भवन बन्दै फोटो स्रोत- गुन पुर्जा, वाखेत म्याग्दी

आमा समुह को भवन बन्दै
फोटो स्रोत- गुन पुर्जा, वाखेत म्याग्दी

खवर स्रोत- मिन कुमारी रोका

Advertisements

विद्योदय निमावीमा सम्मान तथा अन्र्तरक्रिया कार्यक्रम

म्याग्दीको पाप्लेखेत गाविस–८ स्थित वाखेतमा रहेको विद्योदय निमावीमा बुधबार अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको भौतिक पुर्वाधार, शैक्षिक उपलब्धी लगाएत भावि योजनाका बारेमा छलफलका साथै आर्थिक सहयोग उपलब्ध गराउनेलाई सम्मान समेत गरिएको थियो ।
1507593_476016425863513_7061854408380810272_n
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुन, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक लगाएतको सहभागिता रहेको कार्यक्रममा विद्यालयको भौतिक पुर्वाधार विस्तारमा स्थानियको महत्वपुर्ण भुमिका रहेको बताएका थिए ।

सोही अवसरमा विद्यालयको चिनो कोषमा १ लाख १ हजार १ सय, आमा समुहलाई १० हजार, पुख्यौली समुह १० हजार आर्थिक सहयोग गर्ने बेलायती सेनाका क्याप्टेन किशोर रोका र कम्प्यूटर साक्षारता अभियानमा ५० हजार सहयोग गर्ने निशा रोकालाई सम्मान समेत गरिएको थियो ।
1069340_476018115863344_3431846420668684226_n
त्यस्तै लाहुरे स्वागत कार्यक्रम अन्र्तरगत वाखेतका लेकबहादुर किसान र बेलबहादुर किसानले समेत दुईदुई हजार सहयोग गर्नुभएको विद्यालयका प्रअ मनविर किसानले बेनीअनलाइनलाई बताए । ‘विद्यालय यो अवस्थामा आइपुग्नुमा स्थानियको ठुलो सहयोग छ’ । हामी विद्यालयलाई जिल्लाकै नमुना बनाउने प्रयासमा छौ’ उनले भने । चिनो कोषमा हालसम्म १६ लाख ५ सय १५ रुपैयाँ रहेको छ । हरिकृष्ण गौतम

क्याप्टेन किशोर रोका वाखेत मा

क्याप्टेन किशोर रोका वाखेत मा

भोली बिध्यालय ब्यबस्थापन समिति, कल्व लगायत सम्पुर्ण वाखेत बासी ले वाखेतको पहिलो क्यापटेन तथा भूपू बिद्योदय निमाबि बिध्यार्थी , भूपू शिक्षक लाई कार्यक्रम बिच सम्मान तथा बिचार आदान प्रदान कार्यक्रम राखेको हुदा। सम्पु्र्ण वाखेत बासी हरुले कार्यक्रम मा भाग लिएर शोभा बढाई दिनु होला।

त्यस्तै आज घोप्टे खोला खाने पानी योजना बैठक अनजे मा बसेको जनाकारी पनि आएको छ। घोप्टेखोला खानेपानी योजना पाखापानी- झिं हुदै अर्थुंंङ्गे गाबिस को लागी महत्वकाँक्षी योजना हो।

क्याप्टेन किशोर रोका दम्पति वाखेतमा

क्याप्टेन किशोर रोका दम्पति वाखेतमा

बिद्योदय निमाबि वाखेत, म्याग्दीले एउटा अन्तर्क्रिया कार्यक्रम राख्यो। जस्का अतिथि हुनु हुन्थ्यो सो बिद्यालयका भूपू बिद्यार्थी, अनि भूपू  शिक्षक किशोर रोका र उहाँ को साथमा उहाँको श्रीमती निशा रोका। बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, अनि समाज का बिभिन्न ब्यक्तिहरु बिच भएको अन्तर्क्रिया कार्यक्रममा किशोर रोका ज्युले को बाट बिद्योदय स्तर उन्नती कोष को लागी १ लाख १ हजार १ सय रुपैया सहयोग गर्नु भयो र निशा रोका बाट कम्प्युटर साक्षरता अभियान. २०७१ लाई ५० हजार रुपैया सहयोग प्रदान गर्नु भयो। उक्त दिनमा उहाँले पुर्ख्यौली समुह- वाखेत लाई पनि १० हजार रुपैया भूमे थान आमा समुह- वाखेत लाई १० हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ।

बिद्योदय निमाबि वाखेत ले स्तरउन्नती गर्दा उहाँ को परिवारले बाबा ब्रिटिश गोर्खा मेजर स्व. लाल ब. रोका को नाममा जग्गा दान गर्नु भएको छ।   ब्रिटिश गोर्खा मेजर स्व. लाल ब. रोका को छोरा क्याप्टेन किशोर रोका वाखेतको ईतिहास मै बेलायती सेनामा क्याप्टेन पद मा पुग्ने पहिलो ब्यक्ति हुनु हुन्छ। उक्त दिनमा उहाँले पुर्ख्यौली समुह- वाखेत लाई पनि

किशोर रोका परिवार सँग वाखेत ले बिताएको पलहरुको सम्झना मा वाखेत डायरीले फोटोहरु यसरी सँग्रह गरेको छ

This slideshow requires JavaScript.

(क्याप्टेन किशोर रोका दम्पति वाखेतमा- फोटो संग्रह)

धेरै धेरै धन्यबाद। किशोर सर लाई हामीलाई बिद्योदय प्राबि मा छदा १-३ सम्म पढाउनु भएको हो उहाँले। शालिन, मेहनती युवा को रुपमा गाउँ मा चिनिनु हुन्थ्यो बिद्यार्थी माझ कुसल शिक्षक। बिचमा उहाँ उच्च शिक्षा को लागी पोखरा जानु भयो बिढाई कार्यक्रम मा त्यो बेला सबै बिद्यार्थी रोएका थिए। पोखरा अध्यान कै क्रममा ब्रितिश आर्मीमा क्लर्क को रुपमा भर्ति हुनु भयो र अहिले क्याप्टेन भै सक्नु भएको छ। उहाँ को सफलताको लागी बढाई र वाखेत होनहार छोरा क्याप्टेन किशोर रोका हाम्रो गौरब हो।

 

 

धन रोका बैबाहिक जीवन मा प्रबेश

धन रोका बैबाहिक जीवन मा प्रबेश

Mero Wakhet Wall member Dhan roka बैबाहिक जिवन शुरु गर्नु भएको छ।

धन रोका बडा नं ६ निबासी हिरा ब. रोका को कान्छा छोरा (जम्दारनीको नाती) हुन। बिबहा पाखापानी बाट भएको छ। नयाँ दम्पतीलाई मेरो वाखेत गाउँ समुह को तर्फ बाट शुभकामना।

आज तेस्रो दिन ठेकी बुझाउनु को लागी कुटुम्व लाल ब. राम्जाली (पबिता को बाबा) र भाई खलक को तर्फ बाट मसबीर रोका र मोतीलाल रोका आज पाखापानी पुग्नु भएको छ।

स्रोत- दिर्ध रोका

नयाँ बर्ष २०७१ को शुभकामना

नयाँ बर्ष २०७१ को शुभकामना

नयाँ बर्ष २०७१ ले यस्तै सफलता खेलकुद, शैक्षिक,आर्थिक, भौतिक, ब्यबसायिक र सामाजिक बिकास मा पनि सफलता मिलोस सबैलाई यहि शुभकामना।

वाखेत डायरी को फ्लास ब्याक मा – २०७० ( वाखेत डायरीमा हामीले के पोस्ट गर्यौ?)


२०७० को लगन

Posted on September 3, 2013 ( १८ भदौ २०७०)
अर्जुन रोका को बिबहा पाखानी बाट

अर्जुन रोका डाबिले को रामु (लाहुरे) रोका को छोरा हुन । पाखापानी बाट बिबहा भएको हो ।

स्रोत: यु पुन / प्रेम रोका वाखेत
Posted on May 23, 2013 (९ जेष्ठ २०७०)
किशान बुढाथोकी बैबाहिक बन्धन मा बाधिनु भयो।
छहराबोट रेशम बुढाथोकी को भाई ( स्व। पदम ब. बुढाथोकी) को छोरा किशान बुढाथोकी बैबाहिक बन्धन मा बाधिनु भएको खबर छ। नयाँ जोडीलाई हार्दिक बढाई छ। वाखेत वाल को तर्फ देखी।
स्रोत- यु कुमार रोका
Posted in 1.वाखेत डायरी, शुभबिबहा/ भोज | Leave a replyEdit
Posted on May 19, 2013 (०५ जेष्ठ २०७०)
शोभा पुन (९) अनजे को दग्नाम बिबहा भयो। कर्ण ब. पुन को कान्छी छोरी हुन शोभा पुन।
स्रोत -कुमार थजाली झी
Posted on May 14, 2013 (बैशाख ३१ गते २०७०)
कपिन पाईजा को मगनी भयो। देबिस्थान बाट
मँगल पाईजा को भाई (टेक ब. पाईजा को छोरा) कपिन माईला हो ।
————————————————————————————————-

२०७० को जन्म

Posted on March 11, 2014
हरि बुढाथोकी & याम कुमारी लाई पुत्रलाभ
स्रोत- बल ब. रोका
Posted on August 7, 2013

बिपिन पुन को छोरी जन्मियो
वाखेत वडानं ६ निवासी नरमती पुन र बल ब. पुन को कान्छा छोरा र कमल पुन को भाई बिपिन पुनको आज छोरी जन्मिएको छ।
स्रोत- बल रोका (बहराईन)

Posted on April 6, 2013 (२४ चैत्र, २०६९)
बल ब. बिक लाई पुत्र लाभ
पात्लेखेत, गाबिस, वाखेत-६ आरानटोल का भक्ती प्र. बि.क. का कान्छा छोरा लाई पुत्र लाभ भयो। बल ब. र नर माया को सन्तान यहि २४ गते चैत्र मा जन्मिएको हो।
स्रोत- मन ब. सुनार
Posted on February 12, 2013
खेम रोका लाई पुत्र लाभ
खिम रोका भक्ति भिम ब. रोका का छोरा हुन। उहाँ ले स्वाता बाट बिबहा गरेका हुन।
Posted on February 3, 2013

चक्र रोका लाई पुत्र लाभ
चक्र रोका (Milan Roka) तल्लो टोल हर्क ब. रोका को जेठो छोरा हुनु हुन्छ।
Source News: Ernesh Magar Myagdi, Qatarपूर्ण राम्जाली र सुष्मा राम्जाली परिवार लाई पहिलो सन्तान छोरा
Posted on January 28, 2013
Jan 28, 2013 ( माघ १५, २०६९)
“गौरब राम्जाली”
पूर्ण राम्जाली र सुष्मा राम्जाली को छोरा को नाम हो ।
————————————————————————————————-
२०७० मा हामीले गुमाएका आफन्तहरु (मृत्यु)

Posted on January 8, 2014
वाखेत अपडेट
हिजो ईन्द्र थापा लाई गुमायौ
जलेश्वर निर मोटरबाईक दुर्धटना हुदा बेनी अस्पतालमा ले पोखरा लैजाने रेफर गरे पछि लैजाने क्रम मा बाटो मै मृत्यु भयो। ईन्द्र थापा पात्लेखेत- ७ वाखेत स्थायी घर भै काठमाडौ गँगबुमा बसोबास गर्नु हुन्थ्यो
केहि खबर यस्ता हुन्छन सुनेर पनि लेख्न सकिदैन। यो खबर यस्तै भयो लेख्न पनि सकिएन। यो खबर गलत होस भन्ने मन मा लागि रहयो।

Posted on December 7, 2013
घारसुन्ना लालीगुराँस युवा कल्व वाखेतका अध्यक्ष याम रोकालाई मातृशोक
Mero Wakhet Gaun Member Season Roka को ममतामयी आमा तथा वाखेत को एउटा सक्रिय सदस्य लालमाया रोका लाई आज हामीले गुमाएका छौ। उहाँ कार्तिक को चौथो हप्ता देखी पोखरा अस्पताल मा उपचाररत हुनु हुन्थ्यो। Season Roka घारसुन्ना लालीगुराँस युवा कल्व को अध्यक्ष हुनु हुन्छ। उहाँ को मृत्युको खवर वाखेत वाल मा लेख्नु पर्दा धेरै दुख लागेको छ।
स्रोत-
Yu Poon , Wakhet Myagdi
गम ब. पुन (८३) – निधन (अस्तायो एउटा जिवित ईतिहासको सुर्य)
Posted on May 17, 2013

गम ब. पुन (८३) – निधन (अस्तायो एउटा जिवित ईतिहासको सुर्य)
शेर ब. पुन अनि छबिलाल पुन को बाबा गम ब. पुन को निधन। पुन परिवार लाई पितृ्शोक।
वाखेत ले एक सदस्य गुमाएको छ। उहाँको आत्मा को शान्ती को लागी प्रार्थना गरौ। आज चौथो दिन हो।गम ब. पुन (८३) बर्ष पुग्नु भएको थियो। उहाँ को जेठा छोरा घर मै ब्यसायी हुनु हुन्छ भने कान्छा छोरा कन्गो मा कार्यरत हुनु हुन्छ। परिवारिक खवर भएको ले ढिलो मात्रै सार्वजानिक गरिएको छ।
Posted on February 9, 2013
धनमाया बजै को निधन
धनमायाको बजै (झेप्ले दाई को आमा) को आज बिहान निधन भयो। आत्माको शान्तीको लागी प्रार्थाना छ। पाईजा हरुलाई दु:ख पर्यो। दाह सँस्कार को लागी गाउँलेहरु बेनी झर्दैछन।

२०७० रोजगार मा जाने र फर्कने

Posted on March 12, 2014
तीन जना युवा आज कतार छाड्दैछन

लामो समाय कतार मा रोजगार वाखेत का ३ युवा हरु, कुमार रोका, खेम रोका , गौ ब. रोका आज कतार छाडेर नेपाल जादैछन। सुखद यात्रा को लागी सुभकामना
स्रोत – कपिन पाईजा कतार
Posted on March 5, 2014

लोकेन्द्र थापा रोजगारको लागी कतार आईपुगे
कुम्बीर थापा को छोरा लोकेन्द्र रोजगारको लागी कतार आईपुगेका छन।
स्रोत- कपिन पाईजा कतार

Posted on September 7, 2013
लाल ब. बुढाथोकीलाई स्वास्थ्य समस्या आएर कतार बाट नेपाल फर्किए। उहाँ को किड्नी मा समस्या देखिएको छ।
Source/ Amar Thapa Qatar

Posted on August 8, 2013
ईन्द्र पाईजा(III) & शिब रोका -टुर्किस्तान पुगे
वाखेतका दुई युवा हरु ईन्द्र पाईजा(III)(भबिन्द्रको भाई) & शिब रोका (मन्दलीथान) -रोजगारको शिलशिला मा टुर्किस्तान पुगे
समचार स्रोत- तक पाईजा काठमाडौ।

Posted on April 17, 2013
April -17, 2013 ( बैशाख-४ २०७०)
रोजगार को लागी २ जना पुगे कुबेतमा
टक ब. पुन (७) र छक प्रसाद थापा (९) रोजगार को लागी कुवेत पुगेका छन।
उहाँहरुको बिदेश बसाई दाभदायक र सुखमय रहोस।
तिल प्रसाद पाईजा ले गरे साउदी बाई बाई
Posted on January 28, 2013
साउदी को १४ बर्ष बसाई अन्त गरी तिल प्र. पाईजा ले साउदी को बसाई अन्त गरि नेपाल फर्केका छन।

————————————————————————–

आर्थिक बिबरण हरु छिट्टै आउदैछ। ————–

वाखेत डायरी – वाखेत को डिजिटल वेबडायरी हो जस्ले हाम्रो पलहरुलाई संग्रह गर्दछ। हाम्रो पलहरु संसार भर छरिएका हाम्रा आफन्तहरुलाई सेयर गरौ।

https://wakhetdiary.wordpress.com/वाखेत-स्कुलको-सम्झना-र-सम/चिनो-कोष/