वाखेतमा आज आम भेला : Exe. Generation- saro shakari को आवश्यकता बारे छलफल, ज्याला निर्धारण , अन्न मुल्य निर्धारण

वाखेतमा आज आम भेला : Exe. Generation- saro shakari को आवश्यकता बारे छलफल, ज्याला  निर्धारण , अन्न मुल्य निर्धारण

Sep 21, 2012 ( असौज ५, २०६९)

सम्पुर्ण वाखेत बासी को आम भेला मनबिर किसान को सन्चालनमा, घारसुन्ना युवा क्लब का अध्यक्ष  याम रोका, बनसमितिका अध्यक्ष  लोक ब. पुन, बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष  ईन ब. पुन, अभिभाबक समितिका अध्यक्ष   खड्क ब. रोका, आमा समुहका ४ बाटै वडा समिति का अध्यक्ष  हरु को उपस्थिति र सबै गाउले १८५ जना को सहभागिता र छलफल भएको छ।

सभा मा , मनबीर किसान, भबदत्त शर्मा, लोक ब. पुन, भिम ब. राम्जाली, खडक ब. रोका, याम ब. रोका,     देउमाया राम्जाली, राम पाईजा लगायत ले आफ्नो बिचार राख्नु भएको थियो।

आजको भेला ले निर्धारण गरेका पारिश्रमिक ,खाध्य तथा पेय पदार्थको मुल्य

डकर्मी – 450 प्रति दिन(8 धण्टा)
जोत्ने हली गोरूसहित- 600
हली मात्र – 300
सिकर्मी – 500
आह्रा कात्ने- 500
ढुंगा फोड्ने-450
ढुगा बोक्ने-300
खेतला ( बाली कात्ने, धान सोर्ने, धान रोप्ने, मल खेप्ने) 200

अन्न तर्फ

गहु, मकै, कोदो, औवा – 100
जौ- 80
केराउ स्यानो – 350
केराउ ठुलो- 300
पराल – 300
आलु- 80
भट्ट -300
भाङगो-400
सिमी-350
घ्यू- 400
मह -400
रक्सी, जाड -35

Exe. Generation – saro sahakari को लागी पारम्भिक रुपमा ५५ जनाले नाम लेखाउनु भएको छ।

भलिबल खेलाडी भबिन्द्र पाईजा छ बर्षे कोरिया बसाई पश्चात स्वदेश प्रस्थान

भलिबल खेलाडी भबिन्द्र पाईजा छ बर्षे कोरिया बसाई पश्चात स्वदेश प्रस्थान

by Alok Baniya (Notes) on Wednesday, September 12, 2012 at 8:45pm

म्याग्दी समाज खेलकूद उपाध्यक्ष तथा भलिबल खेलाडी भबिन्द्र पाईजा आफ्नो  छ बर्षे कोरिया बसाईको १० तारिख सोमबार  स्वदेश प्रस्थान गर्नु भएको छ  । उहां गत २००६ मा ईपिएस भीषा मार्फत कोरिया आई कार्यरत हुनुहुन्थ्यो । ६ बर्षे ईिपएस अनुमति समाप्त भए पछि सोमबार  स्वदेश प्रस्थान गर्नु भएको हो । कोरिया रहंदा लगातार  म्याग्देली भलिबल खेलाडीको रुपमा सहभागि हुनुको साथै    म्याग्दी समाज खेलकूद बिभागमा रहेर कुशलता पुर्वक आफ्नो जिम्मेवारी निभाउनुको साथै म्याग्दी समाजलाई अगाडी बढाउन बिशेष सहयोग पुर्याउनु  भएको थियो । अनौपचारिक बिदाई कार्यक्रमको आयोजना म्याग्दी समाज खेलकूद उपाध्यक्ष तथा भलिबल खेलाडी भबिन्द्र पाईजा स्वदेश प्रस्थान गर्नु हुने भएपछि   म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फबाट

गत आईतबार गुल्मी सम्पर्क समितिले  आयोजना गरेको भलिबल खेल प्रतियोगिता स्थलमा अनौपचारिक बिदाई कार्यक्रमको आयोजना गरिएको थियो  ।    कार्यक्रममा उहांलाई समाजको तर्फबाट  पशंसा पत्र र बिशेष उपहार प्रदान गरिएको थियो । बिदाई समारोहको अनौपचारिक कार्यक्रममा उपस्थित म्याग्देलीहरुले  सफल यात्राको कामना गरे ।  म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनको सभापतित्व र खेलकूद बिभागका अध्यक्ष मुक्तमान केसी, टीम क्याप्टेन झलक आचार्य र सल्लाहकार ओम जुग्जालीको बिशेष आतिथ्यमा सम्पन्न अनौपचारिक कार्यक्रमको संचालन सह सचिव कर्ण पाईजाको रहेको थियो ।

हरेलो मेला: २०६९ वाखेत साराँश

Sep 4, 2012 ( भदौ-१९, २०६९)

५ गते मगलबार  २०६९ बाट शुरु -१५ गते शनिबार समापन

सास्कृतिक झाँकी, नृत्य

धार्मिक लाखे- बडानं – ६ ( नृत्य भाई बैनीहरु ६,७,८,९)

आमा समुहको नृत्य : बडानं ६,७,८,९

घारसुन्ना लालीगुरास युबा क्लब- टिम

धौवलागेरी बोर्डिङ स्कुल- ओखले

बिध्योदय निमाबि वाखेत

दिलकुमारी राम्जाली(गर्बुजा)

अन्य सहभागी कलकारहरु सबै

खेलकुद

भलिबल पुरुष

पहिलो स्थान – KYC घतान       पुरुस्कार – २६ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – घतान तोरिपानी     पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १९

______________________________________________________________

भलिबल महिला –

पहिलो स्थान – तामाखानी युवा क्लब रुम    पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक टिम (घारसुन्ना युवा कल्ब वाखेत  पुरुस्कार – ८ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – ६

_______________________________________________________________

बाल बास्केटबल ( Boys under 15)

प्रथम स्थान – चिमखोला    पुरुस्कार – पुरुस्कार – ८ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक ( वाखेत) पुरुस्कार – ५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १६

____________________________________________________________

  पुरुष बास्केटबल

प्रथम स्थान-आयोजक घारसुन्ना लालीगुरास युवा क्लब वाखेत  पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान– सृजनशिल युवा क्लब पात्लेखेत           पुरुस्कार – २६ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १४

________________________________________________________________________

     छेलो ( ठेलो)

प्रथम – सुबास पाईजा

दोस्रो – अर्जुन खत्री

________________________________________________________________________

 सो डान्स प्रतियोगीता

प्रथम – सन्तोष शेर्पा, बेनी

दोस्रो – मीरा राम्जाली, वाखेत

तेस्रो – नमुना गर्बुजा, दगनाम

____________________________________________________________________

गायन प्रस्तुती

पोखरा बिग आईकन – गगन पुन

गुन पुर्जा

डेक पुन

गम पुन

जीवन परियार

__________________________________________________________

आयोजक – घारसुन्ना लालीगुरास युवा क्लब वाखेत

कार्यक्रम हरेलो मेला आयोजक समिति अध्यक्ष दिलबहादुर बुढाथोकीको अध्यक्षता, समाजसेवी राम पाईजा (स्यानु) को प्रमुख आतिथ्यता र क्लब अध्यक्ष याम रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पात्लेखेत गाविस सचिव बलबहादुर खत्रीले मन्तव्य राख्नुभएको थियो । टेक थजाली को कृति

“दायरी भित्रका मनका बिस्कुन” को पनि सोहि दिन बिमोचन गरिएको थियो।

हरेलो मेला २०६९ का स्पोन्सरहरु 

2

11 (3)

अहिले सम्म स्कुललाई सहयोग गर्ने हरु को  सहयोग ब्यानर

अहिले सम्म स्कुललाई सहयोग गर्ने हरु को सहयोग ब्यानर

स्कुललाई पहिले  सहयोग भैसकेको हरु को ब्यानर

हरेलो को आयब्या साराँश

486850_494139953931056_1131841561_n

यो एउटा प्रयास मात्रै हो हाम्रो हरेलो मेला को अभिलेख सबैले देख्ने ठाउँ मा सँग्रह गर्ने। हामी लाई सबैको सहयोग चाहिएको छ। ता कि यसरी नै सबै कुरा को अभिलेख यसरी नै राख्न सकियो।

-स्यानू पाईजा

धन्यबाद,

सबै स्पोन्सरहरुलाई

सबै खेलाडी, कलाकार, दर्शक, सुभचिन्तकलाई

जस्ले वाखेत हरेलो मेलालाई भब्य सभ्य बनाई दिनु भयो।

हाम्रो वाखेत राम्रो वाखेत बनाई दिनु भयो।

अर्को साल भदौ महिना को पहिलो मँगलबार फेरि भेटौला।

–    वाखेत परिवार