लाल ब. बुढाथोकी उपचारको लागी कोरिया बाट ४० हजार रुपैया सहयोग प्राप्त रकम हस्तान्तरण भयो

९ असौज  २०७१ (25 Sep 2014)

लाल ब. बुढाथोकी उपचारको लागी कोरिया बाट ४० हजार रुपैया सहयोग प्राप्त रकम हस्तान्तरण भयो

लाल ब. बुढाथोकी किड्नी समस्या बाट पिडित भएको ले उहाँको उपचार को लागी  कोरियामा कार्यरत गाउँलेहरु भबिन्द्र पाईजा, चुनु पाईजा, बिनोद रोका, हर्क ब. रोका बाट ४० हजार रुपैया सहयोग आएको छ। कोरिया समुह लाई धन्यबाद।

कोरिया बाट प्राप्त सहयोग टक ब. पाईजा मार्फत उहाँ को परिवार लाई हस्तान्तरण गर्नु भएको छ उहाँ अहिले टिचिङ अस्पतालमा उपचाररत हुनु हुन्छ। उहाँ लाई हामी सबेेको सहयोगको खाँचो छ।

1966716_820277124678768_4195961865446152926_n 10690171_820277848012029_3651918949164474769_n

स्रोत- भबिन्द्र पाईजा कोरिया/टक ब. पाईजा नेपाल

के भएको हो लाल ब. बुढाथोकीलाई ?

गत बर्ष कतार मा कार्यरत लाल ब. बुढाथोकी अचानक बिरामी भए अस्पतालले किड्नी मा समस्या देखायो।लाल ब. बुढाथोकी म्याग्दी जिल्ला पात्लेखेत गाबिस बडान-९ वाखेत (दहगैह्रा) का टेक बीर बुढाथोकी को छोरा हुन। उपचार मा कम्पनीले खर्च गर्नु भन्दा नेपाल पठाउनु नै सजिलो मान्यो । उनि उपचार को क्रम मा काठमाडौ देखि लखनउ सम्मको अस्पतालहरुमा उपचार गरेर १ औषधी खादै १ बर्ष बिताए। अहिले समस्या दोहोरिएको छ र असौज ३ गते २०७१ ( सेप्टेम्वर १९, २०१४) मा थप उपचार को लागी काठमाडौ लगिएको। उहाँ को बर्तमान अवस्था बारेमा उहाँ को मुवाईल नं 009779803896893, 009779867636538 मा सम्पर्क गरेर बुझ्नु होला। कुृपया सबैले आफुले सक्ने सहयोग आफ्नो आफ्नो ठाउँ बाट गरौ।

उहाँ को सहयोग अपिल

10710554_870769719601409_7439123381639283721_n

 1508979_829149333796485_3895283244331274927_n 1424333_829149220463163_5448580150601175480_n (1)

 

Advertisements

पात्लेखेतमा कृष्ण मल्ल को माछा पालन & बाख्रा पालन

पात्लेखेतमा कृष्ण मल्ल को माछा पालन & बाख्रा पालन

krishna malla ko bakhara & fish farm

पात्लेखेत गाबिस को ओखले बडा नं ३ मा २०६९ चैत्र ५ गते स्थापना भएको माछा फार्म मा ३५०० कमन कार्प जात का माछा भुरा हुर्कि रहेका छन। १० मिटर x  १२ मिेटर को २ पोखरी बनाएर शुरु गरिएको माछा पालन पात्लेखेत गाबिस कै पहिलो माछा पालन हो। माछा फार्म को लागी मत्स्य बिकास कार्यक्रम को सहयोग प्राप्त छ।  कृष्ण मल्ल ले ब्यबसायिक बाख्रा पालन पनि गरिरहनु भएको छ। अहिले उहाँ को बाख्रा फर्ममा ४५ माउ बाख्राहरु हुर्कि रहेका छन। यस्तै उत्साही ब्यबसायिक युवाहरु ले गाउँ को परनिभर्र अर्थतन्त्रलाई बदल्न सक्छन। उहाँ को ब्यबसायको सफलता को लागी कामना गर्दछौ।

10360405_325742827595769_7225656537661591591_n 10433132_325721104264608_8929739038542712421_n 10603710_325740710929314_3749408848970535381_n 10606303_325740717595980_3871945953422966940_n (1)

फोटो स्रोतः Agriculture Group Pathlekhet फेशबुक पेज

राधिका रोकाको पाखापानी बिहे भयो

राधिका रोकाको पाखापानी बिहे भयो।

घारशुन्ना युवा कल्वका सदस्य एवंम हरेलो मेला ब्यबस्थापन समितिका साँस्कृतिक समिति संयोजक राधिका रोका को पाखापानीमा बिबहा भएको खबर छ। सुखद दाम्पत्य जिवन को लागी वाखेत वाल परिवार कामना गर्दछौ।

राधिका रोका, तल्लो टोल वाखेत-६ वडा का भिम ब. रोका का कान्छी छोरी हुन। आज तीन दिन भएको छ।

स्रोत – यु कुमार रोका

म्याग्दीको वाखेतमा कम्प्युटर साक्षरता अभियान

म्याग्दीको वाखेतमा कम्प्युटर साक्षरता अभियान

Submitted by on September 12, 2014 – 9:32 pmOne Comment
 साभार-http://www.ebaglung.com/?p=131356

म्याग्दी २०७१ भदौ २७ । म्याग्दीको पात्लेखेत गाविसको वाखेत गाउँमा कम्प्युटर साक्षरता अभियान सुरु भएको छ ।

विद्योदय निमावीको परिसरमा स्थापित कम्प्युटर ल्याब र भवनको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुन र कम्युटर कक्ष भवन निर्माण समितिका पुर्व संयोजक खड्गबहादुर रोकाले शुक्रबार अभियानको सुरुवात गरेका छन् ।

वाखेतका भारतीय र ब्रिटीश सेनाका पुर्व लाहुरेहरुले ६ लाख रुपैया लगानी गरेर बनाएको भवनमा बिदेशमा पुगेका वाखेतबासीहरुले उपलब्ध गराएको २० थान कम्प्युटर राखेर गाउँले र विद्यार्थीलाई सूचना प्रबिधि सम्बन्धि शिक्षा दिन थालिएको विद्योदय निमावीका प्रधानाध्यापक मनबिर किसानले बताए । हङकङमा रहेका वाखेतका केशव पुनको संयोजकत्वमा च्यारीटो शो गरेर संकलित रकमबाट ल्याबका लागि ९ थान कम्युटर खरिद गरिएको बताइएको छ ।

यसैगरी बेलायतमा रहेका किशोर रोकाले २ थान, कतारमा रहेका भरत पाईजा लगायतबाट १ थान, हङकङमा रहेका शिव पुनबाट १ थान, कोरियामा रहेका हर्कबहादुर रोका, पूर्ण रोका, चित्र थापा, चुनु पाईजा, भुपेन्द्र पाईजाले २ थान, पोर्चुगलमा रहेका पोष्टबहादुर पाईजाबाट १ थान, पोर्चुगलकै कुमार राम्जालीबाट १ थान, बेलायतमा रहेका ओम रोकाले १ थान र बु्रनाईमा रहेका रामचन्द्र पुनले १ थान कम्प्युटर सहयोग गरेका छन् ।

 

 

विद्योदय निमावीमा सुरु भयो कम्प्यूटर साक्षरता अभियान–२०७१ (फोटो फिचर)

म्याग्दीको पात्लेखेत–८ वाखेत स्थित विद्योदय निमावीमा शुक्रबार कम्प्यूटर साक्षरता अभियान–२०७१ को शुभारम्भ गरिएको छ । अभियानको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुन र कम्प्यूटर भवन ब्यवस्थापन समितिका संयोजक खड्कबहादुर रोकाले संयुक्त रुपमा उद्घाटन गदैं विद्यालयको शैक्षिक र भौतिक पुर्वाधार विस्तारमा गाउँलेले गरेको प्रयासलाई आगामी दिनमा समेत जारी राख्नुपर्नेमा बताउनुभएको थियो । विभिन्न देशमा रहेका स्थानियले २० थान कम्प्यूटर र आर्थिक सहयोग गरेका छन् । तस्विर सौजन्य मनविर किसान÷ प्रअ विद्योदय निमावी वाखेत
bioddaya photo01
bioddaya photo02
bioddaya photo03
bioddaya photo05
bioddaya photo06
bioddaya photo07
bioddaya photo08
bioddaya photo11
bioddaya photo12
bioddaya photo13
bioddaya photo15
bioddaya photo16
bioddaya photo17
bioddaya photo18

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बेनी अनलाईन बाट साभार http://myagdikali.com/40156.html

bioddaya photo20

 

मिस मगर नेपाल २०१४ माः सरिस्मा राम्जाली लाई मिस भर्सटाईल उपाधि

मिस मगर नेपाल २०१४ माः सरिस्मा राम्जाली लाई मिस भर्सटाईल उपाधि

म्याग्दी जिल्ला पात्लेखेत गाबिस वाखेत ९ का सरिस्मा राम्जाली ले वाखेत कै ईतिहास मा पहिलो पटक  मिस मगर नेपाल मा भाग लिएर पछिका पुस्ताको लागी प्रेरणाको ढोका खोल्नु मात्रै भएको छैन। मिस भर्सटाईल टाईटल पनि प्राप्त गर्नु सक्नु भएको छ। थुप्रै म्युजिक भिडियो हरुमा मोडलिङ को साथै गायन मा क्षेत्रमा पनि प्रेबश गर्नु भएकि सरिस्मालाई मिस भर्सटाईल टाईटल ले उहाँ लाई न्याय गरेको छ जस्तै लागेको छ। सरिस्मा राम्जाली लाई सम्पुर्ण वाखेत को तर्फ बाट धेरै धेर धन्यबाद।  सरिस्मा राम्जाली लाल ब. राम्जाली र जस माया राम्जाली को छोरी हुन।

sarishma ramjali miss magar 2014

वाखेत डायरी मा आजको सुनौलो दिनको रेकर्ड राख्नु पाउदा धेरै खुसी लागेको छ।10979_682003538537293_3450440843490011718_nMiss Magar Nepal 2014

Winner : Usha Paija Magar
1st Runner Up – Shrijana Rana Magar
2nd Runner Up – Sarala Thapa Magar
3rd Runner Up – Shrijana Salami Magar

पोखरामा सम्पन्न मिस मगर नेपाल २०१४ को ताज म्याग्दीकी उषा पाइजा मगरले चुमेकी छन् । पहिलोपटक आयोजना गरिएको राष्ट्रिस्तरको ‘सिंगापुर इन्टरप्राइजेज मिस मगर नेपाल-२०१४’ मा ३० जना प्रतिष्पर्धीलाई उछिनेर उनले १२ तोलाको चाँदीको ताजसँगै पियाजिओ स्कुटर हात पारेकी छिन् ।

नेपाल मगर सङघ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा पोखरामा सम्पन्न प्रतियोगितामा काठमाडौंकी सिर्जना रानामगर फस्ट रनर अप, बाग्लुङकी सरला थापामगर सेकेण्ड रनर अप  भए भने  डडेल्धुराकी सिर्जना सलामीमगरले तेस्राेस्थान पाइन्  । फस्ट रनर अप सिर्जनाले कोर आई फाइब ल्यापटप र सेकेण्ड रनर अप सरलाले ट्याबलेट, मोबाइलसँगै अन्य पुरस्कार पाइन् ।

सो प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभाकी उपाध्यक्ष वनसरी घर्तीमगरले मगर महिला बाट भएको थियो।

 

पुस्तकालय भ्रमण बर्ष-२०७० समापन र कम्प्युटर साक्षरता अभियान बर्षः२०७१ को आज औपचारिक कार्यक्रम बिद्योदय निमाबी वाखेतमा

पुस्तकालय भ्रमण बर्ष-२०७० समापन र कम्प्युटर साक्षरता अभियान बर्षः२०७१ को आज औपचारिक कार्यक्रम बिद्योदय निमाबी वाखेतमा

बिद्मोदय निमाबि, वाखेत म्याग्दीमा आज कम्प्युटर साक्षरता अभियान बर्ष- २०७१ को आज औपचारिक उट्धाट्न हुदैछ
२०७० लाई पुस्तकालय भ्रमण बर्ष को रुपमा मनाएको बिद्योदय निमाबि ले बिधिवत रुपमा पुस्तकालय भ्रमण बर्ष २०७० मा हासिल गरेका उलब्धीहरु समिक्षा रिपोर्ट आज सार्वजानिक गरि पुस्तकालय भ्रमण बर्षको बिधिबत समापन र कम्प्युटर साक्षरता अभियान बर्ष- २०७१ को आज औपचारिक उट्धाट्न कार्यक्रम गर्दैछ।

bhupu bannaer

घारशुन्ना लाली गुराँस युवा कल्व, वाखेत म्याग्दीका सचिब रिम प्रसाद रोका, दाई-भाउजु किशोर रोका र निशा रोका ज्यु बाट प्रदान भएको कम्प्युटर हस्तान्तरण गर्दै।

घारशुन्ना लाली गुराँस युवा कल्व, वाखेत म्याग्दीका सचिब रिम प्रसाद रोका, दाई-भाउजु किशोर रोका र निशा रोका ज्यु बाट प्रदान भएको कम्प्युटर हस्तान्तरण गर्दै।

पुस्तकालय भ्रमण बर्षको लागी देश-बिदेशमा बाट दाताहरु को सहकार्य भएको छ।

कम्प्युटर साक्षरता सहकार्यमा  हाम्रो टिम

कम्प्युटर अभियान को आर्थिक पाताहरु।

भूपू गोर्खा सैनिक -वाखेत को सकृयतामा कम्प्युटर ल्याव भवन र ४ रोपनी जग्गा किनिएको छ। सो भवन मा भोलि वायरिङ हुदैछ। त्यस पछि छिट्टै कम्प्युटर कलास सुरु हुन्छ। जस्को लागत जग्गाको मु्ल्य ४ लाख २० हजार रुपैया मा स्कुल को लागी १ लाख ५० हजार दान छुट सहमति र भवन को ३ लाख २५ हजार मा १ लाख २५ हजार दान छुट सहमति सहित

कुल भुक्तानी

जग्गा-२७०,००००
भवन-२००,०००
—————————-
नेट- ४७०,००० तथा (१५०,००‌०+ १२५,०००=२७५,००० छुट)को लागत कम्प्युटर अभियान मा भूपू गोर्खा सैनिकहरु बाट अचल सम्पति को रुपमा बिद्यालयलाई योगदान भएको र गाउँ मा नदेखिने गरि थुप्रै पटक चण्डा सहयोग धेरै पटक लिई सकिएको ले यो पटक ठोस र सधै को लागि काम लाग्ने गरि सहयोग मागिएको छ र उहाँहरु राजी हुनु भएको छ। यो भवन खरिद क्रम मा योगदान पुराउनु हुने रिम प्रसाद रोका, कमल पुन, प्रेम रोका लगायत का सबैलाई धन्यबाद साथै बिद्योदय को महत्वकाँक्षी अभियान लाई छुट दान उपहार सहित जग्गा र भवन हस्तान्तरण गर्नु राजी हुने रायमती रोका परिवार र बिष्णु राम्जाली परिवार लाई धेरै धेरै धन्यबाद। हजुर हरु को परिवार ले यो जग्गा स्कुलले दवाव मा किन्यो भन्नु भन्दा पनि गाउँ र गाउँ बाासी को बर्तमान र भबिष्यको लागी उदारमन ले दान गर्यो भन्ने सोचिदिनु होला। काम गर्ने क्रम मा भएका प्रबिधिक र मानब त्रुतीहरुमा माफी चाहान्छौ।

गत बर्ष देखि को योजनालेल अन्तत एउटा महत्वपुर्ण पुर्वाधार तैयार भएको छ जस्को आर्थिक बिबरण यसरी भएको छ।

कुल कोष सँकलन (नगद तर्फ)
-२०७० जेष्ठ पेन्शन ‍-58020
-२०७० को देउसी भैलो-93915
-२०७० को पेन्शन 97515
-२०७०- युके बाट सहयोग -81500
-२०७० अमेरिका बाट सहयोग -50550

२०७१ जेष्ठ पेन्शन बाट- 98,950
२०७१ जेष्ठ पुर्ख्यौली समुह बाट – 19,000
घारशुन्ना लालीगुराँश युवा कल्व वाखेत सहकार्य -55,555
————————————————
कुल 555,005
फर्निचर र वायरिङ, पेन्टिङ र जग्गा रजिष्ट्रेशन खर्च बिबरण प्राप्त हुन बाँकी छ।कम्प्युटर खरिद तर्फकेशव पुन (हंङकंङ) बाट ईन्टरनेट जडान खर्च सहित १ सेट कम्प्युटर- 100,000 (1)
पोर्चुगल बाट सामुहिक सहयोग-50,000 (2069 सालमा) २ थान कम्प्युटर
जिल्ला शिक्षा कार्यालय बाट – 140,000 ‌+ बिद्यालय ले थपेको 60,000) =200,000 (4)
(शिक्षा कार्यलय को नियमाबली अनुसार ४ कम्प्युटर र प्रिन्टरहरु किनिएको)- ओम रोका (युके) -१ थान (25,000)
-रामचन्द्र पुन (बुर्नाई) – १ थान (25,000)
-किशोर रोका, निशा रोका (युके बाट) २ थान (50,000)
-कतार समुह बाट– १ थान (27,384)
-साउदी बाट (राम पाईजा) – १ थान (25,000)साउदी बाट – पुर्ण पाईजा, यु कुमार रोका, रेशम पाईजा बाट संयुक्त (७५००)
-कोरिया समुह बाट (पुर्ण रोका, हर्क रोका, चित्र थापा, भबिन्द्र पाईजा, चुनु पाईजा) – २ थान (50,000)
(8 x 25,000=200,000) एक थान कम्प्युटर बराबर २५ हजार रुपैया १-२ बर्ष पहिले ईस्टिमेट गरिएको तर पनि त्यहि अनुसार कै कम्प्युटर गर्ने निर्णय गरिएको छ । अन्तिम बिबरण छिट्टै अपडेट गरिनेछ।

कतार को सहयोग दाता को बिबरण

१) अनन्त राम्जाली (थिरे)- रू. २,६०२.३७ पैसा
२) याम बहादुर बुढाथोकी – रु.२,६०२.३७ पैसा 
३) चन्द्र मान राम्जाली – रु.२,६०२.३७ पैसा
४) अमर थापा रु.-३,२६२.८७ पैसा
५) तुलु थापा -रू. ३,२६२.८७ पैसा
६) भरत पाईजा- रु. २,६४२.१७ पैसा
७) साजन पाईजा -रू. २,६०२.३७ पैसा
८) तुल बहादुर रोका -.रू. २,६०२.३७ पैसा
९) नर बहादुर बि.क. -. २,६०२.३७ पैसा
१०) संगम घताने -२,६०२.३७ पैसा
कुल रकम ने.रू. २७,३८४ हुन आएको छ ।

( कुल कम्प्युटर मा Rs. 559,848)

 

हंंङकंङ मा केशव पुन को संयोजन मा च्यारिटि कार्यक्रम बाट संकलन- 424,477
शिव पुन (हंङकङ) को ब्यक्ति गत १ थान कम्प्युटर सहयोग पनि यहि रकम भित्र नै छ।

कुल कुम्प्युटार संख्या १६ थान कम्प्युटर अहिले बिद्यालयमा छ। यो संख्या यस पटक २१ वटा कम्प्युटर बिद्योदय ले पुराउने छ।

कम रु२१४२६३ चिनो कोषमा थप्ने र २१०५१७ कम्प्युटरमा खर्च हुने भएको छ

सारांश मा अहिले सम्म
कम्प्युटर ल्याव भवन कोषमा जम्मा कोष- 555,005

कम्प्युटर सहयोग मा जन्मा कोष – 559,848
हंङकङ च्यारिटि-424,277
———————————————
कुल संकलन- 153,9130 (पन्ध्र लाख उन्चालिस हजार एकसय तिस) नेट संकलन
जग्गा र भवन खरिद मा खर्च – 470,000
वायरिङ, रजिस्ट्रेशन, पेन्टिङ फर्निचर खर्च समाबेश छैन। अन्तिम खर्च को बिबरण आज पेश हुदैछ।

कम्प्युटर सम्बन्धि  खरिद र ब्यबस्थापन खर्च बिद्यालय कम्प्युटर अभियान समितले छिट्टै सार्वजानिक गर्ने छ।

…………………………………………………………………….

नोट

बिद्योदय निमाबि स्तरउन्नती कोष २०६७ देखि सुरु भएको हो र यस कोष मा अलगै पुँजी खर्च नहुने गरि १८ लाख १८ हजार ९ सय १५ बचत भै सकेको छ र कम्प्युटर खरिद गरेर बचत रकम लाई पनि यहि कोष मा थप गरिने छ। ( चिनोकोष अपडेट मिती जेष्ठ महिना)

सबै दाताहरुलाई धन्यबाद।

कम्प्युटर साक्षरता अभियान लाई साच्चिकै सार्थकता बनाउन को लागी कम्प्युटर साक्षरता सहकार्य समुह- वाखेत बनेको छ।

हाम्रो नारा रहेको छ –
” हरेक उमेर लिङ र सामुदाय को लागी कम्प्युटर साक्षरता”
कम्प्युटर साक्षरता अभियान को सार्थकता

पहिलो ब्याज मा बिहान र बेलुका गरेर २० जना को समुहले पहिलो ब्याच कम्प्युटर सिक्ने छन जस्कोलागी ‌+2 & माथि का ४ जना भोलेन्टियर बिद्यार्थी समुहमा छन। उनिहरुले सिकाउने छन र ३ महिना को बेसिक कोर्श पछि सिकेका हरुले आफुले सिकेका कुरा थप ४ जना को सँख्यामा हरेक वडाको ४-४ जना को समुह बनाएर सिकाउने छन उनिहरुले बेसिक ईन्टरनेट, ईमेल र नेट व्राउज गर्न सिक्ने छन।

बिद्यालय को बिद्यार्थीको हक मा बिद्यालयले नै टिचर को ब्यबस्था गर्दछ।