म्याग्दी पात्लेखेत गाबिसमा सन्चालित नव बर्ष तथा भुमेपुजा मेला-२०७२ मा पुरुष बास्केटबल तर्फ पिप्ले A र पात्लेखेत B फाईनलमा

म्याग्दी पात्लेखेत गाबिसमा सन्चालित नव बर्ष तथा भुमेपुजा मेला-२०७२ मा पुरुष बास्केटबल तर्फ   पिप्ले A र पात्लेखेत B फाईनलमामा

माहुरीको चाका प्रदर्शनि

माहुरीको चाका प्रदर्शनि

सृजनशिल युवा कल्व पात्लेखेत म्याग्दी ले आयोजना गरेको नव बर्ष तथा भुमेपुजा मेला-२०७२ को अपडेट

मेला को पहिलो दिन कृर्षि उत्पादन प्रदर्शनि भएको थियो। ब्यबसायिक माहुरी पालक बिच मा भएको माहुरी को चाका प्रदर्शनिमा ३ उत्कृष्ट कृषक लाई  पुरुस्कार प्रदान गरिएको छ।

पहिलो :- रिमाया पाईजा ( पात्लेखेत ४)

दोस्रो :- मन बहादुर रामजाली ( पात्लेखेत ४ )

तेस्रो :- कमला मल्ला ( पात्लेखेत ३ )

11110270_845014512234818_8754065320998846947_n

पुरुष बास्केटबल तर्फ

पहिलो चरणमा

1) Wakhet A vs Patlekhet A
winner :- Patlekhet A

2) Jhee A vs Wakhet B
Winner :- Jhee A

3) Jhee A vs Piple A
Winner :- Piple A

दोस्रो चरणमा
4) Patlekhet B vs Patlekhet D
Winner :- Patlekhet B

5) Patlekhet A vs Piple A
Winner :- Piple A

फाईनल  Piple A  vs Winner :- Patlekhet B (फाईनल हुन बाँकी)

11148545_987781814579606_5911213884224346377_n 11178113_987776381246816_825672945501746175_n

फाईल फोटो -Patlekhet A (Red)  vs Piple A (White)

Photo By- रमेश पौडेल

समचार अपडेट – भरत पाईजा

Advertisements

पात्लेखेत गाबिसको वाखेत ६,७ बडा मा पनि परम्परागत ढिकी पुनस्थापना भयो।

पात्लेखेत गाबिसको वाखेत ६,७ बडा मा पनि परम्परागत ढिकी पुनस्थापना भयो।

लामो समाय देखि पाईपलाईन मा रहेको ढिकी पुनस्थापना आयोजना यो बर्ष पुरा हुदै छ। बडा नं ६ मा खड्क ब. रोकाले जग्गा उपलब्ध गराउनु भएको छ भने बडा न. ७ मा चाँचरी रोका ले जग्गा निशुल्क उपलब्ध गराए पश्च्यात ढिकि निर्माण कार्य अगाडी बढेको छ। बडा नं ६ को ढिकी को छाना लगाउने कार्य पुरा भै सकेको छ भने बडां ७ को ढिकी घर अन्तिम चरणमा पुगेको छ।

961524_546685928807262_738263962_n

फोटो स्रोत: रेशम पाईजा

फोटो स्रोत: रेशम पाईजा

यो भवन बडानं ७ को नौलीमाया रोका को बारी मा बनिरहेको छ। दुई कोठाको यो भवन मा एकातिर ढिकी , जाँतो रहने छ भने हर्को तर्फ आमा समुहको भाँडाहरुको भण्डार बनाईएको छ। बडां ६ ले जय प्रसाद को फर्निचर मिल को मुनि पत्तीको खड्क ब. रोका को बारी मा ढिकि घर निर्माण गरेको छ।

समचार स्रोत- रेशम पाईजा

ठुलो सल्लेरी सामुदायिक बन को नलेखिएको एउटा कथा

ठुलो सल्लेरी सामुदायिक बन को नलेखिएको एउटा कथा

सानोमा मेला पातमा खुबै सुनिन्थे। एउटा गित – “सल्लेरी करायो बर्खा लाग्यो भेट हुन हरायो ”

अचेल त्यो चिन्ता छैन। खेती पातीको काम पहिले जस्तो चतारो हुदैन। मुवाईल सिग्नल जताततै पुगेको छ। एफएम रेडियोमा सन्देश पठाए पनि भयो, मुवाईलमा छोटो चिठी लेखेनि भयो। रात दिन कुरा गरे पनि मुवाईल छदैछ।

ठुलो सल्लेरी सामुदायिक बन घतान/ फोटो स्रोत/ अमर थापा

ठुलो सल्लेरी सामुदायिक बन घतान/ फोटो स्रोत/ अमर थापा

एक समायमा अहिले को नयाँगाउ (पुलाचौर गाबिस) देखि कुहिने मँगले सम्म एउटै घतान पञ्चायत। जब सल्लेरी बृक्षरोपण भयो ( साबिक को घतान पञ्चायत का गाउँ हरु अहिले अलग अलग गाबिसहरु छन – पुलाचौर, पात्लेखेत, झि, पाखापानी, कुईने, मँगले आदी ईत्यादी) पाखापानी भन्दा माथीका गाँउलेहरु सल्लेरी को बृक्षरोपण हुदा यतै स्याउला को गोठ बनाएर बसेर झारा तिरे। अचेल श्रमदान भनिन्छ।

अब घतान बेनी नगरपालिका मा पुगेको छ। त्यो बेला बृक्षरोपणमा झारा तिर्ने हरु अहिले मुस्किलले गिनि चुनि मात्रै जिउँदो हुनु पर्दछ। हेर्नुहोस समाय कसरी परिबर्तन शिल छ। हाम्रो आँखा कै अगाडी हाम्रा जमिन का सिमानाहरु कति पटक परिबर्तन भएको छ। हाम्रो गाबिसका बासी हरु कहिले पुलाचौर पञ्चायतका भएका छौ। कहिले घतान पञ्चायतका, कहिले झि पञ्चायत र पात्लेखेत पञ्चायत हुदै पात्लेखेत गाबिसका बासिन्दा भएका छौ।

एक पटक आफ्नो बाजे बजैलाई सल्लेरी देखाउनुहोस र सोध्नुहोस पक्कै स्याउला को गोठमा बसेर झारा तिरेकै हो त ?

ठुलो सल्लेरी सामुदायिक बन, बेनी नगरपालिका घतान।

मेरी आमाको खुसीहरु

डियर २०७१
तिमीलाई लामै चिठी लेख्नु मन थियो। मौषम पनि निक्कै बिग्रेको थियो तै पनि रोमान्टिक हुन अतित ले सिकाएको छ।

कुनै बेला सम्झनामा लेखेका लाईन जस्तै

मेरी आमाको खुसीहरु

आँगनमा जून लाग्दाको खुसी
मन खोलेर उजेलीमा बच्चाहरु खेल्नेछन
तरकारीमा नुन लाग्दाको खुसी
रमाई रमाई पेट भरि खाना खानेछन
अन्न मा घुन लाग्दा को खुसी
हामीलाई खान पुग्यो र पो बचेको घुनले खायो
यो घर त्यसैले त घर जस्तो छ
आँगन भरि केटाकेटी खेल्छन
घरको कर्नास मा भँगेरा र डाँग्रेको गुँड छ
काँक्रो फर्सी धेरै फले बच्चा बिमार पर्दैनन
अचम्मैको बिश्वास र ममता
ज्वरो आउदा बढनको ज्वरो हो
खुट्टा औलामा गलेनो गएर रुँदा
तिम्रो औला बढदैछ, जुता लगाउ
बढ्यो भने जुता सानो हुन्छ।
पहिलो अक्षर लेखेको देख्दाको खुसी
पहिलो लोहटा साजी पानी पिउदाको खुसी
आमाको यस्तै खुसीहरु हौसला दिन्थे
हरेक दिन साजी पानी भर्न
हरेक दिन अर्को अक्षर सिक्न
केटाकेटीले रोपेको छिटो बढ्छ
रमाई रमाई रोप्थ्यौ
गह्रा नै पछि काँक्रो फर्सी
करेसामा खुर्सानी, सिलाम, बकुल्ला
एउटा कुनामा ईसिम्कौलीको बोट
सिममा सिराऔ (बाजे-बराजु) बस्छन
मरेका मानिस देवता हुन्छन
त्यसैले हरेक पानीको मुहानलाई
सिराऔ मानेर कहिल्यै मैला गरेनौ
अचम्मका थिए प्रेरणाहरु
एक पटक भने पछि दोहराउन नपर्ने
आमाका खुसी जस्तै
जून लाग्दाको खुसी
नुन लाग्दाको खुसी
घुन लाग्दाको खुसी
मेरो बोलीमा धुन लाग्दाको खुसी

– सबैलाई नयाँ बर्ष २०७२ को शुभकामना खुसी रहनुहोस।

शिद्ध महिला बचत तथा ऋण सहकारी संस्था लि. पात्लेखेतले कृर्षिमेला प्रदर्शनी सहित ५८ औ सहकारी दिबस मनायो।

शिद्ध महिला बचत तथा ऋण सहकारी संस्था लि. पात्लेखेतले कृर्षिमेला प्रदर्शनी
सहित ५८ औ सहकारी दिबस मनायो।

19697_504742209673969_5037763683524130108_n

10986669_504744409673749_4864522406267736105_n

Photo source By Manbir Kishan