म्याग्दीका खेलाडीहरु

 

 11951141_689644777837510_7207679570590842379_n

0

 

बेनी नगरपालीका ९ निवासी म्याग्दीका भलिबल खेलाडी तेजेन्द्र बानिया खेल प्रशिक्षकमा नियुक्त हुनुभएको छ । जिल्ला खेलकुद विकास समितिमा कर्मचारीको रुपमा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय खेलकुद विकास परिषद्ले बानियालाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

काउलेगौडा युवा कल्वका संस्थापक अध्यक्ष रहनुभएका बानिया आधा दशकदेखि भलिबल खेलमा सक्रिय हुनुहुन्छ । उहाँले नेतृत्व गरेको टिमले दर्जनौ प्रतियोगीतामा उपाधि जित्नुका साथै क्षेत्रीय र राष्ट्रिय स्तरको खेलमा सहभागि भएको उहाँसंग अनुभव छ । प्रशिक्षकमा नियुक्त भएपछि

सागमा पदक दिलाउने खेलाडीलाई लोकतान्त्तिक खेलकुद संघ म्याग्दीले सम्मान

  • 03/02/2016
  • २०७२ फागुन १९ गते १६:५१ मा प्रकाशित
  • निर्मल खत्री

 म्याग्दी, १९ फागुन । १२ औँ दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगितामा विभिन्न विधामा पदक जित्ने म्याग्दीका पाँच जना खेलाडीलाई नेपाल लोकतान्त्रीक खेलकुद संघ म्याग्दी शाखाले सम्मान पत्रले सम्मान गरेको छ ।


खेलकुद क्षेत्रबाट देश र जिल्लाको शिर उँचो बनाएको भन्दै भारोत्तोलनकी तारादेवी पुन, भलिबलकी अरुणा शाही, कमला पुन, उसुकी विन्दु पुनमगर र आर्चरीका प्रेमप्रसाद पुनलाई संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ,नेपाली कांग्रेस म्याग्दीका कोषध्यक्ष टंक हमाल सदस्य क्या मिन बहादुर कार्कि लगायतल प्रशंसा–पत्रले सम्मान गरेका हुन् ।

सागमा उसुकी विन्दु पुन मगरले रजत पदक जितेकी थिईन भने अन्यले कास्य पदक जितेका थिए । खेलाडीले अन्तराष्ट्रियस्तरमा जिल्लाको शान बढाएकोले र म्याग्दीलाई बिश्व भर चिनाउन सफल भएकोमा सम्मान गरिएको संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ(दिपु)ले बताए। संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष बिक्रम बोगटीको स्वागत, सचिव बिनय श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रमा नेपाली कांग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमाल सदस्य क्या मिनबहादु कार्कि, निर्बतमान सहसचिव अजयमिलन श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णाकुमार बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

सम्मानित खेलाडीहरुले जिल्लामा प्राप्त सम्मानले आफुहरुलाई थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ‘यस्तो सम्मान पाईएला भन्ने सोचेको थिएन् तर गरेपछि हुदोरहेछ’ भारोत्तोलनकी तारादेवीले भन्नुभयो । यसैविच सागमा पदक दिलाउने जिल्लाका पाँच जना खेलाडिहरुलाई विभिन्न संघ संस्थाले समेत सम्मान गरेका छन् ।

तस्बिर: सुमन बनियाँको फेसबुकबाट

– See more at: http://myagdionline.com/post/3238/1456918465#sthash.WDXmRR8M.dpuf

म्याग्दीका खेलाडी सम्मानीत

१२ औ दक्षिण एशियाली खेलकुदका पदक विजेता म्याग्दीका खेलाडीहरु घरेलु जिल्लामा सम्मानीत भएका छन् । २४ औ जिल्ला परिषद्को अवसरमा मंगलबार १२ औ सागमा पदम जित्ने खेलाडीलाई ५ हजार रुपैया सहित सम्मान गरियो । परिषद्का प्रमुख अतिथि नवराज शर्मा, स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेल, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक सहित राजनीतिक दलका प्रमुखले सम्मान गरेका हुन् ।
सम्मानीत हुनेमा भारोत्तलनकी तारादेवी पुन, आर्चरीका प्रेम प्रसाद पुन, भलीबलकी कमला पुन र अरुणा शाही तथा उसुकी विन्दु पुन मगर छन् । तारादेवी पुनले भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक जितेकी हुन् । उनी भारोत्तलनमा आबद्ध भएको १४ बर्ष भइसकेको छ । प्रेमले आर्चरीमा काश्य पदक जितेका हुन् । कमला र अरुणा काश्य विजेता भलीबल टोलीका सदस्य हुन् । विन्दुले उसुमा रजत पदक जितेकी हुन् । त्यस्तै माउण्ट एभरेष्ट आवासीय उच्च माविले प्रति खेलाडी ३ हजार रुपैया सहित सम्मान ग¥यो । बुधबार न्यु वेष्ट प्वाइन्ट आवासीय उच्च मावि, म्याग्दी उद्योग वाणिज्य संघ, काउँलेगौडा यूवा क्लव र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीले सम्मान ग¥यो । एमाले जिल्ला कमिटी म्याग्दीले पनि सम्मान ग¥यो ।

माउन्ट एभरेष्ट विद्यालयद्धारा म्याग्दीका खेलाडीहरु सम्मानित (फोटोफिचर)

DSC06803DSC06807DSC06810DSC06812DSC06813DSC06815DSC06816DSC06817DSC06819DSC06830DSC06822DSC06823DSC06825DSC06828
माउन्ट एभरेष्ट आवसीय उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सोमबार सम्मान गरेको छ । विद्यालयले जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु क्रमशः अनोद श्रेष्ठ, स्वर्गीय राम गौचन, गोविन्द श्रेष्ठ, प्रमोद श्रेष्ठ,रमेश श्रेष्ठ र विनोद केसीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । साथै जिल्लाबाट अन्तराष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा सहभागि भइ गोल्ड मेडल लिन सफल खेलाडी चन्द्र बुढा, खेलाडी विना घर्ती मगर लगायतका खेलाडीहरुलाई सम्मान गरिएको छ । विद्यालयले १४ औ जेसीज कप उपाधी हात पार्ने विद्यालयका खेलाडीहरु समेत सम्मान गरेको छ । विद्यालयका संस्थापक सुरज केसी,प्रिन्सिपल राजुकेसी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन विश्वकर्माले खेलाडी र पुर्व अध्यक्षहरुलाई सम्मान गरेका थिए । तस्विर /ठाकुरप्रसाद आचार्य

– See more at: http://www.bikalpanews.com/?p=1141#sthash.pfeTtXM8.dpuf

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s