जमानाको कुरा : प्रकृतिक चिया

जमानाको कुरा : प्रकृतिक चिया

अहिले चिया, कफी ले थुप्रै परिबर्तन ल्याई सकेको छ। ग्रिन टि, लेमन टि, फ्लेवर र भेराइटी गन्ने हो भने पनि थुप्रै समाय लाग्ने भै सकेको छ चिया तर आज को एपिसोड मा हामीले पुरानो समायमा हाम्रो पुर्बज ले पिउने चिया को बारे मा चर्चा गर्ने छौ ।

चिया के हो ?

अहिले को कन्सेप्ट मा चिया को परिभाषा निकै फराकिलो भै सकेको छ। चिया अम्मल बनि सकेको छ भने यसका भेराईटीहरु पनि लामै पुगेको छ। तर पुर्बज को जमाना को कुरा गर्ने हो भने चिया जिउ दुखेको बेला पिउने तातो झोल थियो।

चिया:भीर अमिलो को जरा

पुरानो समायमा चिया भिर अमिलो को जरा लाई पानी मा उमाले पछि रातो रँगको हुने गर्दथ्यो यहि झोल नै मानिसले ज्यान दुखेको बेला मा । चिसो लागेको बेला मा। पटे दुखेको बेला मा पिउने गर्दथे। त्यस बेला यो चिया भन्दा पनि ओखती को रुपमा प्रयोग मा आएको थियो। आज भन्दा २० बर्ष पहिले सम्म पनि यो चलन जिवित थियो। तर बिस्तारै नगदको चलन र फ्याक्र्टी को चिया को चलनले यि प्रकृतिक चियाहरु लोप भएर गए। भीर अमिलो भने को जँगली अमिलो हो। यो भीर मा उम्रे र अमिलो फलेको हुन्छ। अमिलो का पुरानो जराहरु लाई पानीमा उमालेर पिउने गरिन्थे।

चिया: खर्सुङ खोटी

हिउ पर्ने लेख मा खर्सुंङ (खर्सु) भन्ने ठुलो बोट हुन्छ यो पुरानो भए पछि हिउद मा पालुवा छाड्ने बेलामा यसको रुख को भित्री टोड्को मा बिशेष खाल को रस चुहिन्छ। यहि रसलाई वाफ गरेर सुकाई यहि काठ को टुक्रा जस्तो ठोस बनाएर पछि पानी मा नुन सँग उमालेर चिसो को बेला या ज्यान दुखेको बेला मा पिउने हर्वल उपचार नै थियोहाम्रो पुर्बजहरु को चिया । सायद यसै कारण ले होला हाम्रो समाज मा चिनी को प्रयोग हुनु भन्दा पहिले सम्म चिया नुन कै हुने गर्दथे।

खर्सुङ खोटी, र भीर अमिलो को जरा अब जमना को कुरा भए। यो हाम्रो समाज मा नदोहरिनु पनि सक्छ। तर हाम्रो पुस्ता ले खास मा के थिए ? यो अनुसन्धान गरे हाम्रो शरिरलाई काम लाग्ने हर्बल चिया पो थिए कि ? यसै गरी तेजपत्ता ( दालचिनी) को पात पनि पुरानो समाय मै चिया कै रुपमा झोल पिउने पात हो। यो अझै पनि तरकारी मा मसाला कै रुपमा प्रयोग मा छ भने खर्सुङ खोटी, र भीर अमिलो को जरा यो जमाना को कुरा भै सकेको छ।

अरुले च्याउ देखी लेउ सम्म को चिया उत्पादन गरि सके। तर हामी ले भने पुर्खा ले प्रयोग गरेको प्रकृतिक चिया लाई राम्रो कि नराम्रो जाँच्ने प्रयास पनि गरेनौ र हामी पछि परेको पर्ये भयौ।

– स्यानु पाईजा
(जमाना को कुरा भित्र बाट )

Advertisements

२०० जना ले आँखा जचाए भोली देखी ३० जना को आँखा अपरेशन: वाखेत मा बसेको आखा शिबिरमा

२०० जना ले आँखा जचाए भोली देखी ३० जना को आँखा अपरेशन:वाखेत मा बसेको आखा शिबिरमा

स्यानु पाईजा/ रिम प्रसाद रोका ,

पात्लेखेत गाबिस को वाखेत – ८ मा बसेको आँखा शिबिर मा २०० जना ले आँखा जचाए। आँखा का बिरामी हरु ३० जनालाई अपरेशन गरिनु पर्ने भएको ले भोलि देखी अपरेशन गरिने छ।

यो आँखा शिबिर हिमाल आँखा अस्पताल पोखरा को प्रबिधिक सहयोग , लायन्स कल्ब पोखरा को आर्थिक सहयोग मा घारशुन्ना लाली गुराँस युवा कल्ब वाखेत को ब्यबस्थापन मा सन्चालन हुदैछ। आज पहिलो दिन बिधार्थीहरु, अभिभाबकहरुले स्वागत गर्नु का साथै खानपिन का बन्दो बस्तो वाखेत आमा समुहले गरेका थिए।

घारसुन्ना युवा कल्ब ले २०१२ देखि यता आफ्नो सकृयता देखाउन थालेको छ। केहि समाय पहिले मात्रै हेल्थपोस्ट को लागी ११ लाख ५० हजार को गाबिस अनुदान मा लगभग ५ रोपनी भन्दा माथिको जमिन खरिद गरेको छ भने यो २०१३ कै दोस्रो कार्यक्रम हो।

आँखा शिबिर को झलक हेरौ।

फोटो – खबर  रिम प्र. रोका

घारसुन्ना लालीगुराँस युवा क्लब सचिव

148382_315843721870462_942870390_n 227844_315842458537255_747934763_n 309973_315843168537184_1930422589_n 419687_315841498537351_610594253_n 483690_315841005204067_1711687562_n 483713_315844188537082_1410731425_n 554402_315841958537305_1516239589_n

वाखेत मा आँखा शिबिर शुरु

वाखेत मा आँखा शिबिर शुरु

वाखेत मा आँखा शिबिर शुरु। बिध्योदय निमाबि भवन को छेउ मै गोठ बनाएर भान्साघर बनाईएको छ भने ग्राउण्ड मा टम्मु टाँगेर खाने बस्ने ठाउँ बनेको छ। शिबिर ३ दिन सम्म चल्दैछ। सबैले सेवा लिनु होला। आफ्नो आफन्तलाई बेलैमा पठाउनु होला।

हिमालय आँखा अस्पताल पोखरा को प्रबिधिक सहयोग

लायन्स कल्ब पोखरा को आर्थिक सहयोग र घारसुन्ना लालीगुराँस युबा कल्ब को ब्यबस्थापन मा यो शिबिर चल्दैछ।

 

– आमा समुहलाई स्वागत र खानपिन को जिम्मा दिईएको युवा कल्ब ले जनाएको छ ।

आँखा शिबिर को अन्तिम तैयारी पुरा

आँखा शिबिर को अन्तिम तैयारी पुरा

घारसुन्ना लालीगुँरस युवा क्लवले भोलिवाट सुरुहुने आँखाशिविर कार्यक्रमको अन्तिम तयारी गरेको छ उक्त कार्यक्रम भोलिवाट ३ दिन सम्म सञ्चालन हुने क्लवले जनाएको छ

स्रोत- Vidyodaya Wakhet

सुदिप राम्जाली को छेवर पास

Jan 30, 2013 ( माघ १७ , २०६९)

सुदिप राम्जाली को छेवर पास

आज ठाकुर राम्जाली र जित मायाँ राम्जाली को जेठो छोरा सुदिप राम्जाली को मगरहरुको रिती रिवाज मा छेवर छुदापास गरीदै छ।

-स्रोत : सन्दीप थापा

अनजे होमु पुन को ईष्टमित्र चिनाउने कार्यक्रम छ

Jan 30, 2013 ( माघ १७ , २०६९)

अनजे होमु पुन को ईष्टमित्र चिनाउने कार्यक्रम छ

आज अनजे न: ९ गोरे पुन को कान्छो छोरा होमु पुन को ईस्टमित्र चिनाउने (रक्सी लेगाउने) कार्यक्रम छ। उहाँ ले पाखा पानी बाट बिहे गर्नु भएको हो । हामीहरु उहाँहरुको  दाम्पत्य जिवन सुखमय रहोस यही कामना गर्दछौ ।