जमनाको कुरा: उपचार मा तातो

जमनाको कुरा: उपचार मा तातो

आजको जमनाको कुरा भित्र हामीले बिर्सिसकेका हाम्रा पुर्खा ले अपनाएका हट थेरापी को बारेमा सुन्ने छौ।

बिरामीलाई तातो कुखुरा को मासु झोल

शरिरलाई तातो बनाएर गरिने रोग को उपचार हाम्रा पुर्खाहरु ले त्यो समायमा नै अपनाई सकेका थिए जति बेला रोग देवता रिसाएर लाग्छ भनिन्थे। रोग लाग्नु पुर्बजन्मको सराप भन्ने युग मै पनि हाम्रा पुर्खाहरुले थुप्रै हट थेरापीहरु को बिकास गरि सकेका थिए। जस्तै झाँक्रीहरुले बिरामीलाई उपचार गर्ने बेला मा कुखुरा काटेर पूजा गरे जस्तो गरी तातो मासु झोल खुवाउनु पनि हट थेरापी कै पहिलो प्रयोग थियो। यस्ले बिरामीलाई थुप्रै फाईदा गर्दथ्यो। पहिले मासुको खुराकले शरिर मा कम्ती भएको आबस्यक तत्ब बिकासमा भुमिका खल्दथ्यो भने तातो ले रक्त सँन्चारलाई सरल बनाउदथ्यो। बिरामीलाई देउता पुजा गरेकोले आफु सन्चो भईन्छ भन्ने आत्म बिश्बास पनि जगाउदथ्यो। बिमार को ९० % कारण रोग सँग लड्ने प्रतिरोधात्मक शक्तिको हासको कारण हो। यसरी तातो मासु सुप खाए पछि आत्मबिश्बास र खुराक ले एकै चोटी काम गर्दथे र बिरामी हरु सन्चो हुन्थे।

पछि झाँक्रीहरुमा भन्दा पनि मानिस मा लालच बढ्यो

रोग को उपचार गर्ने नाममा धेरै कुखुराका भाले हरु चाहिने भनिन थाले फलस्बरुप यो उपचार बिधि मा मानिस को बिस्बास हराउन थाले। झाँक्रिका आसे पसे हरुले किन बढि कुखुराका भालेहरु माग्ने थाले यस्का कारण छ। पुजा गरेको कुखुरा बाट झाँक्रीले कुखुरा को दाहिने साप्रा पाउथे र टाउको पनि पाउदथे। मानौ त्यति बेला झाँक्री को ज्याला नै त्‍यहि हुन्थ्यो। धेर कुखुरा को पुजा गर्यो भने कुखुरा को साप्रा बढि आउने र त्यो आफनो भागमा पनि पर्ने लोभ झाक्री को पछि लाग्ने हरुमा लाग्यो र स्वंयम झाँक्रीहरुमा पनि त्यहि भावनाको बिकास भयो। फलस्बरुप झाँक्री चलन नै अबिस्वास को घेरा भित्र पर्यो।

झाँक्रीमा मात्र होईन बिचलन पुजारी मा पनि आएको थियो।

पुरानो समायमा गाउँ गाउँ मा बाली घरे कामी र दमाई जस्तै बाहुनहरु पुस्तैनी जजमानी गर्दथे। मैले ठाउँ पाउदा पनि हाम्रो गाउँमै यि चलनहरु थिए। बहुदल आउनु भन्दा पहिले अहिले जस्तो बिदेश रोजगारको चलन नभएको र मगरहरु बढि बिर्टिश आर्मी र भारतिय आर्मीमा भर्ति हुने हुनाले उनिहरु आर्थीक रुपमा अरु भन्दा सम्पन्न देखिन्थे। घर मा पुग्ने खानेकुरा खेती गर्दथे पैसा सबै बचत हुनथे। पछि बहुदल पश्चायत अरिबियन मुलुकहरुले कामदार मगाउन थाले पछि। पैसा सहज भयो। फलस्वरुप सबै भन्दा पहिले अरब मा बहरायन, साउदी बैधानिक रुप मा खुल्ला थिए भने मलेशिया र दुबई अबैधानिक रुपमा कामदारहरु आउदथे। बहरायन आउने लाहुरेहरुले टन्न कमाउथे कारण उनिहरु को पनि घरमा खर्च हुदैन थे र भए पनि अहिले जस्तो पैसा पठाउन सजिलो थिएन। जानेबेला मा नै सुन, टेप, क्यामरा, घडी तन्न पैसा बोकेर जाने गर्दथे।

यसरी पैसा आउन थाले पछि बस्तीहरुमा खेती गरेर खाने बानी हराउन थाले। फलस्बरुप गाई बस्तु पाल्ने चलन पनि कम भए। मल को लागी गाईबस्तु पाल्नु पर्दथ्यो। यस्को असर जजमानी मा पनि पर्यो। गह्र तार्दा एउटा बाच्छी, बैतरणी गर्दा एउटा बाँच्छी गरेर जहो गरेको ४०-५० बटा को गाई गोठ बाहुन हरुलाई निल्नु न उकेल्नु हुन थाल्यो। र उनिहरुले बैतरणी गर्दा पनि पैसा भए हुने भनेर नोटलाई नै दाम्लो ले तानेर नोट कै पुछ्छर मा धागोले बाँधेर बैतरणी पुजा गर्न थाले पछि मगरहरुलाई पत्यार लागेन र उनिहरु को पेशा पनि धराप मा पर्यो। लोभले गर्दा नै पुराना कयौ चलनहरु बदनाम भए।

पन्यु तताएर दाम्ने,बोक्सी दाम्ने

हेपटाईटिस, प्यरालाईसिस जस्ता बिमारहरु जमना मा पनि थिए। यसै को उपचार बिधी हो तातोले शरिर दामेर शरिरलाई पहिले को स्थानमा फर्काउने बिधी तर पछिल्लो समायमा आएर धामीहरुले यस्को गलत ब्याख्या गरे। बिरामी को गाला मा तातो पन्युले दाम्यो भने बोक्सी को गाला मा दाम बस्छ जस्ता गलत हल्ला र प्रयोग गरे फलस्बरुप झाँक्री बिधा नै धरापमा पुग्यो। त्यो बेला पनि मानिस लाई थाहा थियो शरिरको कुनै अँगले काम गर्न छोड्छ भने त्यो रगत आपुर्ती नपुगे कै कारण हो भन्ने कुरा त्यसैले नशाहरुलाई तातो बनायो भने यस्का बल्क भएका भागहरु खोलिन्छन भन्ने मानिसले थाहा पाई सकेको । तातो पन्युले काम नगर्ने शरिरका अँगहरुमा ताप दिने उपचार बिधि त्यति बेला नै बिकास भएको हो। अहिले पनि पागलहरुलाई करेन्ट लगाएर उपचार गर्ने बिधि यस्तै मान्यता को बिकसित रुप हो। यो बिधिमा पनि लगभग त्यस्तै नै हुन्छ। दिमागमा रक्त पुराउने नलीहरुको मा जमेको पानी या अन्य पदार्थलाई ताप दिएर सुकाउने या हताउने गरिन्छ या थिच्चिएका नशाहरुलाई तातो दिएर फैलाईन्छ र रक्त सन्चार सुचारु गराईन्छ। फलस्बरुप मान्छे निको हुन्छ। हाम्रा प्रबिधिहरुलाई हामीले परिमार्जित गर्नु को सातो अन्धबिस्बास को लेबल लगाएर कहिल्यै उठ्न नसक्ने गरी समाप्त पार्यौ।

प्यारालाईसिस मा प्राय शरिरका अँगहरु चल्न छाड्छ या यो अनियन्त्रित भएर अलग आकार मा फर्किन्छ। जस्तै मानिसको घाँटी बाङ्गो हुनु। हाँस्दा ओठ नर्मल भन्दा बढि बाङ्गो हुनु। यस्लाई त्यो बेला बनदेउता लागेको बनिन्थे। उनिहरुले बनको मान्छेको हात खुट्टा उल्टो हुन्छ भन्ने कल्पना गर्दथे र उल्टो हिडाई हिड्छ भन्दथे। यस्ता रोगहरुमा मानिस को शरिर पनि त्यसरी नै फर्कने हुनाले उनिहरुले यस्लाई बिस्तारै उपचार बिधिमा बिचलनहरु भित्रिए फलस्बरुप यस्ता बिमारको उपचार पनि भाले काटेर गरिन थालिए। यस्तो बेला उल्टे कुखुरा ( प्वाँख माथी फर्कने जात को कुखुरा) को प्रयोग गरिन्थे। पुजा गर्न जाने हरु पनि उल्टो हिडेर जाने गर्दथे। उल्टो हिडेर फर्कने गर्दथे।

दाँत कुराले खाएको बेला गरिने उपचार

चिसोको कारण नै दाँतमा भएको किरा सक्रिय हुन्छ भन्ने जानकारी त्यो बेला नै पाएका थिए अनि त्यो बेला को उपचार मा पनि त्यस्तै किसिमले गरिन्थे। मेठी भुटेर झोल बनाएर खुवाउदथे भने कण्ठगेडी भन्ने फल को बिया लाई गोबर मा डलेर तल बाट आगो सल्काएर धुँबालाई मुख भित्र छिराउथे। गोबर र कण्ठगेडीको धुँवाको रागले दाँतमा लागेको कुरा निस्कृय हुन्थे र दाँतका रोगी सन्चो हुन्थे। पछिल्लो अभ्यास मा उपचारकहरुले अलि बढि नै बढाई चढाई गरे। यसरी गरिने उपचार मा कण्ठगेडीको बिया आगोमा बल्दा खेरि निस्कने बिज को अकुर भाग पानी को थालीमा थापेर देखाउदै यि दाँतको कुरा खस्यो भन्ने ब्याख्या गर्न थाले नतिजा मानिसहरुले यस्लाई पनि बिस्बास गर्न छाडे। यि प्रयोग हरु भने को खारिएका प्रयोग हरु हुन कतै न कतै सत्यता चाही छ मात्रै हामीले सत्यलाई बङगाएका छौ र गलत प्रयोगलाई मात्रै देखेका छौ।

आँखामा कसिंगर पसेको उपचार

आँखामा कसिँगर पस्यो भने झारफुक गर्ने मान्छेले मरिचको गेडा चपाउदथ्यो र आँखामा फुक्ने गर्दथ्यो। यसो गर्दा मरिचको तातो रागको बास्नाले आँखामा आँसु आउद्थ्यो कसिँगर आँसु सँगै बगेर बाहिर निस्कन्दथ्यो।

आधा टाउको दुखेको उपचार

आधा चलेको भनिन्थ्यो त्यो बेला यस्तो टाउको दुखाईलाई। ओखर आधा आधा फडेर खायो भने यस्तो हुन्छ भन्ने पुरानो उखान थियो। यस्को उपचार गर्दा पानी उमालेर पानी मा बाफ लिनु लगाईन्थ्यो। पसिनामा हानिकारक पदार्थहरु निस्केर जाने गर्दथे र रोगी सन्चो पनि हुने गर्दथे। रक्सी पारेको जाँडको तातो टाउलो मा शरिरलाई सिरक ले छोपेर बस्ने उपचार बिधि पनि थुप्रै चलेको थियो।

भैसी को भुँडिमा राखेर गरिने उपचार

केहि बच्चाहरु आम बच्चा जस्तै समायमा बोल्न र हिड्न सक्दैन थे। यस्तो हुनु को कारण बच्चा को शारिरिक बिकास अन्य बच्चाको जस्तै हुन नसक्नु हो। यो बुझाई मानिस मा त्यो बेला पनि थियो तर उपचार का सरल बिधिहरु थिएनन। त्यो बेला एक दमै प्रचलन मा रहेको उपचार बिधिमा बच्चालाई भैसी को भुँडी भित्रको तातो (गोबर) मा सुताएर यस्को उपचार गरिन्थे। यसरी बोल्न नसकेका बच्चाहरु तातो ले तर्सेर बोल्न र हात खुट्टा नचल्ने बच्चाहरु तातो ले पोलेर हातखुट्टा चलाउन थाल्थे। एक किसिमले सक थेरापी थियो।
मासुको लागी भैसीलाई काटे पछि त्यस्को भुँडीलाई कातिन्थे र गोबर निकै तातो हुने गर्दथे। त्यो तातो गोबर मा एब्नर्मल बच्चालाई नाङगो पारेर सुताईन्थ्यो। उनिहरु त्यो गोबर को तातोले तर्सन्थे या शरिरको कुन भाग मा थिचिएका नशाहरु खुल्दथे र उनिहरु हिडडुल गर्न र बोल्न थाल्दथे। यो एक दमै बिश्वास गरिएको बिधि थियो कुनै बेला सम्म।
त्यसो त अर्को प्रचलन पनि थियो। जस्तै दाँत उखलेको धेरै दिन सम्म पनि नयाँ दाँत उम्रेन भने सात घर मा दुलेर जौ को सातु (पिठो) मागेर खाने चलन पनि थियो समाज मा कुनै बेला। सँयोग या सत्त जे भने पनि यसरी सातु मागेर खाएको मान्छे को दाँत उम्रन थालद्थे जसरी भुडी भित्र सुताएका बच्चाहरु हिड्न र बोल्न शुरु गर्दथे।

उपचार मा तातो पानी कुण्डहरु

तातो ले शरिरका रोगहरु उपचार हुन्छ भन्ने कुरा मानिसले पुरानो बिधि बाट नै सिकेका हुन। पन्युले शरिर दाम्ने, मरिचले आँखा फुक्ने, बच्चालाई तातो भुडीमा सुताउने जस्ता बिधिले मानिसलाई कहि न कहि थाहा भै सकेको थियो कि तातो ले रोग को उपचार हुन्छ। त्यसै ले नै तातो ले रोगका उपचार हुन्छ भनेर नै तातो पानीका कुण्डहरु रोग उपचार का लागी प्रयोग भएका हुन। कम्से कम तातो पानी उपचार कुण्डहरुलाई आधुनिक जमानत ले अन्धबिस्बास भनेर पाखा लगाउनु हुदैन यस्लाई परिमार्जित प्रयोग गर्नु पर्दछ।

के मान्छे तातो पानी ले नै सन्चो भएको हो त ?

मानिसहरु ९०% बिमारी खाना मा पोषण तत्बको कमिले हुने गर्दछ। तातो पानी उपचार मा आउनेहरु लोकल कुखुरा को मासु, घ्यु को डाईट खाने गर्दछन यस्ले शरिर को पोषण आपुर्ति हुन्छ। तातो ले हात जोर्नीका रक्त सँन्चारलाई सहज बनाई दिन्छन फलस्बरुप मानिसले तातो पानीमा दुबे पछि सन्चो हुनछन। जहाँ सम्म घाँउ खतिरा को कुरा छ सँक्रमण का किटाणुहरु पनि तातो कै कारण ले मर्ने गर्दछन र सँक्रमण नभए पछि घाँउ खतिरा हुरु पनि सन्चो हुन्छन। तातो पानी मा त्यो गुण छ त्यसै ले मानिस सन्चो हुन्छ। पछि तातो पानी मा आउने हरुले खुराक बिना नै पानी ले मात्र उपचार गर्छ भन्ने बिस्बास गरे भने एक दिन तातो पानी पनि भ्रम हुन्छ त्यसकारण तातो पानी ब्यबस्थापक हरुले पानी नै सबै हो भन्नु भन्दा पनि डाईट र बिरामी को प्रकृतिलाई पनि ध्यान दिनु पर्दछ। जस्तै शरिर मा पोषण पुगेका र बढि तौल ले गर्दा हात जोर्नेका समस्या बोकेका शहरिया बिरामीहरुलाई अलगै मसाज र तातो थेरापी तिर लगिएन भने हाम्रा खुराक ले सन्चो भएर जाने गरिब बिमारी ले त तातो पानी लाई पत्याउलान तर आराम का कारण बिरामी भएका हरुको लागी चाही पकै पनि नयाँ तरिका अपनाएन भने तातो पानी कुण्ड को बिगत पनि हाम्रो पुरानो उपचार प्रबिधि जस्तै पुरानो नहोला भन्न सकिदैन।

( जमनाको कुरा भित्र बाट)

तातो पानी को ब्यबस्थापन ले यो बेलै मा सजगता अपनाउन जरुरी छ

Advertisements

जमानाको कुरा: लिसो

जमानाको कुरा: लिसो

(आज को जमनाको कुरामा लिसोको बारेमा चर्चा हुने छ। लिसो के हो यस्को प्रयोग र यस्ले सिकाएका प्रबिधिहरुको बारेमा छोटकरी मा जानकारी दिने प्रयास आजको जमनाको कुरा भित्र हुनेछ।)

लिसो के हो ?

लिसो आफ्ने जरा मा नउम्रने अरु बोट मा टाँसिएर उम्रने परजिबी हाँगा हो । यो धेरै ठुलो हुदैन र एउटै रुखका थुप्रै हाँगामा टाँसिएर पलाउछ र बोट जस्तै देखिन्छ। यस्मा फल लाग्छ र त्यो फललाई छिप्पीनु अधि टिपेर हल्का उसिनेर बहिरी बोक्रा र गेडा फ्याँक्ने हो भने ग्लु जस्तै च्याप च्याप लाग्ने पदार्थ बन्दछ। त्यो नै लिसो हो। सरल रुपमा भन्ने हो भने लिसो एक किसिम को प्रकृतिक ग्लु(गम) हो। जस्को प्रयोग पुर्बकालमा चरा मार्ने प्रयोग गरिन्थे। कहिले कहि लिसोको हाँगा धेरै फैलियो भने बास्तबिक रुखलाई पोषण अभाव हुन्छ र मुख्य बोट नै मर्दछ। यो अरुको भरमा बाँचेको हुनाले लिसो पनि मर्दछ।

लिसो कसरी फैलिन्छ ?

लिसो पाके यस्को दाना पछि चराहरुले मन पराउछन। चराले खाएका दानाहरु कुनै रुखमा बसेर दिसा गर्यो भने त्यो बिज नै त्यो हाँगा मा उम्रन्छ र मुख्य बिरुबाले उत्पादन गरेको पोषण चोरेर आफु फस्टाउछ। चराले जति ठाउँमा बिउ पुराए यो उति नै छिटो जताततै फैलिन्छ।

लिसो कसरी तैयार गरिन्छ ?

लिसो दुई प्रजातिका हुन्छन। ठुलो र स्यानो जस्लाई स्थानियहरुले भैसी लिसो र गाई लिसो पनि भन्दछन। लिसो बाट लिसो पदार्थ निस्कने आधार र पात को साईज नै नामकरणका आधार हुन। भैसी लिसो को पात पनि अलि कालो र ठुलो हुन्छ भने फल पनि ठुलो लाग्छ। फल ठुलो हुनाले बन्ने लिसोको मात्र पनि धेरै हुन्छ। गाई लिसो आकारमा स्याना र पातहरु पनि भैसी लिसो को तुलनामा स्यानो हुन्छ। लिसो को फललाई टिपेर हल्का बाफ आउने गरी उमालिन्छ। यसरी उमालेको लिसोलाई चपलेटी ढुँगा (छपनी, चेप्टो ढंगा) मा एक तर्फि हल्का बोक्रा छोडिने गरि थिचिन्छ या ग्रेन्डिङ गरिन्छ। अनि पानी सँग घोलेर बोक्रा छुट्टाईन्छ। लिसो ठिक्क पाकेन भने लिसो बने पछि त्यो तुरुन्तै कालो रँगमा परिणत हुन्छ। जुन राम्रो मानिदैन। धेरै पाक्यो भने यो गुणस्तर कम भएको छिटै छोड्ने खालको हुन्छ। त्यसैले ठिक्क पकाउन जरुरी छ।

लिसो ले जन्माएका भनाई हरु

• लिसो बेरिएको दाउरा बाल्नु हुदैन रिण लाग्छ : बुढा पाका हरुले लिसो जेलिएको हाँगालाई दाउरा बाल्दैन। कारण लिसो रिण हो यो बालियो भने रिण लाग्छ। रुखले अरुको रिण खाएर तिर्न नसकेको कारणले यस्ले लिसो लाई पाल्न परेको भन्ने उदाहरण/बुझाई छ उनिहरुमा। तर कारण भने लिसो बेरिएको दाउरा बढि धुँवा निस्कने हुनाले स्वास्थको लागी पनि ठिक छैन। यो दाउरा बालेर मानिस बिमारी होलान भनेर नै यस्तो कथा सृजना गरिएको हो ।
• गर्भबति महिला ले छोयो भने या देख्यो भने लिसो मा मरुल (मरनी, मरमी) लाग्छ: लिसो राख्ने भाँडोलाई घोप भनिन्छ। यो गर्भिणी महिला ले देख्यो या छोयो भने त्यो लिसो मरुल (मरनी, मरमी) लाग्छ भन्ने भनाई छ। यो आँशिक सत्य पनि हो। उनिहरुको शरिर को तापक्रम आम मानिसको भन्दा बढि हुन्छ त्यो तापमानले लिसोलाई असर गर्दछ। जस्तो लिसो बढि पाक्यो भने लिसो को गमको मात्र पातलो हुन्छ त्यसै गरी लिसो मा बाहिरी तापक्रम सोझै बढि भयो भने पनि त्यो असर पुग्छ। लिसो जस्तै बन्दुक,पासो, जाल, हरु पनि गर्भिणीले छोयो भने मरुल (मरनी, मरमी) लाग्छ भनिन्छ। यसो भन्नु को कारण गर्भिणी महिलाहरुलाई हिँसात्मक कुराहरु बाट टाढा राख्नु पर्दछ भन्ने हो। बच्चालाई हिँसाले असर गर्दछ भन्ने मनोबैज्ञानिक असर बुझाउन को लागी नै त्यसरी उदाहरण दिएको हो।

लिसो को प्रयोग

लिसो को प्रयोग परम्परागत रुपमा शिकारीहरुले चरा मार्नलाई गरेका थिए। पानी बग्ने ठाउँमा तिर्खाएका चराहरु आउने बाटोमा स-साना कुलो बनाएर कुलोमा पुग्ने बाटो मा लिसो तेर्साएर राखिन्थे। जस्ला टाङग्लो भनिनथे। लिसो को मापन पन त्यहि टाङग्लोको हिसाबले हुन्थे। एक टाङ, २ टाङ भनेर आफुले कति लिसो थापेको छ हिसाब राख्ने गर्दथे। लिसो थापेको देख्ने ठाउँमै शिकारी लुकेर बसेका हुन्थे र ठुलो चरा पर्ना साथ उनिहरु आएर फुस्काएर मार्ने गर्दथे। यसरी लिसोमा फसेको चरा पक्रे पछि उनिहरु लिसो राख्ने भाँडाको पुजा गर्दथे। लिसो को घोपमा चराको टाउको को आधा नशा काटेर रगत निकाली घोपमा दल्दथे र अलिकति भुत्ला उखलेर त्यही रगतमा टाँस्ने गर्दथे। एउटा लठ्ठीमा पनि त्यसै गरि पुजा गर्दथे त्यो चाही बनदेउता लाई बनको चरा मारे बापत को माफी मागेको भन्दै पुजा गर्दथे। पछि मुसा समात्ने, चिल समात्ने, स्याल समात्ने, दुम्सी तर्साउने काममा पनि लिसो प्रयोग हुन्थे। काग, चिल ले कुखुरा को चल्ला चोरेर हैरान गर्यो भने त्यो बेला का मानिसहरु चौर खाडल खनेर कुखुरा को चल्ला भित्र राख्थे र बाहिर लिसो थापेर राख्दथे। चिल, बाज, कागहरु चल्ला खान लाई आउदथे र लिसोमा परेर अल्झन्थे। अनि उनिहरुले हिर्काएर मार्ने गर्दथे।

अहिले का र-याट काचर ग्लुहरु पनि लिसो कै सिद्दान्त नै आधारित उत्पादनहरु हुन। हामीले ब्यबसायिक प्रयोग नगरेका कारण नै हामी पछि छौ। नत्र हामी सँग पहिले नै सबै रोगका उपचार गर्न सक्ने झारपातहरु को शिप थियो। बाध मार्ने देखि लिएर चरा छोप्ने सम्म को कला पनि थियो। मात्र हामीले यस्लाई ब्यबसायिक रुपमा बिस्तार गर्न सकेनौ। कारण हाम्रा झारपातहरु पनि प्रयोग बिहिन भए हामीले महगो मा औषधी किन्नु पर्ने अबस्था आयो।

लिसोले सिकाएको शीप (कला), प्रबिधी

मानिस ले प्रकृतिबाट नै हो धेरै कुरा सिकेको। अहिले हामीले प्रयोग मा ल्याउने हाईब्रिट बिरुबा हरु पनि लिसोलाई नै आधार मानेर बनेका प्रबिधिहरु हुन। ग्राफ्टिङ (एउटा बोटमा अर्को रुखको हाँगा तासेर उमार्ने प्रबिधि) मानिस ले लिसो बाट नै अनुसरण गरेका हुन। अहिले मानिसले थुप्रै कुरा को बिकास गरेको छ। भेन्टाको जरामा गोलभेडा ताँसेर एउटै बोट बाट ५० केजी सम्म टमाटर फलाएको छ। एउटै रुखमा आरु, का थुप्रै जातहरु, एउटै बोटमा थुप्रै रँग र स्वादका अँगुरहरु फलाएको छ। लिसो नभएको भए साहेद नै यि कुराको आबिस्कार हुनु मा अझै बढि समाय लाग्ने थियो।

सन्सारलाई यति धेरै गुण लगाएको लिसो चाही। बोट मारेको आरोपमा अझै पनि अपहेलित नै छ। मानिसले यति धेरै गुण सिकेर पनि लिसोलाई अझै पनि त्यहि मान्यता मै छाडिएको छ। लिसोलाई नै आफ्नै जरामा उमार्ने उत्साह चाही मानिसले कहिल्यै पनि देखाएको छैन। मैले ४,५ चोटी लिसो को हागा लागेको बयस को हाँगालाई जमिन मा गाडेर लिसो को रुख बनाउन खोजेकै हो तर यस्तो गर्नु हुदैन पिर्छ (सराप लाग्छ) बनेर मेरो परिवारले मेरो सपना कहिल्यै पुरा हुनु दिनु भएन। यसो हुन सकेको भए लिसो को परिभाषा फेरिन्थ्यो होला र यस्को मौलिकता नै लोप हुन्थ्यो होला। जे हुन्छ राम्रै को लागी हुन्छ। मैले गुनासो गर्नु पर्ने कारण छैन। कहि कतै यस्तो भएको छ भने मलाई खुसि नै लाग्नेछ। मैले गर्न नपाएको प्रयोग भएछ।

(जमनाको कुरा भित्र बाट)

माया त माया हो

(जस्ले बुझेका छन उनिहरुमा समर्पित शब्दहरु)

माया त माया हो

माया त माया हो फरक परिभाषा नखोज
सन्सारले गर्न नजानेको माया
सन्सारले पाउन नसकेको माया
तिमीले मेरो लागी साँचेको छौ भने
मैले हरेक पल तिम्रो लागी बाँचेको छु।
केहि थोपा रगत देशको लागी बचाउ
तिमीले देशको लागी लड्नु छ।
केहि थोपा रगत आफ्नो लागी बचाउ
तिमीले सुन्दर जीवन बाँच्नु छ।
देश छ र त्यही तिम्रो परिचय छ
तिमी तिम्रो परिचयको साख जोगाउ
प्रेमको भाषा एउटै हुन्छ।
कतै फरक परिभाषित हुन्छन भने
त्यो प्रेम होईन प्रयोग हो।
प्रयोग हुने माया साँचो हुदैन
माया त माया हो
मनले बुझ्न मिल्ने,मनले छुन मिल्ने
आँखाले हेर्न मिल्ने, स्पर्शले बुझ्ने मिल्ने
तिमी मलाई त्यही भाषामा प्रेम सिकाउ
जुन तिमीले बोल्न सक्छौ
जुन तिमीले मलाई बताउन सक्छौ
तिमीले र मैले देखेका सपना मिले भने
त्यो सँयोग होईन प्रेम हो
यहि मायालाई बलियो बनाउ
हामीले सिङगो जीवन बाँच्नु छ
कहिलै नहार्ने तिम्रो अटल मन जस्तै
सुन्दर जीवन बाँच्नु छ।
माया छ र मटु दुख्छ
दुखाईको फरक अर्थ नखोज
माया त माया हो फरक परिभाषा नखोज
सन्सारले गर्न नजानेको माया
सन्सारले पाउन नसकेको माया
तिमीले मेरो लागी साँचेको छौ भने
मैले हरेक पल तिम्रो लागी बाँचेको छ।

(सयौ पटक मैले नै भनेको छु – प्रेम तरल पदार्थ हो सतह सँगै आकार बदलिन्छ। तर म आफैले आकार नबद्लिने माया तिमीलाई नै गरेको छु। मलाई हरेक बोटलमा नापेर हेर या सतहमा पोखेर हेर त्यहा तिमीले आफुलाई देखेनौ भने यो माया होईन प्रयोग हो । प्रयोग लाई माया सम्झने भुल तिमीले गर्नु हुदैन ।यस्लाई माया सम्झनु हुदैन।)

सम्झनाका स्पर्शहरु: स्याल सँग लडाई परेको रात

जमनाको कुरा
सम्झनाका स्पर्शहरु: स्याल सँग लडाई परेको रात

एक पटक गाँउमा खरायो पालन को खुब चलन थियो। खासगरी हाम्रो टोलवरिपरि। खरायो को मासु खाने बानी नपरेका मानिसहरु र अर्धब्यबसायिकता को कारण खरायो उत्पादन भएर पनि बजार बन्न सकेन फलस्बरुप खरायो का खोरहरु कुखुरा का धोर (खोर) बन्न थाले।

एक पटक धोर थुन्न बिर्सेको मौका पारेर भबिन्द्रको खोर मा स्याल पसेछ। फुल फूल्ने माउ स्यालले मारि भ्याएछ। यो कुरा भित्र सुईको लागेछ। अनि भबिन्द्र बाहिर निस्केर छिटो छिटो खोर को ढोका बन्द गरे छ। स्याल पर्यो खोर भित्र बन्द। अब खोर भित्र थुनिएको स्याल लाई कसरी मार्ने भन्ने सल्लाह गर्ने भबिन्द्रले मलाई बोलायो। छिमेक मा बोलाए पछि ४ काल्ला तल म पनि झरि हाले। तल्तिर का भाउजु बैनीहरु पनि उक्ली सकेका थिए। सबैलेआफ्नो आफ्नो राय सुनाउनु सुरु गरे ।

मेरो राय चाही स्याल लाई खोर सँगै नै जलाएर मार्ने थियो। बन्दुक माओबादी द्ण्दको बेलामा सबै बेनी मा जम्मा गर्नु परेको ले गाँउ बन्दुक बिहिन थियो। अलि अलि मट्टितेल स्यालको जिउमा फाल्ने अनि आगो लगाई दिने। बनाउने बेला मा ४ हजार खर्च भएको खोर कहाँ आगो लगाउनु भबिन्द्रले मानेन। स्याल जारी स्वास्नी भगाएको लोग्ने मान्छे जस्तै एउटा कुना मा नचलीकन बसेको थियो। भबिन्द्रलाई के लागेछ लाटो स्याल छ। हसिया ले टाउको मा हानेर मार्छु भन्ने आँत आएछ। भित्र बाट डाले आसी ( ठुलो हरिया) धार लगाएर आयो। तल्लो घरको भाउजु ले भन्नु भयो खतरा हुन्छ ढोका खोलेको देख्दा बित्तीकै स्यालले आक्रमण गर्न सक्छ। कुरा ठिकै हो। जाने बाटो नभएर पो लाटो भएर बसेको छ । बाटो देख्यो भने त यसै ज्यानलाई डर उसै डर खतरा मोलेरै भाग्छ भन्ने कुरा यो सबैलाई हो जस्तै लाग्यो र एक छिन लाई हसियाले टाउकै मा कोपेर स्याल मार्ने योजना ठाटी बस्यो। तल्लो घरको भाउजुको मा बाजे बजै को लामो तरबार थियो। त्यही तरबार ले स्यानो चर बाट स्याललाई रोपेर मार्ने योजना बन्यो। तरबारले रोपेर बाहिर बाट तरबारको बिडमा मुग्रोले हान्दा पनि स्याल मर्दै मरेन। जस्ता को तस्तै नकराईन बस्यो। तरबार झिकेर तातो बनाएर रोप्ने भनेको भबिन्द्रलाई झनझट जस्तै लागेछ।

मलाई पहिले जस्तै तरबारले स्याल को पेट मा रोप्न लगायो र उस्ले बिस्तारै डाले आसी ले स्याल को टाउको मा आक्रमण गर्यो। तर हामीले सोचेको जस्तो सजिलो भएन। पेट छिर्ने गरी तरबारले खोर को भित्ता मा घोचेको स्याल भए भरको बल लगाएर उफ्रियो र ढोका बाट बाहिर पनि निस्कियो। हतार मा भग्न खोज्दा स्याल तल्लो घरको बैनी को दुई खुट्टा बिच बाट छिर्न खोजेछ लुँगीमा अल्झियो। कता गयो कता गयो, गयो गयो, भन्दा भन्दै बैनी आत्तिएर करायो मेरो लँगीमा अल्झेको छ। अगालो, टगालो, चिरुवा डाउरा पहिले नै जम्मा परि सकिएको थियो र भाउजु बुहारी, बैनी ले समाएर बसेका पनि थिए। हान्न चाही कसैले पनि भ्याएनन। बैनी को लुँगीमा स्याल अल्झेकोले भबिन्द्र ले स्याल को पछिल्लो खुट्टामा समाउन भ्याएछ। २०-२२ किलो को स्याल लाई पछिल्लो खुट्टामा समाएर ७-८ पटक त भुईमा पछारेकै हो। स्याल ज्याड्रो जिरे हुदो रहेछ। एक पटक अईया पनि भनेन। यति छिटो धुमाई धुमाई पछारेको थियो कि सबैले टाउको फुटेर स्याल मर्छ भन्ने सोचेका थियो। भबिन्द्र गल्दै गयो स्याल गलेन। स्याले अर्को खुट्टाले लात मार्न थाल्यो। बिचमा स्याल पछार्ने भाई उता पत्ती बुहारी यता पत्ती जेठाजु तगालोको आगालो ले हाने कै हो तर गजबार गजबार जुझेर एउटा अगालो भाच्चियो। स्याललाई छुदै छोएन। अन्त त स्यालको एक लाट्टी भबिन्द्रको टाउको मा लाग्यो उ थाकी सकेको ले स्याले अरु लात मार्ने सम्भावना थियो। त्यसैले उस्ले स्याल को खुट्टा छोडी दियो। स्याल निमेष मै गायब भयो।

स्याल मार्ने नसकेको मा हामी स्यालमारा दादा हुन सकेनौ । स्याल त्यो बर्ष भरि पाखातिर कुखुरा चोर्न आएन । भबिन्द्रलाई लागेको स्यालको एक लात्ती चाहि निको हुन १ हप्ता लाग्यो। त्यो पनि सिस्नु को जरा र मुसाको लिड सँगै कुटेको घरेलु दबाई ले।
नोक्शान चहि गरेर गयो स्यालले एउटा फुल्ने माउँ ठहरै मार्यो। दुईवटा गजबार भाँच्चियो। हामीले स्याल त कुट्यौ मार्न चाहि सकेनौ। स्याल भागे पछि तल्तिरको भाउजु र बैनी तरबार बोकेर जानु भयो म लुरुलुरु चार काल्ला उक्लिए। स्याल को लात्ती नकाएको ले मलाई चाही कतै पनि दुखेन। मैले घोचेको तरबारले पनि स्याल लाई केहि पनि भएन। ज्याद्रो बलियो पो हुदो रहेछ। चोरी चोरी कुखुरा खाएको ताकत कहाँ जाओस। एक मिनेट भित्रै ७-८ पटक भुईमा टाउको पछार्दा पनि आईया पनि भनेन। त्यो बेला मा ढुगाको छपनी कहाँ पाउनु। छपनी मा पछार्न भएको भए त त्यसको पनि राम नाम सत्य हुन्थ्यो।
दिम्मुर को रुखमा दिम्मुर समातेको चकचके बाँदरलाई टाढै बाट मिस नगरी कन एकै प्रहारले मार्न सक्ने शिकारी दाजु-भाई ले खोर मै थुनिएको स्याल मार्न नसकेको पनि जीवन भर यादगर्नु लायक सम्झना नै हो। बन्दुक भएको भए त त्यो स्याल को सात पुस्ताले खोज्दा पनि लास नपाउने गरी अन्तिम सँस्कार भै सक्ने थियो। के गर्ने बन्दुक थिएन हतार मा माले माले छाता (त्यो बेलाको लाहुरे छाता) डण्डी (स्टील) पनि भेटिएन। नत्र त हामी त स्यानैमा खुर्सानीको बोट पोलेर बारुद छाता बिगारेर बन्दुक को नाल बनाउने आबिस्कार पो त नि।

जे होस मान्छे भएको भए कुन गौडामा ढुँगा समाएर बस्थ्यो होला स्याल भएर हामीलाई ईख राख्न सकेन। तर कुटाई चाही जीवन भर भुलेन होला र पाखातिर त जीन्दगीमा जति भोक लागे पनि फर्केन होला त्यो स्याल। मान्छे न कुटी स्याल कुटेको मा कहिले कहि यो मनले पनि आनन्द मान्छ।

(जमनाको कुरा भित्र-
सम्झनाका स्पर्शहरु बाट)

test 2

This is my second post from mobile