हरेलो मेला २०६९ : वाखेत का भिडियोहरु

बिध्योदय निमाबि वाखेत बाट (नेपाल बाट)  पहिलो बल्ग

हरेलो मेला २०६९ का भिडियोहरु

बिध्योदय निमाबि वाखेत का बिधार्थी भाई बैनीहरुको वेलकम परेड

हरेलो मेला र स्कुल को ग्राउण्ड एउटै भएको ले मेला मा स्कुलले भाई बैनीहरुले पनि आफ्नो परेड यसरी देखाए।

_______________________________________________________________________

परम्परागत रुपमा वाखेत वडा न ६-७ वाट धार्मिक लाखे पर्दशन यो बर्ष पनि यसरी नै गरियो। यो लाखे नै मेला को आकर्षण हो। हरेलो हरेक बर्ष भदौ महिनाको  पहिलो मँगलबार लाग्ने गर्दछ।

वाखेत धार्मिक लाखे को अर्को भाग

________________________________________________________________________

आमा समुह को नृत्य पनि यो मेला को मुख्य आकर्षण मध्ये एक बन्यो।

वडानँ- ६ का आमा समुहहरु

_________________________________________________________________________

वडानँ- ७  का आमा समुहहरु

_______________________________________________________________________

वडानँ- ८  का आमा समुहहरु

_______________________________________________________________________

वडानँ-९  का आमा समुहहरु

_________________________________________________________________________

दिल कुमारी राम्जाली को नृत्य

फाउन्डर मेमबर वाखेत साँस्कृतिक समुह वाखेत

_________________________________________________________________________

मिरा राम्जाली र साथीहरु को नृत्य

_________________________________________________________________________

विध्योदय निमाबि वाखेत का बिधार्थी भाई बैनीहरु को नृत्य

कल्ले लाने हो मलाई डोली मा चढाई – मिरा राम्जाली र साथीहरु

* खेल साराँश भोलिको पोस्ट मा

_________________________________________________________________________

Advertisements

हरेलो मेला २०६९ लाई १०१% स्पोन्सर बिदेश बाट, हरेलो साराँश

हरेलो मेला २०६९ लाई १०१% स्पोन्सर बिदेश बाट

August 31, 2012 ( भदौ १५, २०६९)

फेशबुकमा Mero Wakhet Gaun- सुमह मा हरेलो मेला लाई सहयोग गर्ने बारे छलफल भयो र यो पटक १ लाख ६० हजार को रकम सँकलन भयो। स्व-स्फुर्त रुप मै आफैले पुरुस्कार रोज्न पाउने गरी भएको छलफल मा बिदेशमा कार्यरत युवाहरुले यति उत्साहजनक रुपमा प्रस्तुत गर्नु भयो कि हरेलो मेला र युवा कल्बलाई नै ईतिहास कै यादगार बनाउन सफल भयो। सफल यस अर्थमा कि हरेलो मेला को लागी पुरै पुरुस्कार स्पोन्सर बिदेश बाट भएको यो पहिलो बर्ष हो र केशब पुन को सक्रियता मा र स्पोन्सरमा वाखेत मा ईन्टरनेट पनि २०६९ को सुरुवाट पहिल्यै जोडिएको ले यो साल हरेलोको लाईभ अपडेट पनि भयो। युटुव मा लाईभ स्ट्रिम भिडियो पनि देखाउन सफल भयो भलै नेटको स्पिड स्लो हुनाले भिडियो क्वालिटि नराम्रो नै किन नहोस। हरेलो भरि ११ वाट किल्प यु टुव मा अपलोड भए। जस्को लागी हरेलो टिम सबैलाई धेरै धेरै धन्यबाद।

बिदेश बाट सँकलन भएको रकम राम पाईजा र कुमार राम्जाली ले कार्यक्रम स्थल मै उहाँहरुको सम्बन्धित आफन्त मार्फत युवा कल्वलाई हस्तान्तरण गरेको थियो।

2069 “HARELO MELA WAKHET”

EVENT AND PRIZE DETAIL:
1. Men basketball. 1st prize Rs 26,000 2nd prize Rs 15,000
2. Men volleyball. 1st prize Rs 26,000 2nd prize Rs 15,000
3. Women volleyball. 1st prize Rs 15,000 2nd prize Rs 8,000
4. Youth basketball. 1st prize Rs 8,000 2nd prize Rs 5,000
(GRAND TOTAL = 75,000) (GRAND TOTAL = 43,000)

# WE ARE HAPPY TO MENTION THE NAME OF 1st SPONSOR GROUP:
a. Nar Bahadur Ramjali ( U.S.A)
b. Prithiman Ramjali ( Australia)
c.Tak Bahadur Paija ( U.K )
d. Shiva Pun ( HONG KONG)
e. Tejendra Thpa ( Australia )

# DETAIL OF THE PRIZE MAKE SUCCESS THIS YEAR FROM ABOVE PEOPLE ARE:

– Men basketball 1st prize ( Rs 26,000 )
– Men volleyball 1st prize ( Rs 26,000)
– Women volleyball 1st prize ( Rs 15,000)
– Youth basketball 1st prize ( Rs 8,000 )
– Men volleyball 2nd prize ( Rs 15,000 )
– Youth basketball 2nd prize ( Rs 5,000 )
( GRAND TOTAL = 95,000 )

# ALSO THEY ARE GOING TO SPONSOR FOR UNIFORM FOR VOLLEYBALL & BASKETBALL:
– Men basketball = 7 set
– Men volleyball = 8 set
– Women volleyball = 8 set
– Youth basketball = 7 set
( total = 30 set of jersey and uniform)
we are thankful to all of our sponsor and heartily appreciate your priceless gift for the WAKHET harelo mela 2069.

# SECOND SPONSOR GROUP FOR HARELO MELA WAKHET 2069 ARE FROM QATAR:
1. Amar thapa and his friends:

– Men basketball 2nd prize = Rs 15,000
– Women volleyball 2nd prize = Rs 8,000
( Grand total = Rs 23,000 )

कतार बाट सहयोग गर्नु हुने साथीहरुको नाम लिस्ट तल हेर्नुहोस
Also this group are going to sponsor for all the best player prize for the event.
( Dear, amar dai please send me detail name of the your group and thank you so much for your help. )

HOW LUCKY AND GRATEFUL TO HAVE SUCH A WONDERFUL, KIND AND AWESOME PEOPLE IN OUR WAKHET FAMILY. WE ALWAYS FEEL PROUD OF YOU ALL WHERE EVER YOU ARE AND WHAT YOU ARE DOING, HEARTILY PRAY TO THE GOD FOR YOUR SAFE AND GOOD HEALTH.
AGAIN, WE APPRECIATE WHAT YOU ALL HAVE DONE TO GET SUCCESS IN THIS 2069 HARELO MELA AND WE ARE LOOKING FORWARD …… THANK YOU , THANK YOU, THANK YOU ,,.. ALL …..THANK YOU…………….SO MUCH….. ( hamro wakhet ramro wakhet )
update by YUNSANG THAPA ( Tejendra Thapa )
AUSTRALIA.

हरेलो मेला: २०६९ वाखेत साराँश

५ गते मगलबार  २०६९ बाट शुरु -१५ गते शनिबार समापन

सास्कृतिक झाँकी, नृत्य

धार्मिक लाखे- बडानं – ६ ( नृत्य भाई बैनीहरु ६,७,८,९)

आमा समुहको नृत्य : बडानं ६,७,८,९

घारसुन्ना लालीगुरास युबा क्लब- टिम

धौवलागेरी बोर्डिङ स्कुल- ओखले

बिध्योदय निमाबि वाखेत

दिलकुमारी राम्जाली(गर्बुजा)

अन्य सहभागी कलकारहरु सबै

खेलकुद

भलिबल पुरुष

पहिलो स्थान – KYC घतान       पुरुस्कार – २६ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – घतान तोरिपानी     पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १९

______________________________________________________________

भलिबल महिला –

पहिलो स्थान – तामाखानी युवा क्लब रुम    पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक टिम (घारसुन्ना युवा कल्ब वाखेत  पुरुस्कार – ८ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – ६

_______________________________________________________________

बाल बास्केटबल ( Boys under 15)

प्रथम स्थान – चिमखोला    पुरुस्कार – पुरुस्कार – ८ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक ( वाखेत) पुरुस्कार – ५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १६

____________________________________________________________

  पुरुष बास्केटबल

प्रथम स्थान – सृजनशिल युवा क्लब पात्लेखेत           पुरुस्कार – २६ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक घारसुन्ना लालीगुरास युवा क्लब वाखेत  पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १४

________________________________________________________________________

     छेलो ( ठेलो)

प्रथम – सुबास पाईजा

दोस्रो – अर्जुन खत्री

________________________________________________________________________

 सो डान्स प्रतियोगीता

प्रथम – सन्तोष शेर्पा, बेनी

दोस्रो – मीरा राम्जाली, वाखेत

तेस्रो – नमुना गर्बुजा, दगनाम

____________________________________________________________________

गायन प्रस्तुती

पोखरा बिग आईकन – गगन पुन

गुन पुर्जा

डेक पुन

गम पुन

जीवन परियार

__________________________________________________________

आयोजक – घारसुन्ना लालीगुरास युवा क्लब वाखेत

कार्यक्रम हरेलो मेला आयोजक समिति अध्यक्ष दिलबहादुर बुढाथोकीको अध्यक्षता, समाजसेवी राम पाईजा (स्यानु) को प्रमुख आतिथ्यता र क्लब अध्यक्ष याम रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पात्लेखेत गाविस सचिव बलबहादुर खत्रीले मन्तव्य राख्नुभएको थियो । टेक थजाली को कृति

“दायरी भित्रका मनका बिस्कुन” को पनि सोहि दिन बिमोचन गरिएको थियो।

हरेलो मेला २०६९ का स्पोन्सरहरु 

2

हरेलो मेला २०६९ का स्पोन्सर ब्यानर

हरेलो मेला २०६९ का स्पोन्सर ब्यानर

11 (3)

अहिले सम्म स्कुललाई सहयोग गर्ने हरु को  सहयोग ब्यानर

अहिले सम्म स्कुललाई सहयोग गर्ने हरु को सहयोग ब्यानर

स्कुललाई पहिले  सहयोग भैसकेको हरु को ब्यानर

हरेलो को आयब्या साराँश

486850_494139953931056_1131841561_n

यो एउटा प्रयास मात्रै हो हाम्रो हरेलो मेला को अभिलेख सबैले देख्ने ठाउँ मा सँग्रह गर्ने। हामी लाई सबैको सहयोग चाहिएको छ। ता कि यसरी नै सबै कुरा को अभिलेख यसरी नै राख्न सकियो।

-स्यानू पाईजा

धन्यबाद,

सबै स्पोन्सरहरुलाई

सबै खेलाडी, कलाकार, दर्शक, सुभचिन्तकलाई

जस्ले वाखेत हरेलो मेलालाई भब्य सभ्य बनाई दिनु भयो।

हाम्रो वाखेत राम्रो वाखेत बनाई दिनु भयो।

अर्को साल भदौ महिना को पहिलो मँगलबार फेरि भेटौला।

–    वाखेत परिवार

पाखापानी ३ कमनाथ स्थीत नन्दु चोचाङ्गीको घरमा आगलागि

साभार बेनी अनलाईन http://benionline.com.np/18258.html

१२ भदौ, २०६९ ( 28 Aug, 2012)

म्याग्दीको पाखापानी गाविस ३ कमनाथ स्थीत नन्दु चोचाङ्गीको घरमा सोमबार राति करीब ९.३० आगलागि हुदा पसलमा भएका स्टक तथा चल अचल सम्पति जलेर नष्ट भएको छ ।

स्थानिय अमर माबि पाखापानिका प्रअ युबहादुर गर्बुजाका अनुसार आगलागिका कारण कुनै मानबिय क्षति नभएपनि बिद्यालय व्यबस्थापन समितिका पर्व अध्यक्ष समेत रहनु भएका नन्दु चोाचाङ्गीको घर र बर्खे सिजनलाई स्टक राखिएका पसलमा सामाग्रि सहीत करीब २५ लाख बराबरको घनमाल जलेर नष्ट भएको छ ।

स्थानियबासी, नेपाल प्रहरी र नेपालि सेनाको इन्द्र बक्स गणको लङ्ग बेस पेट्रोलिङ्ग रहेको सीपाही समुहको लामो प्रयास पछि नन्दु चोचाङ्गीको घर जोगाउन नसकेपनि आगोलाई नियन्त्रणमा लिई उनका घरसंगै जोडीएको श्रीप्रसाद पाइजा र लक्ष्मण चोचाङ्गीको घर जल्नबाट जोगाएका छन ।

क्याप्टेन मनोरथ गौतमको कमाण्डमा रहेको सेनाको टोली संगै प्रहरी र स्थानियबासीको लामो प्रयास पछि आगो नियन्त्रणमा आएको इन्द्र बक्स गण गणपति भरतचन्द्र गुरुङ्गले जानाकारी दिनुभयो । बिजुलि नभएको समयमा आगलागि भएकाले के कति कारणले आगलागि भएको हो खुल्न सकेको छैन ।

हरेलो के हो ?

हरेलो के हो ?

हरेलो पुरानो ईतिहास बोके को चाडपर्व हो। मुख्य रुप मा हरेलो कुनै न कुनै रुपले सबै किसानीमा आधारित गाउँहरु मा मनाईन्छ। यो लामो ईतिहास बोके को चाडपर्व हो। जुन खास गरी पहाडी जिल्लाहरु मा मनाईन्छ। जुन कृषिमा आधारित हुन्छ। यो कुनै ठाउँमा साउन को अन्तिम मँगलबार मनाईन्छ भने म्याग्दी जिल्लाको पात्लेखेत गा०बि०स०, वाखेतमा यो पर्व भदौ को पहिलो मंगलबार मनाईन्छ।  तिथी मिति मिलाएर भन्दा पनि परम्परागत रुपमा  बार मिलाएर भदौ को पहिलो मँगलबार नै मनाईनु नै यो आफैमा मौलिकता हो।

खेती पूजा र पितृ पूजा को रुपमा हरेलो

हरेलो अन्य ठाउँ मा साउन को अन्तिम मँगलबार लाग्ने गर्छ भने म्याग्दी जिल्ला पात्लेखेत गाबिस को वाखेत मा यो हरेलो मेला भदौ को पहिलो मँगलबार लाग्ने गर्दछ। यो दिन परिवार का जेठो सदस्यले बिहानै आफ्न पितृहरुको सम्झना मा घरमा पाकेका हरेलो परिकार र हरेकलाई १-१ जोली रातोसेतो ध्बाजा निगालो या कुनै हरियो पात सहित को हाँगा मा लस्करै बाँधेर घर को दलिन मा चढाईन्छ। यसरी घर भित्र को पूजा सकिए पछि खेती पूजा शुरु हुन्छ। खास गरी हरेलो पकवान चरा,मुसा र मग्याङ्ग्रा गहुँको पिठो बाट बनेको तेलमा पकाईन्छ र त्यो पकवानलाई तरुल नभए फर्सीको पातमा पोका पारेर पहिलो दिन जँगलबाट हरियो काटेर लिएको गुराँस को हरियो थाक्रो को हाँगो मा बाधेर त्यो थाक्रो (हाँगो) लाई धानखेत को आली र कोदो बारी को दिल मा गाडिन्छ। र गुईठा बालेर बनाएको आगो मा धानको भुस निसाएको हरेलो धुप हालिन्छ र लौ हाम्रो खेती बाली को राम्रो हेरचाह गरिदिनुस। खेती राम्रो होस। फलेको अन्न को सह आओस भनेर पूजा गरिन्छ। कसै कसैले भाले काटेर भोग पनि दिन्छन।

हरेलोको नामकरणको आधार

हरेलो “हेरालो” भन्ने शव्द बाट अपभ्रंश भएर हरेलो को रुपमा स्थापित भएको नाम हो। जव मानव जाती जँगली शिकारमा आधारित बसोबास छाडेर समुहमा खेती मा आधारित जिवनयापन शुरु गरे त्यहि समाय मा हरेलो को जन्म भएको मानिन्छ। परापुर्वकाल गाई भैसीहरु लाई असार-साउन खेती को समाय मा जंगल पठाउने चलन थियो। बनमा बर्षाको समाय मा राम्रो चरण ( गाई भैसीले खाने घाँस) हुने र खेती को समाय मा सबै ब्यस्त हुने हुनाले गाई बस्तुलाई जँगल पठाउदा हरेक टोल र समुहले आफ्नै आफ्नै निस्चित १,२ मान्छे लाई खर्च उठाएर दिन्थे र गाई बस्तुको देखभालको जिम्मा दिने गर्दथे। जस्लाई हेरालो भनिन्थ्यो। गाई भैसी को गोठको काम गर्ने लाई गोठालो भने जस्तै जँगल पठाएको बेला मा गाई बस्तुलाई गाँऊ फर्कन नदिने तथा सुरक्षा दिने  ब्यक्तीलाई हेरालो भनिन्थ्यो। हेरालो शव्द बाट नै हरेलो बनेको हो । गाउँले ले खेती को काम सक्ने र गाउँले ले जँगल पठाएको गाई वस्तुलाई गाउँ फर्कन दिएको दिन नै सबैले थकाई मेटाउन र रमाईलो गर्नको लागी मेला लगाउन सुरु गरे। पछि यो खेतीपातीको रक्षाको को कुरा मा पनि जोडियो र परम्परा बनेर चलेको छ। समाय सँगै गाई-बस्तुलाई बर्षाको समायमा ( रोपाईको बेलाम) जँगल पठाउने चलन त हरायो तर हरेलो चाहि हाम्रो परम्परा बनेर बाँचिरहेको छ।

शुरुवाट को हरेलो कस्तो हुन्द्थ्यो ?

रोपाई सकिए पछि र मकै बाली थन्काए पछि गाउँमा कटुवाल ( सार्वजानिक सन्देश उच्चो स्वरमा अग्लो ठाउँमा उभिएर सबैलाई सुनाउने ब्याक्ती) कराउदथ्यो। यो सन्देश मा भनिन्थ्यो।——– गाउँवासीहरु—फलानो दिन भित्र सबैले आ-आफ्नो बारीको मकै र अन्नवाली निकाल्नु होला। यसरी सामुहिक सन्देशले निस्चित गरेको दिन सम्म सबै मकै र नोक्सान हुने सबै अन्नबाली बारी बाट निकाली सके पछि जँगल बाट गाँउ फर्कने टागरो, टगालोहरु खुल्ला गरेर हेरालोहरु मेला मनाउनु गाउँ फर्कने गर्दथे। गाउँमा बारीको टगारो, टगालो पनि खुल्ला गरिएको हुन्थ्यो। गाई बस्तु जँगल बाट फर्केपछि सोझै गाई बस्तु बारीमा पस्दथे। गाउँलेहरु मेलामा रमाईलो गर्दथे। बिभिन्न परिकारहरु तैयार गर्दथे, दिबङगत आत्माहरुलाई सम्झेर खाना चढाउथे। पछि गएर यो खेतीपूजाको रुपमा स्थापित भयो। जसरी बनमा पठाएको गाईबस्तुलाई हेरालो ले सुरक्षित राख्दथे त्यसै गरी खेत-बारीमा पनि हेरालो को प्रतिकको रुपमा गुराँशको हाँगामा बिभिन्न अन्न खर्चको पोका हरु राखेर सुरक्षा गरिदिनुस भनि पूजा गरिन थालियो। यो ठाउँ बिषेश फरक हुन्छ। गुराँस को सत्तामा कहि खिर्रा, तितेपाती, या अन्य बोटको हाँगा पनि प्रयोग गरिन्छ। कतै कतै खेतमा कुखुराको भाले काटेर भोग पनि दिईन्छ। र वाखेतमा बाहेक अन्य भेकहरुमा साउनको अन्तिम मँगलबार मनाईन्छ। यो हरेलो अहिले मेलाको रुपमा मनाईन्छ। ७-१० सम्म बिभिन्न कार्यक्रम सहित यो मेला पात्लेखेत गाबिस को  वाखेत मा लाग्ने गर्दछ।

हरेलोको को भबिस्य

अहिले हरेलो कतिपय ठाउँमा मनाउन नसक्ने महँगो साबित हुदैछ। बढ्दो महँगी, स्थानिय आर्थिक स्रोत को अभाव, स्थानिय स्रोतले धान्न सक्ने पुरुस्कारका राशी ले गर्दा खेरी अव हरेलोलाई मौलिक चाँडको रुपमा बचाई राख्नु निकै गाह्रो भै सकेको छ। भबिस्यमा हरेलो लाई निरन्तर मौलिक रुप मा सन्चालन गराउने हो भने आयोजकले निक्कै साहस र अनुसन्धान गर्नु पर्ने बेला भै सकेको छ। स्थानिय स्रोतलाई पहिचान गरि हरेलो लाई धाटा को रमिता बनाउनु भन्दा उत्पादन मुलक बनाउन जरुरी भै सकेको छ। होईन भने हरेलो कि त हराएर जान्छ कि महोत्सोव को रुपमा टिकट काटेर हेर्नु पर्ने हुन्छ। यो हुनु भनेको पनि हरेलो हराउनु बराबर नै हो। हामीले हाम्रो हरेलो लाई बिज्ञापन को रुपमा हाम्रो प्रयोग गरेर गाउँ को लोकल टुरिजम र उत्पादनको रुपमा प्रयोग गरेर प्रोमोशन गर्न सक्छौ।

-स्यानु पाईजा, वाखेत डायरी

(जमानाको कुरा भित्र बाट)

हरेलो मेला २०६९ को भिडियो साराँश

जस्ले लुट हेर्नु भएको छैन । -स्यानु पाईजा

२०१२ को सुपर हिट फिल्म हेरे पछि को बल्ग पोस्ट

जस्ले लुट हेर्नु भएको छैन ।

लुट मा के छ ?

साधारण दैनिक सुनेका सम्बादहरु छन। मुलत कथा बैक लुट को छ । उध्रेको चोली गीत सुनेर लुटलाई भल्गर फिल्म को ईमेज दिमाग मा बनाउनु भएको छ भने तपाई को अनुमान गलत छ। यो पुरै फिल्ममा नायिका को ईन्ट्री ५० सौ मिनेट पछि का दृष्यमा मात्र हुन्छ। यो पनि एकै छिन को लागी जम्मा जम्मी गनेरै भन्ने हो भने यो फिल्ममा महिला अनुहार ३ जना बैक मा एक झलक ४ जना को मात्र छ। यो फिल्मलाई एडल्ट सर्टिफिकेट किन मिले होला ? केहि पनि छैन यो फिल्म मा त्यस्तो। यो भन्दा भल्गर सम्वाद त हर्के हल्दार र तितो सत्यमा दोहरिएर आउँछ।

यो फिल्म को मौलिकता भने को डाईलग मात्रै हो। स्टोरी नयाँ होईन। नेपालीपन मा प्रस्तुत गरेको मात्र हो।

लुट हेरि सके पछि साथीहरुले भनेका थिए लुट मा केहि पनि छैन। हो लुट मा केहि पनि छैन।

जे छ यति मात्रै छ । पैसा पैसा सबै को जरुरत पैसा। यहि पैसा कै लागी मरि हत्ते गर्ने बेरोजगार युवाहरु को कथा छ लुटमा जुन लुट्न प्लान लास्टमा यस्तो पल्टी खान्छ कि हाकु काले ले बाँकी ४ जनालाई लोप्पा खुवाएर जेल पठाई दिन्छ। बैक लुट्ने आफ्नो टिम उस्को गोप्य अलगै हुन्छ तर ४ जना पैसाको लागी मर्ने केटाहरुलाई बैक आफूहरुले लुटेर फसाउन को लागी मात्र प्रयोग गरेको छ। बैक लुटेर लुटेरहरु भाग्छन। डमी लुटेरहरु नलुटिकन पुलिस को फन्दामा पर्दछन।

लुट ले दिने शन्देश यति नै हो । पैसा को पछि भाग्नु हुदैन अनि अरुको सजिलै बिश्वास गर्नु हुदैन। बास्तबमा पैसाले मान्छे को नियत सजिलै बिग्रन्छ भन्ने शन्देश नै यो फिल्म को सार हो ।

डाईलग चाही रमाईलै छ ।

– बैक लुट्ने मास्टर प्लान छ म सँग – आँट छ ?
-अनि भाग मा चाहि कति पर्छ नि? पच्चिस लाख
-बल होईन पासा डिमाग लगाई डिमाग
-मेरो हात चाही कोट को बाहुला हो ? हल्लेर बस्छ ?
-केटी को फोन आयो कि लवाई, खवाई, हिडाई सब फेरिन्छ।
-लौ कुट लौ कुट त्यहि काम त बाँकी छ।
-त हेर्दै जा म भुन्टेलाई डाक्टर बनाउछु
-तलाई पनि था छ मलाई पनि था छ कस्लाई सुनाको
-सब सब ठिक हुन्छ पुतली

डाईलग त अरु पनि थुप्रै छन तर मलाई मन परेको चाही
केटी- आई लभ यु
केटा – मेरो नि तेई।

—-
नाडीमा छैन कम्मरमा घडी पाल्छ कि क्या हो २,४ दिन


ओई बिचार गरेर सुत मलाई आयशा सम्झेलास

–गयो गयो कुहिएको भात
-केहि पाउनु लाई कहि सहनु पर्छ – आज त होनी भोली बाट त तन्नै पैसा हुन्छ बास्ना आउने प्रशाद जस्तो पाद आउछ।

निद्रा लागेको ले अरु मसाला छुटेको छन।

टिपिकल बोलीचाली को डाईलग ले र फेशबुके पुस्ता को हुल ले सुपर हिट बनाएको फिल्म हो लुट। हेर्ने हो भने रमाईलो पनि छैन बोरिङ पनि छैन।

सोचेर बोल अलि धेरै दिन बाँच्चस ।

सम्झनाका स्पर्शहरु :एउटै खाजा असर बिपरित – स्यानु पाईजा

 

जमनाको कुरा

सम्झनाका स्पर्शहरु :एउटै खाजा असर बिपरित

(जमनाका स्पर्शहरु भित्र आफैले देखेका र भोगेका युग को सम्झनाका छुवाई हरु हुन्छन,। आज को छुवाईमा नारायण रोका को बिहेको बेला दाउरा कात्ने दिनको सम्झना समेटिएको छ।)

नारायण रोका को बिहे को दाउरा कात्दा

पाखा होईराजा पाखा प्रधान मामा को घर नजिक को उत्तीसको रुख नारायण रोका को बिहेको लागी दाउरा बनाउन मागिएको थियो। जरा तिर को सोझो गिड लाई आरा लगाएर काठ बनाउने र बाकीलाई दाउरा बनाउने गरी २ बटा रुख बनसमिति बाट किनिएको थियो। भेमराज रोका, भबिन्द्र र म बाहेक सबै केटि र महिलाहरु थिए डाउरा को गिड बोक्ने। ४ खेप सम्म मुढा बोकियो।

अरु बेला जे जस्तो भए पनि मर्दा र पर्दा सहयोग गर्ने चलन गाउँ अझै जिबित छ। त्यति धेरै मुढाहरु सजिलै ओसारियो।

दिउँसो खाजाको खाजा मा भाङग्गो को छोप(अचार) लगाएको तोरी को साग र पुरी खाईयो। यति मिठो भयो कि कति वटा पुरी खाईयो थाहा भएन। रहेछ त्यो पुरीमा भएको भाँगो को असर तत्कालै थाहा भएन। पहिले बोकन नसकेको मुढा पनि जुरुक्कै बोकेर आउँदा अरुहरु पनि तर्सेका थिए। २ वटा गीड बनाउने भनेर बन्चरो बोकेर गएको भबिन्द्रले एक्लैले बोकेर आयो त्यो मुढा। बेला भएको ले अलिकति मुढा चिर्ने भनेर लागेको भाङगो को असर थपिदै गएछ। भोलि चिर्ने भनेको दाउरा ३ जनाले त्यहि दिन नै चिरेर सकियो। अनि बेलुका नारायणको घर मै खाना खाएर उकालो लागियो भबिन्द्र र म। बाटो मा जीउ अप्ठ्यारो भए जस्तो पाईला छिटो छिटो सरे जस्तो त भएको थियो। दिन भरिको कामले थकाई लागेर धुमायो भन्दै घर मा पुगियो र सुतियो।

रात को १२ बजेको हुदो हो भाँगो को असर ले भबिन्द्रलाई रुवाउन थालेछ। भबिन्द्रको भाई ईन्द्र मलाई दाईलाई के भयो रोएको रोई गर्नु हुन्छ एक छिन तल जाम भनेर बोलाउन आयो म मस्त सुतेको थिए। मुखमा चाही केहि भए जस्तो लाग्यो। पछि थाहा भयो कखुरा को पखेता चपाएको निल्न नसकेको छोक्रा हड्डी पो रहेछ। तल पुगेर हेर्दा उस्को आँखा रोएर सुन्नी सकेको थियो। उ रोएको देखेर म हाँस्न सुरु भयो।
कान्छी आमा ले त्यो थाडो खोला मा कुवा मा ननिको बस्छ भन्थे त्यहि कुवा को पो लाग्यो कि के हो। हेराई चेराई गर्नु पर्यो भन्नु भयो। न रोई भन्यो उ रुन छाड्डैन मेरो हाँसो रोकिदैन। उल्टो असर भयो। किन रोएको देखेर झन हाँस्छ सबै छक्कै परे। म पनि छक्कै परे। त्यहि पनि अब भनेको त मान्नै पर्यो। झाँक्री त्यो बेला कोहि पनि हेमे को मामा मन्दिर मा बाहेक नजिक मा अरु थिएनन। मन्दीर मा बोलाउनु जाने भनेर लागियो मन्दिर तिर। बाटो मा मेरो खुट्टाको औला पेन्ट को टुप्पा मा पसेर अल्झेको अल्झै गर्दथ्यो। हाँसो पनि लागेको लागै गर्दथ्यो। मैले अनुमान गरे यो त पक्कै भाँगो लागेको हो। दिन मा हामीले तोरी को साग मा भाँगो को छोप लगाएको तरकारी र पुरी खाएको थियौ । जानु पर्दैन झाक्री लिनु यो त भाँगो लागेको हो। भन्दा पनि छराबोट पुगि सकेको ले होईन आईयो आईयो झाँक्रीलाई लगेर जाम भनेर मक्कीना काट्दै मन्दीर मा नै पुगियो। साईनो पनि पहिले मामा र पछि फुलमाया बैनी को बिहे च बहादुर सेर्पन्जा सँग भए पछि साईनो मामा बाट भेनामा नामसारी भै सकेको थियो। तर उहाँको परिवारलाई चाही गाउँकै पुरानै साईनो ले माईजु नै भनिन्थ्यो। माईजु को बुढा भएको ले नै मामा भनेको हो पछि साईनो रिन्यु भएर भेना भयो।

घर मा पुग्दा सुति सकेका थिए सबै। दमन थापा को घरमा उज्यालो थियो र कुकुर भुकि रहेको थियो हामीलाई देखेर। भेना कि भेना भनेर बोलाएर उठायौ। झाक्री भेना दमन को मा दमन को छोरी को सातो छेप्नु, पात्लो फाल्नु जानु भएको रहेछ। उल्तिर जानु भाको छ उतै गएर भन्नु भने पछि हामी उक्लियौ दमन को घरमा। काम चल्दै थियो। यस्तो भयो उस्तो भयो भनेर हामीले पनि सबै बतायौ। अव लागेको भाँगो नै हो साला तै पनि यति टाढा सम्म आउनु भयो लौ लौ यो काम सक्छु र जाम्ला भनेर भन्नु भयो त्यही बस्दा बस्दै दिन भरि दाउरा काटेर थाकेको म त ढोका मै निदाएछु। पछि त्याहाँ को काम सकिए पछि मलाई भाई ले जगायो र ३ जना आयौ। तिन चुला को खरानी र कटौरा मा पानी मन्तरेर खान दिनु भयो झाँक्री ले। उस्ले पनि खायो । नरोउ भाँगो लागेको हो भन्छु उ चाहि कन्ट्रोल नै हुदैन भनेर रोएको रोए छ। म चाही हाँसेको हाँसै छु। ठ्याकै निद्रा नलाग्दै सम्म चल्नी को नशा दुख्दै सम्म म हाँसे उ रोएछ। भोलि बिहान पनि मलाई हाँसो लाग्दै थियो भने उ रुन छाडेको थिएन।

बुहारीलाई रिस उठे छ।बिहानै नारायण को घरमा गएर हिजो को भाँगो को छोप एकदम मन पर्यो रे कति छ र अलिकति दिनु न भनेर भाँगो माग्नु भएछ। नारायण को बुढिले साँचै जस्तो लागेर यति ‍हो लौ झिकेर लैजाउ भनेर पोका नै दिनु भएछ। भाँगोको पोका पाए पछि आँगनमा ल्याएर फ्याँक्नुदिनु भयो रे अनि के यस्तो भाँगो नि किन राख्ने तिम्रो भाईहरु एउटा रोएको रोए छ एउटा हाँसेको हाँसै छ यहि भाँगो लागेर भन्दै र भाँगो आँगन बाट तल बारी मा फाले पछि सरा सर घर फर्कनु भएछ।

ताजा तोरी को साग उसेने को र भाँगो को अचार दलेको तरकारी पुरीमा सँग खाएको गर्नु गर्यो नि। एउटै परिकार ले एउटा लाई रोएको रोएई गर्ने बनायो। अर्कोलाई हाँसेको हाँसै गर्ने बनायो। जे होस नारायण को बिबहा को याद चाही त्यही सम्झेर भए पनि जुनी भरि याद आई रहनेछ।

भाँगो (भाङगो) के हो ?

हामीलाई रुवाउने र हँसाउने भाँगो के हो ? भन्ने बारे मा पुरानो पुस्तालाई भन्नै पर्दैन यो सबैलाई थाहा छ। तर नयाँ पुस्ता लाई थाहा नहुन पनि सक्छ त्यसैले छोटो परिचय । भाँगो कुनै समायमा मानिसको एकदमै नजिक मा थियो। यो ४-८ फिट सम्म अग्लो हुने एक बर्षिय बाली हो। यस्लाई बारी को डिल डिल मा लस्करै रोपिन्छ। परम्परागत खेती मा यस्को प्रयोग अचार को लागी गरिन्थ्यो र बोटको बोक्रा फाईबर को रुपमा प्रयोग गरेर नाम्लो, दाम्लो र कपडाका लागी धागो सम्म यसै को बनाईन्थ्यो।

पछि भाँगो को यस्तै नशा लाग्ने गुण को कारण मानिसले गलत प्रयोग गरे । चरेश, अट्टर जस्ता मानिसलाई हानी गर्ने अबैध बस्तु मानिसले यसै बाट बनाउन थाले।

भाँगो सबैले यस्तै असर गर्ने भने हुदैन। यो अझै पनि स्वादिस्ट अचार खाने खाध्य बस्तु नै हो।

कस्तो भाँगो ले मानिसलाई रुवाउछ या हँसाउछ ?

भाँगो को फल तैयार भए पछि यस्लाई हाँगा कातेर खुल्ला ठाउँ मा फैलाएर सुकाउनु पर्छ। कहिले कहि यो सुकाउने बेला मा यो थुप्रो भयो र पातहरु मा बाफियो भने भाँगो यस्तो जहरिलो बन्छ। खुल्ला ठाउँमा सुकाएको भाँगो ले मानिसलाई फाईदा नै गर्छ। स्बादिलो अचार बन्छ। अलिकति ध्यान दिएन भने यो हानिकारक हुन्छ। अचेल भाँगोलाई सोझै गेडा झारेर सुकाउने गरिन्छ।

तराईमा गाँजा,चरेश बनाउने भाँगो र हाम्रो अचार खाने भागो प्रजाति एउटै भए पनि फरक छ। पहाड मा गाँजा कै लागी भनेर खेती गरिदैन। अचार खान को लागी एउटा बारी को डिल मा लगाईन्छ।

(नारायण को बिबहा सम्झनु पर्ने अर्को कारण पनि छ त्यो अर्को खण्डमा भनौला)
(जमनाको कुरा भित्र बाट)

जमनाको कुरा: लुटो पुटो (राँके सँराती, साउने सँक्रान्ती) – स्यानु पाईजा

जमनाको कुरा: लुटो पुटो (राँके सँराती, साउने सँक्रान्ती) – स्यानु पाईजा

आज को जमनाको कुरा भित्र हामीले लोप भै सकेको लुटो पुटो फाल्ने चलन को बारेमा चर्चा गर्ने छौ। समाय परिबर्तनशिल छ कतिपय कुरा हराउछन कतिपय परिमार्जन भएर निरन्तरता पाउछन। कुनै गाउँ ठाउँ मा मात्रै जिबित लुटो पुटो फाल्ने चलन को बारेमा आजको जमनाको कुराको टपिक हुनेछ। आज हामीले बिर्सिसकेका चलनहरु भित्र को साङगो पाङगोलाई केलाउने छौ।

आँगन मा हात मा अगुल्टो उचालेर —
चर्को स्वर मा औरास्दै “टाउको दुख्ने, आधा चल्ने, पखला लाग्ने, हाँडो आउने, पिलो आउने, रगतमासी पर्ने (फलानो गारा लैजा भनेर) लामो भन्न रुचाउने हरुले अझै मुखमा आउने जति बिमार को नाम भन्ने गर्दथे।

उत्तर मा झेले, पूर्बमा दग्नामे, दक्षिणमा राखुले, पश्चिम मा कुँहुवाले तिर फर्के र अगुल्टो फाल्ने गर्दथ्यौ हामी सानो छँदा। किन कि हाम्रो छिमेकी गाउँहरु यिनै पर्ने गर्दछन। उनिहरुले हामी तिर उस्तै भन्दै अगुल्टो फाल्ने गर्दथे।

लुटो पुटो (राँके सँराती, साउने सँराती, साउने सँक्रान्ती ) के हो ?

साउने सँक्रान्तीको बेलुका साँझ को खाना खाई सके पछि मौलिक प्रचलन अनुसारको बिधीले पुजा गरी रोग बिमार यता न आईजा भनेर बलेको अगुल्टोलाई उत्तर-दक्षिण, पूर्ब-पश्चिम चारै दिशामा लुटो पुटो फलानो को तिर लैजा भन्दै फाल्ने दिन या पूजाहो। यो पूजा को युनिकता भनेको सबै पूजा खाना नखाई गरिन्छ खाली पेट उपबास बसेर भने यो पूजा तन्न खाना खाएर गरिन्छ। र यसरी अगुल्टोहरु चारै दिशा फाले पछि ढोका थुनेर बत्ती बुझाईन्छ। यसरी रोग ब्याधीलाई भगाउन / लेखेट्न लाई आगो को बलेको अगुल्टोहरु हरेक घर घर बाट साँझ को खाना खाए पछि चारै दिशा मा फाल्नु नै लुटो पुटो फाल्नु हो। गाउँभरि को घर बाट यसरी अगुल्टोहरु एकै साथ फल्दाखेरी गाउँको आकाश अगुल्टोहरुको झिल्काले फयर वर्क गरे जस्तै देखिन्थे। बर्षा को बेला हुनाले र बस्ती अहिले को भन्दा पातलो हुने हुनाले अगलागी र दुर्धटनाहरु भएको रेकर्ड छैन।

लुटो पुटो पूजा हो कि पर्ब ?

लुटो पुटो को शुरुवाट को गहिराई सम्म खोज्ने हो भने यो पूजा पनि होईन पर्ब पनि होईन। पुर्खाको पाला देखी एउटा चलनको निरन्तरता मात्र हो।

किन बस्यो लुटो पुटोको चलन ?

कतिपय कुराहरु समाय सँगै पुरानो भएर जान्छन र असान्दर्भिक पनि लाग्छन तर यो त्यो जमनाको आधुनिक सोच भित्रको एउटा भिन्न चलन थियो। भलै अहिले आएर यो मिठ्या जस्तो र बेकार जस्तो लाग्छ। त्यो बेला यो दिन को आफ्नै बिशेषता थियो। किन बस्यो यो चलन भन्ने प्रश्न समाएर त्यो बेला को चलन भित्र छिर्ने हो भने यो चलन पछाडी को रहस्य अझै पनि खोजमुलक बन्न सक्छ। यो चलन ले दिन खोजेको शन्देश र यस्ले बचाउन खोजेको शिक्षा अनुशन्धानको बिषय बन्न सक्छ। आखिर किन चल्यो यो चलन ? यो त्यो समाय को चलन हो जति बेला बर्षा को तातोले जमिन बाट प्रकृतिक ग्याँसहरु निस्कने गर्दथे र आगोका बबलहरु उडे जस्तै गरी यता उती छरिन्थे। जस्लाई उनिहरुले राँके बोक्सा नामाँकरण गर्दथे। पछिल्लो समायमा राती उड्ने जुनकेरीका बथानहरु यसरी नै आकाशमा उड्ने गर्दथे। बिस्तारै बिस्तारै बर्षा मा गाउँ बस्तींमा केटाकेटिहरुलाई लुटो को सँक्रमण हुन थाल्यो भने यति नै बेला उड्ने जुकेरीका बथान र पारी भित्ताहरु बाट निस्कने प्रकृतिक ग्याँसहरु ले केटाकेटीहरु भयभित हुन थाले यहि समायमा सबै घरहरु बाट आगोको अगुलटो निकालेर जनुकेरी लखेत्ने चलन नै कलान्तर मा लुटो पुटो फाल्ने चलनको रुपमा नेपाली समाज मा थुप्रै समाय सम्म बस्यो। बिस्तारै यो चलन हराउन थाल्यो पुर्खा देखि चलेको चलन हराउन थालेको ले केहि बुढापाका ले यसमा कमेडी पन थपे- जस्तै : लुटो पाटो, टाउको दुख्ने, आधा चल्ने, पखला लाग्ने वर परका गाउँ मा लैजा भनेर कराउदै लुटो पुटो फाल्न केटाहरुलाई सिकाए पछि उनिहरुले रमाईलो को रुपमा लिए र निकै पछि सम्म निरन्तरता दिए। अझै पनि कुनै कुनै गाउँ मा यो चलन छ र त्यो गाउँ हाम्रो गाउँ पनि पर्छ।

के के हुन पूजाका समाग्रीहरु ?

परम्पराको गहिराई नबुझ्ने हो भने यो बकबास चलन हो। तर यस्ले दिन खोजेको सन्देश र शिक्षालाई मनन गर्ने हो भने यो अझै पनि काम लाग्ने परम्परा हो। मात्र आगो का अगुल्टोहरु प्रतिकात्मक गराएर छोटो दुरिमा मात्र फाल्ने हो भने अझै पनि यो चलन काम लाग्ने चलन नै हो। शुरुका दिनहरुमा यो चलन प्रकृतिक ग्याँस को ज्वाँला र ठुला जुनकेरीहरु बाट त्रस्त (जस्लाई राँके बोक्सा मान्दथे) बालबालिकालाई आत्मबिश्वास जगाउन लाई सो दिन केटा केटी लाई नै आगो को अगुल्टो फाल्न लगाउदथे। यसरी आगो फाल्नु मात्रै लुटो पुटो थिएन। यो दिन घर को चार चुङका (कुनो) मा खामेढाल का बोट पनि सार्ने गर्दथे। लुटो पुटो को पूजा समाग्री ठाउँ बिशेष फरक फरक हुने गरे पनि मोटामोटी पूजा समाग्री निम्न खाले हुने गर्दथे।

1. चार वटा बोट जरा सहित उखलेको खामेढाल- घरको चार कुना मा सार्नलाई (खामे ढाल नहुने ठाउँका ले कुश सारे पनि भेटिन्छ)
2. भलायो को हाँगा र ४ अगुल्टो
3. सरेटो जरा सहित उखेलेको
4. बाँको जरा सहित उखेलेको
5. भालु पाईला जरा सहित उखेलेको
6. बिरालो पाईला धाँस को बोट
7. हुनुमान पुच्छर (धोटी)
8. कुरिलो को काँडा

बास्तबमा लुटो पुटो फाल्नु मात्रै अगुल्टो फाल्नु थिएन। यो त आफ्ना केटा केटीलाई खामेढाल लगायत अन्य बोट बिरुवा को गुण बारे बुझाउनु पनि थियो। भलायो छोयो भने फोका उठ्छ भनेर सिकाउनु पनि थियो। त्यस्तै सबै बोट बिरुवा को औषधी र हानिकारक गुण को बारेमा बच्चाहरुलाई बुझाउनु पनि यो दिन को मुख्य उद्देश्य थियो।
कुनै समाय मा खामेढाल लाई अचुक औषधी को रुप मा उपयोग गरिन्थे। गर परेको, कुखत परेको मानिसलाई खामे ढालको जरा जुन बेसार जस्तै पहिलो हुन्दथ्यो घोटेर खुवाउने गरिन्थ्यो। गर, या कुखत भनेको अहिले को बुझाईमा अल्सर या आन्द्रा को भित्री घाउ हुन। आपत परेको बेला मा घर नजिकै सजिलै भेटियोस भनेर नै घरको चार कुना मा यो रोपिन्थे। गानो हुने हुनाले यो प्राय को घरमा सर्दथे। तै पनि मानिस हरु हरेक साल खामेढाल आफ्नो घरको चार कुना मा सार्ने गर्दथे।
लुटो पुटो चलन लाई मानिसले पुरानो चलन भनेर मनाउन छाडे पनि हामीले पनि हाम्रो बाल बच्चालाई प्रकृतिक बोट बिरुवा यो यस्तो हो यस्को गुण र हानी सिकाएर निरन्तरता चाही दिनु पर्छ। अगुल्टो नै फाल्नु अहिलेको स्थितिमा आगोलागी का कारण पनि बन्ला र अरुको छानो माथी लागेर झगडाको कारण पनि बन्ला यस्लाई प्रतिकात्मक बनाउदा बेस होला। सबै जसो ठाउँ मा यो हराउने स्थिति मा पुगेको थियो त्यसकारणले नै बच्चाहरुलाई कमेडी पारा लुटो पुटो फाल्ने सिकाई दिए। बच्चाहरु चर्को स्वर मा औरास्दै “टाउको दुख्ने, आधा चल्ने, पखला लाग्ने, हाँडो आउने, पिलो आउने, रगतमासी पर्ने (फलानो गारा लैजा भनेर) उत्तर मा झी (झेले), पूर्बमा दग्नाम (दग्नामे) , दक्षिणमा राखु (राखुले), पश्चिम मा कुँहु (कुँहुवाले) तिर फर्के र अगुल्टो छिमेकी गाँउ तिर फाल्ने गर्दथ्यौ ।

यस मा प्रयोग हुने शब्द गारा बारे मा फरक फरक मत छ । कसैले पुरानो समायमा “गारी” भनेको साथी, सोल्टी र गारा भनेको छिमेकी हो भन्दथे। कसैले बारी या गह्रालाई नै गारा भनेको हो भन्थे भने कसैले गढ – खोला, नदी मा गढ बाट गाढा भएको हो भन्थे। हामीले थाहा पाउने बेला सम्म पनि कुनै कुनै ठाउँ मा साथी भन्ने शब्द बुझाउने शब्द कै रुपमा “गारी” लाई प्रयोग गरिन्दथ्यो। लुटो पाटो सँगै हराउन लागेको शब्द गारी पनि हो।

यो दिन को अर्को बिशेषता पनि छ रोपाई सकिने ठाउँ मा यस दिनलाई हिलो ले खाएको हात गोडा उपचार गर्न को लागी टिउरे झार लाई माडेर लगाउने पनि गरिन्छ। यस्ले हात गोडालाई रातो रँग को बनाउदछ। साउन मा मेहेदी लगाउने चलन अचेल खुब बढेको देखिन्छ। जानी नजानी मेहदी जस्तै रँग दिने टिउरे झार उति बेला पनि प्रयोग मा थिए। पूर्बका गाँउहरुमा जाने हो भने अझै पनि यो टिउरे झार लगाएर केटा कटी ले हात रातै पार्ने गर्दछन।

(जमनाको कुरा भित्र बाट)