सम्झनाको स्पर्शहरु: चरा सँग जोडिएका किस्साहरुस

जमनाको कुरा:

सम्झनाको स्पर्शहरु: चरा सँग जोडिएका किस्साहरु

बैशाख पछि थुप्रै चराहरु आउछन हाम्रो जँगलतीर

चराहरु को बोलीलाई त्यो बेला नै लोकल भर्जन मा बनाईएको थियो।

एउटा चरा
-“काफल पाक्यो” भन्दै कराउछ।

काफल पाक्यो को लोकल भर्जन चाहि – “गोठको छ ?” हुन्छ रे। कुम्बीर थापा ले उ बेला नै बनाएको

( कुम्बीर र म छु म भन का आफ्नो भाई हिरा थापा लाई सिकाएको ) हिरा थापा केटाकेटी मा दिन भरि कुम्बीर र म छुम भनेर बस्थे रे काफल पाक्यो चरी कराउदा। गोठ को छ भनेर सोध्यो भनेर।

अर्को चरा
कोईली कराउछ “को हो, को हो”

यो चरा ले त “गोफी, गोफी” भन्छ है ( फक्तिराम रोका ले – गोट्टेखोर को सानु बाजेलाई भनेको)
कहाँ “गोफी, गोफी” भन्दो हो।

नाउरोरा सुन तो
“फत्ती, फत्ती” भन्छ ( गोट्टेखोर को सानु बाजे ले – फक्तिराम रोकालाई भनेको )

___________________________________________________________

एउटा चरा आउछ।

फापरे चरा

जस्ले आफ्नो सिरो लाई गोलो पारेर एउटै जस्तो र फैलाएर दश औला जस्तो बनाउछ। केटा केटी मा ढाँटेको भन्नु पर्दा १० औला मुख निर बाट ठाडो पारिन्छ। सिरो लाई ढाँटेको जस्तो बनाउने हुनाले यो चरा लाई पनि कसैले गोफी, कसैले फक्ती चरा भनेर जोक गर्ने गर्दथे।

सबै चरा को नक्कल गर्नु सक्ने भत्रा ( भट्त्राई)

यो चरा पनि भ्रम को सिकार मा थियो। यो चरा को चुच्चो बाट बच्चालाई पहिलो पटक भात खुवाउदा भात खुवायो भने बच्चा को मुख यो चरा को जस्तै फर्रै लाग्छ भन्ने विस्वास ले कतिले आफ्नो बच्चा लाई यहि चरा को बच्चा को चुच्चो बाट भात खुलाई गर्ने गर्दथे।

लाटो कोशेरो ( सानो) – फुट-टुटु-टुट गरेर कराउने
उल्लु ( ठुलो) – होकिचिल ( हु हु गरेर कराउने)

लाटो कोशेरो लाई बनको राजा भन्दछन तर यस्ले दिन मा आँखा देख्दैन यस्ले फूटुटु-टुट गरेर एउटा रुख मा बसेर कराए पछि चराहरु यसको वरी परि झुम्मिनु आउछन अनि यस्ले गन्ध को आधार मा चरालाई समाएर खाने गर्दछ।

भदौ लागे पछि हामी हरुले पनि एउटा रुखलाई हाँगाहरु काटेर तल लुक्ने ठाउँ बनाउने र माथी नाङगो डाली मा लिसो को टाङगो थापेर यसरी नै हात लाई बुढी औला सोझो रा बाकी औला बन्द पर्ने गरी दुई हात को प्याक गरेर फुट-टुटु-टुट कराए जस्तै आवाज निकालेर चरा बोलाई लिसो मा थापेर मार्ने गर्दथ्यौ। भिरकुना को सिरानमा लिसो पानी को भिर को मुनी हामीले त्यस्तै गर्यो। हाँगा ले छोपेर लुक्ने बनायौ र माथी लिसो थापेर बजाउन सुरु गर्यौ। चरा हरु आउन सुरु गरे केहि चरा टाङगो मा पनि परे। पछाडि हेर्दा खेरी सर्प हामी तिर फर्केर ठाडो परेको देख्यौ। रुख बाट हाम्फालेर लिसो पनि नठाउन नगई भाग्यौ। भोली पल्ट हेर्दा साच्चैको लाटो कोशेरो ( सानो) लिसो मा परेको चरा खाँदा उ आफै पनि अल्झेर मरेको थियो। सर्प छ कि छैन भनेर जता ततै ढुगाले हानेर भगाए पछि मात्रै लिसो उठाउन गयौ। यो लाटो कोशेरो ( सानो) बनेर फुट-टुटु लिसो शिकारी बन्ने चाही भबिन्द्र पाईजा र म हो।

पोक ब. दाईले अनजे बिन्दु पुन ( थिरेको भाई) को लिसो चोरेर हामीलाई बाँडिदिए पछि

भर्खरै स्कुले ड्रेस को चलन आएको थियो। पहिलो पटक सबैले सेतो सर्ट र रातो हाफ जाङगे स्कुले ड्रेस बनाएका थियौ। नयाँ लुगा पाए पछि हामी त बनमा पनि त्यही लगाएर गयौ पोक बहादुर पाईजा दाई को पछि पछि लागेर। रिम प्रसाद रोका, तुल प्रसाद रोका, भबिन्द्र पाईजा र मलाई बिन्दु को भए जति को लिसो चोरेर दिनु भयो पानी लगाएर सबैलाई भाग लगाएर गोलो गोलो डल्लो पारेर दिनु भयो दाई गए पछि हामीले धुर्सुल को पात मा पोको पारेर स्कुले कमिज को खोल्टी मा हालेर घर तिर आयौ। घर पुगेर लिसो निकाल्न खोज्दा सबै खोल्टी मा टाँसिएर बिग्रेको थियो। बल्ल बल्ल सिलाएको पहिलो स्कुल ड्रेस नै लिसो टाँसिएर कालो न कालो भयो। दाई दिदी ले मट्टीतेल लगाई लगाई छुटाउदा पनि खोल्टी मा भने लिसो चोर कै छाप बसि रह्यो। हामी चार जना कै त्यस्तै भएको थियो। खुसी भएर खोल्टी मा हालेको लिसो ले लुगा नफातुन्जेल सम्म कालो छाप हाम्रो ड्रेस मा लगायो। बिन्दु ले पछि सम्म पनि मेरो लिसो चोरेको खुदु खाईस खुदु खाईस भन्दै गाला मा औला घुमाउदै गिजाउदथ्यो।

५० फिस्ता अन्द्रा नफाली पकाए पछि ।

मँगसीर पालो मा आमा- बाबा पेन्शन लिनु जानु भएको थियो। म १२-१३ बर्ष को थिए १४-१६ गाई गोरू थिए हाम्रो गोठ फड्के मा थियो। फड्के गैह्री मा त्यो बेला लिसो थापिन्थे। त्यहाँ पनि भबिन्द्र र म भएरै लिसो थाप्यो र आज गोठ नै बस्ने बन्दै गोठ को ईन्चार्ज बनेर गोठ गयौ। दिन भरि मा फिस्ता र दाहाजु जात का ५० चराहरु मरे सानो सानो भएको ले हामीले पोलेर आन्द्रा नि नफाली एक झाँगा मासु बनायौ। मुखै तितो हुने गरी बेलुका र बिहान गरेर मासु खायौ। चरा को मासु त्यसै पनि तितो तितो हुन्छ अव विष्टा, आन्द्रा (सुली) नै नफाली खाए पछि तितो त झन हुने नै भयो।

१२-१३ बर्ष मै हामी शिकारी भै सकेका थियौ।

बन्दुक को रहर ले लाहुरे छाता ( त्यो बेला को घुमारो खुट्टा) गरेको माले छाता। को डण्डी लाई नाल बनाएर काठ को टाप हालेर बन्दुक जस्तै बारुद भेरर केराउ गेडा को गोली हालेर तल्लो पाता मा कनिका छाडेर बन्दुकले हान्ने तालिम गरिरहेका थियो। २-४ भगेरा, डाङग्रे हरु पनि मारि सके का थियो। पहिले पहिले १ रुपैया पर्ने मार्चिस को रन्जक (बारुद) ले बन्दुक पड्काउथ्यौ पछि पछि त बेनी बाट सोडा नै किनेर खुर्सानी को बोट को कोईला को बारुद बनाउने कला हाम्रो भाई ले सिकि सकेको थियो। त्यो भन्दा पहिले डोको को पिध मा नाम्लो को डोरी ले बाधेर डोको मुनि कनिका छरेर ढुक्कुर छोप्ने तरिका पनि अपनाई सकेका थियौ। त्यसरी पनि थुप्रै सिकार गरेको हो हामीले।

घर भित्र बन्दुक पड्काउदा

एक दिन हाम्रै घरको भित्र बसेर धान खानए आएको भँगेरा लाई सिकार गर्ने भनि भकारी को छेल पारेर भँगेरा लाई निसाना लगायौ। घर भित्र त एक दमै ठुलो आवाज आउदो रहेछ। दाजुभाई सिकार को कान नै बहिरो भयो। १ हप्ता सम्म पनि कान मा पानी पानी आउने र नसुन्ने भएको थियो।

झण्डै ज्यान मारा

बर्खा को बेला घर को ठुलो मान्छेहरु सबै रोपाई मा ब्यस्त हामी त्यसरी नै खेल्ने गर्दथ्यौ। एक दिन हाम्रो बन्दुक पड्केन। जाम भयो। आगो मा ततायो भने बारुद जलेर निस्किन्छ भन्ने आईडिया भबिन्द्रले लगायो। केराउको गेडा हालेर लोड गरिएको छाता नाले बन्दुक आँगेना मा तताएको त्यहि बेला नरमती फुपु को छोरा कमल हामी सँग खेल्नु घर बाट आउने ढोका मा आउदा बन्दुक पड्कने भयो घर को बिचमा अँगेना अगेना बाट सँधार (ढोका) ५-६ हात पर होला यति सम्म आउदा कमल को निधार मै लाग्यो कल्ला को गेडा को गोली ले उनि तर्सेर रुन थाला हामीले अण्डा पकाई पकाई नरुनु अनि आमा लाई नभन्दिनु भन्दै फकायौ। ४-५ बर्ष को थिए कमल उनीले त केटा केटी बिर्से होलान भनेको त उनिले पनि नबिर्से रहेछन। अझै पनि डर लाग्छ। निधार को सत्ता आँखा मा लागेको भए ठुलै दुर्धटना हुने थियो। निधार मा अलि अलि रातो मात्रै भएको थियो केराउ को गेडा ले लागेर। कोलगेटको मलम को टिका लगाएर राख्यौ कमल पुन लाई हामीले दिन भरि। अस्ती स्काईप कमल पुन सँग भेट भयो। केराउ को गोली लागेको याद छ ? भनेर सोधेको याद रहेछ।

हामी बचपन मा फर्कन सक्दैनौ तर सम्झेर रमाउन चाहि सक्छौ।

(सम्झनाको स्पर्शहरु: चरा सँग जोडिएका किस्साहरु बाट)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s