म्याग्दीका पत्रिकाहरु

 

download२०७३ सालको सुरुआतसँगै बुधबारदेखि रुप्से दैनिक चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । म्याग्दी जिल्लाबाट प्रकाशित हुने रुप्से एकमात्र दैनिक पत्रिका हो । उत्तरी म्याग्दीस्थित विश्वप्रसिद्ध रुप्से छहराको नाममा २०६१ सालबाट साप्ताहिक खबर पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको रुप्से २०६९ साल वैशाख १ गतेदेखि दैनिकरुपमा प्रकाशित हुँदै आएको छ । २०६१ सालमा मुलुकमा सङ्कटकाल कायम रहेका बेला शुरु गरिएको तत्कालीन रुप्से साप्ताहिक विभिन्न कठिनाइका बाबजुद निरन्तर प्रकाशित हुँदै आएको थियो ।

हाल म्याग्दीमा २ ओटा एफएम रेडियो र ४ ओटा साप्ताहिक खबर पत्रिका र तीनवटा अनलाइन सञ्चालनमा रहेका छन् । दैनिकरुपमा पत्रिका प्रकाशनको चुनौतीलाई आत्मसात् गर्दै तत्कालिन रुप्से साप्ताहिक २०६९ को थालनीसँगै दैनिक रुपमा प्रकाशन हुन थालेको हो । ८० जनाभन्दा बढी शेयर सदस्य रहेको रुप्से सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित रुप्से दैनिकले जिल्लाको विकास पत्रकारिताको मूल मर्मलाई पछ्याउँदै समसामयिक राजनीतिक विकासक्रम, त्यसले पारेका असरहरुलगायतका विषयमा केन्द्रित भई समाचार, विचार, सूचनामूलक सामग्रीलाई प्राथमिकतासाथ पस्कँदै आएको छ ।

रुप्से दैनिकको प्रकाशक संस्था रुप्से सञ्चार सहकारीका अध्यक्ष सुरत केसीले सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणाका माध्यमबाट सुसूचित हुन पाउने नागरिक–अधिकारको प्रत्याभूत गर्दै आगामी दिनमा थप जिम्मेवारीसहित निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । ‘पत्रिकालाई थप व्यवस्थित गराउँदै लैजाने योजना छ,’ पत्रकार महासंघ म्याग्दीका अध्यक्षसमेत रहेका केसीले भने, ‘यसका लागि विज्ञापनदाता, सरोकारवाला संस्थालगायत सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

रुप्से साप्ताहिक आजबाट दैनिक

Submitted by on April 13, 2012 – 8:58 pmNo Comment

म्याग्दी बैशाख १ । म्याग्दी जिल्लाको बेनी बजारबाट आज पहिलो पटक दैनिक पत्रिका प्रकाशन शुरु गरिएको छ ।
रुप्से सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित रुप्से साप्ताहिक आजदेखी दैनिक रुपमा प्रकाशित हुन थालेको हो ।
शुक्रबार बिहान नयाँ वर्षको शुभकामना सहित रुप्से सञ्चार सहकारीका सञ्चालक समितिका साथै प्रकाशक संस्था रुप्से सञ्चारका अध्यक्ष सुरत केसी, सचिव लेखबहादुर हमाल, कोषाध्यक्ष राजेश शाक्य, तथा प्रधान सम्पादक तारानाथ शर्मा, सम्पादक गोरखनाथ सुवेदी लगायतले एकै साथ पत्रिका विमोचन गरेका थिए ।
बिमोचन पश्चात रुप्से सञ्चार सहकारीका कार्यसमितिका साथै रुप्से दैनिकका प्रधानसम्पादक, सम्पादक तथा सम्बाददाताहरु आफैले पत्रिका बजारमा बितरण गरेका थिए ।
यसअघि म्याग्दीबाट रुप्से, म्याग्दी सञ्चार, नब बिकल्प र समर्पण पत्रिका साप्ताहिक रुपमा प्रकाशन हुँदै आएका थिए । जिल्लाको इतिहासमा पहिलो पटक विगत ८ वर्ष देखि निरन्तर प्रकाशन हुँदै आएको रुप्सेलाई दैनिक रुपमा प्रकाशन गरिएको संस्थाका अध्यक्ष सुरत केसीले जानकारी दिए ।

निरिह पत्रकारिता !

अमृत बास्कुने

 

DR-LAM-335x232

२०५८ सालमा म्याग्दी सन्देस साप्ताहिक पत्रिकाका सम्पादक टिकाराम सापकोटा भन्थे हाम्रो पत्रिका अर्को पटक पत्रिका ननिस्कने बेला सम्म नयाँ हुन्छ । म्याग्दी जिल्लामा पत्रिकाको शैली सँधै र सबैको उस्तै हो । सबैले दैनिक पत्रिकाले जस्तो कार्यक्रम सम्पन्न भयो भन्ने खालका समाचार नै प्रकाशित गर्दै आएका छन् । म्याग्दी सन्देश पत्रिका निस्कीयो अनि त्यही ताका सुदर्शन कुमार श्रेष्ठले नेतृत्व गरेर म्याग्दी सञ्चार पत्रिका प्रकाशन गरे केही समाय पत्रिका नियमित प्रकाशन पछि उनको पत्रिकाले विश्राम लियो म्याग्दी सन्देशको पनि त्यही हालत भयो । बिश्राम पछि म्याग्दी सन्देश अहिले सम्म विश्रामकै अवस्थामा छ भने सुदर्शन श्रेष्ठले पुन प्रकाशन थाले र अहिले सम्म पनि त्यो पत्रिका बिश्राम पछि आएर निरन्तर छ ।

बजारमा म पत्रकार हुँ भन्दा पनि लाज मान्नु पर्ने अवस्था सृजना भएको छ । किन त ? समय फेरियो हामीहरु अल्छी भयौं कि ? हामीहरु नै फेरियौं ? अरुलाई धेरै विश्वास गरेर विग्रीयौं ।

तारानाथ शर्माको नेतृत्वमा प्रत्रिका प्रकाशन हुन थाल्यो २०६२ बाट रुप्से साप्ताहिक अहिले दैनिक पुगेको छ । रुप्सेले म्याग्दीमा एउटा यस्तो इतिहास बनाएको छ त्यो साहेद कसैले मेट्न सकेको छैन अहिले सम्म । नेपाल पत्रकार महासंघको शाखा जिल्लामा ल्याउने हकमा धेरै पत्रकार जन्माउने होस या लामो समय सम्म निरन्तर प्रकाशन गरेर होस आफ्नो नाममा एउटा रेकर्ड बनाएको छ । कुनै पनि रेकर्ड भनेको तोडीनकै लागि हो हुनत । तर आज आएर धेरै पत्रिका प्रकाशन हुने र बन्द हुने क्रम जारी छ म्याग्दीमा । रुप्से साप्ताहिक प्रकाशनको झण्डै एक डेढ वर्षपछि म्याग्दीकी महिला पत्रकार रेखा कौशल रेग्मीको नेतृत्वमा धवलध्वनी साप्ताहिक प्रकाशनमा आयो र केही समय पछि बन्द भयो त्यो पत्रिका अहिले पनि बन्दै छ । रेखा कौशल रेग्मीलाई म्याग्दीको पहिलो महिला पत्रकार भन्दा फरक नपर्ला भन्ने लाग्छ मलाई तर यस मतमा धेरैको विरोध हुन सक्ला तर मेरो नजरमा महिला पत्रकार म्याग्दीको पहिलो चाही उनी नै हुन् । उनको पत्रिकाको पनि शैली भनेको कार्यक्रम सम्पन्न भए र हप्ताभर भएका कार्यक्रमहरुको प्रतिवेदन प्रकाशन शैली नै हो जुन म्याग्दीका पत्रिकाको प्राय शैली फरक कहाँ थिए र ?

समयक्रम सँगै नवविकल्प साप्ताहिक, समर्पण र समृद्ध साप्ताहिक प्रकाशनमा आयो र अहिले म्याग्दीमा रुप्से दैनिक, नवविकल्प, समृद्ध र म्याग्दी सञ्चार साप्ताहिक प्रकाशन नियमित रुपमा भै रहेका छन् भने तीन वटा साप्ताहिक बन्द अवस्थामा रहेका छन् । म्याग्दीमा पत्रिका प्रकाशन र पत्रिका बन्द हुनु कुनै नौलो प्रसङ्ग होइन भन्ने प्रकारको अवस्था सृजना भएका छन् । विगतमा पनि पत्रिका प्रकाशन र प्रत्रिकामा प्रकाशित भएका समाचारका आधारमा धम्की आउने त म्याग्दीको पुरानो नियती नै हो । टिकाराम सापकोटालाई आएको धम्की होस् या पत्रकार घनश्याम खड्कालाई आएको धम्की नै किन नहोस् । सुरत केसी तथा तारानाथ शर्मा अनि अन्य साथीहरु पनि धम्कीको शिकार भएकै हुन् ।

नेपालको सवा सय वर्ष पुरानो पत्रकारिताको इतिहासमा पनि धेरै काला दिनहरु भोगिआएका हुन पत्रकारले र अहिले लोकतन्त्रको अवस्थामा पनि त्यो निरन्तरता जारी छ । “स्कुप”मार्ने नाउमा प्रकाशन गरिने समाचारले पनि निकै सताएका हुन् ।

माओवादीले थालेको सशस्त्र युद्धको क्रममा धम्की आउने क्रम निकै उच्च थियो भने पछि केही कम भएका हुन् । पत्रिकाका लागि समाचार लेखेर पठाएर गाउँ पस्न पर्ने असवस्था पनि झेलेका हुन म्याग्दीका अग्रज पत्रकारले । नेपालको सवा सय वर्ष पुरानो पत्रकारिताको इतिहासमा पनि धेरै काला दिनहरु भोगिआएका हुन पत्रकारले र अहिले लोकतन्त्रको अवस्थामा पनि त्यो निरन्तरता जारी छ । “स्कुप”मार्ने नाउमा प्रकाशन गरिने समाचारले पनि निकै सताएका हुन् । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा उनकै अगाडी पत्रिकाका प्रधान सम्पादकलाई कुट्ने धम्की पनि सहेर बसेका थियौं तर त्यो बेलामा हामी बलिया थियौं तिनै सहायक प्रमुख जिल्ला अधिकारी र त्यस बेलाका प्रमुख जिल्ला अधिकारीलाई आफनो कुर्सीमा बसीरहेको अवस्थामा जनताले कठालो समातेर जिल्ला प्रशासनबाट बाहिर चौतारीमा ल्याएर उभ्याएर नाङ्गेझार पारेर खेदेका थिए । त्यो बेलामा रुप्से साप्ताहिकका प्रधानसम्पादक तारानाथ शर्मा र कार्यकारी सम्पादक अमृत बास्कुनेलाइ सहायक प्रजिअ नवराज बरालको अगाडी त्यही प्रशासनका कर्मचारीले धम्क्याएका थिए काण्ड थियो राहदानी बनाउँदा घुस खाएको । त्यही घुस काण्डले बराल र प्रजिअ लोकराज रेग्मी खेदीएका थिए ।

रुप्से साप्ताहिकले मल्लाजमा सात लाखको काममा दुइ लाख घुस भन्दै पहिलो समाचार हालेपछि दुइलाख फिर्ता भएको पनि थियो । पत्रकारिता सहि गर्दा हामी कहिल्यै पछि परेका छैनौं । आज समय फेरिएको हो कि के हो ? थाहा भएन । समाचारको आधार बनाएर जेसीजले रुप्से घेरेको होस या नेपाली सेनाले दिनेशशान्त बरुवाललाई खेदेको होस् या घनश्याम खड्का र सुरत केसीलाई ब्यारेक भित्र लगेर राखेका ती इतिहास पनि हाम्रो माझमा छ ।

कुनै दिन यस्तो समय थियो रुप्से दैनिक बजारमा बाँड्न हिड्नका लागि खबर गरेनौं भनेर नागरिक समाजका संयोजक तथा म्याग्दीका अग्रज पत्रकार सुदर्शन कुमार श्रेष्ठले आपत्ती प्रकट गर्नु भएको थियो त्यो बेला तर आज समय फेरिएको छ बजारमा म पत्रकार हुँ भन्दा पनि लाज मान्न पर्ने अवस्था सृजना भएको छ । किन त ? समय फेरियो हामीहरु अल्छी भयौं कि ? हामीहरु नै फेरियौं ? अरुलाई धेरै विश्वास गरेर विग्रीयौं । जेठको दोश्रो साता बैशरीमा पहिरो गएको थियो त्यो क्षणमा पोखराबाट आएका फेवा टेलिभिजनका मित्रले अलिक उग्र व्यवहार देखाएको कारणले स्थानीयले कुटपीट गरेका रहेछन् । त्यो अवस्थाको न त समाचार बन्यो न त कसैले बिज्ञप्ती प्रकाशन गरे न अन्य केही भयो । त्यसको एक महिना पनि बित्न नपाउँदै पुनः अर्का पत्रकार आक्रमणको शिकार बने र अहिले पनि अवस्था उस्तै आयो ।

Jail

बाहिर सतहमा धेरै बादबिबाद र प्रतिक्रियाहरु आए तर गहिराइको कुरो बाहिर आइपुगेको छैन । गसिप स्तम्भको सुरुआत सँगै विवादमा तानिएको पत्रिकाका सम्पादकमाथि नै भौतिक आक्रमणमा उत्रनु त्यो पनि राज्यको निकाय आखिर किन त ? समारचारको विषय के ? कस्ता हुन् त समाचार बन्ने विषयवस्तु ? त्यसको जिम्मेवारी लिने कसले हो त ? यावतकुराहरु सतहमा आउँछन् । संकटकालको बेलामा म्याग्दी र बागलुङको सिमानामा पर्ने ढोडेनी खोलामा माओवादीले तुलबम झुण्डाएको छ भन्ने समाचार धौलागिरी एफएममा बज्दा सनसनी भएको थियो तर पछि त्यो समाचार गलत रहेको सावित भयो । प्रहरी र सेनाले खोज्न जाँदा कही कतै बम भेटिएन र पछि किन यस्तो समाचार बन्यो भन्ने प्रसंगमा समाचार लेख्ने पत्रकारले अलिक सनसनि युक्तसमाचार बनाउने सोँचले यस्तो समाचार बनाएको भन्ने जवाफ दिँदा रेडियोलाइ अप्ठेरो परेको थियो ।

अहिलेको अवस्था पनि त्यस्तै त होइन कतै ? आशंकाको विषय भने पक्कै हो । आखिर गसिप भनेको के हो त ? अंग्रेजी शब्दबाट आएको गसिपको साहेद ठेट नेपाली शब्द छ छैन मेरो दिमागले भ्याएन । तर लाग्छ गसिप भनेको धारा पँधेरा, चौतारी लगायतका स्थानमा बसेर गरिने कुराकानी हो र त्यसमाा सत्यता हुन पनि सक्छ नहुन पनि सक्छ भन्ने हो कि जस्तो लाग्छ मलाइ । नामै किटेर फोटो सहित चरित्रहत्या गर्ने प्रकारका शब्द भए भने त्यो साहेद गसिप हुन सक्दैन कि ? हाम्रो त्यो कमजोरी पो थियो कि ? काठमाण्डौको पत्रिका नेपाल समाचारपत्रले धरहराबाट भनेर लेख्ने गर्छ र पोखराको पत्रिका पोखरापत्रले सारङ्कोटबाट भनेर एउटा ब्याङ्ग्यात्मक खुराक राख्ने गर्छ तर त्यसमा नाम ठेगाना लगायतका डिटेल हुँदैन ।

जिल्ला विकास समितिका कर्मचारीको काम के हो त ? के उनीहरुले कार्यालय समयमा पोर्न स्टार सन्नी लियोनिको भिडियो हेर्ने समय हो त त्यो ? आखिर उनीहरुले खाएको जिविसको जागिर भनेकै सन्नी लियोनिको भिडियो हेर्नका लागि हो त ? अनि जिविसका स्थानिय विकास अधिकारी र नगरपालिकाका हाकीमको काम पनि स्थानिय विकास अधिकारीको कार्यकक्षमा गएर सुर्ति माडेर खाने हो त ?

जिल्ला विकास समितिका कर्मचारीको काम के हो त ? के उनीहरुले कार्यालय समयमा पोर्न स्टार सन्नी लियोनिको भिडियो हेर्ने समय हो त त्यो ? आखिर उनीहरुले खाएको जिविसको जागिर भनेकै सन्नी लियोनिको भिडियो हेर्नका लागि हो त ? अनि जिविसका स्थानिय विकास अधिकारी र नगरपालिकाका हाकीमको काम पनि स्थानिय विकास अधिकारीको कार्यकक्षमा गएर सुर्ति माडेर खाने हो त ? उनीहरु भनेका सरकारी निकायका प्रमुख हुन र उनीहरुले आफ्नो कार्यकक्ष मात्र होइन दुई सय मिटर वरपर सुर्तिजन्य वस्तु नियन्त्रणलाई प्रयास गर्नु पर्नेमा हाकीमकै कोठामा सुर्ति मुखमा हालेर जात्रा त नगरे हुन्थ्यो होला नि ।

समग्र अवस्था बुझ्दै र हेर्दै जाँदा अहिले हाम्रो पत्रकारिता निरिह पत्रकारिता हो कि जस्तो लाग्न थालेको छ । जो कुटाइको सिकार हुन्छ अनि सबै मिलेर उसैको खेदो खन्छन् अनि उसलाइ नै माफि माग्न लगाउँछन् । कस्ले सही गरेको छ र कस्ले गलत यो सवाल तिर म लागिन तर यि मेरा बिचार पनि धेरैलाइ चित्त नबुझ्न सक्ला तर, सम्पादकीय स्वतन्त्रता हुन्छ जे भएपनि त्यसको जिम्मेवारी प्रधानसम्पादकले लिन पर्ने हो र प्रधानसम्पादक पछि मात्र सम्पादन मण्डलले लिने हो । एक जना मात्र त्यसको जिम्मेवार पक्कै होइन र जो पिडीत छ उसैलाइ झन पिडित बनाउनु कहाँ सम्मको न्यायसंगत होला त ? यदी उसले कमजोरी नै गरेको हो र यदी नियतबस लेखेको हो भने उसलाइ कडा कारवाही किन नगर्ने त ? आजको अवस्थाले हामी र हाम्रो पत्रकारितालाई निरिह पत्रकारिता बनाएको छ र आगामी दिनमा पनि म्याग्दी जिल्लाले जेठ २५ र २६ गतेलाई निरिह पत्रकारिताको दिन अर्थात कालोदिनको रुपमा लिनुपर्ने हुन्छ कि ?

२०७२ जेठ २८ गते १०:५२ मा प्रकाशित
 0  0  0

– See more at: http://enepalese.com/2015/06/26671.html#sthash.yOu5mIMt.dpuf

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s