हरेलो मेला २०७२ मा स्थानिय वाखेतका कलाकारहरुको प्रस्तुती- सालैजो

Harelo Mela 2072, स्थानिय वाखेतका कलाकारहरुको प्रस्तुती- सालैजो

भिडियो – टक पाईजा
सम्पादन – स्यानु पाईजा
नृत्य निर्देशन – मिरा राम्जाली/ दिब्या पाईजा
कलाकारहरु –
अनु पाईजा, सन्जु पुन, अन्जना पाईजा, सिमा रोका, दिब्या पाईजा, सुस्मा रोका
सचिन रोका, भक्ति प्र. थापा, सुजन पुन, सुरेश सेर्पन्जा , सुरेन रोका, रबिन थापा

Advertisements

दशै मेला कुहुँ मा घारसुन्ना लालीगुराँसले पुरुष बास्केटबल टिमलाई दोस्रो उपाधिमा

दशै मेला कुहुँ मा घारसुन्ना लालीगुराँसले पुरुष बास्केटबल टिमलाई  दोस्रो उपाधिमा

देउराली युवा क्लब ले आयोजना गरेको बडा दशै मेला २०७२ क-कस्ले जिते

पुरुष बास्केटबल

प्रथम – झिं

दोस्रो – वाखेत

————————-

वाल  बास्केटबल

प्रथम – वाखेत

दोस्रो – पुर्णगाउँ

—————————

पुरुष भलिबल

प्रथम – सिमलचौर

दोस्रो – कुहुँ

———————

महिला भलिबल

प्रथम – दग्नाम

दोस्रो – कुहुँ

12064274_10200844958562506_1810910945_n

२०७२ को दशैमा वाखेत गाउँ मा पुटबुरो (पुटभराई) मात्रै ६ जनाको हुदैछ।

२०७२ को दशैमा वाखेत गाउँ मा  पुटबुरो (पुटभराई) मात्रै ६ जनाको हुदैछ।

१) ईन्द्र पाईजा (तेस्रो) (७) को छोरा -अप्सनको
२) बिजय छोराको छोरा (७) – बिश्वासको
३) यु कुमार रोका(माईला)को छोरा(७) – मयुपको
४) बिरेन्द्रे पुर्जाको छोराको (८)
५) चक्र रोका को छोरा को(६)

६) राम रोका को छोराको (६)

बडानं ९ तिर र अरुको पनि यस्तो कार्यक्रम छ भने कमेन्ट मार्फत अपडेट गराउनु होला।

पुटबुरोमा खास गरेर छोरा जन्मेको घरमा १ बर्ष पुगेको खुसीयालीमा बुढापाका भेला भएर बच्चालाई दशैको टिका र आशिर्वाद लगाईदिने चलन हो। तर अचेल यो चलन १-३ बर्ष को उमेर भित्र उमेरका छोराहरुको पहिलो पटक समाया मिलाएर गरिन थालेको छ।

यस्तो बेलामा पुटबुरो गर्ने घरमा पुरख्यौली समुह घर घर जान्छन र आशिर्वाद दिन्छ। गाउँका मान्यजन र ईस्टमित्रहरुले दशैको टिका बच्चालाई लगाईदिन्छन।

वाखेत बाट पात्लेखेत कोट मा  – २ वटा पञ्चबली

यो बर्षको दशैमा वाखेत बाट २ ओटा पन्चयोल (पन्चबली, भने पनि हाम्रो तिर भने रागो, बाख्रा, फर्सी अन्य २ बलि कुनैलाई प्रतिक मानेर बलि दिईन्छ। ) पात्लेखेत कोटमा गएको छ। डिल ब. बुढाथोकीको र बिरेन्द्र पूर्जाको।

कुुहुँ दशै मेला : २०७२ मा वाखेत को बाल बास्केटबल टिमले प्रथम उपाधि जित्यो।

कुुहुँ दशै मेला : २०७२ मा वाखेत को बाल बास्केटबल टिमले प्रथम उपाधि जित्यो।
खासगरेर गाउँले मेलाहरुमा फाईल खेल लाई अन्तिम दिन खेलाईन्छ तर परम्परागत धार बाट अलग कुहुँ मेला मा भने बालबास्केटबल को फाईन खेल सरासर नै खेलाईएको छ। र हाम्रो बाल बास्केटबल टिम ले फाईनल पूर्णगाउँ लाई हराएर प्रथम स्थान हासिल गरेको छ।

खेलाडी हरु
१) बिपि रोका
२) करण राम्जाली
३) सनम राम्जाली
४) टिका राम्जाली
५) सनम पाईजा
६) शिब पाईजा
७) शंकर पाईजा (गोरे)
८) कमल थापा छन।

12122910_1034631696567714_2095596971522296133_n

बालबास्केट बल टिम वाखेतको खेलाडी हरु

खेलाडीहरुलाई पुरानो पुस्तालाई चिनाउनु पर्दा बिपि रोका – छक ब. रोका को कान्छा छोरा हुन। करण र सनम भबिलाल राम्जाली को, टिका राम्जाली – सक्तलाल राम्जालीको, सनम पाईजा – सोम ब. पाईजाको कान्छो छोरा, शिब – बेगम पाईजाको कान्छो छोरा, शकर (गोरे) किर प्रसाद पाईजाको छोरा र कमल थापा – खडक ब. थापा को छोरा हुन।

घारसुन्ना लालीगुराँस युवा क्लब को टिम पनि बास्केटबल खेल को लागी कुहुँ प्रसथान गरेको छ।

– स्रोत करण राम्जाली

साँगीतिक क्षेत्रमा गगन पुन

साँगीतिक क्षेत्रमा गगन

२०१० मा पोखराको बिग एफएमले आयोजना गरेको पहिलो बिग आईकनमा सबैभन्दा अन्तिममा फर्म भरेका म्याग्दी दग्नाम गाविसका गगन पुननै प्रथम बिग आईकन भए । त्यसयता उनको सांगितिक यात्राले श्रीगणेश ग¥यो । २०६९ सालमा ‘थाहै भएन मलाई पतै भएन…’ भन्ने गीतले नै उनलाई यस क्षेत्रमा चिनाउन सफल भयो । उनको ‘रिदम’ नामक एल्बम बजारमा आएको छ । उनको प्रेरणाको श्रोत अरुण थापा मगर हुन् । उनको गीतहरु स्टेजमा पर्फम गर्दागर्दै बिग आईकनले उनलाई साँगीतिक यात्रामा केहीहदसम्म स्थापित गर्न सफल भयो । अरुण थापा र अन्तु पन्त मन पर्ने म्याग्दीका गगन अहिले काठमाडौंमा बसेर यस क्षेत्रमा अझ केही गर्न प्रयासरत छन् ।

हरेक क्षेत्रमा नातावाद, कृपावाद रहे जस्तो संगीत क्षेत्र पनि अछुतो छैन । र, पनि निरन्तर फरक फरक खालका गीतहरु गाएर आफुलाई भर्सटाईल गायकको रुपमा पहिचान बनाउन चाहन्छन् । हङकङ, भारत, बहराईन र भारतमा स्टेज प्रस्तुति दिएका गगन मेजन पुन मगर निर्देशत रैंयाँ चलचित्रमा सहनायकको रुपमा गायककै भुमिकामा प्रस्तुत भएका छन् । र, हाल यो चलचित्र कास्की, स्याङ्जा, पाल्पा, सुर्खेतमा प्रदर्शन भई आफ्नो भुमिकालाई मन पराईदिएकोमा गगन दंग पनि छन् । कास्की, म्याग्दीको विभिन्न ठाउँको महोत्सवहरुमा आफ्नो गायन प्रस्तुत गरिसकेका गगन अहिले कोरियामा आयोजित भएको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन गएका छन् ।

बालबास्केट बल टिम वाखेत फाईनलमा

बालबास्केट बल टिम वाखेत फाईनलमा

कुहुँ मा लागिरहेको दशै मेला २०७२ को बालबास्केटबल फाईनल मा बालबास्केटबल टिमका खेलाडीहरु पोल ए बाट पुग्न सफल भएका छन। फाइनलमा उनिहरुले पोल बि बाट बिजयी टिम पुर्णगाउँ संग फाईनल खेल खेल्ने छन।