चिनो कोष

चिनो कोष के हो?

         २०६७ साल बैसाख महिना तिर हाम्रो वाखेत को स्कुल बिधोद्वय प्रा०बि०लाई स्थानिय अभिभावकले नि०मा०बि० को रुपमा बिस्तार गर्न योजना ल्याउनु भयो। बिधालयलाई स्थानिय स्रोतमा सन्चालन गर्नु पर्ने भएको ले वाखेत बाट बैदेशिक रोजगारमा रहुनु भएका साथीहरुलाई सामुहिक रुप मा  आर्थिक सहयोग को अपिल गर्नु भयो। वाखेत मा स्कुल हुनु सबैको सकरात्मक चासो भएको ले सबै बिदेशमा रोजगार गर्ने हरु ले स्व-ऐेच्छिक सहयोग गर्ने भन्ने तय भयो। तर हाम्रो  चासो भने को के हामीले बिदेश बाट १ बर्ष चन्दा संकलन गरेर स्कुललाई पठाउदैमा स्कुल को निरन्तरता सम्भव छ ? के हरेक बर्ष बिदेशमा चन्दा उठाउन सजिलो छ ? सहयोग सँकलन को पार्दिर्शिता, निरन्तरता र हाम्रो रोजगारको अनिस्चितता। यो सबै कारणहरुलाई ध्यान मा राखेर हामीले जो जतिले बिदेशमा काम गर्दछौ। उनिहरु कै पहलमा स्वईच्छाले बिदेश कोष लाई एकिकृत रुप मा एउटा कोष को रुपमा नै जम्मा गर्ने भन्ने कन्सेप्ट बिकास गरियो

कोष को नामाँकरण “चिनो कोष” किन राखियो ?

स्कुल सन्चालन समितिले स्कुल सन्चालन को लागी सम्भाबित आर्थिक स्रोत को रुप मा अनुमान गरेको मुख्य सम्भाबित आर्थिक स्रोत का खम्बाहरु निम्न प्रकार का थिए।

  • काठमाडौ मा बसोबास गर्नु हुने वाखेतबासी
  • बिदेशमा रोजगार गर्नु हुने वाखेतबासी
  • भु०पु० सैनिक पेन्सनर हरु
  • स्थानिय घरदैलो अभियान- स्वऐेच्छिक चन्दा संकलन
  • देउसी भैलो कार्यक्रम

माथिका सबै स्रोतहरु हेर्दा कुनै पनि स्रोत स्कुल को लागी नियमित स्रोत हो जस्तै छैन। काठमाडौ मा हामी हरेक चोटी सहयोग माग्न पुगेका छौ। बर्ष नै सहयोग मागेर स्कुल चलाउन गहा्रो छ । बिदेशमा छरिएर रहेका सबै रोजगार  सहयोग दाताहरु सँग चन्दाको लागी बार्षिक पुग्नु सम्भव पनि छैन। भु०पु० पेन्शनहरु को सँख्या पनि क्रमश घट्ने क्रम मा छ। रोजागर हरु को को सँख्या पनि यो नियमित सँख्या होईन। मुख्यकुरा सहयोग रकम को परदर्शिता सित जोडिएर थुप्रै किसिम मा भ्रमहरु ब्याप्त छ हाम्रो समाज मा। हामी ले हाम्रो समाज लाई अरुको दाँजोमा उभ्याउन नसक्नु को मुख्याकारण नै यहि अपारदर्शिता र आबिस्वास हो ।  स्कुल जस्तो सँस्था १ बर्ष चलाएर २ बर्ष चलाएर छाड्न मिलने सँस्था होईन। यो निरन्तरता को जरुरी छ र सयौ को भबिष्यसँग जोडिएको सँस्था हो। स्कुल भने को भवन मात्र होईन यस भित्र थु्रै कन्टेन्टहरु हुन्छन। दक्ष शिक्षक शिक्षिका, यस्को गुणस्तर, लोकेशन, बिधार्थि सँख्या सन्चालन खर्च बहन गर्ने  स्रोत, समाजिक अभिरुचि जस्ता कुरा हरु जोडिएका हुन्छन। यस्को लागी आर्थिक स्रोत को भुमिका पनि ठुलो रहने गर्दछ। हामीले अनुमान गरेका आर्थिक स्रोतहरुलाई निरन्तर रुपमा आईरहने आर्थिक स्रोतको रुपमा स्थापित गर्नु लाई नै बिदेश कोष लाई एकिकृत “चिनो कोष” को रुपमा फिक्स खाता अबधारणा मा जम्मा गर्ने कन्सेप्ट आएको हो । यहि फिक्स खाता को नाम नै “चिनो कोष” भन्ने अबधारणा बनेको हो।  यस्लाई चिनो भनिनु पर्ने कारण खासै थिएन तर पनि दाताहरु ले सहयोग स्वरुप प्रदान गरेको रकमले राम्रो रिज्लट दिन सकोस। बैदेशिक रोजगार भने को यो अनिस्चित करार रोजगार हो जति बेला पनि रोजगारको करार सकिन सक्छ। यस्तो अबस्थामा कमाएको रकमलाई उहाँहरुको ले यादगर्न लायक चिनोको रुप मै स्कुल को निरन्तर आर्थिक स्रोत बनेर उहाँहरु को जागीर नरहे पनि यो कोष र स्कुल चिनो को रुपमा रहिरहोस भनेर नै “चिनो कोष” नामाकरण गरिएको हो। यस्को अर्को लुकेको स्बार्थ पनि छ त्यो हो हाम्रो पछिल्ला पुस्ताले पनि यो कोषलाई आफन्तको सम्झनाको रुपमा चासो र बिकास गरुन। सहयोग उठाउनु मात्रै सफल कार्य होईन कार्य सम्पादन र नतिजा दिनु पनि कोष र सहयोग को उचित सम्मान हो। सहयोग दाता ले दिएको हरेक अंश उत्पादनमुलक (नतिजामुलक) बनोस र जिबन्त रहिरहोस भन्ने उद्देश्यले नै यो कोषको नाम “चिनो कोष” नामाकरण गरेको हो ।

उपहार कोष के हो ?

हाम्रो स्कुल सन्चालन समितिले अनुमान गरेको आर्थिक सहयोग को बलियो आधार भने को काठमाडौ बासी वाखेतहरु हुन। हामीले काठमाडौ मा सहयोग धैरै चोटी मागेका छौ र मागेको भन्दा बढि नै पाएको छौ काठमाडौ बाट। उहाँ हरु सँग मागेको रकम को उपल्बधी बारे मा उहाँहरुलाई बिबरण कहिल्यै पनि बुझाएका छैनौ। उहाँहरु को सहयोग मा बनेका पुर्बाधारहरु थुप्रै छन हामी सित तर यो यो गर्यो भनेर बिबरण हामी बुझाउन कहिल्यै पनि गएका छैनौ। तर स्कुल को सन्चालन बारे मा आर्थिक सहयोग माग्न फेरि पनि हामी काठमाडौ लाइ हेर्दै छौ।

हरेक पटक मागियो काठमाडौ बासी वाखेतेलाई मागे पनि नमागे पनि उहाँहरु गाउँ आउने बेला मा आफन्तलाई, समाजलाई केहि न केहि उपहार, कोशेली लाईदिनु हुन्छ काठमाडौ बाट जन्मगाउँ आउदा। यो पटक स्कुलको लागी सहयोग मागेको रकम लाई किन हामी उपहार कै रुपमा सन्तान दर सन्तानलाई पुग्ने खाले कोष को रुप मा बिकास नगर्ने भन्ने अबधारणा अनुरुप काठमाडौ कोष लाई “उपहार कोष” नामकरण गर्ने अबधारणा अगाडी आएको हो।

चिनो कोष र उपहार कोष लाई फिक्स अबधारणामा लैजानु को कारण ?

स्कुलको निरन्तर आर्थिक स्रोत नभए २-४ बर्ष पछि आर्थिकभार बहन गर्न नसकि स्कुल निरन्तर चल्न सक्दैन। बिदेशमा र काठमाडौ मा हरेक चोटी चन्दा माग्नु त्यति ब्यबहारिक हिसाबले र परदर्शिताको हिसाबले पनि सहज छैन। तर हामीले फिक्स खाता अबधारणा बाट रकम सँकलन गर्न कस्यो भने एउटा त मुलधन बैक खाता मा नमासिने र खाता बाट आउने ब्याज ले स्कुल सन्चालन मा सहयोग गर्ने एउटा निरन्तर निस्चित रकम को ग्यारेन्टी गर्छ। पछि सम्मको लागी। मानौ नि०मा०बि तह लाई सरकारी मान्याता प्राप्त भयो र सरकारी दरबन्दीका टिचरहरु भयो भने यहिकोष को आधार मा माध्यमिक तह सन्चालन गर्न सकिन्छ र माध्यमिक तह अब को २ बर्ष पछि ‌+2 सम्मलाई मानिनेछ। त्यो बेला सम्म हामीले हाम्रो स्कुललाई +2  सम्म पुराउन सक्यो भने हामीले हाम्रो आगन मा सरकारी ‌+2  सजिलो र कम खर्चमा अध्यान गर्न सक्छौ।

फिक्स खाता अबधारणा कत्तिको उपयोगी र किन ?

फिक्स खाता अबधारणाले कम्तिमा पनि हामीले हाम्रो स्कुललाई कस्तो बनाउन सक्छौ भन्ने मार्ग दर्शन गर्ने छ। यो कोष लाई सफलता पुर्बक सम्पन्न गर्न सक्यो भने हामीलाई आर्थिक कम्जोरी कै कारण स्कुल सन्चालन मा बाधा पुग्ला भन्ने चिन्ता बाट टाढा राख्ने छ। दाताहरुलाई आफुले गरेको सहयोग निस्चित बिन्दु सम्म नै पुगेको ग्यारेन्टी गर्ने छ। दाताहरुले सहयोग गरेको रकम कता खर्च भयो कति जम्मा भयो जस्ता जानकारी पारदर्शिता राख्ने छ।

यो कोष का उपयोगिताहरुलाई बुदाँगत रुप भन्नु पर्दा-

  • सहयोग रकम को परदर्शिता
  • बिधालय सन्चालन को निरन्तरता को ग्यारेन्टी
  • निमाबि० तह सरकारी स्विकृत भएमा माबि तह निरन्तरताको लागी सहज
  • मा०बि० तह सरकारी स्विकृत भएमा ‌+2सन्चालन को लागी प्रयोग गर्न सकिने
  • यो निरन्तर सहयोग आउने कोष हुनाले स्कुल सरकारी दरबन्दीमा स्थापित भयो भने यहि रकम बाट पुस्तकालय तथा कम्प्युटर कलास हरु सन्चालन गर्न सकिने
  • भौतिक पुर्बधारहरु बलियो बनाउन सकिने

चिनो कोष मा अहिले सम्म भएको योगदानहरु

बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान सन २०१० बाट शुरु भएको हो यस्ले २०१०-२०१४ भरि मा प्राप्त सहयोग बाट शिक्षा स्तरउन्नती कोष “चिनो” को स्थापना गर्ने छ जस्को पुँजी  लाभाँश मात्र सरकारी दरबन्दी प्राप्त नहुदै सम्म निजि स्रोत का शिक्षक को तलब मा प्रयोग गर्ने छ। तल बाट माथी हेर्दै आउनु होला अहिले सम्म भएका कोष निर्माण र हजुरहरुको बेला बखत को सहयोग

४.चिनो कोष -2013 मा प्राप्त कुल सहयोग –  Rs. 330,000 ( तीन लाख तीस हजार रुपैया) (यो बर्ष को पुरै अपडेट भएको छैन यो रिपोर्ट as 13 Sep 2013 सम्म को हो। (बिबरण यहां क्लिक गरि हेर्नु होला चिनो कोष -२०११ का सहयोग दाताहरु को बिबरण)

_______________________________________________________________________

३.चिनो कोष -2012 मा प्राप्त कुल सहयोग  – Rs.197,446 ( एक लाख सन्तानब्बे हजार चार सय छयालिस रुपैया) (बिबरण यहां क्लिक गरि हेर्नु होला चिनो कोष –२०१२ का सहयोग दाताहरु को बिबरण)

________________________________________________________________________

२. चिनो कोष -2011 मा प्राप्त कुल सहयोग –  Rs. 300,000 ( तीन लाख रुपैया) (बिबरण यहां क्लिक गरि हेर्नु होला चिनो कोष -२०११ का सहयोग दाताहरु को बिबरण)

____________________________________________________________________

१. चिनो कोष -2010 मा प्राप्त कुल सहयोग – Rs. 604,367.41 ( छ लाख चार हजार तिन सय छैसट्ठी रुपैया। एकचालिस पैसा ) जम्मा भएको छ। (बिबरण यहां क्लिक गरि हेर्नु होला – चिनो कोष २०१० मा सहयोग गर्नु हुने दाताहरु)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s