२०७२ मा म्याग्दीमा ६ बिद्यालय गाभिए १ बन्द

२०७२ मा म्याग्दीमा ६ बिद्यालय गाभिए १ बन्द

गाभिनेमा बिद्यालय
बालउद्यान प्राविलाई- जामुनाखर्क उच्च मावि अर्थुङेमा
एक्लेपिपल प्राविलाई- विद्यामन्दिर प्राविमा
अन्नपूर्ण प्रावि र मालिका प्राविलाई- ताकम मावि ताकममा
गाभिएको छ भने मण्डली प्राविलाई- महेन्द्ररत्न निमावि बरंजा
दल राम्जाली प्राविलाई दिपक मावि पात्लेखेतमा

बन्द भएको मा बिद्यालय
पुनहिल प्राबि. घोडेपानी (‘‘पर्यटकीय बस्ती”)

अझै २८ बिद्यालयहरु गाभिने सम्भाबित बिद्यालय को लिस्टमा छन।

आफ्नो बिद्यालय जोगाउन छ भने सुतेर नबसौ। गुणस्तर छैन भने किन छैन। बिद्यार्थी छन कि छैनन। शिक्षक शिक्षिका छन कि छैनन। ब्यबस्थपन समितिले अलिकति नियमवालीहरु भित्र अट्ने गरेर पनि ब्यबस्थापन गरौ।

अब ढिलो र चाँडो सबै बिद्यालयहरु जिपिआरएस म्यापिङमा जाने र अनुगमन हुने हुनाले अब पहुचको भरमा जालसाजी बिद्यार्थी संख्या देखाएर जोगाउन सकिने दिन समाप्त हुदैछ। त्यसैले नियम संगत, बैधानिक र बैज्ञानिक रुपमा काम गरे आफ्नो एरिया को बिद्यालयलाई बचाउन आबश्यक छ ।

शिक्षा नियमावलीले के भन्छ ? कति बिद्यार्थी चाहिन्छ?
पहाडी जिल्लामा कक्षा १ देखि ३ सम्म ४५ विद्यार्थी, कक्षा १ देखि ५ सम्म ७५ विद्यार्थी, कक्षा ९ देखि १० सम्म ४० र कक्षा ११ देखि १२ सम्म ४० विद्यार्थी अनिवार्य हुनुपर्ने उल्लेख छ ।

गुन पुर्जाको पहिलो गिति एलबम बाट- ” ए मेरो प्यारो वाखेत गाउँ ” को आज बिमोचन हुदैछ।

गुन पुर्जाको पहिलो गिति एलबम बाट- ” ए मेरो प्यारो वाखेत गाउँ ” को आज बिमोचन हुदैछ।

वाखेत डायरी अपडेट
मिति – २२ माघ २०७२
स्थान – हरेलो ग्राउण्ड
समाय:  बिहान १० बजे

कार्यक्रम संयोजन – घारसुन्ना लालीगुराँस युवा कल्ब वाखेत सचिव रिम रोका ज्यु ले गर्दै हुनु हुुन्छ। एलबम मा गायक गुन पुर्जाको यो पहिलो गिति एलबम हो। शब्द – मनबीर किसान, संगित दिपक शर्माको रहेको छ। आज उहाँका गित हरु को साथमा घारसुन्ना लालीगुराँस युवाक्लबले बिबिध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्दैछ।

उहाँलाई सहयोग गर्नु हुने सम्पुर्ण दाताहरुलाई धन्यबाद छ। साथै सम्पुर्ण आमाबुबा- दाजुभाई दिदी बैनीहरुको उपस्थितिको भै कार्यक्रममा सँग सँगै नाँचिदिन र गाउन को लागी हार्दिक अनुरोध छ।

12650252_1098841856827230_670952197_n (1)

धन रोका र नुनु थापा मोना युके मा पात्लेखेत गाबिस बाट कार्यकारी सदस्य छनौट हुनु भएको छ।

धन रोका र नुनु थापा मोना युके मा पात्लेखेत गाबिस बाट कार्यकारी सदस्य छनौट हुनु भएको छ।

वाखेत डायरी अपडेट
30 जनवरी २०१६ मा युकेमा भएको मोना युकेको  5th National Convention of Myagdi Overseas Nepalese Association UK(2016-2019) मा MONA UK पात्लेखेत VDC , म्याग्दी बाट निर्बिरोध घना रोका  र  नुनु थापा निर्बिरोध Executive Member मा चयन हुनु भएको छ। MONA UK बेलायतमा क्रियाशील सामाजिक तथा परोपकारी संगठित संस्था हो जसले जिल्लाको भौतिक तथ् शैक्षिक् विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। उहाँ हरुले प्रतिनिधित्वले आफ्नो कार्यकाल मा उल्लेखनिय योगदान हरु दिने छ। उहाँ हरुको सफल कार्यकाल को लागी शुभकामना छ।


12669465_475807715937745_504970098341386883_n