झिनो गोल को अन्तरले पात्लेखेत गाबिस वाखेत – दोस्रो भयो चिमखोला गाबिस पहिलो

झिनो गोल को अन्तरले पात्लेखेत गाबिस वाखेत – दोस्रो भयो चिमखोला गाबिस पहिलो।

म्याग्दी समाज काठमाडौ ले बागडोल मा आयोजना गरेको माघे संक्रान्ती मेला मा पात्लेखेत गाबिसले दोस्रो स्थान मा चित्त बुझाएको छ। खेल मा हारजीत स्वाभाबिक पक्ष हो। बास्केटबल खेल प्रतियोगितामा कडा प्रतिस्पर्धाको साथ ७४-७२ , जम्मा २ स्कोर को अन्तरले हारेको छ।

हार जीत भन्दा पनि जिल्ला बाहिरको अनुभब हाम्रो टिम ले बटुलेको छ। हाम्रो टिम र गाबिसको नामलाई जिल्ला बाहिर लगेर चिनाएको छ। उनिहरुको मनोबल अझै बढेको छ। घारसुन्ना लालीगुराशका सम्पुर्ण टिम मेम्बरहरुलाई धन्यबाद। यो खेलले धेरै अनुभबि बनाएको छ।
सबै खेलाडी र सपोर्टरहरुलाई धन्यबाद।

12512795_175754532787508_8529926320441701598_n

Advertisements

सम्झनाको स्पर्शहरु: निधारले फुटाएका बिस्कुटहरु

जमानाको कुरा
सम्झनाको स्पर्शहरु: निधारले फुटाएका बिस्कुटहरु

(आज को सम्झनाको स्पर्शहरुमा हामीले(दौतरी) बिताएका बचपनका संगालोहरुको बारेमा छ।)

यो बेला को हरेक बेलुका गाउँ भरिका बिभिन्न उमेरका मानिस तालामा माईला को घर मा भेला हुन्थे। अहिले जस्तो, टिभि, मुबाईल र सोसियल मिडियाहरु त्यो बेला थिएनन। फलाना ठाउँ को मेला मा फलानो खेलमा फलानो ले राम्रो खेल्यो। कस्ले कति भात थपेर खायो देखि लिएर कस्ले के भनेर गीत गायो र के भनेर जवाफ फर्कायो सम्मका कुराहरु गर्दथे कान्छौ (अंकल) बगालहरु। दाई बगला हरु यिनिहरु सानै छ यस्ता कुरा सुन्नु हुदैन भनेर बेला बेला मा यस्ले पाड्यो घर जाँ भनेर साना उमेरका केटाहरुलाई लखेटी रहेका हुन्थे। हामी के कुरा गर्दछन भनेर बाहिर बाहिर झ्याल नजिक बसेर लुक्दै सुन्ने गर्दथ्यौ।

१२-१३ बर्षको उमेरको हुदा सुरु गरे बिनोद रोकाले पसल

कान्तिन बाजे बजै एक बर्ष भित्रै बित्नु भयो। बाजे-बजै बिते पछि त्यो घर त्यसै खाली थियो। त्यसैमा खुल्यो बिनोदको पसल केहि दर्जन थिन आरआरोट बिस्कुट, केहि पोका रारा चाउचाउ, यो यो मिठाई, छुर्पी मिठाई, केहि कापी कलम, केहि दलमोठ खुकुरी रम, पाईनएपल रम, देउराली सिगरेट सबै अलिकति अलिकति गरेर एउटा अल्मारीमा राखेको दोकान।थिन बिस्कुट, छुर्पी (खोल नभएको) मिठाई र रारा चाउचाउ बाट सुरु गरेको पसल रक्सी सम्म पुगी सकेको थियो। समान बिक्दै गयो थप्दै गयो। बेनीको ब्यपारीले पट्याउदै गयो दोकान बढ्दै गयो।

बिनोद, चुनु, भेषे, कुमार, भबिन्द्र,जय, ईन्द्र, तिल र म संगोलमा सानो बगाल थियौ। पल्लो गाउँ तिर लाँचे कान्छौ को झाँक्री बसेको हेरेर फर्कियौ र त्यहि बिनोद को दोकान मा सबै सुत्ने सल्लाह गर्यौ। खै कता बाट उत्पटाङ आयो बिस्कुट फुटाउने बाजी खेल्ने सल्लाह भयो।

बिनोद को दोकान मा त्यस्तै २ दर्जन बिस्कुटहरु बाँकी थिए। एउटा खास्तो माथी बिस्कुट राखेर मुडकीले हानेर फड्ने बाजी पर्यो। बिस्कुट फुटेन भने बिस्कुटको पैसा तिर्नु पर्ने फुटे दोकाने हार्ने यस्तै शर्त बन्यो अनि सुरु भयो बिस्कुट फुटाउने बाजी।

सुरु मा ३ वटा बिस्कुट फुटाउने भेषे ले सबै झुर्ना हुने गरि फुटाए बिनोद हारे। संख्या बढ्यो ४ वटा त्यो पनि फुट्यो, त्यस पछि एकै पटक ६ वटा बिस्कुट को बाजी बढ्यो। त्यो पनि भेषे ले नै फुटाए। ६ वटा पनि फुटाए पछि बिनोद ले बिस्कुटको संख्या बढाएर ८ पुराए ८ लाई मडुकीले नभेट्ने हुनाले हाम्रो पालो पञ्जाले हानु पाउने माग भयो बिनोद मन्जुर भए उनिलाई बिश्वास थियो होला ८ वटा फुट्दैन। प्लास्टिकले ८ बिस्कुट एकै ठाउँमा बण्डल बनाएर पञ्जाले हानियो। यो बिस्कट पनि सबै फुट्यो अहिले सम्म को सबै बाजी हामीले जित्यौ। बाँकी बचेको ३ वटा बिस्कुटलाई लौ यस्लाई चाना (निधार) ले फोड भनेर मजाक या सबै बिस्कुट हारेको झोकमा अगाडी राखे। साँच्चै लौ अब हारे नि हारिएला हानौ है भनेर ३ वटा बिस्कुटलाई निधारले हान्न राजी भए। त्यो पनि फुट्यो र दोकान को सबै बिस्कुट सकियो। त्यो बेला ५ रुपैया पर्ने थिनआरआरोट बिस्कुट १ घण्टा मै २ दर्जन हारे बिनोद त्यस पछि फोडेको बिस्कुट खान सुरु भयो। २ दर्जन बिस्कुट धेरै नै हो ९ जनाले खाई सक्यौ।

कस्ले बढि खाने होडमा खायौ कि राम्ररी नमिलाएर चपाएर खायौ। ९ जना कै गिजा मा बिस्कुटको टुक्राहरुले घोचेर १ हप्ता सम्म खाना खादा पनि दुख्ने भयो। बिनोदको १२० रुपैया को नोक्शान भयो भने हामी सबैको गिजा दुखेर पिडा भयो। हामीले धेरै पछि सम्म पनि हामी निधारले फुटाएको बिस्कुट र दुखेको गिजा को सम्झना गर्यौ र थुप्रै हाँसो हरु बनायौ।

समुह मै दुलेको देखे भने यो बगालले कता नास पार्दछ भन्थे बुढापाका त्यो रातको नास कतै नपरेर बिनोद को दोकान को बिस्कुट को पर्यो। आजको सम्झना सबै बिस्कुट हार्ने र सबैले गिजा दुखाउने साथीहरुको लागी।

-वाखेत डायरी
जमानाको कुरा
सम्झनाको स्पर्शहरु: निधारले फुटाएका बिस्कुटहरु