स्मरण मा २०१२

स्मरण मा २०१२

– वाखेत स्कुलले प्राबि-माबि-निमाबि-माबि-२ अभियान अन्तर्गत ८ कलास पढाई सुरु
-फेसबुकमा सक्रिय Mero Wakhet Gaun: Group
-Mero wakhet Gaun: Group Member हरु बाट हरेलो मेला युवा क्लब को लागी १ लाख ६० हजार को स्पोन्सर सहयोग सँकलन र हस्तान्तरण

-हरेलो मेला को लाईभ ईन्टरनेट बोर्डकास्ट को कोशिस र आँशिक सफलता
– हरेलो मेला अपडेट
___________________________________________________________
स्कुल को ” चिनो कोष” लाई सहयोग (अहिले सम्म यो कोष मा ११ लाख २५ हजार सँकलन भएको छ र यो कोष मुलधन कहिल्यै नमासिने र बैकले दिएको ब्याज मात्रै स्कुलले टिचर टलब मा खर्च गर्ने कोष हो।

-वाखेत स्कुलमा ईन्टरनेट जडान, केशव पुन ले आफ्नो आमा हिरा देबी पुन नाम मा कम्पयुटर र नेट जडान खर्च प्रायोजन
-स्कुल को “चिनो कोष” को लागी कुमार राम्जाली (पोर्चुगल) र नर ब. राम्जाली(अमेरिका) ले आफ्नो बाबा को नाम मा रु. १ लाख ५१ हजार ‌१सय ५१ रुपैया सहयोग
-युनसाङ थापा (तेजिन्द्र थापा ) जि ले रु. ५० हजार सहयोग
-अमर ब. शेर्पन्जा (कमला पाईजा को बुढा) -रू ५०५०
-मान ब. बिक रु – १० दश हजार
-रामु पाईजा ( ईनाम को बाबा) – ५०००
-टक ब. पाईजा २६ हजार
(बिदेशबाट)
________________________________________________________
रामति राम्जाली- २५ हजार
राधाकृष्ण मन्दिर द्वाखर्क – ५०००
त्यस्तै अरु पनि छन- बिबरण सँकलन हुदैछ।
__________________________________________________________

-हरेलो मेला को भिडियो सामान्य सिडिमा बिटरण र स्कुलको कम्पयुटर कोष को लागी १३ हजार ‌+ संकलन ( टक ब. पाईजा बाट २६ हजार कम्पयुटर क्लास सन्चालनको लागी सहयोग, चुनु, भबिन्द्र र राम को पनि उनै सहयोग गर्ने बाँचा)
-स्कुलले ल्याएको कम्पयुटर क्लास कन्सेप्ट को लागी कोरिया का रोजगार साथीहरु सँग छलफल प्रकृयामा ।
-आमा समुहको भवन निर्माण शुरु
-आमा समुहको भैलो १ लाख ३ हजार ‌+ संकलन
-Exe. Generation- सरो सहकारी को स्थापना

_________________________________________________________
आउनुहोस वाखेत निर्माण मा छलफल गरौ हाम्रो एकता नै हाम्रो बिकास

हाम्रो वाखेत राम्रो वाखेत
(- स्यानु पाईजा को रिपोर्ट)

Advertisements

घर भित्रका कुराकानी-२(नेपाली-ढुट-खाम)

एपिसोड -२ शिर्षक – घर भित्रका कुराकानी- दोस्रो भाग-अनुबाद (नेपाली-मगरढुट मगरखाम)-
Narendra Jhakote Magar, आशा बुढामगर
दृस्य – सुबेदार बाजे को हातमा झोला छ। साँझ पर्ने बेला भएको छ। कुखुरा हरु बास खोज्दै छन।
पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास, सुबदार बाजे, बजै, ठुली आमा – पुजा

घर भित्र को कुराकानी – दोस्रो भाग

बिकास – बजै खै ? बाजे
(ढुट)बिकाश~~बोजिउ कुलाक नुवा बाजिउ?
  • (खाम)बिकास-बज्यू खो कि? बाज्यू
बाजे- तल तेरो फुपु को मा पसेर आउँछरे
(ढुट)बाजे~~म्हाका नुओ निनियो इमाङ खेह्वार राल्हेता!
  • (खाम)बाज्यू- मेक नफुपुराइलेउक पसिध हुने दी
बिकास – मलाई के ल्यादिनु भयो ?
(ढुट)बिकाश~~ङ्गाकि हि राक्न याहा?
  • (खाम)बिकास -ङालाई कता राइध जिन्याङु नि ?
मिना – सास फेर्नु न पाउदै, हेर यस्को हतार
(ढुट)मिना~~मिसास फेरिकी माभ्यामने,ङसो त इच्यऔ ह्याले!
  • (खाम)मिना- स-पला दोहोरै ओ माधैरी,चिउचिके आकुलाई कतालु ओ-आ-तिज्यो?
बाजे- तेरो आमा खै त ?
(ढुट)बाजे~~नुओ मोई कुलाक नुवा??
  • (खाम)बाज्यू -ज्यामा खो की ?
मिना- ठुल्माको बाख्रा ब्याएको छ, उता जानु भाको छ
(ढुट)मिना~~मिझामोइयौ ह्राइ दिन्न्हनेता,होलाक नुंगने
  • (खाम)मिना -मगोराइ ए बाखरा ताले, हुनी बाइले
बाजे – के पाए छ ? पाठा कि पाठी
(ढुट)बाजे~~हि दिन्हाता पाठाता कि पाठीता?
  • (खाम)बाज्यू-कता ओ-ताओ ? पाठा सै पाठी ?
बिकास – बोका
(ढुट)बिकाश ~~बोकाता !!
  • (खाम)बिकास -बोका
बाजे- फतहा पाठा हो ।
(ढुट)बाजे~~पाठा देउ~~!!
  • (खाम)बाज्यू -फतहा ,पाठा ताकेसानी
बिकास- उस्तै त हो नि
(ढुट)बिकाश~~आड़ाङ्चेन कर!!!
  • बिकास – तोबो ज त ताके
बाजे – हुन्छ उस्तै,
(ढुट)बाजे ~~छान्ने काट्न~~!!
  • बाज्यू -खा माताके भो
मिना- रात पर्नु लाग्यो। बजै त आउनु भएन अध्यारो भयो
(ढुट)मिना~~छुम्किपा बोजिउ चे मार्हा,छुम्हा नि~~!!
  • (खाम)मिना -री -ताके ,बज्यू त महुके सानी
बाजे- जा जा बत्ती लिएर लिनु जा बजैलाई, तिमीहरुको समान पनि उ सित छ
(ढुट)बाजे~~नुङ्ना-नुङ्ना~~!!ट्याहाक्चे लार लाकी नुङ्ना,नाखारकुङ् हि-हि को र आस खातानाले!
  • (खाम)बाज्यू -बान्के -बान्के … बत्ती लाङर नबज्यू लाई चनाके । जिन्समान र पला हो सि ज लिज्या
बिकास- म पनि जाम बाजे ?
(ढुट)बिकाश~~ङ् र नुंइंङ् बाजिउ??
  • (खाम)ङा पला ङा भा बाज्यू ?
बाजे- जाउँ जाउँ, छिटो आउँ नि
(ढुट)बाजे~~नुंङनि-नुंङ्नि~~!!!छिटोन ल्हेसार राखी!!
  • (खाम)बाज्यू -बाचिन्के -बचिन्के ……… चानो हुचिन ।
बाजे – पल्लो घर तिर फर्केर कराउदै ( ठुली, ओ ठुली )
(ढुट)बाजे~~पार्चिम पट्टी ल्हेसार,,च्याक्चई ए मिझामोई-ए मिझामोई डेकी ~~~~!!!!
  • (खाम)बाज्यू -(हुनिकु जिम्रा फर्किर) …. ठुली …. ओ … ठुलि
बाजे – पल्लो घर तिर जादै, किन होला न बोल्ने ¬¬¬¬¬……….( ठुली, ओ ठुली )
(ढुट)बाजे~~पार्चिम पट्टि नुङ्चेइ हिजै औला माङ्कचे~~~~~!!!!~~~~!!(ए मिझामोई ए मिझामोई)
  • (खामबाजे – पल्लो घर तिर जादै, किन होला न बोल्ने ¬¬¬¬¬……….( ठुली, ओ ठुली )
बाजे- बत्ती नै छैन र ? अध्यारो छ। सुन्य छ ।
(ढुट)बाजे~~टयांङ्छे न माले??छुम्ने,शुन्यले
  • (खाम) बाज्यू———??________
(क्रमश….)

घर भित्रका कुराकानी-२(ढुट)

एपिसोड -२ शिर्षक – घर भित्रका कुराकानी- दोस्रो भाग-अनुबाद (मगरढुट)-
Narendra Jhakote Magar
दृस्य – सुबेदार बाजे को हातमा झोला छ। साँझ पर्ने बेला भएको छ। कुखुरा हरु बास खोज्दै छन।
पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास, सुबदार बाजे, बजै, ठुली आमा – पुजा

घर भित्र को कुराकानी – दोस्रो भाग

बिकास – बजै खै ? बाजे
बिकाश~~बोजिउ कुलाक नुवा बाजिउ?
बाजे- तल तेरो फुपु को मा पसेर आउँछरे
बाजे~~म्हाका नुओ निनियो इमाङ खेह्वार राल्हेता!
बिकास – मलाई के ल्यादिनु भयो ?
बिकाश~~ङ्गाकि हि राक्न याहा?
मिना – सास फेर्नु न पाउदै, हेर यस्को हतार
मिना~~मिसास फेरिकी माभ्यामने,ङसो त इच्यऔ ह्याले!
बाजे- तेरो आमा खै त ?
बाजे~~नुओ मोई कुलाक नुवा??
मिना- ठुल्माको बाख्रा ब्याएको छ, उता जानु भाको छ
मिना~~मिझामोइयौ ह्राइ दिन्न्हनेता,होलाक नुंगने
बाजे – के पाए छ ? पाठा कि पाठी
बाजे~~हि दिन्हाता पाठाता कि पाठीता?
बिकास – बोका
बिकाश ~~बोकाता !!
बाजे- फतहा पाठा हो ।
बाजे~~पाठा देउ~~!!
बिकास- उस्तै त हो नि
बिकाश~~आड़ाङ्चेन कर!!!
बाजे – हुन्छ उस्तै,
बाजे ~~छान्ने काट्न~~!!
मिना- रात पर्नु लाग्यो। बजै त आउनु भएन अध्यारो भयो
मिना~~छुम्किपा बोजिउ चे मार्हा,छुम्हा नि~~!!
बाजे- जा जा बत्ती लिएर लिनु जा बजैलाई, तिमीहरुको समान पनि उ सित छ
बाजे~~नुङ्ना-नुङ्ना~~!!ट्याहाक्चे लार लाकी नुङ्ना,नाखारकुङ् हि-हि को र आस खातानाले!
बिकास- म पनि जाम बाजे ?
बिकाश~~ङ् र नुंइंङ् बाजिउ??
बाजे- जाउँ जाउँ, छिटो आउँ नि
बाजे~~नुंङनि-नुंङ्नि~~!!!छिटोन ल्हेसार राखी!!
बाजे – पल्लो घर तिर फर्केर कराउदै ( ठुली, ओ ठुली )
बाजे~~पार्चिम पट्टी ल्हेसार,,च्याक्चई ए मिझामोई-ए मिझामोई डेकी ~~~~!!!!
बाजे – पल्लो घर तिर जादै, किन होला न बोल्ने ¬¬¬¬¬……….( ठुली, ओ ठुली )
बाजे~~पार्चिम पट्टि नुङ्चेइ हिजै औला माङ्कचे~~~~~!!!!~~~~!!(ए मिझामोई ए मिझामोई)
बाजे- बत्ती नै छैन र ? अध्यारो छ। सुन्य छ ।
बाजे~~टयांङ्छे न माले??छुम्ने,शुन्यले
(क्रमश….)

कबिताको बाध्यता

कबिताको बाध्यता                   : स्यानु पाईजा

 

अचेल कबिताले गाली बोकेको छ
कतै पार्टीको प्रचार र ब्यानर बोकेको छ
कतै स्वार्थ र षड्यन्त्रको भण्डार पोखेको छ
कतै बैशको कामुकता पनि बोकेको छ
तर यति मात्र होईन कबिताले कहि त !
तितो यथार्थको धरतल पनि बोकेको छ
चेतनाको मधुर दियो पनि बोकेको छ
साहित्य र सृजनाको सम्बाहक बनेको छ
सृजनाको दरिलो मियो पनि बनेको छ
माया, पिरती, मिलन, बिछोड र सम्झना
बाँचा, चाहना, कामना, बेदना पोखेको छ
बिचरा कबिता माथीको कबिताले फेरि
रिमिक्स गित जस्तै हित हुने दाँऊ मा छ
एउटा बर्षौ पुरानो कबिता गाऊँमा छ
पुरानो कपिमा ध्वाँसोले पुरिएको छ
साहेद कति कबिता यसरी नै च्यातिए होला
कबिताको बाध्यता यस्तै नै रहेछ
कसैलाई नसुनाई, च्यातिनु परेको छ
यस्तै छ कबिता अचेल गालीले किच्चिएको छ
पार्टीको प्रचार र बिचारले थिच्चिएको छ
स्वार्थ र षड्यन्त्रको भण्डारले भरिएको छ
यस्तै छ अचेल कबिता को बाध्यता ।
लाहुरे सँग कबिता प्रदेश पोईल गएको छ ।
गाऊँको सम्झनामा धेरै चोटी कबिता रोएको छ।

 

2008/10/20 मा पहिले पटक पोस्ट भएको

http://mleadbeni.wordpress.com/2008/10/20/%E0%A4%95%E0%A4%AC%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE/

झुठो माया लाउनेलाई

झुठो माया लाउनेलाई         – स्यानु पाईजा

अचेल त मेरो पनी भाउ बढेको छ
भो सित्तै मा मन दुखाउन नखोज
अचेल त मेरो पनी भाउ बढेको छ
भो सित्तै मा आँसु रित्याउनु नखोज्
भो माया लाई सस्तो गहना बनाई
फुटपाथको च्यादरमा सस्तैमा नबेच
अध्यारोमा कयौ चोटि नाङगिएको छु
भो अब दुनियाँ सामु नङ्ग्याउन नखोज
मायाको अर्थको अरु उपहास नगर
अरुलाई दु:ख बेच्ने ब्यपार बन्द गर

2008/10/24 मा पहिले पटक पोस्ट भएको

http://mleadbeni.wordpress.com/2008/10/24/%E0%A4%9D%E0%A5%81%E0%A4%9F%E0%A5%8B-%E0%A4%AE%E0%A4%BE%E0%A4%AF%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87%E0%A4%B2%E0%A4%BE%E0%A4%88/

शहर पसे पछि – स्यानु पाईजा

शहर पसे पछि  – स्यानु पाईजा

उ शहर पसे पछि
रुप रंग फेरिएछ ।
हाऊ भाऊ,बोलीचाली
सबै फेरिएछ
उसको लोभ लाग्दो बैसले
बसन्तीको मनै चोर्यो
बसन्तीले उ संग
मुसुक्कै मस्कीदा
मलाई दाह लाग्यो
मलाई पनि शहर पसौ
सुन्दर हुन मनलाग्यो
उ सित दाह लाग्यो
म शहर पस्दा
सहरको बास्तबिकता
पानी रंगिएछ
कालो, हरीयो, पहेलो
गुलियो, अमिलो
रंग र स्वाद मा भरिएछ
नाना थरीका नाम
बिस्लेरी, अक्वा
पेप्सी, कोला, फेन्टा
के के हो के के !!
नामले सजिएर बिकेछ
दुङगे धाराको स्राप लाग्यो
पैसा नभइ यहाँ
पानी पिउन नपाई मरिन्छ
सबै फर्सदिला छन
फेरी सबै बेफुर्सदी
कस्लाई कसरी मुर्गा बनाऔ
सबको दिमाग बिजी छ ।
दाल भातको असी रुपैयाँ
सस्तोमा नजानुस बासीमा पर्नुहोला
खाना खाए ट्वाईलट फ्रि मा
ल राम्रो सस्तो सुबिधा भएको
पानी को सुबिधा भएको
होसीयार गराउने ले नै
मलाई बासी भात बेचे
यहाँ धेरैलाई
बाँझो खेतको स्रापले
भोक भोकै टड्पीनु पर्छ
या होसियार भन्दै लुट्नु पर्छ

2008/10/28 पहिले पटक पोस्ट भएको

http://mleadbeni.wordpress.com/2008/10/28/%E0%A4%B6%E0%A4%B9%E0%A4%B0-%E0%A4%AA%E0%A4%B8%E0%A5%87-%E0%A4%AA%E0%A4%9B%E0%A4%BF/

लाचार मान्छे – स्यानु पाईजा

लाचार मान्छे         – स्यानु पाईजा

जन्म संगै जोडिएका बाध्यता हरु
सुनपानीको कुरा पत्याउनु पर्छ ।
मन्तरेको पानीले बोको मन्छाउनु पर्छ ।
धामी झांक्रीको फुमन्तर भरेको
जन्तर भिरेर हिड्नु पर्छ ।
फेरि त्यहि गीत सुन्नु पर्छ ।
हरियो गोबरले धर लिप् ।
लक्ष्मी को पुजा गर ।
हे गाऊँले हो तिमी गरिब छौ ।
त्यसैले अझै घर गोबर ले नै लिप ।
पञ्चगाब्यमा मिसाएर खुवाउनु मिल्ने गोबर
घर लिप्दै मा के हुन्छ ?
गहुत छरेर , खुवाएर चोख्याउ
अक्कलमा धाँसो लागेको ओम्खरा झिकेर
मण्डलीको भाकल पुरा गर ।
तिमी यसरी नै नअल्मलिए
सन्सारले कस्लाई ऊल्लु बनाउछ ?
नुन पानीको चिया पिऊदा बरु ग्लानी हुन्न ।
सुनपानीले चोख्याउन लाग्दा जति हुन्छ ।
कुरितिले गाँजेको यो समाजमा
परालाईज भएर जन्मेको मान्छे ले
के नयाँ दिशा देखाओस ।
यो मान्छे यस्तै बिबशता बिच मर्छ ।
जन्म संगै जोडिएका बाध्यता हरु बिच
निसासिएर जिवनको अन्त हुन्छ ।

2008/09/19 मा पहिले पटक पोस्ट भएको

http://mleadbeni.wordpress.com/2008/09/19/%E0%A4%B2%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A5%87/