माया सबै भन्दा छोटो र लामो आकार र शब्द बिना को ग्रन्थ हो।

माया सबै भन्दा छोटो र लामो आकार र शब्द बिना को ग्रन्थ हो।

माया तरल (पानी) पदार्थ हो। जस्तो भाँडोमा राख्छौ यो उस्तै आकार मा बद्लिन्छ। सम्हालेर राख्यौ भने जस्तो भाडो उस्तै भएर बस्छ। पोख्यौ भने बगेर जान्छ। सुकेर जान्छ तर सम्झना एउटा कथा बन्छ त्यो तितो र मिठो दुबै हुन्छ। माया पनि त्यस्तै युगले परिमार्जन गरेको सबै भन्दा नयाँ ग्रन्थ हो। सबै भन्दा छोटो र सबै भन्दा लामो आकार र शब्द बिनाको ग्रन्थ हो। कसैले मात्रै एक चुम्बन मा पढछन। कसैले एक नजरमा, कसैले सम्झनामा जिन्दगी भर पढेर सक्दैनन। त्यसैले त यो आकार र शब्द बिनाको खाली ग्रन्थ हो। जहाँ सबैले आफ्नै शब्द भर्दछन।

ग्रन्थहरु (धार्मिक) सबै एक समायमा एक्लैले लेखिएका हुदैनन। समाय सँगै नराम्रो लागेका मेटाईएका हुन्छन। राम्रो लागेको शब्द थपघट बढाई चढाई गरिएका हुन्छन। माया पनि त्यसरी नै समायको हरेक मोडमा आफ्नै आफ्नै तरिकाले परिभाषित हुन्छ। जुन लेखिन्छ त्यो माया होईन त्यो भावना हो। माया प्रकृति जस्तै हुन्छ। एउटै हावा, माटो घाम, पानीमा उम्रेका अलग अलग अलग स्वाद का फल जस्तै हुन्छ। जस्लाई मानिस कर्म हो या भाग्य भनेर झुकिने गर्दछन।

यहाँ माया यस्तै चित्रमा परिभाषित हुन खोजेको छ।

12193781_1622287838036921_2236356773532526086_n

 

Photo स्रोत @ Bhakti Thapa

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s