साल्दिई ज्यु एक ट्वाक चढाउ कि ?- उपेन्द्र सुब्बा

उपेन्द्र सुब्बाको कविता
(साहित्य महोत्सवको अन्तिम दिन बाचन भएको कबिता)

साल्दिई ज्यु एक ट्वाक चढाउ कि ?

रक्सी र मायालु छुटे पछि झन तिर्सना
कसो बाटो भुलेर फेरी
म यहा भट्टी छेउ आईपुगे
अव म सिधा वा बाङगो गरि
जस्तो गरेर यहाँ आई पुगे पछि
नआउनु थियो भित्र आईपुगे पछि
एक ट्वाक चढाउ कि
अस्ती पोहरै देखि छोडौ त भनेको
खै परार पनि त्यसै भनियो र
रक्सी को बदनाम मात्रै गरियो
यो साल त मलाई पनि खुवै लाज भाथ्यो
र त आजकल सर्माउदै पिउछु
कहिले कहि त नपिउन भन्छु
साथी भाई तर्सन्दै रिसाउछन
छेउ मा बिन मात्रै फर्काएर
यो त अव बिग्रियो पो भन्छन
यो महान यात्रा कहिले कहाँ बाट सुरु भयो
एकिन साल संमबत थाहा नभए पनि
पर पर सम्झि लेउदा चित्रो घारी देखि सिरुबारी सम्म
धुलमुल धुलमुल धमिलो सम्झना आउछ
बेसरी मुटु दुखेकै नै हो अमिलो सम्झना आउछ
यति मात्र सम्झना छ
हेर्दा हेर्दै झ्याप्प घाम निभेको हो
म घाम पर्खेर बर्षौ सुतेको हो
अचेत अबस्था मा मेरो आमाले बुढासुब्बालाई
एक बोटल रक्सी चढाउनु भएछ र पो म बिउझेको
म बिउझिदा घाम फेरि अस्ताउन लागेको थियो
छोडेउ यस्तो झ्याउ कुरा-
साल्दिई ज्यु अर्को एक ट्वाक थपौ
खाउ भन्छन कोहि आफन्त भन्छन – खानै पर्यो
नखाउ ओई भन्छन आफ्नो मान्छे ‍- भोलि देखि खान्न भन्नै पर्यो
यसरी दोहोरो बाँच्दा दुबै थरि आफन्तको मन राखिदिदा भन्दा
आफ्नै मन को ढाँटिन्दो रहेछ, आफ्नै मन छलिने रहेछ।
तर नाथे मनलाई के छ र
कुनै रुखको ठुटो मा थपक्क राखे नि भो
चकमक झुला सँगै बट्टामा कचाक कुचुक पारेनि भो
यो मन पनि मनै जस्तो आजित भा छ
जित्ने उत्साह हराए पछि हार्न त सजिलो पो र छ
हिजो मात्रै रक्सी भोलि रक्सी छोड्ने शर्तमा रक्सी नै पिए
आखिर आज अन्तिम नै हो भनि बेसरि पिए
आज कसो बाटो भुलेर फेरि यहाँ भट्टी छेउ आई पुगे
नआउनु थियो आईसकेर भित्र आईसके पछि
नपिउनु थियो पिईसकेर यति मातिई सके पछि
साल्दिई ज्यु अन्तिम एक ट्वाक थपौ कि।

(धेरै पहिला सम्दे शेर्पा को कमेडी याद आयो) धन्यबाद कबि ज्युलाई
http://youtu.be/h7mKfzQDH_w

Advertisements

म्याग्दीको झिँ गाविसमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एकै व्यक्तिले ५ थान कम्प्युटर सहयोग

कमल खत्री

म्याग्दी, १० कार्तिक । साभार बेनी अनलाईन

म्याग्दीको झिँ गाविसमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एकै व्यक्तिले ५ थान कम्प्युटर सहयोग गर्नुभएको छ । झिँ–६ घर भई हाल काठाण्डौमा बस्दै आउनुभएका चन वहादुर पाईजाले १ लाख ५० हजार बरावरको ५ थान कम्प्युटर सहयोग गर्नुभएको हो । विद्यालयमा कम्प्युटर सुविधा पु¥याएर व्यवहारीक शिक्षा प्रदान गर्ने उदेश्यले हालै विद्यालयमा आयोजीत एक कार्यक्रममा पाईजाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गनुृभएको विद्यालयका शिक्षक दुर्गादक्त रिजालले जानकारी दिनुभयो। आगामी शैक्षिक सत्रबाट कक्षा ६ देखी कम्प्युटर शिक्षा लागु गर्ने तयारी गरेको उक्त विद्यालयलाई थप दुई थान कम्प्युटर खरिदका लागी समेत स्थानिय चन्दादाताहरुले आर्थिक सहयोग गर्नुभएको छ ।

 

comuter

थप कम्प्युटर खरीदका लागी झिँ घर भई हाल हङकङमा बस्दै आउनुभएका चन्द्र वहादुर शेरपुञ्जाले २६ हजार, कर्ण पाईजा, साउनदेवि थजाली र खड्क थजालीले १३÷१३ हजार,  र विद्यालयका भुपु विद्यार्थी हाल काठमाण्डौमा बास्दै आउनुभएका सिता थापा र इनर््द्र थापाले १५ हजार रुपैयाँ सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।
अहिले २ सय ७४ जनाले अध्ययन गर्दै आएका छन् ।

 

विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्य रत्नविर थजालीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि निमित्त स्थानिय विकास अधिकारी केशवराज सुवेदी, जिल्ला शिक्षा कार्यालय म्याग्दीका उपसचिब युक्त प्रसाद शर्मा, गाउँ शिक्षा समितिका अध्यक्ष एबम गाविस सचिब दामोदर रिजालले सरकारले सवै सामुदायीक विद्यालयमा कम्प्युटर शिक्षा पु¥याउन पहल गरेको समयमा विद्यालमया चन्दादाताहरुले उपलब्ध गराएको कम्प्युटरले सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण शिकाइ क्रियाकलापमा अधिकतम उपयोग गरि गुणस्तरीय शिक्षा प्रदान गर्न मद्धत पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पाईजा, प्रअ याम शेरपुञ्जा, स्थानिय युवा क्लबका अध्यक्ष प्रविन गातामे लगायतले मन्तव्य राख्नुभएको थियो भने चुमायाँ थजालीको स्वागत र शिक्षक हर्क वहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

– See more at: http://myagdionline.com/?p=2337#sthash.U09iWc4o.dpuf

मनु थापा को बिबहा भयो

वाखेत वडान -८ मनु थापा को बिबहा भयो। रितु को मामा ( रामु दाई को साला) मुना का घन ब. पुन(फगामी) सँग , उहाँ हरु को सुखद बैबाहिक जिबनको कामना गर्दछौ – Mero Wakhet Gaun परिवार ।

(Note- मनु थापा, तिलक थापाको माईलि दिदी हुन)

स्रोत – रितु को ममी

तेस्रो दिन छिमेकी गाबिस झि को तिहार बिशेष खेलकुद तथा साँस्कृतिक मेला-२०७० को अपडेट

तेस्रो दिन झि को मेला

बाल बास्केटबल

मौवाफाँट “ए” र पात्लेखेत “ए” बिच भएको खेलमा – मेवाफाँट बिजयी
मौवाफाँट फाईनमा प्रबेश गर्यो
झि “बि” र झिं “सि” बिच को भएको खेलमा – झि “बि” बिजयी
–अपडेट

फाईनलमा
मौवाफाँट र झि “बि”

दोस्रो दिन छिमेकी गाबिस झि को तिहार बिशेष खेलकुद तथा साँस्कृतिक मेला-२०७० को अपडेट

2nd day Update झिं को मेला 2070

छिमेकी गाउँ झि को तिहार बिशेष खेलकुद तथा साँस्कृतिक कार्यक्रम मेला-२०७० को दोस्रो दिन अपडेट

आज बाल बास्केटबल नाम दर्ता, १४ टिम ले नाम दर्ता गरे ।

१) पहिलो खेल दग्नाम “ए” र झिं “बि” बिच भएको खेलमा – झिं “बि” बिजय भयो
२) झि “ए” र झि “डि” बिच भएको खेलमा – झिं “ए” बिजय भयो
३) मौवाफाँट “ए” र वाखेत “बि” बिच भएको खेलमा – मौवाफाँट “ए” बिजय भयो
४) पात्लेखेत “ए” र वाखेत “डि” बिच भएको खेलमा – पात्लेखेत “ए” बिजय भयो

५) झि “जि” र वाखेत “सि” बिच भएको खेलमा – झिं “जी” बिजय

दोस्रो चरणको खेल मा
1) पात्लेखेत “ए” र पाखापानी “ए” बिच भएको खेलमा – पात्लेखेत “ए” बिजय

आज को फोटो झलक

बाल बास्केटबल टिम -मौवाफाँट- ए

बाल बास्केटबल टिम -मौवाफाँट- ए

बाल बास्केटबल टिम - झिं "एफ"

बाल बास्केटबल टिम – झिं “एफ”

बालबास्केटबल टिम- रातो झि "जि" - निलो वाखेत "सि"

बालबास्केटबल टिम- रातो झि “जि” – निलो वाखेत “सि”

अपडेट स्रोत सहयोग – प्रबिन अन्जान झिं, म्याग्दी

बिध्योदय निमाबि वाखेत मा ब्यबस्थापन समिति र स्टाप मिटिङ हुदैछ ।

Wakhet Update

Oct. 25, 2070 (कार्तिक ८, २०७० )

आज बिध्योदय निमाबि मा बिध्यालय ब्यबस्थापन समिति र स्टाफहरु बिच मा मिटिङ चलिरहेको छ।

बिध्योदय पुस्कालय २०१० मा रिड टु रुम को आर्थिक सहयोग र गाजा युवा कल्व बाग्लुङ को प्रबिधिक सहयोग मा स्थापना भएको हो र यहि कार्तिक १५ गते यो सामुदायमा हस्तान्तरण हुदैछ। पुस्तकालयलाई कसरी प्रभावकारी बनाउने। दाताहरुको हस्तान्तरण पछि यस्लाई कसरी लैजाने, स्कुलका भाबि कार्यक्रमहरु बारे मा छलफल को लागी आजको मिटिङ बोलाएको छ। खास गरी भुपुहरु ले निर्माण गर्न लागेको कम्पयुटर ल्याव & पुस्तकालय (जस्लाई हामीले भुपु-गोर्खा भवन सहकार्य भवन नाम दिएका छौ) को बारे मा कसरी जाने भन्ने छलफल पनि हुदैछ।
1385391_391514730980350_1313866943_n

सम्झनाको स्पर्श: Nepali Unicode Romanized को सम्झनामा

सम्झनाको स्पर्श: Nepali Unicode Romanized को सम्झनामा

सुरुवाट को दिनमा Nepali Unicode Romanized

सन 2000 पुर्व ईन्टरनेटका कन्टेन्टहरु समेट युनिकोड मा थिएनन। सबै देशका मानिसले ईन्टरनेट मा रहेका आफ्नो भाषा को कन्टेन्ट पढ्न पनि फन्टहरु ईनस्टल गर्नु पर्ने हुन्थ्यो। नेपाली का फन्ट को कुरा गर्दा प्रिटी, मनकामना, हिमाल, रुक्मेणी जस्ता फन्टहरु ईन्टसल नगरे सम्म हामीले अनलाईन पत्रप्रत्रिकाहरु पढ्न सक्दैनथ्यौ। त्यसो त त्यो बेला ईन्टरनेट चलाउन साईबरहरुमा समेट आईडि बुझाएर प्रयोगकर्ता पुस्तिकामा नाम लेखाएर मात्रै प्रयोग गर्न पाउदथ्यौ।

Windows Operating System 95, 98, 2000, Millennium, Xp, Vista, Windows7, Window8 का कयौ भर्जनहरु देखि सक्यौ र प्रयोग पनि गर्यौ। कुनै समयामा Nepali Unicode Romanized कम्प्युटर मा ईन्टल गर्नु पनि युद्व जिते जतिकै खुसीको कुरा हुन्थ्यो। थुप्रै किसिम को सेटिङहरु मिलाउनु पर्ने हुन्थ्यो।

नेपाली कम्प्युटिङ सिस्टम (Nepali Computing System)

नेपाली कम्प्युटिङ सिस्टम (Nepali Computing System) भनेर आएको थियो सुरुमा Nepali Unicode Romanized यो सिस्टम टयार पार्नको लागी मदन पुस्तकालय लाई १० हजार डलर लागेको थियो रे भन्ने सुनिन्थे त्यो बेला,नेपाली कम्प्युटिङ सिस्टम (Nepali Computing System) आफ्नो कम्प्युटर मा हालेको दिन आज पनि याद छ यति खुसी लागेको थियो ब्याक्त गर्ने शब्द छैन। कमल गुरुङ को साथी पछि मेरो पनि साथी पुरण गुरुङ म उहाँहरुलाई साथी भन्दा पनि म गुरु मान्दछु। नेपाली कम्प्युटिङ सिस्टम (Nepali Computing System) सजिलो भने थिएन। Windows बाट एसियन ल्यावङगेज एड गर्नु पर्ने थियो। .Net Frame work ईन्टल पनि गर्नु पर्दथ्यो। र रिजनल ल्याङगेवज मा गएर किवर्ड लेआउट एड गर्नु पर्दथ्यो। सो नगरिकन युनिकोड नेपाली चल्दैनथे। यो क्रम Windows XP सम्म थियो। Window Vista पछिका भर्जन मा भने यस्ता सेटिङहरु मिलाउन पर्दैनथे। ईनस्टल गरे पुग्ने भयो।

६ महिना को टलव ले आफ्नै कम्प्युटर किन्दा

1999 मा मैले आफ्नै कम्पयुटर किनेको थिए Intel Pentium III कम्प्युटर किन्दा ६ महिना को तलव पुरै लागेको थियो। रहर को आगाडी पैसा केहि पनि होईन भन्ने उदाहरण मै थिए। त्यो बेला सबैले मेरो मजाक उडाउथे।बजार मा कुन सफ्टवयर आएको छ, कम्प्युटरको कुन प्रोसेसर लेटस्ट हो यहि मात्रै खोजी हुन्थे। प्रोसेसर कुन कुन कम्पनीले बनाउछन, कुन कम्पनी को प्रोसेस कति सम्म पुगेको छ हाम्रो ध्यान यतिमात्रै हुन्थे। जागीर को ठुलो हिस्सा यस्तै कुरामा खर्च हुन्थे। बाँकी खर्च भने जिरो बराबर। सिडि जम्मा पार्नु शोख बराबर नै थियो। अहिले सस्तो खालको कम्पयुटर महिना मै २ वटा किन्न सक्छौ।तर त्यो बले कम्प्युटर किन्न कि त पैसा वाला हुनु पर्दथ्यो कि म जस्तै क्रेजी मान्छे हुनु पर्दथ्यो। हामीले काम गर्ने कम्पनीमा Intel Pentium II का गिनाचुना कम्प्युटर हुदा Intel Pentium III पर्सनल कम्प्युटर किन्न सक्ने कामदार थिए म कुनै बेला कहिले कहि सम्झदा आफ्नै पागलपन मा हाँसो लाग्दछ। अहिले ति कम्प्युटरहरु चलेको सुन्दा पनि अचम्म लाग्छ। प्रोसेसिङ हुदा किरररर का आवाज आउदथे। कि वोर्ड हरु टाईपराईटर जस्तै कराउथे। माईक्रोसफ्ट बिभाजन नभएको भए र रेड ह्याट( लुनेक्स) जस्ता ओपेन सोर्स का प्रोग्रामहरु नआएको भए अझै पनि कम्प्युटरहरु महँगो नै हुने थिए। अहिले गुगल को क्रोम जस्ता अपरेटिङ सिस्टमहरु फ्रिमा डाउनलोड गर्नु पाईन्छ। १९९८ पुर्व यस्ता अप्सनहरु थिएनन। एक किसिमले माईक्रोसफ्ट को मनोपोली थियो।

2000 सम्म मा ईन्टरनेट सहज थिएन

साउदी अरव मा काम गर्छु भन्दा मानिसहरु नाक खुम्चाउथे र अझै पनि खुम्चाउछन। डिस्क एन्टिना ईलिगल थियो यहाँ कसै कसैले लुकिचोरी राखेका हुन्थे। यहाँका धर्मगुरु(मतुवा) हरुले यस्तो खबर पाए भने कठकडी नै लगाएर लैजान्थे हामी आउने ताका, क्याम्प मा रिक्रियशन हल थियो त्यसमा कम्पनीले फिल्म देखाउथ्यो। साँझ को खाना सकेर हामी फिल्म हेर्दथ्यौ। साउदी रियल २५ रुपैया डिपोजिट राखे पछि ५ रियल भाडा मा भिएचएस क्यासेटहरु पाईन्थे। ईलिगल (सेन्सर नभएका) फिल्महरु छन भने अझै बढि लाग्दथे। सेन्सर हाँसो उठ्दो खालको थियो। चुम्वन मात्रै होईन भगवान को मुर्तिहरु को सिन मा समेट फूल या अन्य लेयर थपिएका हुन्थे। मुवाईल फोन थिएन भने ईन्टरनेट सहज हुने कुरा भएन। २००० को आसपास मा आएर बल्ल फेमेली नम्वर ८ वटा नम्मर मा मात्रै डाईल गर्नु मिल्ने मुवाईल सेवा साउदीमा आयो। मुवाईल सेवा सुरु भए पछि मुवाईल पसलहरु खोल्न थाले। त्यसको १ बर्ष पछि बल्ल सर्वसाधारणलाई खुल्ला भयो त्यो पनि स्पोन्सर को सिक्नेचर र कम्पनी को एप्रुभल लेटर लिएर गए पछि प्रकृया पुराएर नम्वर पाईन्थे।युसबी फ्लास ड्राईभ हुनु र मुवाईल हुनु ठुलै सान को कुरा थिए कुनै बेला। कतिले देखाउनलाई होला मुवाईल र फ्लास ड्राईभ हरु कि चेन मा बाहिरै देख्ने गरि बोकेका हुन्थे। हामी जस्तै ग्याजेट मा चासो राख्ने हरुले एक पटक आँखा पुराउने गर्दथ्यौ। अहिले १० रियल मा पाईन्छ त्यस्ता सिमहरु र हरेक सँग २ या ३ मुवाईल सेट छन। त्यो बेला पब्लिक मा फोटो खिच्न समेट अनुमति थिएन। मुवाईलमा क्यामरा हुने कुरा भएन। पहिलो पटक हिडन क्यामारा भएको मोडेल को मुवाईल कोहि नभएको मौका पारेर लुकाएर देखाउथे बिचरा मुवाईल पसलेहरु।

मुवाईल पछि ईन्टरनेट पनि आम भयो।

१० रियल घन्टा तिरेर स्लो ईन्टरनेट मा बसेको सम्झने हो भने अहिले मजाक जस्तै लाग्छ। त्यो पनि एउटा ईमेल डाउनलोड गर्नलाई समेट एडमिन को अनुमति चाहिने बेला र अहिले को तुलना नै छैन। यस्लाई भन्छ प्रबिधिलाई अपनाएन भने मानिस मात्रै होईन देश पनि पछि पर्छ। एडिएसएल, अन्य पाकेजहरु सहज भए पछि बल्ल ईन्टरनेट सर्वसाधारण को पहुचमा पुगेको हो। ईन्टरनेट आम भए पछि याहु म्यासेन्जर, गुगल टक, स्काईप, ओभो सयौ को सँख्यामा यस्ता सेवाहरु आए जस्ले मानिसलाई आफ्नो छनौट को सेवा लिने मौका दिए। त्यसमा पनि हाईफाईभ, फेसबुक जस्ता सोसियल नेटवर्क साईटहरु आएपछि भने कम्पयुटर काम को लागी मात्रै होईन समाय कात्न को लागी पनि आवश्यक भयो। फेशबुक नबनेको भए अझै पनि सन्सारका ३० प्रतिशत मानिस ले कम्प्युटर प्रयोग गरेका हुने थिएनन। सोसियल साईटहरु नबनेका भए कम्पयुटर ५० प्रतिसत मानिस को लागी ईन्सटल गरेको गेम खेल्न र फिल्म हेर्ने मेसिन बाहेक केहि पनि हुने थिएन। सोरियल नेटवर्क साईटहरुले गर्दा नै हो कम्पयुटर को कन्ज्युमर बढेको अहिले बिदेशमा काम गर्ने हरेक ९० जना मा ८५ जनाले पर्शनल कम्प्युटर प्रयोग गर्दछ। अनि स्वदेशमा हरेक १०० मा ६० जनाले आफु घर जाँदा आफ्नो परिवार लाई कम्पयुटर लैजान्छ। यसरी ब्यापर हुनु को कारण प्रबिधि सस्तो हुनु हो। पहिले जस्तो आधा बर्ष को तलव लाग्ने भए कस्को हिम्मत ? अचेल महिना मा १ कम्युटर आम जो कोहि कामदारले किन्न सक्छ।नेपाल मा हामीहरु पछि पर्नु को कारण ज्याला महँगो हुनु पनि हो। नेपालका खेती योग्य जमिन बाँझो बस्नु पनि ज्याला बृद्दी का असर हुन।

फेरी युनिकोड कै कुरा

याहु म्यासेन्जर चलाउने बेला नै २५० भन्दा बढि को कम्पयुटरमा Nepali Unicode Romanized ईन्सटल गराई सकेको थिए। ईमेल गरेर युनिकोड पठाए पछि ल्याङगेवज प्याक फलानो फोल्डर मा पेस्ट गर्नुस। कन्ट्रोल प्यानल मा गएर किवर्ड लेआउट एड गर्नुहोस बनेर नै बित्थे दिनहरु। Nepali Unicode Romanized कम्प्युटर मा सफलता को साथ ईन्टसल गर्दा को पल मलाई मैले नेपाली भाषा को लागी केहि गरेको छु जस्तो आत्मसन्तुस्ती लाग्दथ्यो। WindowsXP पुर्व का कम्पयुटरहरुमा Nepali Unicode Romanized ईन्सटल गराउन अनुभबी मानिस नै चाहिन्थे। अब त्यो जरुरत छैन। यो ३० सेकन्ड भित्र जस्ले जतिबेला पनि गर्न सक्छ। यसैलाई भन्छन प्रबिधिको बिकास।

फेशबुक को क्रेज हुने समायमा हरेक महिना नै ३-१० कम्पयुटरहरु मा Nepali Unicode Romanized ईन्टसल गरेको सत्य हो।४९० भन्दा बढि जनाको कम्प्युटर मा Nepali Unicode Romanized गर्दा को आत्मसन्तुष्ठी मेरो घमण्ड होईन नेपाली भाषा प्रति मानिस को मोह को सम्मान हो।

कम्पयुटर पढेलेखेका जेन्टलमेन्ट को लागी मात्रै होईन। यो हरेक को लागी हो। मैले यो अबुभव यति बेला गरेको छु। कतिपय को कम्पयुटर मा Nepali Unicode Romanized ईन्सटल गरे पछि टेस्ट गर्न MS Word (Ms Office) खोज्दा ईन्सटल नै नभएको पाएको छु। कुनै बेला यस्तो समाय थियो कम्पयुटर सिक्न को लागी MS Word हरु अनिबार्य थिए तर अब रहेनन भन्ने अनुमान मैले सयौ त्यस्ता कम्य्युटर प्रयोग कर्ता देखेर गरेको छु।

मेरो जिवन को एउटा लक्ष्य नै मेरो गाउँ को हरेको ले आफ्नो एकाउन्ट लगअन गर्ने सक्ने बनाउने रहेको छ।मैले मेरो गाउँ मा यो सफलता साथ गरे भने अर्को ले उस्को गाउँ मा गर्छ। यसरी नै त हो नेपाल कम्प्युटर साक्षर हुने। यस्तो भयो भने ३ बर्ष पनि लाग्ने छैन। त्यसैको लागी गृहकार्यहरु भै रहेको छ। मानिसले भन्छन ईन्टरनेट मा यो छ उ छ फोहरी कुरा हरु बढि छ। ज्ञानी मानिसले फोहर छ भन्ने थाहा पाएरै फोहर माथी प्लेट राखेर खादैन। सिक्न चाहे यस्मा धेरै राम्रा कुराहरु पनि छन। कृर्षी प्रधान देश को शिक्षा ले कुन खेतिको लागी कति पिएच लेवल चाहिन्छ कहिल्यै सिकाएन तर ईन्टरनेट ले मलाई कुन खेती कति पिएच को माटो मा हुन्छ भनेर सजिलै सिकाएको छ। ईन्टरनेट एक्सेस ति किसानहरु सामु पुराउने हो भने उनिहरुले सजिलै कृर्षी सुधार गर्न सक्छन। परम्परागत कृर्षी अनपढहरु को जिम्मा मा छाडेको ले नै नेपाल परनिर्भर भएको हो। गुगल सर्च गर्न सक्ने किसानहरुले खेती सुरु गरे भने नेपालीले अरुको दास भएर जुनि कात्नु पर्दैन। हामी गरिव लिभिङ स्टाण्ड ले मात्रै हो। हरेक नेपाली को आफ्नो घर छ र धेरै थोरै जमिन पनि छ। देश,घर र जमिन हुनेहरु गरिव हुन भन्नु हामीहरु कै सोच को उपज हो। हाम्रो सोच को मानसिक गरिबि हो।
नेपाली परिवार महिना को यति तलव पाए भनेर मख्ख पर्छ तर परिवारको खर्च कटाउने हो भने उस्को बचत जिरो नै हुन्छ। देशको GDP कम्ती हुनु यसैको उपज हो। हरेक बर्ष परनिर्भरता बढ्दै जानु पनि यहि नै कारण हो। त्यसैले जागरुक नेपाली हौ भन्ने अव नोकरी होईन कम्तीमा २०% ब्यबसाय गर्नु पर्छ त्यो पनि कृर्षी किन कि हामीले बिदेशमा जति कमाएका छौ त्यो सबै खाने कुरा किनेर फेरि बिदेश फर्काएका छौ।

(जमनाको कुरा भित्र बाट
सम्झनाको स्पर्श: Nepali Unicode Romanized को सम्झनामा)
स्यानु पाईजा, पात्लेखेत-७, वाखेत म्याग्दी