म्याग्दीको पात्लेखेतमा पहिरोबाट ४५ घर जोखीममा

म्याग्दीको पात्लेखेतमा पहिरोबाट ४५ घर जोखीममा

बेनी अनलाईन बाट साभार http://benionline.com.np/30100.html

कमल खत्री

म्याग्दीको पात्लेखेत गाविसको बान्द्रे खल्टीमा गएको पहिरोको कारण ४५ घर जोखीममा परेका छन् । रघुगंगा सामुदायीक बनमा गएको पहिरोको कारण गाविसको वडा नम्वर ४ का ४५ घर जोखीममा परेको स्थानिय सृजनशिल युवा क्लबका सदस्य टेक वहादुर राम्जालीले जानकारी दिए । उनका अनुसार पहिरोले सवै भाग खसाल्न थालेपछी स्थानिय हरि गर्वुजा र थबिलाल गर्वुजाको घर उच्च जोखीममा परेका छन् ।
IMG_0326
विगत लामो समयदेखी रघुंगगा नदीको किनारबाट सुरु भएको उक्त पहिरोले गतबर्षदेखी हजारौँ मुरी थान उत्पादन हुने खेतीयोग्य जमिन समेत बगाएको स्थानिय कृष्णलाल शर्माले बताए । पहिरो नियन्त्रण गर्नका लागी लगाएको ग्याविन समेत पहिरोले बगाउन थालेपछी स्थानिय चिन्तीत बनेका छन् । बर्षातको समयमा निरन्तर पहिरो खस्न थालेपछी अहिले स्थानियबासीले जोखीम मोलेर बस्न बाध्य भएको गुनासो गरेका छन् ।
IMG_0309
गाउँदेखी तल सम्मको खेती योग्य जमिन, जंगल सवै पहिरोले बगाउन थालेपनी जिल्ला विकास समितिबाट पहिरो नियन्त्रणको लागी कुनै सहयोग नभएको स्थानिय दिपक माविका शिक्षक खेमराज सुवेदीले बताए । जमिन भित्र भित्रै बगेर खेतीयोग्य जमिन संगै घरखेत समेत बगाउन थालेपछी अहिले स्थानिय त्रासमा बसेका छन् ।

अहिले जिल्ला भुसंरक्षण कार्यालय ,गाविस र सामुदायीक बनको १÷१ लाख र वडामा भुसंरक्षणको लागी छुट्टाईएको ६४ हजार रुपैयाँले ५० वटा जालीमा ढुंगा भरेर पहिरो नियन्त्रण गर्ने प्रयास गरेको सृजनशिल युवा क्लबका अध्यक्ष मुक्ति पाईजाले बताए । उनका अनुसार जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखराले ग्याविन भरेका ८० थान जालीमध्ये १९ वटा पहिरोले बगाईसकेको छ ।
IMG_0334
हालै जिल्ला विकास समिति लगायत राजनितिक दलका प्रतिनिधिहरुले उक्त पहिरोको अवलोकन गरेका छन् । पहिरोले बस्ती नै जोखीममा परेकाले जिविस, प्राविधिक कार्यालयसंग सहकार्य गरि लागत स्टेमिट तयार बनाउँदै कार्ययोजना बनाएर विभिन्न निकायको सहकार्यमा पहिरो नियन्त्रण गर्नतर्फ लाग्नुपर्ने जिविसका सुचना अधिकृत पदम भण्डारीले बताए ।

उहाँले पहिरोले गाउँनै भेटाउन लागेकाले तत्काल सवै निकायबाट चासोेका साथ बस्ती जोगाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । पहिरोले रघुंगा सामुदायीक बनका रुख विरुवा समेत बगाएर लैजान थालेपछी अहिले सयौँ रोपनी जग्गा उजाड बनेको छ भने स्थानियबासीले सम्वन्धीत निकायबाट पहिरो नियन्त्रको काम तत्काल सुरु गर्नुपर्ने माग गरेका छन् ।

Advertisements

वाखेत सुधार उन्मुख छ अझै सुधार आवश्यक

वाखेत सुधार उन्मुख छ अझै सुधार आवश्यक

मलाई एउटा साथीले गरेको कुरा सधै याद आउने गर्दछ। ” उमेर र योगदानको हिसावले गाउँको ठुलोबा लाई एउटा समिति को अध्यक्ष बनायौ” समिति को बारे मा २ चार शब्द बोलिदिनुहोस भनेको उहाँले बोल्नलाई उठेर धेरै समाय अनकनाउनु भयो र भन्नु भयो ” म त अध्यक्ष केटा रु बाकी काम तिमीहरुले गर” भनेर बस्नु भयो। यस्ले के देखाउछ भने हामी हरु आफ्नो कुरा राख्नु मै कम्जोर छौ। हामी जति कुरा गर्न चहान्छौ त्यो बोलेर प्रभाव पार्न सकेका छैनौ र थिएनौ। त्यसैले नै समाज मा हामीहरु पछि पर्नु को कारण हो। हाम्रो समाज पनि यस्तै नै थियो। सबैको सामु मा बोल्ने, भाषण गर्ने भन्यो भने बोल्दिन, जान्दिन भन्ने गर्दथे। तर त्यही ब्यक्ती अलि पर-पुगेर अर्को एक जना मात्रै भेट्यो भने यस्तो हुनु पर्ने यस्तो भयो। यो गर्नु पर्ने यस्तो पो गर्यो यति धेरै खण्डन गर्नु सक्छ। कुनै सामाजिक काम गरौ भन्यो भने पनि हालत यस्तै नै थियो। कुनै काम को खण्डन गर्नु छ भने त्यो भेला मा नै गर्नु पर्छ। अनि मात्रै नराम्रो बिचार र काम को ठाउँ मा राम्रो बिचार र काम को जग बस्छ।

अलिकति सुधार आएछ गाउँले माईक्रोफोन मै बोल्न सक्ने भएछन।

गाउँ मा गए पछि मैले ३ वटा सेमिनार (गाउँकै) र ३ वटा आमा समुहको भेला मा भाग लिए। आमा समुहले पनि कार्यक्रम मा सबै मेम्बर ले आएर आफ्नो परिचय दिन शुरु गरेका थिए भने मैले भाग लिएको सेमिनार मा उपस्थित सबैलाई ४-४ मिनेट मा आफ्नो कुरा राख्ने समाय दिईएको थियो। मलाई लागेको थियो ४ मिनेट मा त फलानो सभापति, फलानो पदाधिकारी भनेरै समाय खेर फाल्लान तर म आफै अचम्म भए मेरै आँखाको अगाडी प्रेम बङ बुढाथोकी, खड्क ब. रोका, भिम ब. रोका, भिम ब. पाईजा, भिम ब. राम्जाली, लोक ब. पुन,दलभक्त पाईजा, कृष्ण ब. पाईजा, खेम ब. थापा, मोतिलाल रोका, कमल पुन, याम रोका, जय प्रसाद पुर्जा, दलिमा पुन, सिता राम्जाली, दिलकुमारी राम्जाली, भबिलाल राम्जाली, मनबीर किसान, आदीले ४ मिनेट मै यति धेरै आफुलाई लागेको कुरा यति सजिलै भन्नु भयो कि मौका नभएर रहेछ हाम्रो गाउँलेहरु नबोलेको भन्ने लाग्यो। बोल्ने बाटबरण हुने हो भने सबैको मन मा रचनात्मक कुरा र सकरात्मक कुरा रहेछ भन्ने मलाई लाग्यो।

बिध्यार्थीहरु लाई एउटा टपिक मा बोल्नु भन्यो भने १० मिनेट मजाले बोलिदिन सक्छन। अझै पनि हामीले सुधार गर्नु पर्ने भनेको मुख्य त घर भित्र कै र वरिपरि कै बोलीचाली हो। यसलाई समाय सुहाउदो सुधार गरनु पर्छ। त्यो हामीले चाह्यो भने ३ महिना भित्र नै गर्न सक्छौ। सामान्य – तेरो बाबा खै ? भनेर सोछिन्छ भने बच्चाले सजिलै “उ पल्तिर गाछन” भनेर जवाफ दिन्छ। हामी त्यहि बिन्दु बाट सुधार गर्नु आवश्यक छ। हामी यानी उमेर पुगेकाहरुले नै साना बच्चा लाई तेरो बाबा खै ? सोध्नुको सत्ता – कम्ती मा पनि तिम्रो बाबा खोई ? सम्म को सोधाई राख्नु पर्छ कम्ती मा पनि “फलानो ठाउँ मा जानु भएको छ” भन्ने उत्तर पाउने आशा गर्नु पर्छ र त्यो आएन भने राम्रो गरी नै त्यति नै बेला अव देखी यसरी भन्नु पर्छ है भनेर आफ्ना नजिक का केटा-केटी बाट नै सुरु गर्नु पर्छ।

मलामी र जन्ती मा घर कै २‍-३ जना

मैले 2 मलामी र किरिया हरु मा सहभागी भए। अचेल महिलाहरु नै घाट सम्मै सानो नानी बोकेरै मलामी पुग्दा रहेछन। महिला पुरुषको बिभेद हटेको मा खुसी लाग्यो। भने स-साना नानीहरुले लास जलाउदै गरेको हेररेको चाही कस्तो कस्तो लाग्यो।

बिबहा जन्ती मा मानिस को राम्रो उपस्थिति हुन्छ यस्ले के देखाउछ भने हामी परम्परागत सँस्कारहरुमा चाही एकजुट छौ भन्ने देखाउछ। अनि सोच्नु पर्ने कुरा चाही यस्ता अबसरहरु को जमघट मा तास चाही नखेले हुने जस्तो लाग्छ। किन कि साना बच्चाहरुलाई सँस्कार सिकाउने र बुझाउने समाय नै यहि हो। हामीले लेखेर या भनेर सिकाउनु भन्दा देखाएर सिकाएको प्रभाबकारी हुन्छ तर बच्चाले त्यहाँ त सँस्कार भन्दा बढि तास खेलेको मात्रै देख्छ। खेल्न लाई बन्द गर्ने नै गर्नु पर्छ भन्दा खेलि रहेकोलाई नरमाईलो लाग्ला तर हामीले कम्तिमा पनि बच्चाहरु ले सोझै देख्न नसक्ने ठाउँ बनाउनु पर्छ। मान्छे मर्नु भनेको १३ दिन तास फुकुवा गर्नु हो भने जस्तै देखिन्छ। तास खेल्ने हरुलाई परुवा घर ले बेलुका को खाना नै खुवाएको देखे। यस्ले के देखाउछ भने यो बिस्तारै सँस्कार मै मिसिएर जादैछ।

मिटिङ भेला हरु छ भन्यो भने जरिमाना तिर्नु पर्छ भने जस्तै गरी मेन्युट मा नाम लेखाई सहि गर्नु मात्रै मानिस हरु आई पुग्छन। बिबहा, छेवर, पुजा को सघाउने काम मा भने हामी ठिक समाय मै पुग्छौ र ठिक काम गर्दछौ। हामीले समाज सेवा र बिकास लाई हाम्रो सँस्कार जस्तो बनाउन सकेनौ यसैले नै समाज पछि पर्यो र समाज सँगै सँस्कारहरु पनि पछि परे।

हामीले जति फुई लगाए पनि समाज बिकास नहुदै सम्म हाम्रो सँस्कारहरु पछि का पछि नै पर्दछन। सँस्कार र ब्याक्तिको बिकास हुनको लागी समाजको बिकास हुन अतिआवश्यक छ।

नृत्यमा चाहि १००% दिए हुन्छ।

कुनै कार्यक्रम हुदा पहिले नाँच्ने मानिस खोज्नु पर्ने अबस्था थियो अव त्यो चाही गाऊँ मा अन्त भएको छ। नाँच्नु भन्यो बने गीत बज्दा ग्राउण्ड भरिने मानिस निस्कनु सक्ने भएको छ गाउँ। आमा समुह, युवा-युवती, बिध्यार्थी एक से एक छन नाँच मा। अर्को नरमाईलो लागेको चाही हरेलो मेला को पहिलो दिन र अन्तिम दिन पुर्खेौयौली नाँच हुने गर्दथे त्यो चाही हराएको रहेछ। गत बर्ष झण्डै झण्डै लाखे पनि हराएको यस्ले के देखाउछ भने मानिसहरु किन निराश छन ? सँस्कार जस्तो कुरा लाई हामीले बेवास्ता गरेका छौ।

हरेलो मेला र गुनासोको पोका

लाखे टोलीले कुनै कार्यक्रम नगरेको देखेर बुझ्न मन लाग्यो। बुझ्दा थाहा भयो अधिल्लो बर्ष पुरुस्कार मा ५००० लेखेर खाम मा ५०० दिए शृङगारको खर्च पनि उठेन भन्ने कुरा सुनियो। यथार्थ के हो त्यति बेला नै फैसला हुनु पर्छ। खाम भित्र ५०० हुदा उनिहरुले आयोजकहरुलाई गल्टीले भयो या के कारण हो भनेर हेर्दा बितिकै नै कुरा को फैसला हुनु पर्छ अनि मात्र गलत नियत को पर्दाफास हुन्छ। या यथार्थ कुरा बाहिर आउछ। आलबोट को सार्की टोलिको गुनासो पनि त्यस्तै थियो। मेला आयोजक समितिले नै लाखे, आमा,पाहुना कलकारलाई, बाहिर कलकार कस्ले बोलाउने या कसरी बोलाउने जस्ता कुरा पहिल्यै मेला आयोजक समितिले पास गरेको हुनु पर्दछ। कति पुरुस्कार दिने जस्ता मेलाको आम्दानी र खर्चको हिसाव ले पुरुस्कार मा समानता हुनु पर्छ। काम गर्नु सजिलो छैन। खास गरी सबै को चित्त बुझाउनु गाह्रो कुरा हो। युवा कल्वले यस्तो चुनौती पुर्ण कामलाई सफलरुपमा चलाई रहेकै छ। अन्य ठाउँ मा मेलाहरु मा ब्रेक लाग्दा हाम्रो हरेलो मेला चलिरहेको छ। हरेलो लाई ब्यबस्थीत गर्नको लागी हरेलो आचारसंहिता र हरेलो बिकास समितिहरु बन्नु आवश्यक छ। जस्ले भाबि दिनका हरेलो लाई कस्तो सुधार गर्ने जस्ता कुराहरु को योजना बनाउन सकोस।

कलकार बोलाउनु नराम्रो होईन गाउँले मेला टिकट बेच्नु मिल्ने महोत्सोव जस्तो नभएको ले र सम्भव नभएको ले कति कलकार बोलाउने कति सम्म पुरुस्कार दिन कस्तो सम्मान गर्ने जस्ता कुराहरु मेला लाग्नु पुर्व नै समितिले निर्णय गर्नु पर्छ। बोलाईदै छ भने को को बोलाईदैछ, कति खर्च हुन्छ मेला ले थाम्न सक्छ कि सक्दैन भन्ने कुरा को पहिल्यै लेखाजोखा हुनु पर्छ। हे सम्म देखियो भने मैले बोलाएको कलकार ले किन सम्मान पाएन सम्म कुरा हरु निस्केको देखियो। कलकार बोलाउने आधिकारिकता को सँग छ ? मेला आयोजक को आचारसँहिता मा प्रष्ट हुनु पर्छ।

सरसफाई चाहि पहिले भन्दा राम्रो छ अझै सुधार गर्नु पर्छ।

अचेल फोहर लुगा लगाएर घुमेको बच्चाहरु कम्ती देखिन्छ। बच्चाहरु सफा छन। बजार को फेशन ले गाउँ भित्रै सम्म छोएको छ। सबैले कुरा मिलाए पनि जुत्ता र चप्पल मा चाही गाउँले बेखबर नै छन। टाई लगाएर चप्पल लगाउदै स्कुल। कलेज गै रहेका बिध्यार्थी देख्दा कस्तो कस्तो लाग्छ।

अनाआवश्यक खर्च

कयौ का बाबा आमाले हरेक छोरा जो कलेज जान्छन दैनिक ५० खाजा दिनै पर्छ। स्कुल जानेलाई २० रुपैया। घरै बस्नेहरुले पनि फोन खर्च दिन कै ५० जति दिनु पर्ने आमा-बाबा पनि देखेको छु। यस्ले के देखाउछ भने हामी गाउँले स्तरमा उत्पादन मुखी काम गर्न सकेका छैनौ गाउँले हरुले आफुलाई ब्यबसायिक नबनाउने हो भने छिट्टै समस्याहरु देखिन सुरु गर्छ।

उपाय के त ?

बच्चाहरु कै सहकारी खोलि दिनु पर्छ। उनिहरु नै आफै बचत गर्ने बानी बसाल्न सकुन। हरेक महिना को होईन हरेक २ महिना मा २० रुपैया बचत गर्ने गरी exe.Generation- saro sahakari जस्तै उनिहरुले नै बचत गरेर ठुलोहरुलाई लगानी गर्नु दिनु पर्छ। यसो गर्नु सक्यो भने बच्चाहरु उत्पादन मुखी हुन सक्छन। र आफुले पछि पढाई खर्च आफै जम्मा गर्न पनि सक्छन। हरेक बिध्यार्थीले खेत मा काम गरेकै छ। उनिहरुलाई कम्ती मा पनि एउटा पातो बेसार, अदुवा, केराउ, भट्टा, रायो, मुला उखु जस्ता नगदे बाली आफै लगाउने प्रेरित गर्नु पर्छ। हरेक आमा बाबा ले यस्तो गर्ने हो भने हाम्रो बच्चाहरुलाई जागीर छैन केले पढाउने भन्ने चिन्ता गर्नु पर्दैन। यस्तो अवसर हुने हो भने २० रुपैया १ दिन को खाजा हो उनिहरुले घर मै खाएर या नखाएर पनि या दशै तिहार जस्ता उत्सव मा ५० रुपैया ले बचत गर्न बानी बसालि दिए १० बर्ष मा उनिहरु आफ्नो खुट्टा मा आफै उभिन सक्ने हुन्छन। हामीले जति कोशिस गर्दा पनि उद्यमी र ब्यबसायी वन्न सकेनौ। हामी मा जेनेरेशन ग्याप थियो। हामी कहिल्यै पनि युवा- अभिभावकहरुको बैठक मा पुग्ने र बस्ने बिचार राख्ने ठाउँ नै थिएन। त्यो ग्याप लाई पुरेर पुस्ता बिचको सरल पुल बनाउन सकिए मात्रै समाज सुन्दर र बिकसित हुन्छ।युवा, आमासमुह, अभिभावक या कुनै एक समुहले हामीले गर्ने हो भनेर बसियो भने कर बलले १-२ काम हुन्छ अनि सेलाएर जान्छ। हामीलाई जागरुक पुस्ता चाहिएको छ जस्ले जेनेरशन ग्याप भरेर सरल र सुगम गाउँ समाज को बिकास गर्न सकोस।

अवको नयाँ बर्ष देखि हामी यस्तै कोशिस मा छौ। कम्ती मा पनि गाउँका साझा काम हरु सबै मिलेर गरौ। जस्तै टेलिफोन महसुल, केबुल महसुल, ईन्टरनेट महसुल जस्ता कुराहरु ब्याक्तीगत रुपमा आफै आफै गएर तिर्ने भन्दा पनि महिना को १ दिन उनिहरुलाई नै गाउँ मा बोलाएर सबैले एक मुस्तै तिरौ या हामी आफै जम्मा पारेर तिर्न जाउ यसो गर्दा गाउँले को सबैको १ दिन खेर पनि जादैन। बाटो खर्च र खाजा खर्च पनि बज्छ। ८० रुपैया को बिल तिर्नु १८० रुपैया जादा को र आउदा को १८० रुपैया तिरेर जानु बुद्दिमानी हो जस्तो कुनै एङगल बाट पनि लाग्दैन। यो सबै हामी मा एकता हुन नसकेकोले हो। अहिले हरेक फेशबुक युजरले मुबाईल मा २००-६०० रुपैया मार्षिक खर्च गरिरहेका छन। सबै मिलेर वाईफाई फ्रि जोन बनाउने हो भने यो एक जना को भाग मा २०-५० रुपैया पनि पर्ने छैन। अचेल ६०००-८००० रुपैया को मुबाईल नबोक्ने मानिस कमैछन उनिहरुले मात्रै जस्को वाईफाई मुबाईलमा वाईफाई डिभाइस छ त्यो समुह मिलेर गाउँ कै हट प्वाईन्ट टोकेर वाईफाई नेट सेवा लिने हो भने गाउँ पनि मिलेको देखिने- कम्तिमा सेवा पनि सबैले लिन सकिने बनाउन सकिन्छ। मात्रै खाचो छ हाम्रो एकता को।

आफुलाई लागेका सजिलो उपायहरु सेयर गर्नुहोस। बिचार को आदन प्रादानले नै हाम्रा भाबि बाटोहरु सजिलो हुन्छ। बिकास भनेको मानिस र आवश्यकता बिचको सुगमता हो। अवको आवश्यकता भने को उत्पादनमुखी समाज र रचनात्मक सक्रिय ब्याक्ति को जस्ले गाउँ मा सुगमता ल्याउन सक्छन। ईन्टरनेट को सन्सारले अव सुगम र दुर्गम को सिमाना भत्काउने छ। ईन्टेरनेट सहि सदुपयोग गरे यो खुल्ला रेफरेन्स स्रोत हो हामी हाम्रो इच्छा ले के सिक्ने आफै हेर्न र सिक्न सक्छौ। अवको समाज भनेको शेयर & केयर गर्नु सक्ने हुनु पर्छ। आफु समाज भित्र जन्मिनु को दायित्व सबैले सिक्नु पर्दछ।

हरेलो मेला नजिक आउदै गरेको ले हरेलो सम्बन्धी बिगत का गुनासो जुन मैले सुनेर आए त्यो लेखेको छु। अर्को कुरा आमा समुह को फर्माईस को पनि हो। हरेलो मा एउटा राम्रो चलन हरेक वडा को आमा समुहले नृत्य प्रस्तुत गर्दछन। यो सँगै आएको बिकृति भनेको वडा वडा को कस्ले कति आफ्नो आमा समुहलाई फर्माईस नगद दिने भन्ने प्रतियोगिता जस्तै पो भएको रहेछ। हौसला दिनु राम्रो कुरा हो प्रतिस्पर्धा कै रुपमा कुन वडाले धेरै रकम जम्मा गर्ने भन्ने चाही अलि नसुहाउदो देखियो। गत बर्ष ६ वडा ले आफ्नो आमा समुहले ७-८ हजार जति फर्माइस गरे, ७,८,९ ले त्यो लाई जित्ने हो जसरी नगद सो गरे। यो रकम १६ हजार सम्म पुग्यो जुन कि अधिल्लो बर्ष ५ हजार -६ हजार को नजिक थियो रे। छिमेकि गाउँ बाट आएक हरु नृत्य हरु पनि नराम्रा हुदैन फर्माईस गर्ने हरुले बुझिदिए या मेला आयोजक ले नै आचारसँहिता मा यस्तो गतिबिधि बैध र अबैध पहिल्यै नै बुझाउन सक्यो भने समस्या आउने थिएन होला। यस्ले के खतरा देखाउछ भने अर्को वडा को भन्दा कम्ति फर्माईस आउछ लाज हुन्छ भो नृत्य नदेखाऔ भन्यो भने हरेलो को सुन्दरता नै हराउछ। जसरी आलबोटले लाखे ल्याउन बन्द गर्यो, पुर्खे्यौली आउन बन्द गरे, आमा समुहहरुमा पनि त्यस्तो भावना पलायो भने हरेलो को महत्व नै हराउदै जान्छ। खेलकुद मा पनि त्यस्तै बिकृति पसेको छ। स्थानिय खेलाडी हुदा हुदै बाहिरा का खेलाडी किनेर खेलको पुरुस्कार जित्ने होड चलेको छ। गत बर्ष घतानले आफ्नो खेलाडी ३ कना मात्रै खेलाएर बाहिर को खेलाडी हालेको थियो, भने पात्लेखेत ले ४ खेलाडि बाहिर को लिएको थियो। यस्ले खेलकुद मा स्थानिय बिकास गर्देन। प्रतिभा देखाउने ठाउँ भनेकै मेलाहरु हुन खेलाडी को लागी हामी किनेको खेलाडी मा भर पर्यौ भने कहिले उडाउछ हाम्रो प्रतिभा ?

बरु महिान को १ दिन हात बजार लगाऔ। त्यहि ति सबै केबुल, बिजुली, ईन्टरनेट का पदाधिकारीलाई गेस्ट बोलाऔ त्यही बेला महसुल तिरौ।  फाईनान्स हरुका एक्सेटन्सन काउन्टर हरुलाई बोलाउ। बिदेश बाट पठाएको पैसा त्यहि बुझ्ने या एजेन्ट लिने तैयारी गरौ ।महिना को १ दिन नाँच गान पनि गरौ। हाम्रो उत्पादनहरुलाई पनि बेचौ। हामी स्थानिय प्रयटन को कुरा गर्दछौ यस्ले समाज लाई परिबर्तन गर्दैन। मात्रै २-४ जना ब्यबसायिलाई धनि बनाउछ। बाकी गाउँलेलाई २५ मा पाईने कोक ३५ तिर्नु पर्ने महँगाई मात्रै दिन्छ। त्यही कारण हुन धान्द्रुक र राम्चे जस्ता पर्यटक आउने गाउँ पनि रित्तो हुने गरि बसाई सर्नु को कारण।  हामीले पर्यटक ल्याउने भन्दा पहिले हामीले के उत्पादन गर्ने र कस्लाई कसरी बेच्ने तैयारी/ जागरण बिना को होम स्टे र टुरिजम त्यो बिकृति को सुरुवाट मात्रै हो। समाज को बिकास होईन। समाज बिकास र आर्थिक सुधार को लागी समाजले यस्ता कुराहरुलाई बुज्नु पर्दछ।

सम्झनाको स्पर्शहरु- सिलोङ, लाहुरे सपनाको रँग

जमानाको कुरा

सम्झनाको स्पर्शहरु- सिलोङ, लाहुरे सपनाको रँग

अचानक सिलोङ

सके सम्म लाहुरे नै हुनु पर्छ भन्ने थियो परिवार भित्र र आफैलाई पनि। मचा मच रोपाई चल्दै थियो। छिटो पानी परेको ले 2053 साल असार ८-९ मा हाम्रो चुच्चे ढुँगाको खेतको रोपाई थियो।सिलोङ जानु भन्दा ३ दिन मात्रै पहिले थाहा पाएका साथी ईन्द्र र म निकै उत्साहित थियौ भने बाँकी साथीहरु निरास थिए। ९ गतेको रोपाईको बेलुका भोलि ईन्द्र र म सिलोङ को बाटो लाग्दैछौ भन्ने खबर साथीहरुलाई सुनाउदा रिसाउनु सम्म को रिसाए। बेलुका थाकेका साथीहरु यो खबर ले झनै थाके। एउटै दफ्फाको २ जना हलीहरु निस्कदा उनिहरुलाई निक्कै गाह्रो हुने पक्का थियो। हामीलाई जानु नै थियो गयौ। कतिपयले सरापे यस्तो बर्षा को बेला मा भरकात्नेहरु कहिल्यै भर्ति नहोस। हामी चाही देउतीसारा को खिर्राको रुख मा १-१ जोडी ध्वाँजा बाँधेर साईत गर्यौ। बेनी मा भेट्ने सल्लाह अनुसार हिड्दै थियौ हामी सल्लेरी मै पुसाउ सँग भेट्यौ र बाग्लुङ तिर लाग्यौ त्यति बेला बाग्लुङ सम्म मात्रै गाडी आईपुगेको थियो। बेनी आउने बाटो भर्खरै खन्न थालिएको थियो गाडी चल्दैनथे।

बाग्लुङ बस पार्क बाट – सुनौली

काँकड भिट्टाको छोटो बाटो हुदा हुदै पनि पुसाउको ट्रेन पास टिकट गोरखपुर तिर बाट भएको ले हामी बाग्लुङ—स्याङजा वालिङ-बुटवल-भेरहवा-सुनौलीको बाटो तय गर्यौ। पहिल्यै पनि  आफ्नो बान्ता गरेको अनुभव थियो। लुम्ले न नाघ्दै हामीले पालै पालो बाटो भरि वाक्ने प्रतियोगीता गर्यौ। सुनौली पुग्दा जमिन घुमिरहेको थियो भने आँखा सुन्निएको थियो। पत्यार लाग्दो कोलाहल र गर्मी को बिच मा सुनौली- गोरखपुर लोकल बस ले नमिठो अनुभव दिलायो। चानचुन पैसालाई आईसी बनाए पछि लाग्यौ पुसाउको पछि पछि लोकलबस मा- गोलघर तिर।

24 घण्टा लेट भयो ट्रेन, गोलघर को बसाई

गोरखपुर ट्रेन स्टेशन मा २४ घण्टा कुर्नु पर्ने भयो। जिवन मै नदेखेको भिड पनि त्यहि देखियो। आफ्नो बेडिङ फैलाएर सुतिरहेका लाहुरेहरु लाई देखेर लेट हुने र पर्खेने हामी मात्रै होईनौ भन्ने मा आत्मसन्तोष लाग्यो। उमेर ले भर्खेरै १६-१७ लागेका हामी लाहुरे बन्न तम्सिए पनि केटाकेटी नै जस्तै थियौ। कतै नदुल्नु हराईन्छ भन्दा पनि नमानी गोलघर को वल्लो छेउ बाट पल्लो छेउ फनफनी दुल्यौ। माग्ने देखी बेच्नेहरु को कला निक्कै आश्चार्य लाग्ने खाले थिए। कसैले हातमा एक दर्जन पुस्तक बोकेर तोता मैना कि कहानी मुखाआखर गितिलय मा पढिरहेका थिए। सुरुमा गीत गाएको कि पुस्तक बेच्न बसेको अलमल पर्यौ। बच्चाले बच्चा समाएर पेसा नदिउन्जेल ढोग्ने केटाकेटी देख्दा मन नै नरमाईलो भएर आयो। दिउ भने कतिलाई दिने नदिउ ढोगेर मागी रहेने थुप्रे १-१ को नोट सके पछि पुसाउले देख्नु भयो एकै ठाउँ मा नबस ठाउँ फेरि फेरि बस माग्ने आयो भने उठेर अर्को तिर जाउ भनेर सिकाउनु भयो। पिसाप फेरेको १ रुपैया, नुहाएको २ रुपैया जीवन मा पहिलो पटक पेसा तिरेर ट्वाईलेट गयौ र नुहायौ। घुम्दै गर्दा एक ठाउँ मा तौल नाप्ने मेशिन देख्यौ। पालै पालो जोखिएको ईन्द्र 65 किलो थियो। म 55 किलो थिए। तौल जोख्ने मेसिनले सानो पोस्टकार्ड मा आफ्नौ तौल प्रिन्ट गरेर दिने गर्दथ्यौ। “आपका वजन 55 केजी” धन्यबाद एकातिर भने अर्को तिर होरो हिरोईन को फोटो थियो। लाहुरे हुन गएका ठिटाहरुले केटाकेटीले जस्तै जोख्दै हिरो हिरोईन को कार्ड बटुल्दै गर्यौ। काजल, रानी मुखर्जि, रबिना, माधुरी, सुनिल सेट्टी, मिथुन हिरो हिरोईन को फोटो तौल नापेरै सँगाल्यौ। पुसाउले थाहा पाएर के गरेको केटाकेटीले जस्तो भनेर गाली गर्नु भयो। हामीलाई रमाईलो लाग्यो १ रुपैया को नोट छिराउदै हिरो हिरोईन को फोटो निकाल्दै गर्यौ। तौल त पहिलो पटक मै थाहा भे सकेको थियो।  समोसा- अमलेट थुप्रै पटक खायौ। चिया बेच्नेहरु घुमी घुमि आउथे। अमलेट, चिया, बदाम, चटपटे जस्तै धुमी धुमी बेच्दथे। पुसाउले आफ्नो बेडिङ बाट ब्लाङकेट निकाल्नु भयो र ट्रेन स्टेशनमा अरुले जस्तै हामीले पनि भुईमा बिछ्चाएर सुत्यौ। रुमालले मुख छोपेर सुतेको बिउझदा खेरी रुमाल हावाले लग्यो या मान्छेले दुबै जनाको थिएन। पैसा चाही बाबा को सल्लाह अनुसारको पैन्ट लगाएर जोगाएका थियौ तर फर्कदा त्यो तरिका काम लागेन ४ जना कै पकेट साफ भयो।

सुरु भयो पहिलो ट्रेन यात्रा गोरखपुर- गुहाती

बाटो मा पानी परि रह्यो। सबै लाहुरे लाहुरे हरु मात्रै थिए केहि सँग हामी जस्तै भाई, भतिजा, साला पनि थिए भर्ति हुन सिलोङ सँगै जान लागेका । बाटो भरि पानी परि रह्यो। खेतहरुमा सनपात ( जुट) उखेलेर पानीमा दुबाई रहेका किसान हरु देखिन्थे। खाना बेच्नेहरु टिनमा जडिट कोईला चुला ले चिया पकाई रहेका हुन्थे। चिया माटो को कप मा दिन्थे। सुरु सुरु मा कप लिनु बिर्सिए होला भनेको होईन रहेछ। ति माटाका कपहरु नै चिया सहित आएका रहेछन। ट्रेन को टाउको र पुछ्छर देख्न सम्भव थिएन जति बेला हेर्न खोज्दा पनि आँखा दिब्बाहरु को बिच सम्म मात्रै पुग्थे। ब्रम्ह्मपुत्र नदि को फैलावट बारी पारी किनारा र आफै बसेको ट्रेन को छेउ-टुप्पा मैले चाहेर पनि हेर्न सकिन। यति लामो थियो ट्रेन र फराकिलो ब्रमाहपुत्रनदि। १९९६ मा ३ रुपैया मा १ दर्जन केरा (मसिना) सस्तो लाग्यो भने १ रुपैया को चिया मा कति कप को होला कति चियाको हिसाव गर्न मन लाग्यो। ट्रेन को लिग तलका बस्तीहरुका(मुजहफपुर) मानिसहरु लाजै नमानि बाटोमा पानी को बोटल राखेर ट्रेनतिर नै हेर्दै दिशा गरिरहेका देखिन्थे। कतिले चिया पिएर सकेको माटो को कप ले हान्थे तर ट्रेन को स्पिड ले उनिहरु को निसाना सोझो पर्दनथ्यो। ब्रम्हापुत्र को पुल तर्दै गर्दा यति लामो ताले पुल पनि हुदो रहेछ भनेर छक्क लागेको थियो। तल ट्रन गुडिरहेका थिए भने माथी बस,ट्रकहरु गुडिरहेका थिए। ट्रेनमा चाहि बान्ता भएन त्यसैले वरिपरिका नजराहरु हेरियो। कतै फाँत भरि सेतो गाई चरिरहेका थिए कतै मानिसले पानी को माथी केरा को बोट, सनपातको सन्थी हरु थुपारेर माटो बोक्दै अग्लो बनाएर घर बनाउन लागि रहेका देखिन्थे। सनपात उखेले पछि त्यहाँ धान रोपिने रहेछ। सनपात उखेलेर पानी मै छोडिने रहेछ र बोक्रा पानी मा गलेपछि त्यो जुट को कच्चा पदार्थ सनपात तैयार हुने रहेछ। कुहिएका पातहरु धानको लागी मल र सन्थी ( डाँठ) अस्थाई घर बनाउनको लागी बारको काम गर्ने रहेछन।

गुहाती मा चेकिङ भयो

यति बेला सम्म बिना चेक त्यहाँ सम्म पुगेका हामी लाई पुरै शरिर नै चेक भयो लाहुरेहरु को सबै डकुमेन्टहरु छाम छुम पारे पछि पुलिसले सोध्यो“सिगरेट है ?पकेट नै सुघे र एउटा खिल्ली झिकेर स्टाईलले सुध्यो लाईटर माग्यो सल्काएर चलो भन्दै गयो। हामी ओवर हेड ब्रिज बाट तल झरेर खाना खायौ र फेरि लाग्यौ सिलोङ को गाडीको चढ्यौ। त्यति बेला सम्म हामीले निक्कै धेरै लाहुरे र हामी जस्तै लाई भेट्यौ धेरै भएको ले बस कता लाग्छ खोज्नु परेन बस हामी भए तिर बाटै बस लिएर आयो ड्राईभर अनि लागियो सिलोङ तिर। गर्मिले लखतारान पारेको ज्यान मा चिसो चिसो हावा ठोकिन्दै थियो। अनुमान लाग्यो बाहिर सितल छ। आँखा दुलाएको बनभरि बनकेरा का घारीहरु देखिन्थे भने पहराका पहरा फुटाएर ढुँगाखानीहरु मा काम चलिरहेका बाटो बाटै देखिन्थे। आछाम ले नेपालीहरुलाई कडाई गरेको छ प्रबेशमा भनेको पनि सुनिन्थे। यस्तो भन्नु पर्छ उस्तो भन्नु पर्छ भनेर हामीलाई पालै पालो सिकाई रहेका थिए। साला, भतिजा, भदैहरु हौ भन्ने होईन दाई हो, बाबा या अंकल हो भन्नु पर्छ भनेर सिकाईएका थिए। बाबा पेन्शनर हो भने नम्वर भन्नु भनिन्थे। आफु को सँग गएको हो उस्को नम्मर कन्ठ गर्नु या कतै तिपेर राख्नु भनेर सिकाईएको थियो। मलाई चाहि सिलाङ पुग्ने बेला सम्म पनि आफै लाई लग्ने पुसाउ कै नाम थाहा थिएन। कसो कसो बेडिङ को लेवल मा हेरेर नाम र नं चाही थाहा पाए। घर मा झी को पुसाउ भनेरै चिनियो अव नाम सोध्ने जरुरी नै परेन। पुलिस बजार बाट टैक्सी मा 5/8 GTC पुगियो। पानी परि रहेको थियो डिपोट कम्पनी को अगाडी को सेन्ट्रिले बर्साती ओडेर चेक गर्यो र गेट खोलिदियो। डिपोट कम्पनी मा पेन्शन निस्कने नम्मरीहरु 450 भन्दा बढि थिए। नजिक नजिक का साथीहरुले आफ्नो नजिक को खाली बेड तिर लगेर र सुताए। लँगर बाट बचेको खाना हरु मिस्टिन मा ल्याईदिए खायौ । थाकेका थियौ कुरै नगरी निदायौ।

5/8, GTC (Depot Co. ) सिलोङको बसाई

डिपोट कम्पनी पेन्शन निस्कने बेलाका लाहुरेहरुले फाईनल सेटेलमेन्ट लिनेहरुको लागी हो। चार्ली, अल्फा, बिटा, डेल्टा, यस्तै कम्पनीका नामहरु थिए। 5/8 गोर्खा टेर्निङ सेन्टर हो ।यहाँ बाट गोर्खा भर्ति गरि रिक्त पदपुर्ति गरिन्छ। त्यहाँ हामी जस्तै सयौ ठिटाहरु थिए सबै आफन्तका पछि लागेर लाहुरे सपना लाई जलप लगाउन पर्खिरहेका थिए। सिलोङ पुगेको भोलिपल्टै ईन्द्र पाईजा लाई उस्को भेनाले लिएर जानु भयो;। कुँहु निवासी भेना फेमली सहित क्वाटरमा बस्नु हुन्थ्यो। हामी नेपालका म्याग्दी, बाग्लुङ, पर्बत, कास्की, तनहु,पाल्पा, नवलपरासी, स्याङजा तिर का ठिटाहरुको समुहमा थियौ। कम्तीमा पनि 45 जना जति महिना को ४५० भारु तिरेर मेसमा खाना खान पाउने गरी  बस्यौ।आर्मी कै लँगरमा खान्थ्यौ र डिपोड को माथी पिग्री ( बङगुर फार्म) को नजिक कै को पुरानो गोदाम मा सुत्दथ्यौ। लाहुरेहरु को आफ्ने अलगै बन्दोबस्तो थियो। सिबिल हरुलाई अलगै रुम मा राखिएका हन्थे।

पुग्दा को भोली पल्टै लाटी को पोई

35-45 जना सिभिल केटाहरु जो भर्ति को लागी पुगेका थिए र 450 लँगर मा बुझाएर बस्नु पाएका थिए यो लिगल चाहि होईन तैपनि हामी सजिलै खाना र बस्न चाहि पाउदथ्यौ। बजार तिर काम गर्दे भर्ति देखिदै गर्नेहरु पनि थुप्रै थिए। दिदी-भेना, छामा-काका, बाबा-आमा, फुपु-पुसाउ हरु सित फेमिलि क्वाटरमा बसेर भर्ति देखिनेहरु पनि धेरै थिए। हामी पेन्शन निस्कनेको पछि लागेर छोटो अबधिको लागी गएका हरु पनि ४-५ सय हुने गर्दथ्यौ तर सबै बिभिन्न मेस र क्याम्पहरु मा छरेर राख्ने ब्यबस्था गरिएको हुन्थे। कसैले डायरी फार्म मा गाईको हेरचाह गरेर भर्ति अभ्यास गरिरहेका हुन्थे। कसैले पिग्रीमा भने कसैले टि-व्वाई, मेस व्वाई भएर काम गर्दै । बिहानै सबैलाई लँगर कमाण्डर ले उर्दी सुनायो –“लाटी को पोईहरु”, मेसमा खाना खान आऊदा फुल पेन्ट लाउला, जुत्ता लाउला, लाईन मा बस्ला 10-10 जना ले पालै पालो चामल दाल मा मा ढुँगा छान्ला। तरकारी कात्ला सिनियर लाई भेट्दा रामराम गुरुजी भन्ला लामो कपाल लिएर कोई नआउला सबै लाहुरे जस्तै देखिला। ईनिस्पेक्शन आयो भने खबर हुन्छ लुक्नु जाला। कसैले सोध्यो भने रेक्रुट हो भन्ला  बिहान कोई नउठदै 5/8 GTC  एक राउण्ड रनिङ लगाउला, भिम खिच्ला अनि उ त्यहाँ छ जम्प मार्ला  अण्डरस्टयाण्ड ! बा एकै दिन मा यति धेरै सुत्रहरु सबैले सुन्यौ। अनि त सुरु भयो एउटाले अर्को साथीलाई लाटी को पोई भनेर बोलाउने ठेगो। लँगर कमाण्डर को साला पनि हामी सँगै थियो। अनि त उस्लाई लाटी को भाई भन्न थाले केटाहरुले र लँगर कमाण्डरलाई  नै लाटी को पोई।

ट्वाईलेट को समस्या

450 भन्दा बढि लाहुरे र हरेकको एउटा आसेपासे भए अनि डिपोट कै रेगुलर क्रयू ट्वाईलेहरु अभाव हुन्थे। सजिलो उपया सुझाए गुरुजीहरुले केटा हो यसरी पालो कुर्ने हो भने फेरि ट्वाईलेट बाट निस्केर खाना खानु जानु पर्ला। एउटा बोटल टिप्ने करेशा को नजिक खाडल छ त्यहाँ दुबाउने अनि पिग्री को तल को सल्ला घारी मा जाने। बाटो मा ट्रेन बाट हेर्दा लाज नमानि हग्नेहरु को सम्झना आयो। हामी पनि त्यसै गर्यो सके सम्म बिहानै  जाने गर्दथ्यौ। अलि ढिलो भयो भने बुङगुरहरु छोडिन्थे र दिशा बस्दा बस्दै कराउदै आईपुग्थे त्यसैले पनि बंगुर नउठ्दै दिसा गै सक्नु पर्दथ्यो। कतिले दिन मा मिलाएर क्याम्प मा नै ट्वाईलेट जान्थे। फोहर चाहि हुन्थे न बँगुरहरुले खाई सक्थे। यति ठुला ठुला थिए को जोत्ने गोरु जस्ता कालो मा सेतो (माले माले) र सेतो सुगुर हरुको हुलले आज को मिलेका भित्ता को सिरो खनेर खाडल बनाउथे। सिरो, कास को जरा कुटो कोडालो ले खने जस्तै गरी सुढ ले खनेर खाने गर्दथे।

ईनिस्पेक्शन नै ईनिस्पेक्शन

आज सिओ को ईनिस्पेक्शन छ बनतिर लुक्न जाउ। सुरु सुरु मा वाक्कै लाग्यो जहिले पनि ईनिस्पेक्शन भनेको छ लुक्नु गएको छ। पानी पर्ने टुंङगो नहुने कुहिरो उडे मात्रै पनि बिहान झरि मै रुझे जतिकै को शित ले लिछुरुप्पै परिने। लाहुरेहरुका नमिलाई राखेका कपडाहरु, जुट्टा, चप्पल मोजा सबै उठाएर मैला जलाउने कन्टेनर मा हालेर जान्थे ईनिस्पेक्शन का टोलीले। आर्मि भित्र को डिसिपिलिन चाहि निकै कडा थियो। सधै सफा र रुम मिलाएर राख्नु पर्ने। ठुलो हल जस्तो भवन मा तल र माथी २ लाईन मा बेडहरु हुन्थे। सिरानी मा एउटा एउटा क्याबिनेट। यो भन्दा पहिले पनि 6/8 GR बिनागुडीमाबसेको अनुभव छ। त्यहाँ छोटो समाय को लागी भएको ले लाहुरे सँगै बसेको थिए। त्यहाँ त्यति ईनिस्पेक्शन भएको थाहा भएन। डिपोट कम्पनीमा भने हप्तामा २-३ दिन त ईनिस्पेक्शन पर्दथे। पिग्री को केटाहरुले ईनिस्पेक्शन सकिएको सँकेट नगर्दै सम्म झाडी झाडी मा बस्ने। बिचमा एउटा पानी को खोला थियो। लुगा धुने नुहाउने गर्न पाईन्थ्यो। ईनिस्पेक्शन भयो भने लुगा धुने गरेर आउथे केटाहरु अनि कसैले सोध्यो भने पिग्रिमा काम गर्छु भन्नु भनेर सिकाईन्थे।

अचम्मको मौषम

आसारको महिना पानी परि रहन्थे। हामी बिहान पानी परोस या नपरोस 58 जिटिसी को चक्कर लगाउथ्यौ। १५ दिन जति निक्कै गाह्रो भयो। चिसो ले रुधा लागेर हेरान बनायो। बिहान बिहान माकुरी को होटेल भन्दा परका बाटो माथी बाट बाटो सम्म पुग्ने गरी नासपातीको फलको लोडले बोटहरु भुई छोएका हुन्थे। हामी दोडेर गएर सित हल्लाएर बोट सिधा बनाउथ्यौ त खानु मन टिपेर खोल्टी मा हाल्थे। खासिया हरुले तिरले हान्ला है भनेर डर देखाउथे। खासिया केटीहरु जिस्काउनु हुदैन तिर ( धनुष काँड, बाण, थिन्को) ले हान्छन भन्थे। क्याम्प का वरिपरिका धुपीका रुखहरु बिहान उठेर हेर्दा उत्तानो परेका हुन्थे। हावा ले ढलेर अनि बिहानै लाहुरेहरुले हाँगा लाछेर काठ को ट्राईला बनाएर उठाएर सोझो बनाई रहेका हुन्थे। आर्मी को काम पनि हेर्दा हाँसो उठ्दो हुन्थे।मशल बन्छ भन्दै लामो स्याकेल्ड (तरवार जस्तो हँसिया) चौरको दुबो गल्फ खेले जस्तै गरी चुडाली रहेका हुन्थे।चिसो थियो तर ठुला ठुला लामखुट्टे दिन मा पनि लाग्थे। अधिल्लो दिन मा खनेर फालेका दुबो को चौर मा १०० मिटर पर बाट अर्को उस्तै चौर खनेर ल्याएर रोपिन्थे। ईस्कुल फलाईएका थिए। सिमी, तमाटर फलेका थिए। भलिबल, बास्केटबल खुव खेलिन्थे। बेलुका मादल बजाएर नाँच गान पनि हुन्थे।

खाना पकाउने तरिका

२000 भन्दा बढिलाई नास्ता, खाना तैयार हुन्थे।  लँगर को छेउ मै किचन र बाहिरि बरण्डा मा आज पाक्ने चामल फिजाईन्थे। लाईन लागेर नास्ता खाए पछि पालो परेका हरुले त्यही सहयोग गर्नु पर्दथ्यो। बरण्डा मा फिजाईएका चामल मा ढुँगा र मैला टिपिए पछि पकाउन लाई भित्र लगिन्थे। भात पाग्ने डेक्चीहरु पोखरी जास्ता देखिन्थे। खाना पकाउनु अधि डेक्चीलाई तातो हुने गरि तताईन्थे र नुन छरेर नुन तातिए पछि पानी खनाईन्थे यसो गर्दा कालो गरी डढेको डेक्ची को आसान सेतो हुने गर्दथे। उलेको पानीमा धोएको चामल खनाईन्थे । अव पाक्यो भने पछि त्यो लाई चामल छान्नुले झिकेर अर्को डेक्ची मा हालिन्थे र ढिमा आँचमा राखिन्थे पछि ति चामलहरु फुलेर सिता सिता हुन्थे। रोटी बनाउने तरिका चाहि अनौठो को थियो। टेबुल माथी पिठो को बोरा बोरा खनाईन्थे र तातो पानी बिस्तारै छर्दै मोलिन्थे। लामो कोईला ले बल्ने चुला माथी फलाम को पाताहरु तताईएका हुन्थे। दायाँ र बायाँ कम्तिमा 10-10 जवानहरु सिन्का समाएर बसेका हुन्थे। पिठो गुनेर सके पछि तलबाट रोटी बेलेर फालिन्थे तल खस्दा बितिकै एक फ्लाप पारेर जवानले उता सार्दथे। आफ्नो अगाडी आउदा बित्तिकै अर्को जवानले त्यसै गर्दथे। 10 जवान सम्म पुग्दा रोटी पाकी सकेको हुन्थ्यो। पहिलो दिन एक दमै रमाईलो लाग्यो। गर्मीले पसिना चाहि नुहाए जति कै हुन्छ। उता रोटी मिलाउने र रोटीमा बसेका पिठोहरु झार्ने मानिस हरु हुन्छन। तैयारी रोटीलाई काउन्तर तिर सार्दछन। यसरी फ्याक्ट्री मा जस्तै गरि बन्छ रोटी। रोटी बेल्ने र फाल्ने हरु ले जसरी जता फाले पनि तावा मै पर्छ। र खसेको सेकेन्ड मै पल्टी खान्छ। एक जनाले भागमा ३ अन्डा पर्ने गरि उसिनेको अण्डा को बोक्रा छोडाउनु पनि अर्को रमाईलो हो। एक मिनेट मा कति अण्डा छोडाउने प्रतियोगिता जस्तै हुन्छ । बोक्रा खुल्साउदा बिग्रेका अण्डाहरु अलग राखिन्छ अनि कस्ले कति खान सक्छ प्रतियोगीता पनि हुन्छ। 25 अण्डा बाजी मा खाएर बिमार पर्ने साथीहरु र 20 केरा खाएर बाजी जित्ने साथीहरु को सम्झना अझै पनि आउछ। सप्लाई जाने केटाहरुले अलिकति चलाखी गरेर चाहिने भन्दा बढि अण्डा लिएका हुन्थे। स्पलाई डिपो मा अण्डा एक बक्स मा १० क्यारेट जाने बक्सहरु हुन्थे तर केटाहरुले चलाखीले ११ क्यारेट हाल्थे। यसरी बढि हालिएका अण्डामा नै कति खान सक्ने प्रतियोगीता हुन्थे खाना चाहि थपेर खान पाईन्थे ।नास्ता चाही २ पुरी र २ पिस तर्कारी सुरु सुरु मा भोक मात्रे जिस्किन्थे। बिहान 5 किलोमिटर दौडेको छ पाए १० वटै खादा हुँ जस्तो लाग्दथ्यो। पछि पुरानो हुदै गए पछि चाही अण्डा छोडाउने ग्रुपमा मिसिए पछि जति खाए पनि भयो। लाटी को पोई धेरै नखा भुडी लाग्छ। दौडनु सक्दैनस भर्ति हुनु आको कि खानु आको सिनियर लाटी को पोईले मौका पायो कि हपारी हाल्थ्यो। हप्ता को १ दिन चाही मटन बिरियानी पाक्थ्यो। त्यो दिन लाई आज बडाखाना छ भन्थे।

कद्दु को तर्कारी बनाउ दिन चाही साह्रै दुख हुन्थ्यो। चिन्नो जत्रा रातो कद्दुहरु कति साह्रो बन्दरोले दाउरा चिरे जस्तो गरि बल लगाएर फुटाउनु पर्ने। ईस्कुल फेरि कस्तो चोप भएको हो स्कुस काटे पछि हात मा एक तरेली गम जस्तो लाग्ने गर्दथे।

दार्जिलिङगे पनि थिए लाहुरेहरुमा

उनिहरु ले मेसको भात खादैन थे। चिकन मटन बिरायनी भएको दिन बाहेक अरुबेला बाहिर बाट नै खाना ल्याउन लगाउथे। उनिहरु नै होटल गएर खाने अनुमति चाहि थिएन। लामो बर्षाटी कोट को खोल्टी मा प्याकिङ पार्शल ल्याउन लगाउथे। १ पटक खान ओसारेको १ रुपैया दिन्थे 5रुपैया मा सादा खाना र 7 रुपैया मा मासु खाना पाईन्थे। बैक अप सिलोन को आँडै मा सानो खाना पसल थियो। ३ जनालाई खाना लिन गए पछि होटेल्नीले सानो पार्सल लिन जानेलाई पनि फ्रिम दिन्थे। कतिले आफै खान्थे भने कतिले अरुलाई १-२ रुपैया मा बेचेर पैसा पो कमाउथे। समुह समुह का लाहुरेहरु हुन्थे। कतिले पैसा दिए बनमा चिकेन, पोर्क पकाउन लगाउथे। कतिले बजार बाट रम ओसार्न लगाउथे। रम लिनेले भने १ बोटल छिराएकै ५ रुपैया पाउथे। 2 रुपैया मा सिनेमा पुलिस बजार मा हेर्न पाईन्थे। यसरी धेरै ठिटाहरु जानी नजानी तस्कर मा लागेका हुन्थे। 8 ओटा पान किन्यो भने २ फ्रि लाहुरे हरु को पान ओसार्दा ओसार्दै कतिले पान खान सिकि सकेका थिए। बैक अफ सिलोन नजिकैको पसल्नीहरु नेपाली बोल्दथे। सोल्टी भोली नै आउ है भनेर एक्सट्रा खाना दिएर पठाउथे। पहिले पहिले अति नै डिसिपिलिन लाहुरेहरु फाईनल सेटेलमेन्ट लिए पछि भने लाप्रबाह हुन्थे। कतिले मनपरि खर्च गर्दथे। उनिहरुले फाईनल सेटेलमेन्ट पाएको २४ घण्टा मा क्याम्प छोड्नु पर्दथ्यो।

सिलोङ – सिनेमा,तीर, डाईस,

मनडे नाईट परेड – यो दिन भनेको सिनेमा हेर्नु पर्ने दिन रहेछ। नाईट परेड नाईट परेड २ हप्ता सम्म हामी गएनौ। पछि मात्रै थाहा भयो नाईट परेड पछि फिल्म हेर्ने हो २ रुपैया मै फिल्म हेर्न पाईन्थे। लाहुरेहरुले उनिहरुलाई बनेका हल मा मँगलबार मात्रै फिल्म हेर्न पाउथे। आईत बार मन्दिर पास पाउथे। दिन भरि जता दुले पनि फर्कने बेला मा कानमा फूल र निधार मा टिका लगाएर आउट पास लिएका लाहुरे हरु फर्कन्थे।  कतिले महिना मा १ दिन मात्रै पाउने यस्ता पासहरु को दुरुपयोग पनि हुन्थे। साथीको पास  पैसाले किनेर हप्तै पछि बाहिरा निस्कने बदमासी लाहुरेहरु पनि थिए। सिलोङ मा नबचाउने हरुले पैसा बचाउन सक्दैनन। तीर लेख्ने एजेन्टहरु लाहुरे क्याम्प मै आउछन। तीर त्यहाँ लट्ररीलाई भनिन्छ हरेक हप्ता खुल्छ। हामी पनि नबुझि नबुझि लेख्थ्यो। एजेन्टहरुले नै यसरी लेख्ने हो भनेर सिकाउथे। हामीलाई पनि निकै पटक उल्टो परेको छ। चौक चौक मा लट्री को टिकट बेच्ने मात्रै होईन डाईस खेलाउने हरु पनि हुन्थे। हामीले समुह मिलेर बाजी थाप्थ्यौ। जितेको दिन फिल्म हेरेर खाजा खाएर फर्कन्थ्यौ भने हारेको दिन मा खाजा न फिल्म पनि हुने गर्दथ्यौ।

फरक फरक को सँघर्ष

टि- व्वाई, अफसर मेस को टेवुल व्वाई, डेरी फार्मको कारिन्दा, पिग्री को सुसारे भएर भर्ति सपना सिगारी रहेका हरुको आफ्ने आफ्नै कथा थियो। कति ७ बर्ष भएका हरु पनि थिए। १ जना को कथा सुन्दा लाहुरे क्रेजको मिठो नमिठो यथार्थ सजिलै बुझ्न सकिन्छ। भाई भर्ति भएको १४ बर्ष भयो दाई ले ३ पटक  भयो उमेर घटाएर डकुमेन्ट मिलाएको यो पटक कुक मा भर्ति हुदैछु। यस्ता सँघर्ष र सफल कथा थोरै मात्रै हुन। कति जना ९ बर्षको उमेर देखि अफसर को घरमा सुसारे बसेर १८ बर्ष पुगेर भर्तिको लागी कल लेटर लिएर आएका हरु पनि थिए। कति बजार मा नाम्ले (भरिया) बनेर खर्च तार्दै भर्ति खुल्ने बेला मा देखिने हरुपनि थिए। खुल्ला र डिपेन्डेन्ट (रिलेटिभ) गरेर २ किसिम का भर्ति खुल्ने गर्दथे।

सलोङ ३५ दिन मा बल्ल भर्ति खुल्यो

त्यो समायमा ईन्द्रले भर्ति देखिनु पाएन। मेले चाहि पाए। जँगलको परको फुटबल ग्राउण्ड मा रनिंङ थियो। रनिङ नै प्रमुख थियो त्यहाँ रनिंङ पास भयो भने रिटन जति पटक लगाएर पनि पास  हुन्थे। अनि मेडिकल थियो समस्या म पनि मेडिकल मै अनफिट भए। मैले कलभिजन देखिन। पहिलो पटक भएको ले मैले हेर्न नै जाने न सबैलाइ ०० मात्रे देखे। तेस्रो पटक पनि नमिले पछि कलर भिजन देखाउने ले नै भन्यो तिमीले हेर्न जानेनौ छड्के हेर। त्यस पछि का अँक हरु मिले या मिलेन तर मैले देखेको थिए। सामान्य पहिला त्यति कुरा थाहा भएको भए सजिलो हुने रहेछ। मलाई रि मा राख्यो। मेडिकल हस्पितल बाट कलरभिजन ठिक भएको रिपोर्ट लिएर आउनु भन्यो। त्यस्तै मा पुसाउको आउट हुने दिन पनि आयो। मेडिकल रिपोर्ट बन्नु १ हप्ता देखि ३ हप्ता लाग्न सक्थ्यो। हुन देउ भदै उमेर छ अर्को पटक देखिनु यो पटक जाम भनेर हामी ४५ दिन को दिन मा लाग्यौ। मेडिकल गर्ने बेला को सम्झना भने जिवन भरि रहि रहयो। 40-50 जना केटाहरु नाङगै थियो। शरिरका निसाना हरु कोटी रुलर ले नापी नापी सँकेट उतारिन्थे। मेरो ओठमाथी को कोटी लाई धरै पटक नापे। भर्ति नभए पनि बडि सो चाही गरियो। केटा केटी मा थुप्रै चोटी दौतरी हरु कट्टु नलगाई पौडी खेलिएको थियो। यहा पनि त्यस्ते झल्को आयो। अन्त त २ बर्ष पछि सपाथु पुगेर ईन्द्र भर्ति भयो त्यति बेला सम्म म अरवको बाटो समाई सकेको थिए।

भर्ति मा असफलता हुनेहरुको कथा

पुर्ण गाउँ को पाईजा दाई पनि सँगै हुनु हुन्थ्यो एउटै समुहमा भर्तिमा असफल भए पछि उनिहरुको समुह मेधालय को कोईलाखानी तिर लागे। पुसाउ लाई मेरो पनि त्यहि डरलागेको रहेछ। यहाँ छोड्ने हो भने यो पनि त्यतै भासिन्छ। मैले भर्ति देखाउन घर बाट लिएर आएको हो म घर मै पुराउछु कर्म मा रहेछ भने उमेर छ फेरि नि हुन्छौ भनेर मलाई छोड्नु मान्नु भएन। भिमफेदी तनहुँ को एक जना केसी साथी थियो। उस्ले मलाई 001 एरिया मा दाई छ खर्च लिन जाम म एक्लै भए साथी जाम भन्यो मेडिकल अनफिट भएको थिए बने उ देखिन पनि पाएको थिएन। 001 एरिया पुगे पछि मलाई नेपाल फर्के जस्तै लाग्यो। मकै बारी भित्र सानो सानो घर। घर बाहिर नाङलो माथी चल्लेरी माउ तोरिएका। खड्क गर्वुजा का गीतहरु चर्को चर्को बजीरहिका थिए। “कालीगण्डकी रोएर जाने भो दुखी जिन्दगी” नेपाली लोकगीत प्रेम देखेर अचम्मै लाग्यो। डकुमेन्ट मिलाउनु छ तिमी यहि दाई सँग बस्दै गर है भनेर उ मकै बारी भित्र को सानो बाटो समाएर कता गयो गयो। अधि भख्खरै सम्म नेपाल फर्के जस्तै लागेको मन छिन मै चिसो डर लाग्यो। म त्यो अन्जान मान्छेको नजिक थिए। घेरै पछि को मौनता पछि उस्ले सोध्यो? आर्मी हो ? होईन। प्रश्न जति जवाफ दिए। भर्ति हुन आएको ? हजुर  देखिए मेडिकल अनफिट भए। उस्ले अरु नसोची नेपाल फर्केर जाउँ भन्यो। यहाँ बस्यौ भने तिमीले जिन्दगी हार्ने छौ। यहाँ सफल भयौ भने मात्र लाहुरे हुने छै। असफल भयौ भने जिन्दगी हार्नेछौ। परिवार हार्ने छौ। मैले नसोधिकन उस्ले उस्को जिवनका असफलताका पानाहरु पल्टायो। मानौ उ कसैले नपढिएको पुस्तक हो।

कार्की दाई को आत्मकथा

यसरी नै 30 बर्ष पहिले म एउटा साथी सँग तिमी जस्तै आएको थिए तर मलाई झूटो बोल्न सिकाएर ल्याईएको थियो। आर्मि हो भनेर सोध्यो भने हो भन्नु मैले त्यसै गरे। त्यहि  एउटा झुठो नै मेरो असफलताको शुरुवाट बन्यो। हामी भर्ति हुनलाई काम गर्दै पर्खदै थियौ। एउटा साथी भेटियो यहाँ उस्को प्रेम रहेछ। उ पनि लाहुरे हुँ भनेर झुटो बोलेको रहेछ। थुप्रै पटक गीत गायौ। प्रित लायौ यो ठाउँ नेपाल जस्तै थियो। अचानक साथीले यहाँ प्रेमिका बनाएर भुडि बोकाएछ। उ भाग्यो यहाँकाहरुले मलाई समाते जसरी नि त्यो मान्छेलाई लिएर आउनु भागेको मान्छै म कहाँ खोज्नु म आफै भागे। त्यो बेला नेपाल नै जानु पर्ने रहेछ म भाग्दै गाईगोठ गरेर बसेका नेपालीहरु को सँगतमा पुगे। उनिहरुका गोठ थिए। दुध बेचेर पैसा बनाउथे। त्यहाँ गोठलाहरुले तलव नै बर्ष को एउटा बाच्छा लिन्थे र पछि आफ्नै गोठ बनाउथे।कति को खसिया सँग बिबहा भएको थियो। कतिलाई खसिया ले नै मारेका थिए। दिदी बैनी सँग हिमजिम बढायो भनेर उनिहरु को परिवार मा महिला को हैकम चल्दथ्यो। कतिले महिलाहरु सँग बिबहा गरेर धनी बनेका थिए। त्यहाँ म पनि त्यस्तै सिकार भए बिबहा भयो सम्पती सबै भयो र पछि हाम्रो गाईले अरुको बालीमा पस्यो। बुढी सँग झगडा भयो। यहि झगडाले सम्बन्ध बिग्रियो उस्ले अर्को बिबहा गर्यो। सुरुमा लाहुरे नभई घर के जाने भनियो। त्यसपछि पैसा नकमाई घर के जाने भन्ने मन भयो। त्यस पछि मेरो घर नै यहि हो जस्तै मन भयो। अहिले मेरो नेपाल मा को छ र ? जाने भन्ने हुन्छ। कार्की दाई सँग भेट भए पछि लाग्यो नेपाल फर्कनु पर्छ। २ पछि थाहा लाग्यो पुर्ण गाउँ को दाई जो कोईलाखानीमा जानु भएको थियो उतै बितेको खबर सुने।

सिलोङ को सम्झना आउने पल हरु

  • तारा खेल्छन त्यहाँ पनि आलुमिनियम को धनुष पहिलो पटक त्यही हो देखेको।
  • लट्ररी को टिकट कात्नलाई सपनाको अर्थ लगाउनेहरु
  • खासियाहरुलाई नेपालीले सोल्टीनी भनेर बोलाउथे उनिहरुले पनि हामीलाई थोरै देखे भने सोल्टीनी भनेर हाँस्थे।
  • खसियाहरुले तीरले हानेर मार्छन बस्ती तिर जानु हुदैन भन्थे।
  • महिलाले नुहाउने खोलामा जँगलै जँगलै पुगेको।
  • माकुरी को भट्टीको पार्टी, अर्को जन्म र देवता जस्ता उपन्यास मेरो साथमा देखे पछि यो त मेरो साथीले लेखेको भन्दै एउटा गुरुजीले हामीलाई पार्टी नै दियो। प्रकाश मेरो साथी हो। लौ केटा हो के खान्छौ हिड।

फर्कने बेला मा ४ जना कै पाकेट मारियो बाग्लुङ बिर्धा का गुरुङ लाहुरे र लाहुरनीले टिभी किनेका थिए सोलार ले चल्ने भन्दै प्यानल सहित को बल्याक एण्ड व्हाईट टिभी किनेका थिए।कलर टिभीको चलन आई सकेको बेला गाउँमा बिजुली नहुनु को पिडा टिभी किनाईले बताउथ्यो। प्रेशर कुकर निकै ठुलो थियो मैले बोकिदिएको थिए। ट्रेनको ढोका मा बत्ती निभ्ने र बल्ने गरेको थियो। कोहि बाहिर निस्के जस्ता गर्दै थिए केहिले लाईट रिपिएर गरे जस्ता गरेर ढोका ,मा भिड भएको थियो भित्र पसेर गोजी छाम्दा भित्री कट्टुको पकेट को पैसा पनि कति छिटो चोरी भै सकेको थियो। प्रेशर कुकर सित मा राख्दा बितिकै मैले पैसा छामे र पाकेट मार्यो भने ढोका मा हेर्दा बत्ती बलि रहेको थियो चोर हरु भागी सकेको थिए लाहुरे हरुको पनि पकेट खर्च छुट्टाएको जती पाकेट मरेछ। यसपटक भने हामीलाई टिकट गोरखपुर कै भए पनि  जलपाईगुडी (पानी टैकी) स्टेशन मा उत्रियौ र जीप चढेर काँकडभिट्टा नाँका बाट नेपाल आईपुग्यौ । घरमा आई पुग्दा झी को हरेलो मेलाको दोस्रो दिन परेको थियो। नाँच लगाउने मा त्यही रात नै मेला मा पुगियो। अचानक मेला मा मलाई देख्ने साथीहरु म भन्दा छक्कै परेका थिए। स्कुल को बेन्ची माथी बसेर नाँच हेरिरहेको बेला कस्ले ढकेल्यो कुन्नी बेन्ची  ढलेर भाँचियो। रामे भेना कराए कस्तो डिस्सिपिलिन नभएको मान्छेहरु। हामी उठ्दा न उठ्दै अर्को बेन्ची पनि त्यसरी नै लड्यो। लाजै नमानि हामी सबैले एकै स्वरमा करायौ कस्तो डिस्सिपिलिन नभएको मान्छेहरु। नाँच चलिरहेको बेला बेन्ची भाँच्चिए पछि लडाई भयो कि भनेर नाँच्नेहरु एक छिन तर्सिएर रोकिए।

सिलाङ को बसाई अझै पनि मलाई प्रेरणादायी बन्ने गर्दछ। हेर्दा मात्तै ४५ दिन थिए त्यति छोटो समायमा लामो दुरी यात्रा गरे र सयौ मानिसहरु को सँगत गरे सबै सँग केहि न केहि सिके। गुवा पान को अनुभव। कुकुर को मासु बेच्ने होटेलहरुमा खाए, सफलता को कथा र असफलताको कथाहरु सबै देखे, सुने, भोगे र सिके। साथीहरुले हाँसो गरे एक बर्षा राम्रै आराम गरिस। म चाहि थकाई लुकाई रहेको थिए। धेरै पछि सम्म पनि हामीले तौल जोखेर निकालेका पोस्टकार्डहरु झोला मै थिए। यो पटक खोज्दा फेला परेन।

सम्झनाको स्पर्शहरु:घुम्ती सिनेमा

जमानाको कुरा

सम्झनाको स्पर्शहरु:घुम्ती सिनेमा

बिस्तारै गाउँ खरीपाती (कालोपाती) बाट कागजकलम मा उक्लीएको थियो। लाहुरेहरुले रेडियो ल्याउनु सुरु गरेका थिए। काठे सलाई हरु भर्खरै गाउँ पसेका थिए। हामी त्यही सलाई को दब्बा मा भमरा बन्द गरेर रेडियो बजाएको नक्कल गर्दथ्यौ। फोटो एलबम हुनु भनेको त्यो बेला ठुलो कुरा हुन्थे।

लाहुरेहरु ले ल्याएको पिक्चर बक्स

लाहुरे हरु स्वदेश फर्कने बेला मा ट्रेन स्टेशन तिर बेच्न राखिएका नेगेटिभ स्लाईड हालेर फोटो हेर्न मिल्ने बक्स आफ्ना आमा बाबा र छरछिमेकलाई फोटो देखाउन ल्याएका हुन्थे। यस्ता डिभाईसहरु कुनै सिङगल नेगेटिभ एउटा एउटा छिराएर हेर्न मिल्ने हुन्थे। कुनै एक पछि अर्को नेगेटिभ आफै फेरिने खाले थिए र कुनै कुनै चाही दोहोरो घुमाउनु मिल्ने खाले हुन्थे। केदारनाथ, बद्रिनाथ जस्ता मन्दिर र धार्मिक स्थलहरुको राम्रे प्रचार गरिरहेका हुन्थे यस्ता पिक्चर बक्सहरुले। जम्मुकस्मिर, दार्जिलिङ, सिक्किम का मनोरोम ठाउँहरुको फोटो हरु हुन्थे। लाहुरे हरुलाई नेगेटिभ फेरि फेरि पालै पालो फोटो हेराउदै ठिक्क हुन्थे। पछि लाहुरेहरु फर्केर जान्थे पल्टन मा ति पिक्चर बक्स हरु आफ्नो भाईहरुलाई दिएर जान्थे। कहिले कहि हामी उनिहरुको गाई भेसीलाई पुग्ने गरि धाँस कातिदिए पछि फोटोहरु फेरि हेर्न पाउदथ्यौ।

त्यो बेला नै पिक्चर बक्स मा पोर्न

केदारनाथ, बद्रिनाथ,जम्मु कस्मिर, दार्जिलिङ, सिक्किम को सिन बाहेक, कलकारहरुका फोटो र नग्न फोटोहरु पनि पिक्चर बक्सहरु मा लुकाई छिपाई त्यो बेला नै गाउँ गाउँ मा पुगेको हुन्थे। पुराना पुस्तालाई घार्मिक र ठाउँ ठाउँको मनोरम स्थल देखाईन्थे। साथी सँगीहरुलाई सिनेमा को हिरो हिरोईनको फोटोहरु पनि देखाउथे भने मन मिल्ने दौतरीहरु नग्न फोटोहरु पनि हेर्ने गर्दथे। यस्तो सुबिधा चाहि त्यो दोहोरो घुमाउन मिल्ने पिक्चर बक्स हरुमा हुन्थे।कता धुमाएर के देखाउनु पर्ने हो उनिहरुलाई थाहा हुन्थ्यो। एउटै बक्सले बुढापाका ले हेर्दा बद्रिनाथ, केदारनाथ र उनिहरुले हेर्दा नाङगोनाथ हेर्ने सिपालु हरु पनि त्यो बेला नै थिए।

गाउँले मेला मा नै आई पुग्न थाले त्यसता खेलौना पिक्चर बक्स

गलेश्वर को मेला मा यस्ता बक्सहरु पहिलो पटक आईपुगे। ईण्डियन डुलुवा बेपारीहरु, मुरली, बाँसुरी, काईयो, माला, पोते, टिका, रिङ जस्ता गहना बेच्नेहरुले नै यस्ता खेलौना हरु पनि ल्याउन थाले। पिक्चर बक्सहरु त्यो बेला पेसा हुने ले मात्रै किन्न सक्थे। अनि त आफु भन्दा सानो समुहलाई १ पटक हेरेको दस पेसा , बिस पैसा उठाएर यस्ता पिक्चर बक्सहरु मा फोटोहरु देखाईन्थे। कतिपय ठाउँमा घुम्ती ब्यपारीहरुले नै यसै गरी केटा केटी लाई घुम्ती सिनेमा देखाउने गर्दथे। मेलो मेसो मिलेको बेला मा हामी पनि खल्टी मा कति पैसा छ झारझुर पारेर घुम्ती सिनेमा हेर्ने गर्दथ्यौ। जोगी र यस्ता घुम्ती ब्यपारीहरुले बच्चा चोरेर पूल बनाउने ठेक्दारलाई पुल मा भोग (बलि दिन) हाल्न लाई बेच्छन भन्ने हल्ला त्यति बेला थियो। हामी लाई एक्लै एक्लै नहिड्नु नचिने को ले दिएको नखानु र नचिनेको ले बोलाउदा पछि लागेर न जानु भन्ने सिकाईएको हुन्थे।

सानो बजारमा भिडियो हल हरु सुरु भए

बेनी बजार तिर पछि मात्रै भिडियो हलहरु सुरु भए त्यो पनि नेपाली हुदैन थे। हिन्दी फिल्महरु हलमा लाग्ने गर्दथे। ५ रुपैया तिरेर ३ घन्टा सिनेमा हेर्ने गर्दथ्यौ। दिन भरि काम गरेको १२ रुपैया पाउने बेला मा ५ रुपैया को भिडियो सौखिन हरुले मात्रै हेर्ने गर्दथे। बिच बिच मा आउने पत्यार लाग्ने बिज्ञापन हरु भगाउदा कहिले कहि फिल्महरु पनि भाग्ने गर्दथे अनि अध्यारोमा बसेर हेरेका हरुले गयो गयो फर्काउ फर्काउ भनेर हो होल्ला गर्ने गर्दथे। हिण्दी मा हुने हुनाले धेरै ले बुझ्दैनथे। त्यो बेला भिडियो हेर्ने बेला मा बत्ती पुरै निभाईन्थे। एउटा फिल्म हेरर बाहिर निस्कदा फनफनी घुमाईरहेको हुन्थ्यो भने आँखा तिरमिर पर्ने गरि दुखेको हुन्थ्यो। जेनेरटर बाट चल्ने यस्ता भिडियो हलहरु यहि छन भन्ने कुरा जेनेटर कराएको आवाज ले थाहा हुने गर्दथे।

गाउँले मेलाहरुमा भिडियो हलहरु

समाय बित्दै गयो गाउँलेहरुलाई मेला मा भिडियो देखाउन भिएचएस, टिभि र जेनेटर बोकेरै गाउँले मेलाहरुमा पनि घुम्ती सिनेमा हरु पुग्न थाले। भकारी को गोठ भित्र भिडियो चलिरहेको हुन्थे भने माईक मा ३ गाउँ पर सुनिने गरि आवाज बाहिर नै सुनिन्थे। त्यो बेला को खाजा भनेको जेरी (जुलेबी) र अतिरिक्त रमाईलो भिडियो हल हुने गर्दथे। परम्परागत लाईभ लोक नृत्य गर्ने कलकारहरु मैनटोलको उज्यालो मा झनै राम्रो देखिन्थे।

(सम्झना को स्पर्शहरु: जमानाको कुरा- घुम्ती सिनेमा बाट)

हरेक महिना भेला आठौ र हरेक महिना पुस्तक उपहार को चौथौ महिना निरन्तर

वाखेत अपडेट

आज वाखेत मा
Exe. Generation – सरो सहकारी को आठौ मार्षिक भेला हुदैछ।

बिध्योदय निमाबि पुस्तकालय भ्रमण बर्षः २०१३ अन्तर्गत बिदेश र स्बदेश मा सँकलन भएका पुस्तकहरु, हरेक महिना पुस्तक उपहार अभियानको चौथौ महिना मा पनि आज हस्तान्तरण हुदैछ।

आज असार १ गतेको मार्षिक उपहार मा छन।
-भुपु पेन्सनर हरु हरेक पटक को पेन्शन बाट दिनु हुने पुस्तक उपहार को जेठ महिना मा प्राप्त- ३२ थान पुस्तक
-नर ब. राम्जाली ( अमेरिका) बाट प्राप्त- २१ थान पस्तक, नगद, भलिबल & नेट सेट – ३ सेट, बास्केटबल & नेट -१
-रेशम पाईजा ( साउदी) बाट प्राप्त – १००० रुपैया बराबर को पुस्तक

साउने -१ गते को हरेक महिना पुस्तक उपहार अभियान मा सहभागी हुन चाहानु हुन्छ ? नेपाल मा आफ्नो परिवार लाई पैसा पठाएको बेला मा बिध्यालय पुस्तकालय ब्यबस्थपन समितिलाई सम्पर्क गरेर आफुले उपहार दिन चाहेको पुस्तक बुझाउनु। यो असार महिना भरि प्रात्त पुस्तकहरु साउन १ गते हस्तान्तरण हुन्छ।

हरेक महिना पुस्तक अभियान मा अहिल सम्म युके, अस्ट्रेलिया, हंङकङ, साउदी, अफगानिस्तान, अमेरिका बाट उपहार प्राप्त भै सकेको छ।

आज को पुस्तकहरुको बिबरण बिध्योदय निमाबि वाखेत ले छिट्टै अपडेट गर्ने छ। कार्यक्रम समापन सँगै अपडेट गर्ने छ।

हामी आज को आजै हाम्रा अपडेटहरु सन्सार भरि पुराउन सक्छौ। किन कि हामी लाई केशव पुन (हंङकंङ) ले कम्पुयुटर उपहार र महाबीर पुन ” हिमालयन वायरलेस” को नेटवर्क सँग जोडि दिनु भएको छ। धन्यबाद सबै दाताहरुलाई ।

२०६९ साल मा एसएलसी उतिर्ण बिध्यार्थीहरु

Wakhet Diary Update

हाम्रो वाखेतका बिध्यार्थीहरु जस्ले यो बर्ष को एसएलसी पास गरे (बिधार्थी को नाम- वडा- अभिभावक परिचय)

१.दिनेश पाईजा (७) – सोम ब. पाईजा को छोरा
२.सुमन पुन (८) – लाल ब. पुन को छोरा (पल्लो गाउँ स्यानु को भाई)
३.निल ब. पाईजा (६) – स्व. होम ब. पाईजा को छोरा
४.भक्ती प्रसाद थापा- खिम ब. थापा को छोरा (थापा काईला)
५.याम ब. पुन (९) – नर ब. पुन को छोरा (अनजे मामा)
६.बिकास पुन (९) – कर्ण ब. पुन को छोरा
७.यु ब. पुन (९) -दिल ब. पुन को छोरा (अजनेको लाले को भाई)
८.धन कुमारी रोका (९)- धन ब. रोका को छोरी
९.दिब्या पाईजा (७) – स्यानु पाईजा को छोरी
१०. टँकल पुन (७) – (अमर ब. पुन को छोरा)

११.रबिन रोका (९)- राम ब. रोका को छोरा (डाबिले रामु)

क्रस . ६, ९, प्रथम डिभिजनमा, बाकी सेकेन्ड डिभिजनमा र १ जना थर्ड डिभिजनमा पास गरेका छन। सबैलाई बढाई छ।

छुटेका नाम हरु थप्नुस। आफ्नो वरिपरिका भाईबैनीहरु बारे मा सोधपुछ गरेर छुटेका नाम र माथीका नाम मा कुनै भूल छ भने कमेन्ट मार्फत सुधार गर्नुहोस।

कस्ले कस्ले दिएका थिए परिक्षा यहाँ क्लिक गरेर हेर्नुहोस

समचार स्रोत
दिब्या पाईजा

पाखापानीमा फेरि पहिरो गयो

June 14, 2013 (जेष्ट ३१, २०७०)

म्याग्दी जिल्ला को पाखापानी गाबिस को औल मा पेरि पहिरो गयो।

5399_384364858351681_1611804307_n

Photo By: Rim P. Roka Wakhet Myagdi

स्थानिय प्रत्यक्षदर्शिका अनुसार अहिले पनि धुलोको मुस्लो र आवाज सहित पहिरो गएको आवाज आई रहेको छ भने  धुलो को मुस्लो उडिरहेको छ। बर्षा मा सुख्का धुलो उडेको देखिनु ले पहिरो निकै ठुलो भएको र चट्टानहरु पहिरो ले फुटेको अनुमान गरिएको छ। छिटो भन्दा छिटो जिल्ला प्रशासनले घटना को स्थिति बुझ्न टोलि  राहुगढ को स्थिति बुझ्नु पर्दछ।  यस्तै पहिरो गत बर्ष पौष महिना मा पनि गएको थियो र राहुगढ ६ घन्टा सम्म थुनिदा गलेश्वर लगायत का खोला किनारका बस्तीहरु त्रस्त बनेका थिए।

स्थिति बारे बुझ्न छिटो भन्दा छिटो कोसिस गरियोस।

गतसाल को पहिरो को खबर

हिजो पाखापानी औल मा पहिरो,राती देखी वाखेत मा हिउँ पर्यो