सम्झनाका स्पर्शहरु: १ रुपैया खाले कापी भरि एउटै चिठी

जमनाको कुरा: भित्र हामी पहिलो पटक तन्नेरी हुदा को सम्झना

सम्झनाका स्पर्शहरु: १ रुपैया खाले कापी भरि एउटै चिठी

हामी पनि भयौ तन्नेरी

ख्याल ख्यालमै गलेश्वरको मेला बाट फर्कने बेला मा हाम्रो दाईहरुले भाउजु को बैनीहरुलाई रात पर्यो यतै बसेर भोलि जालौ भनेर वाखेत तिर उकालो लगाउनु भएछ। सुरेन्द्र रोका, प्रकाश पुन, थिरे राम्जाली हरुले। हाम्रो गाउँ मा उनिहरुको फुपु, दिदी तन्नै बिहे भएको ले उनिहरुलाई पनि उकालो लागेर बास बस्नु कुनै नयाँ कुरा भएन।

ठट्टैमा लौ तरुनी ल्याईदेको छुम केटा हो गीत गाउनु जाउ सोमेको घर भने पनि हाम्रो टिम पनि लाग्यो चप्पल पट्काउदै उतै तिर । ख्याल ख्याल मै थाल बजाएरै बिनोद रोका, भेष थापा, म चुनु, भबिन्द्र, कुमार ले गीत पनि अलिकति गाएकै हो। गीत गाउन सिकाउने चाही सोमे को कोटगाउले बुढी भाउजु ले हो। यो भना यो भना भनेर सिकाउने हामी ले मिलाई मिलाई गाउने। कति बेला दोहोरे कति बेला एकहोरे जस्तो आयो त्यस्तै गीत गाईयो।
भोली पल्ट केटीहरु सबै आफ्नो घर तिर लागे। स्यानु बगाल ले तरुनी थुनेको रे भन्ने हल्ला गाउँ भरि फैलियो। यो फैलाउने चाही हाम्रै दौतरी केटीहरुले नै हो ।

तारा भाउजु, कुमारी भाउजु, माईत जाने बेला मा लौ ठिटा हो तरुनीलाई चिठी लेख भनेर ठट्टै गरेको हामीले साँच्चै पत्याएर चिठी लेख्यौ । एक रात लगाएर एउटा चिठी।

१ रुपैया खाले कापी भरि एउटै चिठी

१ रुपैया पर्ने कापीमा १० पान्ना हुन्थ्यो त्यो बेला के के लेखियो एउटा कापी नै भरिएछ।
पुर्जीनी बजै को कोठीमा ल्याफू बालेर लेखेको १ रुपैया पर्ने कापी भरि को एउटै चिठी अहिले सम्झेर के लेखियो होला भन्ने लाग्छ ? साच्चै भान्जीहरु यो चिठी त सुली पुछेर पनि मल बनेर झारपात फस्टाएर पनि १९ जुनी फेरे होला है । साच्चै अहिले त्यो चिठी पाउने हो भने मैले जस्ता को तस्तै सारेर अनलाईन मा सँग्रह गर्ने थिए होला। बिहान उठेर सिगान पुछ्ने बेला मा नाक को प्वाँल नै कालो ध्वाँसो लागेको थियो। २,३ पटक तेल थपियो होला बजैले गाली गरेको याद छ। अनिकाल को तेल नसक कुगर (कुकुर) रु भनेर।

के के भनेर लेख्ने हो मोटामोटी कुरा भाउजु हरु बाटै सिके पछि हामी लाग्यौ पुर्जेनी बजै को कोठी तिर। शुरुवाट कसरी गर्ने हो लामै सल्लाह भयो।

बिजय पाईजा भाई सानै थियो तर उसैले भन्यो – हितैषी साथीहरु भनेर शुरु गर्नु पर्छ भन्छु भनेको हितिति साथी भन्नु पर्छ भन्यो मुख बिराएर। बिचरा को नाम नै हितिति बस्यो कति बर्ष सम्म पछि आफै हरायो उस्को नाम । चान चुन ९ जना ले एउटा एउटा कुरा थप्दा थप्दै भरिए छ पुरै १ रुपैया पर्ने कापी।

लास्ट मा के भयो चिठी त पठाउने तर केटीहरु को त नाम नै थाहा थिएन। पठाउने -(भनेर) पाना मा लस्करै ९ जना केटा को नाम लेखेर केटी को नाम भाउजुहरुलाई सोध्दै लेख्ने भनेर भोलि पल्ट भाउजु हरु कहाँ पुगेको भाउजुहरु पनि कति बाठीहरु गीत गाउने बेला मा ५ जना भन्दा बढि थिएनन केटीहरु, माईलो दाई, साईलो दाई, कान्छौ, ठुलाउ को नानी बैनीहरु को नाम जोर जाम पारेर पुरै ९ जना कै नामाबली पाउने केटीहरु को नाम पुराईदिनु भयो । त्यो पनि केटा को नामको सोझै उता बिचमा लामो धर्को तल तिर तानेर ।त्यो बेला खाम पनि थिएन खाम भए पनि १ कापी खाम मा अटाउने कुरा भएन त्यस्तै कापी नै बिसौनी भरि पढ्दै र हाँस्दै ठाउँ मै पुराउनु भएछ।

फर्कने बेला मा उता बाट पनि ३,४ पन्ना को चिठी आफै ले लेखेर ल्याईदिनु भएछ। अनि माईत बाट ल्याएको बदाम चिउरा लाई केटीहरुले तिमीहरुलाई पठाईदिएको भनेर हामी केटाहरुलाई १ पोको नै पारेर दिए पछि हामी पनि मख्खै तरुनी पठाएको बदाम चिउरा खायौ भनेर।

बर्खा मा मकै गोड्ने दफ्फा भरि जिस्काएर हैरान भयो नयाँ ठिटाहरुलाई । भाउजु हरुको माईत देखी उता पत्ती कोटगाउँ कालोमुढा सकिए पछि चापे भन्ने भीर छ । मान्छे पो यहाँ छ मन त उतै छ नि चापे भिर पारी भनेर कुन चाहिले साथीले या कुनले कुरा बनाएर ठट्टा गरे छ। त्यो बर्षा नै त्यसरी बित्यो। भाउजु हरुले मन कहाँ छ रे कान्छा? सोध्ने अरुहरुले चापे भीर पारी भन्ने गरेर। रनी नै बस्यो। मन कहाँ छ रे ? चापे भीर पारी जस्को मुखमा पनि त्यहि बस्यो।

कुमारी भाउजु पछि छोडपत्र गरेर जानु भयो। नरमाईलो लाग्यो।

अहिले सम्झने हो भने एक्लै पनि हाँसो लाग्छ। कहिले कहि भाउजु हरुले मैले यसरी जिस्काएको यो केराटी रु लाई भनेर कुरा निस्काउनु भयो भने त झन लाज ले उठेरै भागिन्छ।

अचेल मलाई ति तरुनीहरु कहाँ होलान भन्ने भन्दा पनि त्यो बेला के चिठी लेखिए होला भन्ने कौतुहल लाग्छ। अहिले पाउनु पाए यो फलाना ले लेख भने को यो फलाना ले लेख भने को भनेर मजाले हाँसिन्थ्यो होला।

(जमनाको कुरा भित्र बाट)

Advertisements

सम्झनाका स्पर्शहरु:सानो छदा खु्ट्टामा लगाएको घन्टी र सपना

जमनाको कुरा – भित्र बाट
सम्झनाका स्पर्शहरु:सानो छदा खु्ट्टामा लगाएको घन्टी र सपना

नबुझेको सपना को अर्थ के थियो ?

म ६-१० बर्ष को उमेर सम्म थरि थरिका सपना देख्ने गर्दथे। त्यो सपना मध्ये दोहोरिने २ वटा सपना थिए। एउटा राखु भगवती को डाँडा बाट बलेको गाडी को हेडलाईट ले मेरो आँखा तिरमिराउने र अर्को गुच्चाहरुको चाङ एउटा माथी अर्को गर्दै थपिदै जाने र अन्तमा मा यो चाङ खस्छ भन्ने डर मनमा रहि रहने। साँच्चै यि दुबै सपना मेरो लागी दुखदायक सपना थिए। किन कि यि दुबै सपना ले मलाई सधै बिउझाउथे र तर्साउथे। अचेल राखु भगवती को डाँडा डाँडा मात्र होईन मेरै कौशी को अधिल्तिर दग्नाम सम्म पनि गाडी को बाटो जाँदैछ। यो बाटो मा गुडेको गाडी को फोकस मतिर पर्यो भने मलाई त्यहि सपना को याद फेरि आउने छ।

सपना मा बिउझे पछि आमाले सधै मेरो निधार छामेर भन्नु हुन्थ्यो फेरि राकस देखिस ? किन कि मैले र आमाले पनि गाडी चित्रमा बाहेक देखेका थिएनौ। पछि मात्रै हो चलचित्र (फिल्म)मा देखेको। बजैले सुनाएको कथा मा राकस को काँध (कुम) कुम मा २ वटा बत्ती जस्तो चम्किलो बल्ने आँखा हुन्छ। भन्ने सुनेका थियौ। सपना मा तर्सेर बिउझिदा ३ चार पटक त सातो नै छ्यापेको हो मेरो त्यो बेला । तै पनि सपनामा तर्सन नछाडे पछि झाँक्रीलाई पनि हेराएकै हो। मन्तर भरेको जन्तर पनि लगाएकै हो। भाग्य रेखा र जन्म कुण्डली ले २१ बर्ष नाध्दैन भन्ने देखाए पछि जे मन लाग्छ त्यो गर्ने छुट पाएकै हो ।

कति गाह्रो हुन्थ्यो होला आमा जस्लाई छोरा २१ बर्ष सम्म मात्रै बाँच्छ भनिन्थ्यो। कति गाह्रो हुन्थ्यो होला हरेक रात छोरा सपनामा त्यसरी नै तर्सिन्थ्यो।

मैले देख्ने सपनाको अर्थ त्यतिबेला आमाले र मैले कहिल्यै पनि बुझेनौ। आज ३४ बर्ष बाँचे पछि मैले लगाएको सपना को अर्थ ।

सपना सपना नै हो । जुन कुरा कस्तो होला भन्ने बढि कौतुहल हुन्छ यो सपना मा दोहरिएर देखिन्छ। चित्र मा देखेको गाडी कस्तो हुन्छ होला ? भन्ने बाल कौतुहल ले नै मैले गाडी को हेडलाईटले बिउझाएको सपना देखे हुला। शिसा का गु्च्चाहरु कमै हुन्थे त्यो बेला। त्यो गुच्चा सबै भन्दा मेरो बढि होस भन्ने रहर को कारण त्यस्तो सपना देखिएको होला ?

सपना मा हिड्ने बानी ले हैरानी (निद्रामा हिड्ने)

निद्रामा उठेर हिड्ने बानी परेको ले स्कुल जाने बेला सम्म पनि केटाकेटी मा लगाई दिएको खुट्टा मा बज्ने छ्याई छ्याई गर्ने घण्टी आमाले ६ बर्ष सम्म पनि लाई कि लाई भन्नु हुन्थ्यो। आफुलाई चाहि लाज लाग्न थाली सकेको थियो। झन मेरा साथीहरुको छ्याई छ्याई घण्टी झिकेर पनि उनिहरुका दाजु हरुले घरमा पाले को जख्खु भाले को खुट्टा मा लगाईदिएको देखे पछि त झन कति खेर निकालौ जस्तै हुन्थ्यो।

त्यसो र निद्रा मा उठेर हिड्ने म मात्र थिएन। कुम्बिर थापा लाई पनि त्यस्तै समस्या रहेछ। उनि त झन राती बिउझेर छिमेकी को ढोकामा बसेर बिहान हुदै सम्म ढोकै मा निदाएको दिन पनि छ रे । छिमेकी उठेर ए गाग्री पानी खनाई दिए पछि कुम्बिर थापा को निद्रा मा हिड्ने बानी हराएको कथा सुनेको मेरो आमा ले मलाई पनि निद्रामा हिडेको बेला एक गाग्री पानी तयार गरेर राखेको तर छ्याप्ने मौका नमिलेको ले हैरानी।

निद्रामा उठेर हिड्ने को उपचार बिधि सबैका आफ्नै आफ्नै थिए।

कसैले निद्रामा हिडेको देख्यो भने तातो कुरा ले पोल्नु पर्छ भन्थे। कस्ले सिस्नुले पोल्नु पर्छ भन्थे। कसैले के कसैले के आफ्नै आफ्नै तरिका हरु थिए सबै सँग।मलाई चाहि कुम्बिर थापा जस्तै नाँङगै हिडिएला भनेर एक जोर कपडा सम्म नै सुत्ने बानी ६ बर्ष देखि नै परेको हो । पछि ढोकामा दुई वटा चुक्कुल लगाएर सुत्नु पर्दथ्यो। कहिले कहि त यति सम्म हुन्थ्यो कि बिपना मै उठेर पिसाब फेर्न निस्के पनि अरुलाई चाहि सपना मै गयो कि भन्ने डर चाहि हुन्थ्यो।

निद्रामा सिरक (ओड्ने) आँगन को लुगा सुकाउने मा राती सुकाए पछि

हाम्रो गाउँ को त्यो बेला को सबै भन्दा ठुलो मेला हरेलो आएको थियो। मलाई चढेछ सपना कै बिमार रात मै सिरक लाई घाम मा सुकाउन मन लागेछ। निद्रा मा उठेर सिरक लाई सकि नसकि काठको टाङग्लो ( लुगा सुकाउने ठाउँ) मा सुकाएर आएर सुतिएछ। रातमा जाडो भए पछि आछु आछु गरेको सुनेर आमाले हेर्नु भएछ सिरक त छैन ? हेरलो मा कुन कुन केटाहरुले सिरक चोरेर लगेर कता सुत्नु गए होला भन्दै “के जमना आयो” ओडेको सिरक पनि चोर्ने भन्दै रिसाउदै अर्को कपडा ल्याएर ओडाई दिएर जानु भएछ। उठेको बेला मा पिसाप फेर्न जाने बेला मा सेतो लामो उभिए जस्तो देखे पछि भुत (तर्साउने आयो) भनेर आमा पिसाप नै नफेरि भित्र जानु भएछ। बिहान एक लोटा पानी ले मुख धुनु बाहिर निस्कने बेला मा पो राती तर्साउने भुत त लरी( लुगा सुकाउने) मा झुण्डाएको सिरक पो रहेछ। “उदबासु ले सातो पुटलो लग्दथ्यो” बिहानै बिहानै आमा कराएको सुने पछि अझै बाठो हुन खोजेर बिहान सुकाएको हो भन्न थाले को होला राती चाही आछु आछु गरेको नि बिहानै होला त्यसो भा।

सम्झेर हाँस्नु पनि रमाईलै हुन्छ।

जमनाको कुरा: संकेत

जमनाको कुरा: संकेत

आजको जमनाको कुरा भित्र हामीले हाम्रा पुर्वजले प्रयोग गरेका संकेतहरु को बारे मा सुन्ने छौ ।
साधारण प्रयोग मा संकेत भनेको चिन्हहरु हुन।  छ। चिन्ह (सिगनल) जमना का कस्ता हुन्थे आजको बिषय बस्तु हो।

चिन्ह को प्रयोग किन गर्दथे ?

पुरानो समायमा अहिले जस्तो सजिलो थिएन जँगलहरु धना थिए। घडि, कम्पासहरु को बिकास भएको थिएन त्यसकारणहरु पनि चिन्हहरुको आबस्यक थिए। मानिसले प्रकृतिबाट धेरै कुरा सिकेको छ। यस्को उदाहरण हामीले पुर्वजले प्रयोग गरेको बाटो हरु सबै नडि को किनारा बाट हुनुलाई बुझ्न सक्छौ। पहिले का बाटो हरु किन डाँडा डाँडा हुन्थे कि नडिको किनारा किनारा हुन्थे। यसो हुनु को मुख्यकारण प्रकृतिक  चिनो को प्रयोग नै हो । डाँडा मा जँगली जनवार को डर कम हुन्थे भने नडि को किनार किनार बाटो बनायो भने आफु कता गईरहेको छु। भन्ने सजिलो नडि को बगाई बाट थाहा हुन्थे। नडि को किनारा मा बाटो बनाउनु को २ कारणहरु थिए । पहिलो आफु कता गईरहेको छु नडी को बगाई बाट थाहा हुने। अर्को तिर्खा लागेको बेला पानी खोज्न समाय खेर नजाने।

हाम्रो पुर्वजहरुले चिन्हको प्रयोग उति बेला नै प्रचुर मात्रमा गर्न थालिसकेका थिए।

शिकार युग मा नै काँढ (सर,कार, थिन्को) को पम्प नजिक प्वाँख हालेर आफ्नो भन्ने युनिकता को चिनो को सुरुवाट गरि सकेका थिए। भने गोठाले युग मै चौपाया हरु गन्नको लागी एक चौपाया बरा बर एक स्यानो ढुँगा चिन्ह राखेर गिन्तिको सुरुवाट पनि चिन्ह बाटै गरिसकेका थिए। शिकार युगमा नै शुरुवाट गरिएको हुनाले यो नै अहिले सम्म पनि प्रयोग मा रहेको सबै भन्दा पुरानो संकेत हो। यसो त संकेतहरु धेरै नै छन। जुन परिमार्जित रुपमा र कुनै कुनै अहिले पनि जस्ता को तस्तै प्रयोग मा छन।

मसिना सिन्काहरु

संकेत को प्रयोग शिकारीले शुरुवाटका दिन मा आफु नहराउनलाई गरेका थिए। पछि शिकारको खोजि को लागी गरे । जस्तै दुम्सी दुलो भित्र छ कि बाहिर निस्कियो भन्ने थाहा पाउनको लागी दुम्सीको दुलोको मुखमा स-साना सिन्काहरु हल्का गाड्ने गर्दथे, दुम्सीले त्यो भित्र तिर लडायो भने दुम्सी बाहिर निस्केको हुन्थे भने भित्र तिर लडायो भने भित्र पसेको हुन्थे। भित्र पसेको सँकेत ले देखायो भने दुम्सीको दुलोमा पातहरु जम्मा पारेरे आगो लगाईन्थ्यो र दुम्सीहरु बाहिर निस्कन्थे र शिकारी ले मारेर शिकार गर्दथे।

होल्डिंङ बोर्ड, साईनबोर्ड को जमना नभएको बेला मा त्यो बेला को संकेत हरु कस्ता हुन्थे?

ध्वाँजाहरु: जमनाको साईनबोर्ड

शुरुवाटका ध्वाँजाहरु धागो बाटै बनेका हुन्थे। सुरुवाटका सँकेत पनि धागो नै हुने गर्दथे। जस्तै मालिका, कालिका, जालिका जस्ता देबि देउता को थान सम्म पुग्न को लागी बाटो बाटो मा यहि धागोका सुता हरु सँकेत को रुपमा बाँधिएका हुन्थे। अहिले पनि हामीले मालिका जाने बाटो बाटो मा ध्वाँजाहरु बाँध्दै जान्छौ यस्को अर्थ त्यहि थियो। हामी मालिका पुग्नको लागी अझै यति बाटो हिड्नु पर्छ। अथवा ध्वाँजाहरुले आफु जाने बाटो को सँकेत गर्दथे। त्यहि ध्वाँजा हेर्दै नयाँ मानिस हरु मालिका सम्म पुग्दथे। कतिपय ठाउँका थानहरु सम्म पुग्ने बाटो मा धागो नै तानिन्थे। त्यहि धागो को पछि पछि बाटो समाएर मानिस पहिलो पटक पनि मालिका थान मानिस हरु सजिलै पुग्दथे। यस्तै थियो जमनाको साईन बोर्ड। अचम्म के छ भने यि चिनो भए पनि यहाँ अक्षर संकेत थिएनन तर पनि संकेत को काम गर्दथे। यस्को प्रयोग पछि सम्म पनि गरियो। तोरणहरु मा मन्दिरहरुमा अहिले पनि तोरणहरु ताँगिएको हुन्छ यो त्यो जमना कै प्रयोग को निरन्तरता हो ।

आकाशे बत्ती

यो पनि त्यो बेला को एउटा संकेत नै थियो। बाँसको लिँगोको टुप्पा मा डोरी बाधिएको हुन्थे र त्यहि डोरि को माध्यम बाट एउटा सेतो कपडाले छोपेको बक्सा भित्र बत्ती बालेर माथी पुराईन्थे रातको समायमा यहाँ पुजा हुदैछ भन्ने सँकेत थियो यो। लिँगोमा रातो र सेतो कमेरो को रँगले रँगाउनु पनि एउटा सँकेत नै थियो। यहाँ पुजा हुदै छ। अहिले वार्निङ टेपहरुमा रातो सेतो, पहेलो कालो रँगहरु देख्दा कहिले कहि अहिलेका वार्निङ सँकेतहरुलाई त्यो बेला को लिंगो सँग दाँज्न मनलाग्छ। कहिले कहि त हाम्रो ३ रँगले लिपिएका घरका भित्ताहरु लाई नै यि घर हुन भन्ने सँकेत कै लागी लिपिएको त होईन भनेर हाँस्न मन लाग्छ र गर्व गर्न मन पनि लाग्छ। हाम्रा पुर्वजले नजानेरै या जानेरै पनि ठुल्ठुला अबिस्कार गरेका थिए। भलै ति आबिस्कार आबिस्कार जस्ता नलागुन।

भेल बाधिएका मुलि भैसी, बाख्री र खच्चडका लस्कारहरु

हाम्रा पुर्वजले जँगलमा आफ्नो भैसी कहाँ पुग्यो भनेर थाहा पाउनको लागी भैसीलाई धण्टा लगाईदिने गर्दथे। जस्लाई भेल भनिन्थे। बोलिचालि को भाषा मा यस्लाई भेल भनिन्थे। पछि मानिस ले घाँरो, घाँडो पनि भन्थे। “कुकुर कुकुरै हरायो घाँरो घाँरै हरायो” अहिले पनि हामीले यस्तो उखान सुन्ने गर्दछौ। यस्को अर्थ हुन्छ। कुकुर कहाँ होला थाहा होला भनेर घण्टी लगाई दिएको घण्टी सँगै हरायो भनिएको हो। एउटा मानिस खोज्न निस्के को  अर्को मानिस पनि हरायो भन्न खोजिएको हो।  यसै गरी बाख्रा का बथान मा पनि मुलि बाख्रालाई घन्टी लगाईदिन गरिन्थे। खच्चडका लस्करहरु पनि ठुला बेल बजाउदै हिड्ने गर्दथे।
त्यो बेला प्रयोग गरिएका सँकेतहरु अहिले परिमार्जन को रुपमा गाडीहरुमा हर्नको रुपमा, एम्बुलेन्स, दमकल, प्रहरी का गाडीहरुमा साईरनको रुपम मा प्रयोग हुदैछन।

चौतारा का भित्ता मा लेखिएका नाम

यता उता तल माथी चारै तिरा टाढा भएको ठाउँमा भएको बिसौनी को नाम नै चौतारा हो। जहाँ भारी बिसाईन्छ, थकाई मारिन्छ। कसैलाई पर्खिईन्छ र पर्खाईन्छ। यि चौताराहरु पनि आफै मा एउटा सँकेत नै थिए। यहाँ आराम गर्नु पर्छ भने। तर यो कस्ले बनाएको हो भन्ने सँकेत यो चौतरा को भित्ता मै राखिएको ढुँगा कै बोर्ड ईन्ग्रेभ गरेर लेखिएका सँकेतहरुले बताउथे। त्यसकारण पनि लेखिएका साईनबोर्डहरु मा पहिलो साईनबोर्ड चौतारा मा लेखिएका ढुँगाका बोर्ड हरु नै थिए। अहिले पनि कुनै कल्व को भित्ता, स्कुल को भित्ता, मन्दिर देवल को भित्तामा यसरी नै लेखिएको पाउछौ। यसरी भित्ता मा लेखिएका चन्दा सहयोग सुची पनी पुरानो समाय को चौतरा मा लेखिएको ढुँगा को भित्ते बोर्ड कै परिमार्जित निरन्तरता नै हो।

म्याग्दी, वाखेत नाँच लाउने चौतारा को सँकेत बोर्ड मा कुन भाषा मा लेखिएको थियो ?

पुरानो चौतारा देखे पछि मैले यो चौतारा कस्ले बनायो भन्ने हेरिहाल्थे। नाँच लगाउने चौतरा मा अरु चौतरा को भन्दा भिन्न भाषा मा लेखिएको बोर्ड थियो। जुन मैले कहिल्यै पनि पढ्न सकिन। मलाई सबै भन्दा पछुटो यसैमा लाग्छ मोटर बाटो बन्ने बेला मा यो चौतरा नासियो। चौतारा सँगै यहाँ भएको बोर्ड पनि नासियो। पुर्खा को चिनो नै नासिने गरि आधुनिक सँरचनाहरु बनाईनु भने को हामी को हौ भन्ने बिर्सनु पनि हो । मेटाईनु पनि हो ।
समाय त्यस्तै थियो। त्यो बोर्ड को फोटो सम्म खिच्न नभ्याएको मा मलाई सबै भन्दा बढि पछुटो लाग्छ। अझै पनि एक पटक यो बोर्ड खोजिनु पर्छ र यस्मा लेखिएको भाषा को सम्मानित ट्रान्सलेट गरेर सोहि भित्ता मा राखिनु पर्छ।

(नोट – कृपया कहि कतै पुरानो चौताराहरु मा हामीले पढ्न नसकेका ढुँगाका बोर्डहरु छन भने फोटो मात्र खिचेर भए पनि सुरक्षित गर्नु होला, वाखेतेहरुले यो बोर्ड भेट्नु भयो भने सम्हालेर राख्नु होला )

नयाँ बर्ष २०६९ को शुभकामना

नयाँ बर्ष २०६९ को शुभकामना

…….. तर कथा पुरानो

हामी किन दुखी छौ ?

यहि प्रश्नको जवाफ धेरै पटक खोजिएको छ ।दुख: कारण पत्ता लगाए भन्ने ज्ञान पाए भनेर मख्ख परेका बुद्व भगवान बने तर दुख जस्ता को तस्तै छ। हाम्रा दर्शनहरुले सबैले कतै न कतै दुखको कारण परिवार र सँस्कार हो भन्ने गलत ब्याख्या गरेका छन। उदाहरण – घर परिवार छाडेर हिडेका शिदार्थ गौतम। शान्ती खोज्दै जोगी बनेका अलेकशङकर हरु । नन हरु, पादरीहरु अनि सबै हामी हरु सबै दुख को अन्तको लागी त लागी परेका छौ नि होईन र ?
कहिले कहि म मात्रै होईन धेरैले सँस्कारलाई गाली गर्दछन हामी सँस्कार महँगो हुनु कै कारण दुख पाउछौ। कतिलाई भ्रम हुन्छ दुख को कारण नै जिउँदो हुनु हो। यहि भ्रम कै कारण कतिले आत्महत्या गर्छन। कतिले गरिबी हो भन्छन र धनी हुनलाई जे पनि गर्दछन।

मान्छे भित्र धेरै भ्रमहरु छन। जस्को कारण नै दुख के हो खोज्न र बुझ्न मै सबै जिन्दगी लाग्दछ। जब बुझ्दछन मान्छे को बाँच्ने रहर, उमेर नै बाँकी रहदैन। मान्छे जिबनलाई सिद्वान्तमा चलाउन खोज्दछन। र शुत्रमा समस्याहरु को समधान खोज्दछन। यहाँ हरेक मान्छे कि त सम्पन्न बन्न चाहान्छ कि उदाहरण बन्न चाहान्छ। मात्र मान्छे बन्न कोहि पनि चाहदैन। किन कि आम मान्छेको गुमनाम जिवन सायद कसैलाई पनि मन नपर्नु को कारण पनि यहि होला।

दुख का कारणहरु धेरै ले यसरी पहिचान गरेका छन
प्रेम, यौन,सम्पती, सन्तान (परिवार), सँस्कार(परम्परा),देश, धर्म

प्रेम

प्रेम भनेको जस्ले जसरी अर्थ लगाउन पनि मिल्ने शब्द हो। तरल पदार्थ जस्तै यस्को अर्थ सतह र अबस्था अनुसार रुप फेरिन सक्छ। अनि रक्सी जस्तै हो जस्ले जस्तो परिस्थितिमा पनि यस्को उपयोग गर्न सक्छ। मात्र ब्याख्या गर्ने को मुड मा भर पर्छ। सत्य त्यही हो प्रेम प्रेम नभएर नै हामी दुखी छौ। प्रेम को रुपान्तर मा नै मुख्य गल्ती भएको छ।

प्रेम को रुपान्तर

प्रेम प्रेम रहनै सक्दैन। जब युवक र युवती प्रेम गर्छन। एक अर्कोको लागी ज्यान दिन तैयार रहन्छन। लुकि लुकि भेट्छन। यो उनिहरुलाई मन पर्दैन र बैधानिकता खोज्छन बिबहा गर्छन। प्रेम को प्राप्ती नै त्यति बेला बिबहालाई मान्दछन। जव बिबहा हुन्छन प्रेम को अर्थ नै फेरिन्छ। प्रेम प्रेमी – लोग्ने स्वास्नी बनि सक्छन। अव प्रेम प्रेम होईन घर(परिवार) बन्छ। जिम्मेवार बन्दछ। अनि जिम्मेबार को बर्गिकरण पनि पुरानै धर्राको छ। लोग्ने ले कमाएर ल्याउनै पर्ने, स्वास्नीले नानी पाल्नै पर्ने। हामी प्रेमी बन्नु नसक्नु को मुख्य कारण नै यहि हो। जसरी प्रेम मा युबक र युबतीले घरपरिवार सबै बिर्सेर मात्र प्रेम गरे त्यसरी नै जिबनभर लोग्ने र स्बास्नी बन्नु को सत्ता प्रेमी बनेर बस्न सकेको भए जिम्मेवार बराबर काम बराबर तिम्रो मेरो माया बराबर। तर यस्तो हुदैन। लोक्ने ले हैकम शुरु गर्छ। स्वास्नीले दिमाण्ड। यो हैकम र दिमाण्ड ले मान्छेलाई के लाग्छ भने हामी सँग भनेजति सम्पति नभएर नै दुख पाएको भन्ने लाग्छ। हो यो सम्पति भयो भने हामी सुखी हुन्छौ भन्ने भ्रम मा मान्छे सम्पती कसरी कमाउने भन्ने तिर पछि पर्छ। सम्पतिको मोहले नै मान्छेलाई बिदेश पुराउछ। कतिपयले अपराध पनि गर्दछन।तर सम्पति कमाए पछि पनि समस्या को अन्त भने हुदैन। आफ्नो र आफन्त मा नै अबिस्वास गराउछ। लोग्ने स्वास्नी बाटै असुरक्षित बन्छ। स्वास्नी लोग्ने बाटै असुरक्षित बन्छ।सहज परिवार चलाउन प्रयाप्त सम्पती खोजेको लोग्ने स्वास्नी सम्पती प्राप्त भए पछि आफ्नो आफ्नो कब्जा बलियो बनाउने द्वन्दमा फस्छ। यस्को फाईदा कुरौटे भरौटेले उठाउछन। अखिर मा दुख को कारण सम्पति पो हो कि जस्तो मान्छेलाई लाग्छ।

दुख को अर्को भ्रम यौन हो । मान्छेले यौन भएन भने जिबन अर्थबिहिन थान्छन र यौन(बासना) हबस पुरा गर्नु नै सुख हो भन्ने भ्रममा पर्दछन।यौनलाई प्राप्ती को मुख्य बिन्दु मान्छन र गल्ती गर्दछन। यौन प्रात्ती नै मुख्य सुख हो भन्ने थान्नु नै दुखको अर्को कारण हो । भनिन्छ यौन ले तनाव कम गर्छ, प्रेम बढाउछ। यौन को ब्याख्या नै हाम्रो समाज मा गलत छ। यौनलाई हाम्रो समाज र सँस्कारले बैधानिक र अबैधानिक गरी भाग लगाएको छ। हामी यौन को परिभाषा र बैधानिकतामै गल्ती गरेका छौ। एक थरिले यौन अनिबार्य हो भनिदिन्छन।चरम सुख नै यौन ले दिन्छ भनेर गलत ब्याख्या गर्दछन। त्यसको शिकार समाज र परिवार बन्छ। यौनले छिन्न भिन्न बनेका उदाहरणहरु खोज्न धेरै पर पुग्नु पर्दैन। छनिक यौन को पछि लागेर कति को जीवन नर्क बन्छ। मान्छेको भ्रम नै मान्छेको दुस्मन हो। त्यसैले यौनलाई मान्छेले दुखको कारण मान्दछन।

कतिपय अभिभावकलाई सन्तानको डिमाण्ड पुरा गर्ने मुस्किल पर्दछ। र लाग्दछन परिवार नै दुखको कारण हो। जोगी, साधु, नन हरु सुखी रहन नसक्नु ले यो पनि प्रमाणित गरेको छ कि दुखको कारण परिवार पनि होईन। कतिपय अबस्थामा परम्परालाई दुखको कारण मान्दछौ। हाम्रो परम्पराहरु खर्चालु हुनु को कारण ले नै हामीले दुख्ख पायौ भन्ने भ्रम मा पर्दछौ। परम्परा भनेको पुर्खाले छाडेका ति मिठा चलन चल्टी को निरन्तरता हो जस्ले हामीलाई जिवनमा सँधर्ष गर्न सिकाउछ। हो फलानो महिना मा फलानो पर्ब छ यस्को लागी अहिल्यै नै कमाउनु पर्छ काम गर्नु पर्छ भन्ने प्रेरणा कै लागी यि बनेका हुन। मान्छेले दुख मात्र नगरुन आराम गर्न नभुलुन भनेरै दिन टोकेरै लौ सबै बसौ रमाईलो गरौ भन्ने मान्यता त्यो बेला नै स्थापित गरिएको हो बेला बेला मा चाँडपर्वहरु बनाएर तर हामी चाही तालमेल मिलाउनु त कता कता हाम्रो सँस्कार धेरै भए भनेर दुख को कारण नै सँस्कारलाई मान्दछौ।

सँस्कारहरु र परम्पराहरु मौलिक भए पनि पछि यहि हरु धार्मिक अँशबन्दा का शिकार भएका छन। त्यसकारण कतिलाई भ्रम के लाग्छ भने यो धर्म को यो नराम्रो फलानो धर्म राम्रो भन्ने भ्रम मा धर्म परिबर्तन तिर लाग्छन किन कि उनिहरुलाई भ्रम हुन्छ। दुखका कारणहरु सँस्कार र परम्पराहरु हुन जुन धर्म सँग जोडेर हेर्दछन। तर धर्म परिबर्तन गरेर पनि मान्छे सुखी भएको भ्रम पनि छिनिक मात्र हो। अन्तत मान्छे दुखि नै रहन्छ।
कतिपय अबस्थामा गरिब मुलुक मा जन्मिएर दुख पाएको भन्ने भ्रम मान्छेलाई पर्छ। सुबिधाहरु कम भए त्यसैले गाउँ बाट मान्छे बजार झर्छ। बजार बाट काठमाडौ र काठमाडौ बाट बिदेश मै बसाई सर्छ। तर मान्छे भित्रको भ्रम को अन्त हुदैन र दुखको अन्त पनि छैन। मान्छे जहाँ पुगे पनि दुख साथै पुग्छ। बुढा हरुले त्यसै भनेका होईनन “ बर्मा गाए पनि कर्म साथै नेपाल गए पनि कपाल साथै” सन्तुष्टी मात्र छिनिक हो। मानिस स्वभावैले असतुष्टी छ। त्यस कारण ले नै बिकास भएको छ। आबिस्कार भएको छ। तर मान्छेले नबुझेको यथार्थ भनेकै जीवन के हो र दुख के हो नै हो।

बुद्वले उतिबेलै भनेका हुन । मान्छे लोभ,मोह,रिस ,राग, रोग, हिँसा हत्याको कारण दुखी छ। ईस्लाम धर्मले भनेको छ ।घाँटी कसैको नकाट। घाँटी नकाट भनेको नमार भन्नु हो तर हामीले लगाएको अर्थ हेरौ। घाँटी पुरा नछिनाली काटेको मासु खान मिल्छ। मुस्लिमले मासुको लागी जनवार या पँछि मार्नु पर्यो भने श्वास नलि मात्र कातेर मार्दछन। बुद्वले भने जिब हत्या नगर रगत नखाउ तर हामीले मारेर रगत खानु हुदैन मासु खानु हुन्छ भन्ने ब्याख्या गर्दछौ र मार्दछौ र रगत फालेर मासु खान्छौ।

निस्कर्ष-
दुखका कारण: प्रेम, यौन,सम्पती, सन्तान (परिवार), सँस्कार(परम्परा),देश, धर्म होईनन। सामाजिक मान्यता को गलत ब्याख्या र प्रयोग नै दुखका कारण हुन।
मान्छेमा गलत सोच मात्रै १०-१५ मिनेट मात्रै आउछ। त्यो १०-१५ मिनेटलाई असल सोचमा परिबर्तन गरौ। जीवन भनेको हरेक दिन नयाँ नै हो। किन कि हामीले जहिले पनि नयाँ दिनै मात्रै बाँच्छौ। नयाँ बर्ष भनेर खासै नयाँ दिन आएको हुदैन। हामी भोलि लाई भेटदैनौ र समायलाई फर्काउन सक्दैनौ। तर हरेक आजलाई सदुपयोग चाही गर्न सक्छौ। हरेक आज को सदुपयोग गरौ। जीवन नै हरेक आज को सँगालो हो। भोली भनेको त हामीले कहिल्यै नभेट्ने सत्य हो। जसरी भगवान देखिदैन तर छ भोलि पनि त्यस्तै हो छ तर हामीले भेट्दैनौ। हामीले मात्र आजलाई भेट्छौ। सबैको आज सुखमय रहोस नयाँ बर्ष को यहि शुभकामना।

जमनाको कुरा: चिनो, संकेत, कोड (१)

जमनाको कुरा: चिनो, संकेत, कोड (१)

आजको जमनाको कुरा भित्र हामीले हाम्रा पुर्वजले प्रयोग गरेका चिनो, संकेत, कोड हरुको बारे मा सुन्नेछौ ।

चिनो

चिनो के हो ?

यहाँ यस्तो छ भन्ने बुझाउने एउटा सँकेत नै साधारण अर्थमा चिनो हो।

हाम्रा पुर्खाले प्रयोग गरेका पहिलो चिनो हरु अहिले सम्म नमेटिएको सम्झना भने को देउराली हरुमा राखिएको ढुँगाका पुराना थानहरु हुन। यहाँ देउराली छ है यहाँ फूल चढाउनु पर्छ। भन्ने चिनो उनिहरुले राखेको चिनो को अझै सम्म जस्ता को तस्तै भेटिएका नमुना हुन। किन भने उनीहरुले बनाएका माईथान, थानहरु मन्दीर मा रुपान्तर भै सकेका छन। माईथानहरुमा आधुनिक पुस्ताले मन्दीरहरु स्थापना गरिसकेका छन तर देउराली अहिले पनि जस्ताको तस्तै छ। र यो पुर्खाको सम्झनाको अन्तिम चिनो लाई यस्तै रहन दिनु पर्छ। किन कि आधुनिकता को नाममा कहिले कहि हाम्रो मौलिकता र परिभाषा नै खतरामा पर्दछ।

देउराली के हो ?

एउटा उचाई भुभाग अलि अग्लो डाँडा जहाँ पुगे पछि अर्को ठाउँ तिर जानु पर्दा ओरालो (तल) झर्नु पर्छ या आफु गएको तिर फर्कन पनि ओरालो नै झर्नु पर्छ। यो देउराली को भौगोलिक परिचय हो । तर हाम्रो पुर्वजले देउरालीलाई देवताको थान मानेर परिभाषित गरेका छन। जुन परिभाषा हाम्रो समाज मा जातभात को खण्डिकरण हुन भन्दा पनि पुरानो हो। त्यसैले आज – हिजो कहिल्यै पनि देउराली को थानमा को नजिक बनेको चौतारो मा बस्ने र फूल, आफुले खादै गरेको खाजा चढाउनलाई कुनै पनि जात लिङगलाई प्रतिबन्ध थिएन र छैन। देउरालीलाई साझा देउताको सम्मान हाम्रा पुर्वजले दिएका छन त्यो बेला नै।

देउराली मा के हुन्छ ?

पहिले देउरालीमा ढुँगाका थुप्रो जस्तो देखिने थान हुन्थे। बनजँगल धुम्दा आफुलाई र चौपाया लाई कुनै हानी नोकसान नहोस भनेर रक्षक को रुपमा पुजा गर्दथे हाम्रा पुर्खाहरु। पछि मानिसहरुको जनसँख्या बढ्दै गएपछि यि ठाउँहरु हुदै बाटोहरु बने। बाटो बने पछि ओहोर दोहोर गर्ने हरुले थकाई मार्न चौतारीहरु बने। तर चौतारीहरु देउराली होईनन। अचेलका देउरालीहरुमा स्यानो पुरानो ढुँगा (औजारले नकुँडेका) थुपारेको थान हुन्छ। जस्मा ओहोर दोहर गर्नेले ध्वाँजा बाध्ने गर्दछन। तिते पाती को झ्याङ उम्रेको थान हुन्छ। कहि कतै बढि नै मान्छेको ओहोर दोहोर हुने ठाउँ मा थान नजिकै को रुखमा ध्वाँजा बाँधिन्छ। समग्रमा देउरालीमा एउटा पुरानो आस्था को केन्द्र हो। जहाँ थकाई मार्नु सुरक्षित मान्दथे। यति सम्म कि कतिपय हितका जोडी (प्रेमी) हरु देउराली कै कसम खाएर अलग हुन नपरोस भन्ने कसम  (बाँचा) गर्दथे। एक किसिमले सबैलाई बिश्वासको प्रतिक (चिनो) हो देउराली।

बिस्तारै बिस्तारै देउरालीले हामीमा सँस्कार हरु पनि थपेका छन। अहिले किरात-राई समुदायले मनाउने उधौली उमौली पर्ब पनि कुनै न कुनै रुपमा देउरालीले नै बनाएको सँस्कार हो। हामी मगर हौ। तर मेरो परिवार मा पनि ठ्याक्कै यस्तै पूजा मैले थाहा पाउने बेला सम्म गरिन्थ्यो। जस्लाई उधौली देवाली उभौली देवाली नै भनिन्नथे। खास गरी यो पुजा गौठलाई पहाडमा हिउ परे पछि बेसी को तातो मा चौपाया सार्ने बेलामा गरिने पुजा थियो यो। पुर्खाको पाला मा हाम्रा सबै गोठहरु जँगलहरुमा नै हुन्थे। खुल्ला चरण धाँसको प्राप्तता यस्का कारण थिए। यसरी तातो मा झर्ने र लेक उक्लने पुजा ठ्याक्कै अहिले को किरात-राई समुदायले मनाउने उधौली उमौली पर्बको दिन मा नै पर्ने गर्दथे। बिस्तारै हाम्रा गोठहरु नाँसिए र गोठ सँगै हाम्रो सँस्कार पनि नासियो। अचेल हाम्रो घरमा पनि हुदैन यो पुजा। यसरी नै हाम्रा सँस्कारहरु एक पछि एक नासिदै गएर नै हामी एक अर्को मा फरक जस्तै देखिएका हौ। देवाली पुजा के हो ? भनेर सोध्ने हो भने पछिल्लो पुस्तालाई थाहा पनि हुने छैन। हाम्रो परिवार मा देवाली पुजा हराउनु मा चौपाया (पशुपालन) हराउनु लेक बेसी को चलन हराउनु नै हो। पहिले का मानिस हरु जाडोमा बेसी (तल्लो भु-भाग) गर्मीमा लेक (माथिल्लो भुभाग) मा गोठ हरु सार्ने गर्दथे। यहि गोठ सार्ने बेला को पुजा नै थियो देवाली र यो देवाली देउराली कै पुजा थिए। मेरो गोठ बेसी झर्दैछ सुरक्षा गर्नुस। मेरो गोठ लेक सर्दैछ सुरक्षा गर्नुस। नै हुने गर्दथे ।उधौली उमौली पुजा को अर्थ।

चौतारा के हो ?

चौतारीलाई हामीले थकाई मार्ने बिसौनी को रुप मा चिन्दछौ।  हो पनि त्यही। चौतारीमा हामी थकाई मार्दछौ। भारी बिसाउछौ। कसैलाई पर्खिन्छौ र भेला हुन्छौ भेट्ने र छुट्ने चिनो कै रुपमा चौतारी को अर्थ उभिएको छ। तर खास मा के हो चौतारा ? चौतारा बने को चारै तिर टाढा हाम्रो जिब्रो ले जहिले पनि त र ट को उल्टो उच्चारण गर्छ। यो हाम्रो रगतमा मिसिएको भाषा को अन्तिम अबशेष हो। म्याग्दीका मगरहरुले मात्र होईन कुनै न कुनै रुप मा उच्चारणमा समस्या सबै मगरहरुको जिब्रो मा मिसिएको सत्य यहि हो।

अझ पुरानो समाय को बोली चाली को भाषा मा त झन । डाँडा लाई डाँरा (दाना) , काँडा लाई काँरा, दाउरा लाई दारा, टाढा लाई तारा भन्थे। तल माथी यता उता जता जान पनि टाढा पर्ने ठाउँ को बिसौनी नै चौतारा हो । नामाकरण यस्तो भए पनि यसको पछिल्लो प्रयोग धर्म र भाकल सँग जोडिएर बिकास बिस्तार को यो समाय सम्म पुगेर हराउने स्थिति सम्म पुगेको छ।

चौतारा पोखरी किन बनाउथे मानिसहरु ?

परापुर्वकाल मा धर्म भनेको अहिले हामीले ब्याख्या गर्ने हिण्दु, किश्चियन, बौध, ईस्लाम  नाम भित्र को आस्था यस्तो होईन। त्यो बेला धर्म भनेको हामीले तत्काल गर्न सक्ने सहयोगलाई धर्म मान्दथे। जस्तै पानी ले तिर्खाएको लाई पानी खुवाउनु। रातमा बिचल्ली परेकालाई बास दिनु, भोक लागेको लाई खाना दिनु। थकाई लगेकालाई थकाई मार्ने ठाउँ बनाई दिनु। अप्ठ्यारो ठाउँमा सजिलो बाटो बनाउनु लाई धर्म भनिन्थे। त्यसकारणले नै यो चौतरा पोखरीलाई धर्म गर्नुको रुपमा मानेको हो । किन कि चौतारामा थकाई लागेका बटुवाहरु बसेर थकाई मेट्न सक्थे र पोखरीमा चौपायाहरु पानी पिउन र अहाल बस्न सक्थे। साथै पोखरीमा आउने पानी को स्रोत तिर्खालागेको बेला मान्छेले पिउन पनि सक्थे। त्यसैले चौतरा पोखरीलाई धर्म भनेको हो। धर्म हुन्छ भनेर नै चौतारा पोखरी बनाउदथे त्यो बेला मानिसहरु। पछि यो भाकल सँग पनि जोडियो। तर अचेल फलानो मन्दिरजाने, गुम्बाजाने, चर्चजाने, मस्जिद जानेलाई धर्म भनेर ब्याख्या गरिन्छ। त्यहि समुहले प्रतिपादन गरको सिदान्त अनुसार जीवन बाँच्नुलाई धर्म मानिन्छ। त्यसकारण यो एक किसिमले ब्याक्ती को स्वतन्त्रता माथिको लगाम हो।

धर्मलाई मान्छेले जीवन जिउने आधार माने पनि अचेलको धर्म को ब्याख्यालाई म चाहि आधुनिकता भित्रको छुवाछुट प्रथा मान्दछु। अचेलको धर्मको ब्याख्याले मान्छेमा बिभाजनका रेखाहरु कोर्दछ। म यो र उ त्यो भन्ने बिभाजनको रेखा कोर्दछ। यसैले यो आधुनिकता भित्र को छुवाछुट प्रथा हो। र ब्याक्तीको स्वतन्त्रता माथी को हस्तछेप हो। जस्तै फलना थर, जात भन्दा बित्तिकै यो धर्मको हो भन्ने मानसिकता मान्छे मा बिकास हुदैछ यो ब्याक्तीको स्वतन्त्रताको बिपरित छ।यहाँ स्वतन्त्रताको अर्थ मनपरि भन्ने होईन। मान्छे मान्छे नै भएर बाँच्न पाउन भन्ने हो। न कि फलाना धर्मको या फलाना पार्टी को कार्यकर्ता हो भन्ने जस्तो गरेर होईन। जव हामी यो धर्म को भन्ने बिभाजन भित्र पर्दछौ त्यति बेला नै हाम्रो आँखामा भ्रमको मानवताको आँखाले अर्कोलाई नराम्रो र आफुलाई राम्रो भन्ने छाप दिमाग मा बसाई सकेको हुन्छ। तर भैदिएको छ त्यस्तै हरेक जनता एउटा एउटा पार्टीको कार्यकर्ता छन। र मान्छे एउटा एउटा प्रतिपादित धर्म को अनुयायी। त्यसैले हामी जनता पनि छैनौ र मानिस पनि छैनौ। मात्र कार्यकर्ता र अनुयायी छौ। यस्ले हामी भित्रको मौलिकता र स्बतन्त्रतालाई मारि सकेको छ।

चौतारा लाई किन धर्म र भाकल को रुपमा माने को ?

चौतारामा थकाई लागेका बटुवाहरु बसेर थकाई मेट्न सक्थे र पोखरीमा चौपायाहरु पानी पिउन र अहाल बस्न सक्थे। साथै पोखरीमा आउने पानी को स्रोत तिर्खालागेको बेला मान्छेले पिउन पनि सक्थे। त्यसैले चौतरा पोखरीलाई धर्म भनेको हो।

तर पछि यस्लाई धर्म र भाकल को परिभाषा भित्र जोडियो। जस्तै कोहि निसन्तान छन भने धर्म गरे सन्तान जन्मिन्छ। भनेर ब्याख्या गरिन थालियो र यो भाकल जस्तै भयो। म यो ठाउँ मा चौतरा पोखरी बनाउछु मलाई सन्तान दिनुस भनेर माग्नलाई गरिए जस्तै हुन थाले। त्यो बेला निसन्तान हुनु लाई पुर्व जन्मको पाप भनेर ब्याख्या गर्नेहरु को जमात ठुलो थियो। अहिले जस्तो सन्तान महिला या पुरुषमा हुने शुक्राणुको कम्जोरीले हुन्छ भन्ने थाहा थिएन।

जस्ले जसरी ब्याख्या गरे पनि देउराली, चौतारा, पातीपौवा जस्ता भौतिक सँरचानाहरुको त्यो बेलाका चिनो हरु हुन जस्को आफ्नै स्थानमा महत्व र मौलिकता छ। ब्याख्या त त्यो मान्छेको नियत नै हो जस्लाई जस्तो मनलाग्छ त्यहि गरिदिन्छ र हामी सजिलै पत्याईदिन्छौ।

तर हामीले बुझ्नु पर्ने कुरा यहाँ के छ भने हामीलाई यो तेरो होईन भनेर उक्साएर हामीलाई मौलिकता बिहिन र सँस्कार बिहिन बनाउन खोज्न तत्बहरुको ईच्छालाई भने हामीले पुरा हुनु दिनु हुदैन। हाम्रो मौलिकता हरायो भने हामी शरणार्थी बन्ने छौ आफ्नै देश भित्र। मौलिकतालाई बचाऔ। यहि नै हाम्रो पहिचान हो।

अहिले बाटोधाटो को सुबिधा पुग्यो चौतरा पोखरी को महत्वहरु घटे तै पनि हामीले देउरालीको बिभेद बिहिन थान र चौतारा युग को बिभेद बिहिन समाज बाट पनि सिक्नु पर्ने कुरा धेरै छ। पुराना कुरा हरु सबै काम नलाग्ने हुदैनन। नयाँ आबिस्कारको सबै जग पुरानो अनुभव नै हुन।

(अर्को पोस्ट क्रमश— संकेत र कोड को बारे मा हुनेछ

भन्नु मिल्छ भने म भन्छु

भन्नु मिल्छ भने म भन्छु                      -स्यानु पाईजा

आमा तिमीलाई म आरोप लगाउदिन
तिमीले मुग्लान पस्ने छोरा जन्मायौ
मलाई सम्झाना छ त्यो दिन को अझै
बिढाई को टिका निधारमा लगाउदा को आशिष
बाबु छिटो फर्केर आईज
मैले त्यहि बाँचा पुरा गर्न सकेन
किन कि मेरा सपनाहरु धेरै थिए
आम मान्छेका जस्तै सपना
घर वनाउने, जहाँ उ सुत्न पाउदिन
समाज बनाउने, जहाँ उ जस्तालाई नामर्द भन्छन
बिदेश नजाने नामर्द, जोईटिङ्ग्रे हुन्थे
सँस्कार चलाउन सक्दैनथे
हो उ मर्द हुन भन्न मुग्लान पसेको छ
हो आमा म पनि त्यही सँस्कार चलाउन चाहान्थे
र मर्द बन्न चाहान्थे
कुनै पनि ब्यबस्थामा नफेरिएको गाउँको नाम
हो त्यही नाम राख्नु पर्छ भन्ने सपना थियो
तर हामी फेरी नामर्द नै भयौ
भने जति चन्दा पठाउन सकिनौ
चाहिए जति खर्च पठाउन सकिनौ
सन्तानले चाहे जति पढाउन सकिनौ
सन्तानलाई पुग्ने जति कमाउन सकिनौ
बुढेसकालमा तिमीलाई हेर्न सकेनौ
किन कि मर्द बन्ने मोहमा
भने जति कमाउन नै सकिएन
अझै पनि एउटा सपना छ आमा
त्यही सपना को लागी हरेक छोरा जिउँदो छ।
तिमीले चपाएर खुवाएको न्याम जस्तै
आफ्ना नातीहरुलाई खुवाउने
जमना त्यस्तो पनि छैन रे
मन बहादुरलाई उस्को बुहारीले
यो के गरेको ? सोधि रे !
म पनि त्यहि सपना देख्छु आमा
म मर्दा मेरो छिमेकि मलामी जाउन
मेरो छोराले मेरो किराया गरोस
के नामर्द कुरा गरको नभन्नु है
म मर्द बन्ने कोशिस मा छु
ठेक्का मै भए पनि
एउटा कबिता को किताब छाप्ने सोचेको छु
हिजो मात्र मैले बिचार फेरेको छु।
म अव कबिता को किताव छाप्दिन
कस्ले पढछ र कबिता अचेल त्यो पनि मेरो ?
एउटा स्यानो घर वनाउन चाहान्छु म अझै
जहा भित्ताहरु मा कबिता बस्न सकुन।
जहाँ लेख्न चाहान्छु –
यहि कबिता
आमा तिमीलाई म आरोप लगाउदिन
तिमीले मुग्लान पस्ने छोरा जन्मायौ
मलाई सम्झाना छ त्यो दिन को अझै
बिढाई को टिका निधारमा लगाउदा को आशिष
बाबु छिटो फर्कर आईज
मैले त्यहि बाँचा पुरा गर्न सकेन
किन कि मेरा सपनाहरु धेरै थिए
आम मान्छेका जस्तै सपना
घर वनाउने, जहाँ उ सुत्न पाउदिन
समाज बनाउने, जहाँ उ जस्तालाई नामर्द भन्छन।

काठमाण्डौ,पोखरा को सिको गर्दै म्याग्दी बेनीमा पनि अफर दिएका छन होटेल & रेस्टुरेन्टले

काठमाण्डौ,पोखरा को सिको गर्दै म्याग्दी बेनीमा पनि अफर दिएका छन रेस्टुरेन्टहरु

नेपालै भरि लागु गरिएको भाग्यमानी ग्रहाक अफर म्याग्दी बेनी सम्म पनि आई पुग्यो। आज देखी बेनी का सबै नमस्ते, डलफिन, यति जस्ता ठुला होटेलहरुले बेलुका को खाना मा ५०% दिस्काउण्ट र हरेक दिन पहिलो ग्राहक को लागी ५००० रुपैया को कुपन गेट मै छोडिडिने गरेका छन। आज बाट भएको यो झट्का अफर मा यति र नमस्ते ले गेट मा राखेको कुपन चोरि भएको छ। तर दुर्भाग्य चोर्ने मान्छेलाई सिसि क्यामरा ले समातेको छ।

ढिलो नगर्नु होला खाना पनि छुट ५००० पनि पाईने  आजै देखि होटल मा खानु किन नजाने। हिजो समाते को सिसि टिभि को चोर को फोटो हेर्नु होस

हिजोको क्यामरा ले क्याप्चर गरेको मान्छे को फोटो यो फोटो मा पनि छ। पहेलो कपडा लगाएको मान्छे नै हिजो को ५००० को कुपन चोर हो।

अप्रिल फूल

वाखेत डायरी