आज वाखेत को भूमे पूजा( बैसाख १७ ,२०७०) मंगलबार

April 30, 2013 ( बैसाख १७ ,२०७०)

आज वाखेत को भूमे पूजा

क्यारो जाती भै छ साईलो को को लाई गाउनु आउछ। धोक्रो ताने हुन्छ।

कहिले तातो कहिले न चिसो —–क्यारो जाती भै छ साईलो

— गाई भैसीलाई किलो न दाम्लो, बाख्रीलाई खोर साईलो

साईलो भाका, टुङकैईभाका, राईलो भाका जमानाको भाका को जस्ता को तस्तै गीत सुन्ने भए वाखेत आउनु होस। मेला चाही लाग्दैन तै पनि नेजा (झण्डा) चाही सबै भुमेथानहरुमा चढाएर (झुण्डाएर) पूजा गरिन्छ।

युवा, केटाकेटी, अभिभाबकको रमाईलो मेला आज को दिन देखि कुनै बेला मादल फुकुवा हुने गर्दथे। असिना, खडेरी, देसान (रोगब्याधी सँक्रमण) नफैलियोस, अन्न को सह होस सहकाल सुरु होस भनेर गरिने प्रकृति पूजा नै भूमे पूजा हो।

भिडियो मा हेर्नुहोस  भुमे पुजा को झलक

भुमे पूजा सम्बन्धी पुरा बल्ग यहाँ हेर्नु होस

भूमे  पूजा

चिमखोला को भूमे पूजा

Advertisements

बिध्योदय निमाबि का भाईबैनीहरुको सालैजो गीत प्रस्तुती

स्थान- महेन्द्र मा०बि० झी
अन्तर माबि स्तरिय लोक नृत्य प्रतियोगीता मा प्रतियोगी हाम्रो गाउँ का बिध्यार्थीहरुले प्रस्तुत गरेको नृत्य। सालैजो लो लाईभ नृत्य। खास मा नयाँ पुस्ताको लागी सालैजो गाउनु खासै सजिलो छैन तै पनि हाम्रो बिध्यार्थी भाईबैनीहरुले गरेको प्रस्तुति ले हेरौ जुन प्रतियोगितामा  प्रथम स्थान हासिल गरेको थियो।

कालीमा खोला बगेर आयो सालैजो ऽऽऽऽ(धौवलागिरि शिर हुदै )-२

माझी र दाईले जालै र सालैजो ऽऽऽऽ हान्यो नदिको तिर हुदै

अह होनिर माया – ऽऽऽऽऽनदिको तिर हुदै

(धौवलागेरी हिमालै अग्लो, जहाँ गएनी लाई रहन्छ झल्को)-ऽऽऽऽ-३

फाँतै र भरि मार्सि धान झुल्दा सालैजो ऽऽऽऽ परीम लगाउला

उमेर पुगे मनमा परे सालैजो ऽऽऽऽ(देउराली भाकौला)-२

हो निर माया ख्याल होईन साँचौ  सालैजो ऽऽऽ(देउराली भाकौला)-२

(मायालु को बोलीमा जादू , दिन दिन भै रहन्छ कहाँ देखु)ऽऽऽऽऽऽऽ-३

माया को रुप क्या साह्रै राम्रो  सालैजो, ऽऽऽऽ (जिउ दालै चिटिक्क)-२

नजर जुझ्यो ख्याल ख्यालमै आज  सालैजो ऽऽऽऽऽ(देखिने बितिक्कै)-२

हो निर माया ख्या होईन साँचो सालैजो ऽऽऽऽ( देखिने बितिक्क)-२

(यो माया नजरै कस्तो शिकारीले हानेको तिर जस्तो)ऽऽऽऽऽ-३

जमानाको कुरा: नुन छरेका (छाडेका) खोरियाहरु

जमानाको कुरा: नुन छरेका (छाडेका) खोरियाहरु

आज को जमानाको कुरा मा नुन छरेका खोरिया को बारे मा चर्चा गर्ने छौ।

के हो नुन छरेको खोरिया ?

नुन नेपाली समाज मा थुप्रै सँस्कार को सुरुवाट मात्र गरेको छैन। छुत अछुत सम्म पनि को कालो दाग सम्म नुन नै मिसिएको छ भने समाजसेवा र दान को सुरुवाट पनि नुन बाट नै भएको छ। खोरिया भने को कुनै ब्याक्ती को भोग चलनमा रहेको पर्खाल भित्रको जमिन भन्ने बुझिन्छ। म स्यानो छदा नुन छरेको खरिया मा नुनको बोट कस्तो हुन्छ होला भन्ने कौतुहल लागेर त्यहाँ उम्रेका बिरुवाको पातहरुलाई टिप्दै चाटेर चाख्दै गरेको सम्झना छ मलाई। धेरै पटक को यो असफल प्रयास पछि नुन को बोट फेला बजैलाई सोध्नु नै पर्यो नुन को रुख कुन चाही हो ? अनि पो थाहा भयो नुन छरेको खोरिया को अर्थ। परिवारका कुनै सदस्यको अकाल मा या अबिबाहित मृत्यु हुन्छ भने त्यो सदस्यको अँशमा पर्ने जग्गा जमिनलाई फेरी कसैले भोगचलन गर्न नपाउने गरी सर्वजानिक सम्पती को रुपमा छोड्नु लाई नुन छरेका (छाडेका) खोरिया भनिन्थे।

किन छाडिन्थे खोरिया यसरी ?

कुनै समाय थियो जतिबेला मानिस मरे पछि गाडिन्थे। ठाउँ ठाउँको फरक सँस्कार अनुसार अझै पनि कतै गाडिन्छन। कतै जलाईन्छन। कतै टुक्रा पारेर चिल, गि्दवहरुलाई खुवाईन्छन यो आफ्नै बिश्वास र सँस्कारहरु आफ्नो ठाउँमा छन। तर हाम्रो पुर्खाको सुरुको चिहानहरु सम्म पुग्ने हो भने म्याग्दी मै पनि मानिस गाडिने गरिएको थुप्रै निसानाहरु अझै छन। जव मानिस मर्दथे उस्ले उपयोग गरेका र उस्ले आर्जन गरेका धन सम्पती पनि उसैको लास सँगै गाडिन्थे कुनै समायमा तर समाय सँगै मानिसमा अभाव र लोभ भरिदै गयो। र त्यही धन सम्पती हरु चिहान बाट पनि मानिसहरुले चोरेर निकाल्न थाले। चोरहरु ले चिहान भट्काउन थाले यसरी सुन चाँदी हरु चिहान बाट चोरि हुन थाले पछि मानिसहरुले धन सम्पती लास सँगै पुर्न छाडिए। र परिमार्जित रुपमा खोरिया हरु छाडिन थाले।

नुन र नुनले बनाएको सँस्कार

नुन मानिसले किन खाए? कहिले देखि खाए यो एकिनन कतै प्रमाण छैन। तर कुनै बेला नुनलाई सुन भन्दा बढि महत्व दिएको पाईन्छ। नुन सात्न कै लागी हाम्रो पुर्खाहरु धेरै लामो लामो ठाउँ सम्म पैदल पुगेको पाईन्छ। यसरी नुन लिएर फर्केको दिन उनिहरुले राँगो, बोका, बाख्रा, भेडा जे छ त्यहि कातेर नुन लिन जाने हरु सबैमिलेर भोज गर्ने गर्दथे। यहि नुन लिनु जाने र नुन लिएर फर्के पछि मासु भोज गर्ने चलन नै पछि गएर मृत्यु सँस्कार मा मिसियो। नुन लिन जाने समुहको मानिस को मृत्यु भयो भने उस्को सम्झना मा एक दिन नुन नखाने चलन नै कालान्तरमा नुन बार्ने चलन को रुपमा समाज मा बिकास भयो। कुनै बेला नुन लिन गएका मानिस मर्यो भने उस्ले लिएको नुन पनि उ सँगै गाडिने चलन पनि थियो। त्यसैलाई सँस्कारले पछि पनि पछ्यायो। अहिले पनि कहि कतै मानिस गाड्दा नुन हालेको देखिन्छ। र अचेल लास छिटो कुहिने भएको नुन हालिएको हो भन्ने ब्याख्या गरिन्छ। तर सुरुवाट उस्को सम्पती उसै सँग गाडिनु पर्छ भन्ने नै थियो।

अझै पनि मतवालीहरुको मृत्यु सँस्कार भोजमा मासु को प्रयोग को हुदैछ। कतै हराएको छ भने कतै अझै पनि निरन्तर छ। अचेल पनि भाईखलक मर्दा नुन छाडिनु पनि त्यही युग को निरन्तरता हो।

यस्को नजिक को प्रमाण भनेको म्याग्दी जिल्ला को पात्लेखेत गाबिसको वाखेतको देउराली जाने बाटो नजिक का खोरियाहरु नुन छाडेका खोरियाहरु हुन। भने हरेलो ग्राउण्ड भन्दा अलि पर मात्रै चिहान काते भन्ने ठाउँ कुनै बेला चिहान मा गाडिएका सम्पतीहरु चिहान कातेर चोरिए भन्ने बलियो प्रमाण हो।

समाजमा चलि आएको परम्परागत कुराहरुलाई फेर्न निक्कै मेहेनत गर्नु परेको उदाहरण हाम्रो मृत्यु सँस्कारमा अझै पनि छ। कतिपय मगर गाउँमा मासु सहितको मृत्युसँस्कार हुन्छ भने कतिपय ठाउँमा हुदैन। तर पनि मगरहरु ले मृत्यु सँस्कारलाई मासु सहित को भोजले गर्दथे भन्ने प्रमाण चाहि अझै पनि ३,५,७ जना को बिजोर सँख्यामा १एउटा भाले लगेर अलि पर गरिने भोजले सम्झाउछ। यो त्यही मासु सहितको मृत्यु सँस्कारको अवशेष हो। जुन मानिसले परिमार्जन सहित मासुलाई मृत्यु सँस्कार मा हताउन खोजे तर कतिले यसै को बिरोध गरे र मासु चाहिन्छ भन्नेहरुलाई मासु खुवाउन सुरु गरिएको भाले ले पूजा गर्ने चलन पछि सँस्कार मै मिसियो र अहिले पनि हाम्रो मृत्यु सँस्कार (किरिया) मा भालेले पूजा गर्ने र बिजोर सँख्याले मासु खाने चलन यथावत नै छ भने कतै कतै त्यो बेला को जसरी नै राँगा,बोका, सुगुर ले नै मृत्यु सँस्कारको अन्तिम भोज गरिदैछ।

 

(स्यानु पाईजा, जमानाको कुरा: नुन छरेका (छाडेका) खोरियाहरु बाट)

बिध्योदय निमाबि वाखेत का बिध्यार्थीहरुले पाठ्य पुस्तक बितरण कार्य गर्यो।

२०७० बैसाख १२ गते

बिध्योदय निमाबि वाखेत का बिध्यार्थीहरुले पाठ्य पुस्तक बितरण कार्य गर्यो।

1qwae anand

बिध्योदय निमाबि वाखेत ले दियो सहयोगी दाता लाई धन्यबाद।

बिध्योदय निमाबि वाखेत ले दियो सहयोगी दाता लाई धन्यबाद।

श्री विद्योदय निम्न माध्यमिक विद्यालय वाखेत म्याग्दीले सुरु गरेको पुस्तकालय भ्रमण वर्ष-२०१३ को अवसरमा हालसम्म ५ वटा विद्यालयहरुवाट यस बिद्यालयको भ्रमण भएको छ।यसै अवसरमा करिव १०,०००/-को ७० थान विभिन्न विधाका पुस्तकहरु विभिन्न व्यक्तित्वहरुबाट प्राप्त भएका छन। त्यसैगरि मिति २०६९-११-१८को भ्रमण वर्षको उद्घाटनको अवसरमा रु २३,९५०/- र मिति २०६९-१२-०७ मा आयोजित स्वागत क्रार्यक्रमबाट रु २०,०१०/-सहयोग प्राप्त भएको छ।भने नयाँ वर्ष २०७० सँगै विद्यालयको स्तर बृद्धि गरि मा. वि. तहको कक्षा संचालन गर्न किरियामा कार्यरत भुपेन्द्र, पूर्णकुमार, चुनु, हर्कवहादुर, र केशकुमारबाट रु १०००/-को पुस्तक सहित ५१०००/का दरले सहयोग रकम पठाउनु भएको छ।उहाँहरु सवैलाई विद्यालयको तर्फदेखि पुन:एकपटक धन्यवाद तथा आभार व्यक्त गर्न चाहान्छौं।

बिध्योदय निमाबि प्रअ मनबीर किसान लगायत वाखेत परिवार।

म्याग्दीको झिँमा सोमबारदेखि निशुल्क स्वास्थ्य शिवीर सुरु भएको छ ।

 

साभार बेनी अनलाईन
सन्तोष गौतम
म्याग्दीको झिँमा सोमबारदेखि निशुल्क स्वास्थ्य शिवीर सुरु भएको छ ।
झिँमा जन्मिएर हाल काठमाडौमा बसोबास गर्दै आएकाहरुले स्थापना गरेको काठमाडौ झिँ सम्पर्क समितिले आयोजना गरेको शिवीर दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

शिवीरको गाविस सचिव हकहित संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष समेत रहनुभएका झिँ गाविसका सचिव दामोदर रिजालले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै रिजालले आफ्नो जन्मभुमिलाई सम्झीएर सेवाका लागि पहल गर्नु उदाहरणीय पक्ष भएको बताउनुभयो ।
पाखापानी, झिँ र पात्लेखेत गाविसका बासिन्दाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको शिवीरमा स्वास्थ्य परिक्षण गरि बिरामीलाई उपचारका लागि सल्लाह दिने गरिएको छ । युरीक एसीड, रगत जाँच, सुगर र पाठेघर खस्ने समस्या पहिचान गरिने शिवीरलाई काठमाडौको निप्पोन पोलीकिल्नीक सेन्टरले प्राबिधिक सहयोग गरेको छ ।
पहिलो दिन शिवीरमा एक सय २० जनाको पाठेघरको स्क्रीनीङ गरिएको छ । स्क्रीनीङ पछि पाठेघर खस्ने समस्या भएका बिरामीलाई निशूल्क शल्लेक्रियाको व्यवस्था मिलाउने आयोजकले जनाएका छन् ।

काठमाडौ झिँ सम्पर्क समितिका अध्यक्ष मिनबहादुर पाईजाको अध्यक्षता, महेन्द्र माविका प्रअ यामबहादुर शेरपुञ्जाको सञ्चालन र स्थानीय गोविन्द पाईजाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा समितिका सल्लाहकार बिष्णु शेरचन, भिम शेरचन, झिँ उपस्वास्थ्य चौकीका प्रमुख प्रेमचन्द्रप्रसाद जैसवाल, विश्व शेरचन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काउलेखर्क मा देउतीनी पुजा

April 23 , 2013 (बैशाख १०, २०७०)

काउलेखर्क मा देउतीनी पुजा

काउलेखर्क को देउतीनी थान मा तिल प्रसाद पाईजा र भाईहरुको पेरिवारले आज देउतीनी पूजा गर्दैछन।