जमनाको कुरा: ब्याण्ड “ख्याली समुह”(पुर्खेयौली गीत)

जमनाको कुरा: ब्याण्ड “ख्याली समुह”(पुर्खेयौली गीत)

स्यानो मा मलाई त्यस्तै लाग्दथ्यो। ख्याली गीत र शास्ट्रिय सँगीत एउटै एउटै जस्तो लाग्दथे। ख्याली (पुर्खेयौली) गीत मा सधै एईईईईई—– एईईईईई मात्रै हुन्छ। र शास्ट्रिय सँगीत मा आआआआआआआआआआआआआा मात्रै हुन्छ । साँच्चै भन्ने हो भने शास्ट्रिय सँगीत मैले कहिल्यै पनि पुरै सुनेको छैन र ख्याली गीत पनि मैले पुरै कहिल्यै सुनेको थिएन। शास्ट्रिय सँगीत आउदा बित्तिकै रेडियो बन्द गर्दथे। मैले मात्र होईन सबै गाउँले ले।

मेरो छेवर (बर्तबन्ध) भएको दिनमा मैले पुरै दिन पुर्खेयौली नाँच सुन्ने र हेर्ने मौका पाए। त्यो दिन पनि मैले यो गीतमा यहि हुन्छ भन्ने थाहा पाउन सकिन। समाय बित्यो। एकदिन मेरो साथी को बिहे मा दुलहा को साथी बस्नु पर्ने भयो। त्यति बेला सम्म म मा अलि परिपक्वता आई सकेको थियो। मैले पुर्खौयोली गीत लाई नजिक बाट हेर्ने र बुझ्ने मौका पाए। मैले पुर्खौयौली गीत सँगीत लाई आफ्नै पारा ले बुझेर र अर्थ लगाए। किन कि मेरो जेनेरेशन आफुलाई खुबै जान्ने सम्झन्थ्यो। अनि पुर्खौयौली गीतलाई जमनाको पुरानो काम नलाग्ने निरस गीत। उमेर को परिपवक्बता सँगै मेरो बिचारहरु परिबर्तन हुदै गए। म बढि नै सामाजिक बन्दै गए। बिबहा कहिले लोकडा (दुलहाको साथी) कहिले लेखन्दास(बहिदार) कहिले कुटुम्व कुक (ससुराली खलक बिहेको भान्छे) बन्दा बन्दै म पुर्खौयोली गीत सँगीत कयौ पटक दोहराएर सुन्ने र हेर्ने या नजिक बसेर सुने ।

साँचो भनौ त पुर्खेयौली गीत लाई मैले अझै पनि पुरै बुझेको छैन तर पनि मैले जति बुझेको छु मोटामोटी आफ्नो तरिका ले यसरी बुझेको छु। (छिटै नै यो गीत का गाउँने बाजे सँग बसेर बिस्तार मा यस्का शब्दहरु सँग्रह गर्ने र परिमार्जित रुप मा पुर्खेयौली गीत लाई शब्द र भाव सहित ब्याख्या गर्ने बिचार छ)
तर आज छोटकरी मा पुर्खेयौली गीत सँगीत को बारे मा थोरै जनाकारी आजको जमनाको कुरा मा सुन्ने छौ।

जमनाको ब्याण्ड ” पुर्खेयौली गीत समुह” (ख्याली, मारुनी, सोरथी, ऐ०० गीत)

पुर्खाको पाला देखि को गीत र सँगीत लाई जस्ताको तस्तै गाईदै आएको ले होला यस्लाई पुर्खेयौली गीत भनेको। हामी केटा केटी छदा एएएएईइइई गर्ने गीत भनेर बुझ्ने गर्दथ्यौ। बास्तब मा यो जमनाको सँगितिक ब्याण्ड नै थियो। हरेक खुसी , मेला, चाँड पर्ब मा यो गीती समुह भेला हुन्थे र पुजा, आशिष, र मनोरञ्जन को कम्बो प्याकेज प्रस्तुत गर्दथे। उनिहरुले त्यो समाय मा पनि परिश्रमिक को रुपमा चामल, रोटी, दाम ,रक्सी पाउदथे जस्लाई दान भनिन्थ्यो। यो सबैको सुखद (जन्म, छेवर, गुन्युचोली, पुटबुरो, बिबहा, या पर्व) मौका मा समुह सहित भेला हुन्थे र साँस्कृतिक गीत सँगित सुनाउदथे। त्यसैले पनि यो समुह जमना को पहिलो साँगेतिक ब्याण्ड नै हो ।

यो साँगीतिक समुहले दिन भरिको कार्यक्रम गरेका हुन्थे। जस्लाई मोटामोटि ५ चरण मा छुट्टाईएको हुन्दथ्यो। पहिलो — बाध्यबादन पुजा बाट शुरु भएको सँगीत ले देबी देउता को नाम लिदै जस्को कर्म सँस्कार हुदै छ कुल र परिवारको सदस्यको को लागी प्रर्थाना र पुजा गर्दैथे। जस्तै छेवर, बिहे हुदै छ भने उनिहरुलाई रक्षा गरुन भन्दै फूल, अछेता छरेर टिका लगाई दिन्थे र साँगेतिक सुरुवाट गर्दथे। यो निकै लामो समाय हुने गर्दथ्यो। त्यस पछि मा मारुनी (महिलाको सृँगारमा अभिनय गर्ने महिला बनेको पुरुष) मादले हरु ले अर्को ताल बजाउदथे र गीत को लय अलि भिन्न ताल मा हुने गर्दथ्यो। यति बेला उनिहरु अगाडी र पछाडी सरेर/ गरेर लस्करै नाँच्ने गर्दथे भँने गीत गाउनेहरु उभिएरै गाउने गर्दथे। अब सँगीत को अर्को ताल मा सर्ने गर्दथ्यो यतिबेला उनिहरु गाउँने जमिन मा बसेर गाउँथे भने केहि मादल मादले,मारुनी र अन्य उभिएर नाँच्ने गर्दथे। पाहुना मादलेहरु पनि आई पुग्दथे र बढो उत्साहको साथ लस्करै गोलाकार घुम्दै रमाईलो ताल मा नाँच्दथे। मादलका बिट हरु छिटो हुन्थे। खु्ट्टा हात मादल र हाउभाउ अभिनयले भरिभराउ प्रस्तुती दिने गर्दथे। मादल लाई मृदुङ्गा पनि भनिन्थ्यो। पहुना मादलेहरुले आउदा बित्तिकै मादल लाई घोक गर्दथे र दाम चढाएर मात्र मादल भिरेर नाँच्दथे।

जमनाको पुर्खेयौली सँगीत मा प्रर्थाना, पुजा, रमाईलो, आशिष सबै हुन्थे। नृत्य हुन्थे र दोहरी पनि हुन्थे तर केटा को र केटी को लाईन दुबैलाई पुरुषले नै गाउदथे। किन भने त्यो यस्तो समाय थियो महिलाहरुलाई गीत गाउने र नाँच्ने त्यति खुकुलो थिएन। त्यसकारण नै मारुनीहरु महिला को भेष मा पुरुष नै हुने गर्दथे। दोहोरीका लाईनहरु पानि पुरुष नै महिला बनेर र पुरुष नै महिला बनेर गाउँने गर्दथे।

रोमान्टिक र रसिक पनि हुने गर्दथे त्यो बेला को शब्द र गीत पनि
मैले अलि अलि सम्झेको त्यो बेला को गीतका शब्दहरु यस्ता हुन्थे-

डाली माथी कौवा,
मलाईर पनि लैजाउ भेना टाढाको गोठैमा
को छर कस्ले देख्छ ? टाढाको गोठैमा ( यि लाईन महिलाका लाईन भए पनि पुरुषले नै गाउने गर्दथे महिला हरु ले कोरश मात्र गाउथे त्यो बेला)-
————————–
(धौलामाश्री)२ बिते (राजै जोवान आउदैन फेरि)२

पुर्खौयौली सँगीत एउटा बिशाल कालखण्ड को कथा र सँगीत भएको ले शब्दमा बर्णन गर्न यो प्रायप्त छैन। यस्लाई बुझ्न को लागी केहि समाय प्रायाप्त छैन।

पुर्खौयौली सँगीत मा र-याप पनि हुन्थे

र-याप लाई हामीले बिदेश बाट आयातित गीत माने पनि हाम्रो पुर्ख्यौली सँगीत मा हाम्रो त्यो समायमा पनि आफ्नै पारा को र-याप त्यो जमना मा पनि थियो। मात्र शब्दहरु मौलिक थिए(अँग्रेजी थिएनन) र मौलिक परा का थिए।

मादले र मारुनी हरु गोलाकार भएर नाँच्दै गर्दा कसैले भन्ने गर्दथे
–ओहै गोरो है गोरो (सबैले ओहई हो गरौ) एउटाले यसरी भने पछि नाँच्नेहरु को ताल अलि छिटो हुने गर्दथ्यो मादलहरु जोरले बज्दथे। सबै रोमान्टिक मुड मा हुने गर्दथे। कसै कसै बढि नै रोमान्टिक मुड मा हुन्थे अनि अलि परम्परा भन्दा भिन्न र-याप हरु पनि सुनिन्थे।

जस्तै
ओई छल गर्यो है छल गर्यौ। तेरो आमा लाटी तेरो बाउले छल गर्यौ।

थुङ्गा लगाउने/हान्ने

यस्को पुरै अर्थ थाहा छैन तर अनुमान मा चाहि यो पक्कै पाहुना या देबी देउता को सम्मान गरेको हुनु पर्छ। किन कि यति बेला सबै उभिएका हुन्छन र मादले मारूनी र अन्य सबैले आँखा दिम्म गरेर अलगै ताल मा गीत र मादल बजाई रहेका हुन्छन। यति बेला को ताल र गीत मा कोहि कोहि काम्ने पनि गर्दछन। यसरी काम्ने लाई अर्को मान्छे ले पछाडी बाट हातले करौली( क्रस फिङगर लक)
पारेर समाटेको हुन्छ। यो निस्चित ताल सम्म मा चल्दछ । यसरी काम्नुलाई सरस्बती चढेको भनिन्छ। खास गरी चोखो मासु भएका (देवताले मन पराउने) हरु यसरी काम्छन भन्दछन।

यो चरण पुरा भए पछि पहुना मादलेहरु आफ्नो घर तिर लाग्दछन र पुर्खौयौली समुहले फेरी छेबर गरिन केटा, या बेहुला बेहुलीलाई आशिष दिएर नाँच्दै गाउदै गर्दछन ।

मारुनी र मादले लाई फेटा (धोरो, साफा,” सेतो लामो कपडा) को पगरी बुटाईएको हुन्छ। यो उनिहरुलाई गरेको सम्मान जस्तै हो ।

मलाई जमनाको कुरा लेख्नु मा त्यति असजिलो हुदैन किन कि ति सबै भोगेका भोगाई र सुनाईका अँशहरु हुन्थे। तर यो लेख लेख्ने बेला मा निक्कै समाय लाग्यो र असजिलो पनि किन कि यो पुरै एउटा स्टेज प्याकेज लाई शब्दमा लेख्नु सजिलो कुरा रहेनछ।

त्यसकारण यहाँ धैरै कुरा छुटेका छन र अपुरो छन। कुनै दिन समाय मिलाएर बिस्तृत लेख लेख्ने छु ।

जमना को र-याप को कुरा गर्दा लोक गीत, दोहरी गीत मा पनि र-याप थियो। जस्लाई र-याप नभनेर चक हाल्ने भिन्दथ्यो। तुलना गर्ने हो भने अहिले को र-याप सँग मेल खाने गर्दथ्यो।
जस्तै गीत गाईदै गर्दा चक हालिने अईहोईईईईई ०० अईहोईईईई होस या
“चिया खाउ भान्जी चिया खाउ पैसा म तिर्छु” किन नहोस यहि हरु पनि र-याप जस्तै नै थिए। जस्लाई त्यो समाय मा चक हाल्ने भनिन्थ्यो।

जमनाको कुरा भित्र अपुरो समाग्री पस्केको मा माफी चाहान्छु। कसैलाई ख्याली (पुर्खेौयौली गीत सम्बन्धि जानकारी छ भने कमेन्ट मार्फत यो लेखलाई पुरा गर्न सहयोग गर्नु होला)

Advertisements

जमनाको कुरा: मान्छे र टाटु

जमनाको कुरा: मान्छे र टाटु

टाटु को चलन जमनामा पनि थियो । तर अहिले जस्तो लेजर, कलर ईलेक्टिकल्स निडिल ले रँग भरेर नभएर टाटु त्यो बेला पोलेर बनाउने गर्दथे। टाटु खास गरी पहाडी भेग मा पुरुष ले मात्र बनाउदथे र नाँडी ( हाते धडी लगाउने भाग) मा बनाउने गर्दथे। जस्लाई त्यो समायमा टाटु नभनेर बाथ (बात) भनिन्थ्यो। खास गरी केटाहरु बयस्क अबस्था मा पुगे पछि जँगल चौतरा मा भेला हुन्थे र सबैले एकै दिन (टाटु )बाथ हान्ने गर्दथे ।

बुकी फूललाई तिपेर माडेर कपास जस्तै फाईबर (रेसा )बनाउथे र ध्युमा भिजाउथे। टाटु बनाउने युवाहरु ले सबैले यसरी तैयार पारेको रेसा लाई डल्लो पारेर जुन ठाउँ मा टाटु बनाउने हो त्यो ठाउँ राखेर मा आगो सल्काए हिड्ने गर्दथे । जहिले सम्म आगो ले पोलेको सहन सकिन्छ उनिहरु बिस्तारै हिड्ने गर्दथे। साह्रै पोले पछि उनिहरु दौडन्थे र बलेको बुकी भुई मा खस्ने गर्दथ्यो। उनि हरु फर्के पहिले शुरु गरेको ठाउँ मै फर्कनथे र हात मा पोलेको ठाउँ मा जलेको भाउ मा पानी को फोका चढि सकेको हुन्थ्यो। यस्लाई फुटाउथे र त्यो नै पछि टाटु भन्ने गर्दथ्यो।

यो टाटु को जन्म फेशन को लागी भएको थिएन। पहिले गोठालाहरुले आफ्नो भेडा बाख्रालाई खर्क बाट बारी मा झार्ने बेला अरुको सँग नमिसियोस न सातियोस भनेर लगाएको चिन्ह लगाएको या यो मेरो हो भन्ने कोड थियो। पछि यो मान्छेले फेशन को रुपमा टाटु मा रुपान्तर गरेको हो ।

अफ्रिकन मुलुक हरुमा मान्छे ले यस्तै टाटु कै रुप मा अनुहार भरि धारिलो बस्तु ले चिर्ने गर्दथे। यसरी नचिरेका पुरुष हरुलाई महिला ले बिबहा पनि गर्दैन्थे रे जमना मा ।

जमनाको कुरा – झाँक्री र हराएको धन खोज्ने तरिका

जमनाको कुरा पोस्ट(६)
जमनाको कुरा – झाँक्री र हराएको धन खोज्ने तरिका

जहिले सम्म मान्छे भगवानमा पुर्ण बिस्वास गर्दथे। न चोरी हुन्थे न बदमासी नै किन कि उनिहरु म माथी भगवानले हेरि रहेको छ भन्ने बिश्वासमा जानीजानी अपराध गर्दथे। समाय सँगै मान्छेका आबस्यकताहरु बढ्दै गए। ब्यबसायिकताहरु मा पनि परिबर्तन हुदै गए। आजको जमनाको कुरामा हामीले सुन्ने छौ । जमनाको चोरी र चोरी को धन फर्काउने तरिका बारे ।

शुरुका दिन मा चोरी खास गरी बालीनालीका बेर्ना या बिँउ बाट भएको पाईन्छ। खास गरि आफ्नो गाउँ भन्दा पर जानु परेको बेला बाटो मा जाने बेलामा आफुलाई मनपरेको बाली को बिउँ नै मान्छे को पहिलो चोरी हो। माग्नु मान्छे वरपर हुदैनथे। मनपरेको बाली आफ्नो गाउँमा ल्याउने लालच नै मान्छे को पहिलो चोरी हो उनिहरु अरुलाई नभनिकन खुसुक्कै बालीको फल, बेर्ना, फूल चोरेर आफ्नो गाउँ मा ल्याउदथे र आफ्नो बारी मा रोप्दथे।

बिस्तारै मान्छे ले चोरी गर्न पनि थाले त्यो समायमा काम गरेको ज्याला पनि अन्न र बस्तु दिने बेला हुनाले चोरी पनि अन्न, भाँडा कुँडा र बस्तु नै हुने गर्दथे। खास गरी धेरै जस्सो पुराना भाँडा कुँडाहरु तामाले बनेका हुन्थे। जस्तै गाग्री, टाउली, तुलनात्मक रुपमा महँगो र छिटो रुप परिबर्तन (अर्को भाँडा) बनाउन सजिलो हुने हुनाले चोर को प्रथामिकतामा तामाको भाँडा नै पहिलो पर्दथे। दोर्सो चौपाया । चौपाया लाई बोकेर लैजानु नपर्ने हिडाएर लैजानु मिल्ने। काटेर मासु खान र बेच्न मिल्ने हुनाले चोर को दोस्रो रोजाई चौपाया पर्दथे। त्यो समायमा चोरी पनि बढि तामा र चौपाया कै हुने गर्दथे

जमनाको चोरी

चौपाया चोरी

चौपाया चोरले चौपायालाई पहिलो चरणमा चोरेको ठाउँ देखि अर्को गाउँ को जँगल सम्म लैजान्थ्यो र धाँस हुने ठाउँ मा छोडिदिन्थ्यो। कहिले कहि चौपाया हरु फर्केर घर जान्थे आफै भने केहि जँगलमै नजिक अल्मलिन्थे। जुन बस्तुले जँगलमा फेरि भेटिन्थे चोरहरुले त्यस्लाई अझै अर्को जँगल सम्म पुराउथे र आफनो आसपास को एरियामा पुराए पछि भिर बाट लडाउथे यसरी लडेको चौपायालाई सबै मिलेर मासु काटेर खाने गर्दथे। एक जनाको बदमासीले एउटा ठुलै समुहले मासु खाने हुनाले चोरी को रहस्य सजिलो खुल्दैन थियो।

चौपाया मालिक ले बस्तुहराएको खोजी गर्नलाई सबै भन्दा पहिले नजिकका गोठहरुमा जान्दथे। अरुको बस्तु सित मिसिएर जाने सम्भावना बढि हुनाले केहि समाय सम्म गोठ गोठ खोज्दै र सोध्दैमा बित्ने गर्दथ्यो। त्यसपछि सुरु हुन्थे हेराउने काम।

पुरानो समायमा पुलिस प्रसासन नभएकोले चोर पत्तालगाउने काममा पनि झाँक्रीहरु नै अगाडी हुन्थे। उनिहरुले चोरले चोरेको बस्तु कता छ भन्ने कुरा चामल को गेडा हेरेर या उस्ले कोरेको रेखाहरु लाई छुन लगाएर अनुमान लगाउने गर्दथे। उनिहरुले चोर को परिवार मा को को छ ? चोरले कुन दिशामा चोरेको समान लगेको छ भन्ने बताई दिन्थे र खोजी सो अनुरुप हुने गर्दथे।

यो चलन निक्कै पछि सम्म पनि थियो। जतिबेला सुन को प्रयोग भै सकेको थियो। रेडियो, धडी जस्ता साधन प्रयोगमा आउने बेला सम्म पनि हाम्रो समाज त्यहि परम्परागत तरिका मै अगाडी बढि रहेको थियो। पछि पुलिस प्रसासन को बिकास भै सक्दा पनि गाउँ बस्तीले चोर पत्ता लगाउने र चोरी को समान फर्काउने पुरानै तरिका अपनाउने गर्दथे।

डालो थाप्ने

हराएको समान पाउने पुरानो तरिका हो यो डालो थाप्ने तरिका । कसैको रेडियो, धडी, सुन जस्ता मुल्यवान बस्तु हराए भने सबै भन्दा पहिलो तरिका यहि थियो। समाजका ठुला ठालु भेला हुन्थे र गाँउ भरिका लाई बोलाएर भन्ने गर्दथे। यो लाजै मर्ने कुरा हो। हामीमा भोलि यस्ले चोरेको हो भन्ने पत्ता लाग्यो भने बदनाम हुन्छ। बरु जस्ले भेट्टाएर या जसरी फेला पारेको भए पनि आज राती फलाना ठाउँमा डालो थापेको छ त्यो हराएको या पाएको समान त्यो डालोमा राखेर जानु होला । कतिपय हराएका कुराहरु यसरी नै राती अरुले नदेख्ने गरेर त्यो डालोमा भोलि पल्ट भेटिन्थ्यो। चोर को खोज्न तिर लाग्दैन थे।

तुला(तुलो, तराजु) छुवाउने

डालो थाप्ने तरिका बाट हराएको समान पत्ता लागेन भने अर्को चरण को प्रकृया हो तुला छुवाउने। तुला भनेको त्यो बेला को तराजु हो । उनिहरु ले जसरी तराजुले बराबर जोख्न सक्छ त्यसरी नै सबैलाई बराबर शँका र बराबर अधिकार छ भन्ने बेला को तरिका थियो यो। धनि गरिब सबैलाई एउटै आँगन मा भेला गराईन्थ्यो र सबैलाई तुला छुन लगाईन्थ्यो। मैले हराएको समान पाएको छैन या लगेको छैन भनेर तुला छुनु पर्ने हुन्थ्यो। पछि गएर कसैले तुलसी को बोट धुमाउने, तामा छुवाउने सम्म पनि गरेको पाईन्छ। न्याय को जमनाको तरिका अहिले सम्म पनि हामीले देख्दैछौ। अदालत मा अहिले पनि आँखा छोपेको महिला ले तराजु समाएर उभिएको चित्र । र अहिले पनि अदालत मा मैले जे भन्छु सत्य भन्छु भनेर भन्ने बाँचा यो त्यही बेला को तुला छुवाउने समाज कै बिम्ब हो। भलै यस्का ब्याख्या र धार्मिककरण गरेरे कसैले बाईबल कसैले गीता, कसैले कुरान यो अहिले को मान्छेको सोच र ब्याख्यामा फरक हो। जस्ले जसरी ब्याख्या गरे पनि यो त्यहि जमना को अबशेष हो। जुन जमनाका चोर हरु ले तुला छुनु भन्दा पहिला नै समान फर्काउथे र फर्किएन भने बल्ल तुला छुवाईन्थे। यति बेला सम्म चोर को हाउभाउ ले मान्छे ने अनुमान गरि सकेका हुन्थे र सँकास्पद ब्यबहार देखाउने लाई गोप्यरुपमा केरकार गर्दथे।

मन्तरेको चामल र तिते पाती खुवाउने

तुला छुने बेला सम्म पनि चोर पत्ता लागेन भने मन्तरेको चामल र तिते पाटी सँकास्पद समुहलाई एकै ठाउँमा राखेर खान लगाईन्थ्यो। चोरेको मान्छे ले अब चोर पत्ता लाग्छ भन्ने डराएर आफ्नै गाला टोक्ने गर्दथ्यो र रगत आएको मान्छे नै चोर हुन्छ भन्ने मान्यता थियो त्यती बेला।मन्तरेको चामल झाँक्रीले बिधि गरेर मन्तरेको चामल हुन्थे। मन्तरेको चामल खाए पछि चोरले रगत बान्ता गरेर मर्छ भन्ने बिश्बास गर्दथे त्यति बेलाको मान्छे। सके सम्म त्यो भन्दा पहिला नै आफ्नो गल्टी कुबुल गर्दथे। मन्तरेको चामल सँगै तिते पाटीको हरियो पात चबाएर भुईमा पालै पालो थुक्न लगाईन्थे। चोर ले थुकेको थुकमा रगत हुन्छ भन्ने मान्याता थियो।

धनुबाण चलाउने

बहुमल्य बस्तु हरायो र माथीका बिधि बाट पनि धन पत्ता लागेन भने अन्तिम बिकल्पको रुप मा धनुबाण चलाउने गरिन्थ्यो। यो झाँक्री प्रचलनको समायको चोर पत्तालगाउने तरिका हो। चोर र चोरले चोरेको समान पत्ता लगाउनु यो बिधि अपनाईने गरिन्थ्यो।
झाँक्री बिभिन्न थरिका हुन्थे। कसैले झारफुक,जडीबुटी जन्तरमन्तर (भुतप्रेत पन्छाउने, बोक्सी भागाउने सातो छेप्ने, ग्रह तार्ने,रोग बिमार, गानो गोला, फुला फुक्ने) गर्दथे। कसैले पुजा पाठ (गुरुपुजा, कुलपुजा, देउतिनी पुजा, दोखालोपुजा)गर्दथे भने कसैले चोर पत्ता लगाउने आखत हेर्ने, जोखना हेर्ने, चोर र चोरले चोरेको समान पत्ता लगाउने काम गर्दथे। यहि बिधि मध्यै धनुबाण (धनुमान) चलाउने पनि एउटा झाँक्री बिधा कै एउटा बिधा हो।

धनुबाण (धनुमान) चलाउने भनेको के हो ?

धनुबाण चलाउने भनेको जमना को चोरले चोरेको सम्पती पत्ता लगाउने पुरानो बिधी हो। झाँक्री तन्त्र मन्त्र जान्ने, भगवान, भुतप्रेस सँग कुराकानी गर्न सक्ने भुत र भबिस्य देख्न सक्ने शक्ति भएको मान्छे हुन भन्ने बिश्बास थियो कुनै समायमा त्यही समायमा चोरले चोरेको सम्पती फर्काउने बिधि नै धनुमान चलाउने बिधी हो।

बीर चढने

अचम्मको कुरा के थियो भने यो धनुवाण चलाउने भन्ने बिधिमा गाउँभरिका ठिटाहरुलाई (पुरुषहरुलाई) बोलाईन्थ्यो। झाँक्रीले तान्त्रिक बिधि बाट मन्तर गरेको चामल ले सबै ठिटाहरुलाई हिर्काउने गर्दथ्यो। हे —- चल बिर चल – भन्दै । त्यो मन्त्रेको चामल ले लागे पछि ति मध्यबाट १,२ जना काम्दै निस्कने गर्दथे। कहिले कहि त्यो सँख्या बढि पनि हुने गर्दथे। कम्तीमा १ जना त पक्कै काम्दै निस्कन्थे। त्यो काम्दै निस्कने ब्याक्तीलाई बीर भनिन्थ्यो। धामीले चल बीर चल भन्दै हातमा सेउला दिए पछि त्यो ब्याक्ती (बीर) चोर ले कुन बाटो चोरेको समान लगेको छ दौडेर जाने गर्दथ्यो। त्यहाँ भेला भएका जति त्यसैको पछि पछि जाने गर्दथे। बीर को पछि पछि झाँक्रीले ध्याङ्ग्रो बजाउदै थुप्रै मान्छेहरु लस्करै दौड्ने गर्दथे। जहिले सम्म चोरले चोरेको समान पाउदैन त्यति बेला सम्म बीर बस्दैनथे दिन भरिमा पनि चोरीको समान सम्म पुगेन भने झाँक्रीले साँझ फेरि मन्तरेको चामल ले हाने पछि बीर काँम्न रोकिन्थ्यो नजिकै सबैले खानपिन उतै गर्दथे र उज्यालो भए पछि यसरी नै झाँक्री ले मन्तरेको चामल ले ठिटाहरुलाई हान्ने गर्दथ्यो र बीर यसरी नै काम्न शुरु गर्दथ्यो। यसरी काम्ने मान्छेलाई चोखो मासु भएको मान्छे भन्थे। कहिले कहि चोर चलाख हुने गर्दथ्यो। जँगलका तरुल खनेका खाडलहरुमा चोरेको समान उ खाल्डो बाट अर्को खाल्डो मा सार्दै पुरेर लुकाउदै गरेको हुन्थ्यो। बीर ति ठाउँ हरु सम्म पुग्दथ्यो जहाँ शुरुको ताका बीरको हातमा धनुष बाण (काँढ) हुने गर्दथ्यो रे । हराएको धन भएको ठाउँ मा पुगे पछि धनुष बाण हान्थ्यो रे अनि त्यहि बाण गएर गडेको ठाउँ को नजिक चोरिका समानहरु गाडिएको अबस्था मा भेटिन्थे ।

धनुबाण को सत्यता बारे केहि ले सँका र अडलबाजीहरु पनि गर्दछन। खास मा चोरले चोरेको र लुकाएको ठाउँ थाहा भै सकेको हुन्छ मात्र सोझै गएर ल्याउन अप्ठयारो परेको ले झाँक्रीको मन्त्रले पत्ता लगाएको बहाना मा मान्छे काम्दै गएर चोरी भएको समान फिर्ता ल्याएको पनि भन्ने गर्दथे। केहि न केहि सत्य चाहि थियो। नत्र भने ति काम्ने (बीर) चढ्ने मान्छे झाँक्रीका मान्छे हुनु पर्दथ्यो कहिले कहि लाटो (मुख नबोल्ने) , बहिरो (कान नसुन्ने) पनि बीर बनेका हुन्थे।
बीर चलाए पछि समान भेटिन्थे। यसरी समान फर्काउन सक्ने झाँक्री को पारिश्रमिक पनि निकै ठुलो हुने गर्दथ्यो। हराएको धन को परिणाम ठुलो भए धन पत्ता लागेको ठाउँ बाट झाँक्रीलाई फूलमाला लगाएर डोलीमा बसाएर बाजा गाजा बजाउदै गाऊँ परिक्रम गराईन्थे।

सत्य के हो ?

साँच्चै झाँक्रीहरुले चोरेको समान पत्ता लगाउनछन ? यो प्रश्नको उत्तर सजिलो छैन । जमानाका मानिसहरु भन्छन ।
• फलाना को धन हराएको धनुमान चलाउदा धन त बनतरुल खनेको खाडल मा गाडेको रहेछ। उ खाल्डा बाट उ खाड्ल सबै मा गरेर २ भारी गाग्री ताउली निकालेको।
• फलाना ठाउँ को मन्दिर को गजुर, मुर्ति हराएको चोरले तोरी बारीमा पुरेर तोरी उमारेको। धनुमान ले ट्क्कै त्यही गएर बीर ले सेउला गार्यो। त्यसै मै खन्दा मुर्ती भेतियो।
• धान को कुन्यु भित्र लुकाएको, घरको धुरी मा पर्खाल फोडेर लुकाएको पनि पत्ता लगायो।
बढाई चढाई होस या जे सुकै यो त्यो समाय को अबशेषको कथा हो। अचेल पत्याउन पनि सजिलो छैन।

किम्बदन्ती कि यथार्थ ?

पहिले पहिले बैक नभएको ले मान्छेले आफ्नो धन सम्पती चोरले चोरे पनि सबै नचोरोस भनेर धैला मा हालेर गोप्य ठाउँ मा खाडल खनेर लुकाउने गर्दथे। यसरी छाडेको सम्पती कस्ले उनिहरुको जिबनमा उपयोग गर्दथे भने कतिपय ले बिभिन्न कारणले, स्मरण शक्ती हराउनु, अकाल मा मर्नु जस्ता कारणहरुले गर्दा यि सम्पतिहरु गाडीएकै अबस्थामा जमिन भित्रै रहने गर्दथे। बेला बेला मा यस्ता धनका ढुकुटीहरु फेला पर्ने गर्दथे र गर्दछन। झाँक्री बोलाएर तान्त्रिक पुजा गर्यो भने धन पुरै जस्ता को तस्तै हुन नत्र खरानी र भुस मात्रै हुने भन्ने गर्दथे। कसै कसैले यसरी नै जमिन भित्र पाएका तामा या माटा का भाँडाहरु अझै पनि कसै कसै सँग सँग्रहित नै छन।

(जमनाको कुरा: हाम्रो पुर्बजले बाँचेको कालखण्डको प्रसँगको सँग्रह हो

जमनाको कुरा:हाम्रो सँस्कार भित्र- झाँक्री प्रचलन

जमनाको कुरा (पोस्ट-५)

जमनाको कुरा:हाम्रो सँस्कार भित्र- झाँक्री प्रचलन

प्राचिन हाम्रो समाज धामी झाँक्री मा नै आधारित छ। हाम्रो समाज को को जग हेर्ने हो भने पुरै धामी र झाँक्री मै आधारित भएर उभिएको प्रमाणहरु हामी सामु अझै पनि छ । सँस्काररिक कार्य कुलपुजा पनि हामीले झाँक्री मार्फत नै गरेका छौ भने उपचार र चोर समाउने बिधि सम्म हामीले झाँक्री बिधि बाटै गरेका छौ भन्ने प्रमाण हेर्न हामी धेरै पर पुग्नु पर्दैन। भलै यि सबै कुरा कि त अन्धबिश्वास हो भनि सकेका छौ। तर सत्य त्यही हो हामी त्यही युग बाट आएका हो जति बेला धामी झाक्रीले नै पुजारी,डाक्टर, पुलिस को काम पनि गर्दथे।

झाँक्री को हुन ?

देबी देउता बाट सिद्व प्राप्त गरेका जो, बर्तमान र भबिष्यको बारे मा जान्ने, भुत प्रेत, आत्माहरुलाई पुजा मार्फत शान्त पार्न सक्ने ब्याक्ति झाँक्री हुन भन्ने बिश्वास थियो। उनिहरु कामेर पुजा गर्दथे। र बिभिन्न बिधि बाट उपचारहरु गर्दथे। कामेर समस्या को बारेमा हेर्ने कामलाई देउ हेर्ने भनिन्थ्यो। देउ (देवता चढेको बेला ) आएको बेला बाहेक उ सामान्य मान्छे को जिबन बिताउथ्यो। पछि मात्र झाँक्रीहरुले आफुलाई यो खाने यो खान नमिल्ने भन्ने बिशिष्ट मान्छे मा समाबेश गर्न थाले । यति सम्म कि उनिहरुलाई समान्य मान्छे ले बिश्बास गर्न छाडे।
झाँक्री का थुप्रै तहहरु हुन्थे ।
कसैले कुलपुजा गर्ने, रोगी बिमारी निको पार्ने, झारपात को बुटी बनाउने, भुत प्रेत पन्छाउने, चोर पत्ता लगाउनु, भोली को बारे मा राम्रो नराम्रो भबिस्यबाणी हेर्ने सम्म को काम धामी झाँक्रीले नै गर्दथे। एक किसिमले हेर्ने हो भने झाँक्री युग कुनै समाय को समाजको सँस्कार को प्रचलन को अभिन्न अँग थियो। पछिल्लो समाय मा अहिले बिकास भएका आयुर्बेदिक, जोतिषशास्त्र, चिकित्साशास्त्र अहिले का प्रचलित सबै शास्त्रको सुरुवाट झाँक्री बिधा नै परिमार्जित हुने क्रम मा जन्म  बिकास भएका हुन। भलै हामीले अहिले यस्लाई अन्धबिश्बास भन्दछौ ।
हाम्रा सँस्कार का पाटो हरु दोखालो, कुलपुजा, सियो मार्ने जस्ता प्रचलनहरु हाम्रो मा ३०-४० बर्ष पहिले सम्म पनि छपछप्ती थिए। र यि पुजाहरु झाँक्रीहरुले नै गर्दथे। त्यसकारणले पनि झाँक्रीहरुले पुजारीको काम गरेको थिए भन्न सकिन्छ ।

दोखालो पुजा

दोखालो पुजा मृत पुर्खाहरु कुनै न कुनै रुपमा हाम्रै बरिपरि चरा,चुरुंगी कित पँतग या कुनै पनि सजिब रुप मै बाँचेका छन भन्ने बिश्बास र उनिहरुलाई सँयुक्त रुपमा गरिने पुजा हो दोखालो पुजा। आत्मा रुपान्तर हुन्छ भन्ने कुरा हामीले त्यो जमना देखी मान्दै आएका छौ। दोखालो पुजा मार्फत हामीले सबैले आफ्नै दिबँगत पुर्खाहरुलाई पुजा गरि रहेका छौ या कम्तीमा पनि बर्ष को १ दिन उनिहरुको सम्झना गरिरहेका छौ। यो अहिले राखिएको नाम हुन्थ्यो भने पक्कै पुर्खा दिबस हुन्थ्यो होला।
के हो दोखालो पुजा ?
थर, थरी, खलक, गोत्र भन्ने शब्दहरु जमनाको कोडहरु हुन जस्ले हामी को ? कहाँबाट आएको र कस्का सन्तान भन्ने कुरा को अर्थ बोक्छ। पछिल्लो समायमा आएर बेला बेला मा गलत ब्याख्याहरु पनि हुने गर्दछ। र हामीले प्रतिबाद गर्ने सकेन भने त्यो प्रमाण कै रुपमा बस्न पनि सक्छ। हाम्रो पुर्खाले गरेका कतिपय कुराहरु लेखिएका छैनन। मात्रै पुस्तान्तर हुदै र परिमार्जन हुदै आउदा कतिपय हामीले हताई सकेका छौ र कतिपयलाई अझै पनि निरन्तरता दिदै छौ। दोखालो पनि त्यस्तै पुजा हो। एक किसिमले हेर्ने हो भने दोखालो भने पुरानो समाय को सँगठन हो। जस्मा एउटा थर का मान्छे हरु ले एकै ठाउँ मा पुजा गर्दछन। दोखालो भन्ने शब्द को अर्थ पनि लगभग सुरक्षा गर्ने या सुरक्षित गर्ने जस्तै हुन्छ। मरेर गएका पुर्बजका आत्माहरु हाम्रै वरिपरि छन र हामीले जानीनजानी गरेका गल्टीहरुलाई माफी गर र हाम्रो रक्षा गर बनेर गरिने पुजा नै दोखालो पुजा हो जुन एउटै थर भएका समुहले एकै ठाउँमा थुप्रै स-साना थानहरु बनाएर पुर्खाको पुजा गर्दछन।
अहिले पनि बुढाबुढीहरुले  दोख धान्ने भन्ने शब्द प्रयोग गरेको सुनिन्छ। दोख धान्नु भनेको हाम्रो बँशलाई निरन्तरता दिनु हो भन्ने अर्थ हुन्छ । दोख भनेको पुर्खा, पुर्बज, बँश जस्तै हो। उनिहरुले हामीले गरेको गलत काम मन पराएनन भने हामीलाई हानी हुन्छ या उनिहरुको आत्माले हामीलाई दुख दिन्छ भन्ने गरेको पनि पाईन्छ। एक किसिमले हामीले हाम्रो पुर्खा या पुर्बजलाई देवता कै रुपमा पुजा गरेको छौ।

दोखालो पुजा कसरी गरिन्थे ?

दोखालो पुजा घर घर बाट सबैले भाले या पोथी कुखुरा लिएर निस्चित ठाउँ निर्धारण गरिएको हुन्छ त्यहाँ जम्मा हुन्छन। यो घर घर बाट चामल नुन खुर्सानीम भुटुन (ध्यु) सबैले लिएर गएका हुन्छन। हरेक घर धुरी बाट १ जना अनिबार्य रुपमा पुजा मा जान्दछन। हामी कति घर छौ भन्ने कुरा भाईखलक सबैलाई थाहा हुन्छ। घर भन्नाले यो पुजा को हक मा र सँस्कारको हिसाबले त्यो घरलाई मानिन्छ जुन बिबहा भएर अँशबण्डा गरि भिन्न भएको परिवार भन्ने हुन्छ।  सबै परिवार ले यो पुजा गर्दछन। यस्को परम्परागत बिधि छ। स-साना जति परिबार उति थान बनाईएको हुन्छ। हरियो गोबर माटो ले लिपेका थानका भुईमा चामल को पिठो र बेसार को रँगी बिरँगी रेखाहरुले थान सजाईन्छ। गोबर कै ३ कुण्डलहरु हालिएको हुन्छ। सबै दाजुभाई जम्मा भै सके पछि एउटा एउटा थानको अगाडी लस्करै पुजा गर्नु लगेको कुखुरा (भाले पोथी) लस्करै खुट्टा मा बाँधेर किलोमा डोरीले बाँधेर राखिन्छ र मन्छाईन्छ। मन्छाउनु भने को अछता र पानी कुखुरा या अन्य जनबार को शरिरमा छर्नुलाई भनिन्छ। यसरी छरे पछि चिसो पानी को असरले कुखरा या जनबारले जिउ हल्लाउछ। जस्लाई पुजा को लागी मन्जुर छु भन्ने अर्थ लगाउदै काटिन्छ। यसो नगरी काटेमा पाप लाग्छ भन्ने चलन छ । जस्मा एउटा मा पुजा गरेको कुखुराको रगतको धार र अर्को मा दुधको धार हाल्ने गरिन्छ। पुजा गर्दा काटेको कुखुराको पखेता उखेलेर पछाडी को अर्को गोबर को कुण्डलमा गाडिएको हन्छ। कुखुरा काटे पछि टाउकोलाई रँगीन रेखाले सजाएको ठाउँमा राखिन्छ। मुटु कलेजो निकालिन्छ र आखत हेराईन्छ।  यो प्राय झाँक्रीले गर्दछन। पुजा गरि सके पछि झाँक्री देबी देउता को पुजा गरी ढ्याङ्ग्रो बजाएर, थुप्रै धन्टीको माला लगाएर काम्ने गर्दछ। यस्लाई देउ चढेको, झाक्री बसेको भन्छन। आफ्नो बारे मा फाप-अफाप हेर्नु चहानेले चामल र पैसालाई एउटा पातमा बेरेर लस्करै राख्ने गर्दथे र झाँक्रीले पालो पालो सबैको फाप-अफाप हर्ने गर्दथे।

आखत के हो ?

यो पनि पुरानो जमनाको प्रचलन हो जन्मकुण्डली को प्रयोग आउनु भन्दा पनि पुरानो समाय को प्रचलन हो। आउने समाय को खत यानी नोक्शान हेर्नु आखत हो। आखत पनि २ खाले छ। समान्य रुपमै चामलको भबिस्यबाणी गरिने मान्छेले चामल या अन्न को गेडालाई  छुन्छ र हेर्ने मान्छेको अगाडी राखी दिन्छ। गेडाको दिशा फर्काई र जोर बिजोरलाई आधार मानेर गरिने भबिष्यबाणीलाई आखत भनिन्छ। अर्को आखत झाँक्रीले काम्दै चामल छोएका हरुको बारेमा गर्ने भबिष्यबाणीलाई आखत भनिन्छ। आखत जस्तै झाँक्रीलाई पनि २ प्रकारले बिभाजन गरिएको हुन्छ। गुरु शिद्व भएको र गुरुले नसिकाई शिद्व नभएको। गुरु शिद्व नभएका झाँक्रीलाई भुईपट्टा भनिन्छ।

चिङगा

यो शब्द धेरै पुरानो शब्द हो। जस्तै चौपाया खास गरी गाई,भैसी लाई समायको कुनै कालखण्ड मा डिंङ्गा (दिङ्गा) भनेको पाईन्छ र कुनै कुनै ठाँउमा अझै पनि डिंङ्गा भनिन्छ। उनिहरु को भित्र अँग मुटुकलेजो को सँयुक्त नाम नै यो समायको नाम हो चिङगा। यो शब्द कुन भाषाको हो अनुसन्धानको बिषय हुन सक्छ। पुरानो समायमा भाकलमा भोग प्राय पशुपछीको हुने गर्छन। अचेल परेवा उडाएर नरिबल फुटाएर शान्तीप्रेमीको नमुना पनि बनेको पाईन्छ। भाकलमा भोग दिएका पशु-पछीका चिङगा (मुटुकलेजो को आकार र स्वस्थतालाई हेरेर गरिने भबिष्यबाणीलाई चिंङ्गा हेर्ने भनिन्छ। खास गरि मुटु या कलेजोका किनाराहरु फैलाईको उचाई र गहिराईलाई आधार मानेर धन, शत्रु, मित्र, आम्दानी, नोक्शानको लेबलहरु निर्धारण गरेको हुन्छ त्यहि लेबलहरुको को आधारमा गरिने भबिष्यबाणीलाई चिङगा हेर्ने भनिन्छ। यो पशुपालनमा आधारित मानव बस्ती को प्रयोग हो र हामी मा अझै पनि जिबित छ।

दोखालो  त्यो बेला को पिकनिक पनि हो।

सबैले घर घर बाट, पिठो, चामल जे छ त्यहि लिएर गएका हुन्छन जस्लाई सामुहिक रुपमै अलग अलग पछ्यौरामा जम्मा परिन्छ र सामुहिकरुपमा खाना पकाएर खाईन्छ। आन्द्रा ,कलेजो,टाउको लाई यहाँ पकाएर खाने र बाकी शरिरलाई घर लैजाने चलन थियो। कहिले कहि केटा हरु ले टाउकोलाई मिल्ने जति लामो गर्धन टाउको तिर पर्ने गरि काट्दथे र रमाईलो मान्दथे। एक किसिमको रमाईलो हुने गर्दथ्यो। केटाकेटी आफ्नो समुहमा खेलहरु खेल्ने गर्दथे। महिलाहरु खाना पकाउनु मा ब्यस्त हुन्थे। भात चाहि लामो काठको डाबिलो ले  पुरुषहरु नै चलाउथे। पहिले प्रसाद भन्दै मासु, सेल रोटी, पुजा गर्नु बनाएको स्यानो स्यानो चेप्टो रोटी बाँधिन्थ्यो। केटाकेटी रमाई रमाई खान्थे। प्रसाद लहरै पात पात मा बाढिन्थ्यो भने खाना खान चाहि घर देखी नै सबैले आफ्नो आफ्नो थाल, कतौरा लगेर गएको हुन्थे। एकै लहर मा बसेर भात मासु खानु को रमाईलो अलगै हुन्थ्यो।
अचेल पनि यो प्राय मगर बस्तीमा जिबित नै छ । दोखालो र कुल पुजा सबै थर हरु ले आफ्नै आफ्नै थर को थानमा गर्न गर्दछन। एक किसमले यो त्यो बेलामा सँगठन नै हो। हाम्रा पुरानो पुजा हरु प्राय सबै मँगलबार को दिनमा नै गरिन्छ। झाँक्री अनिबार्य जस्तै छ।

कुलपुजा

कुलपुजा के हो ?

दोखालो पुजा दिबँगत पुर्खा जति सबैको साझा पुजा हो भने कुल पुजा हाम्रो मुख्य पुर्खाको पुजा हो। हामीले कतिपय ठाउँ मा कुलदेउता पुजा भनेर सामुहिक रुपमा कुललाई देबता कै रुपमा पुजा गरेको पनि पाईन्छ। यो त्यो समायको भाईहरुको एकताको र पुर्खा प्रतिको सम्मान को आदर्श नमुना थियो।

कसरी हुन्थे कुलपुजा ?

कुलभित्रका घरमा गर्भबती नभएको, परिबार भित्र बर्ष दिन भित्र कोहि नमरेको, ३,५ जना बिजोर सँख्या छानेर पुजा गर्ने समुह छानिन्छ। उनिहरु रातभरि केहि नखाई उपबास बस्दछन। निखुत (एउटै रँगको, चोटपटक नलागेको, पूर्ण अँग भएको) किनेर ल्याईन्छ। घर घर मा सबैले अलिकति अलिकति दामासामी दाम र अन्न जम्मा पार्दथे। छ्याङ (जाँड) सामुहिक राख्दथे। दामासामी अन्न र पैसा उठाएर गरिने पुजा हुनाले कसै कसैले यो दोखालो पुजा कै परिमार्जित रुप हो भन्दछन। कसै कसैले होईन यो दोखालो भन्दा पुरानो पुजा हो भन्दछन। भेडा को सार (भाले भेडा) ले गरिने बाग्लुङग का केहि ठाउँ मा बाहेक धौबलागेरीमा कुलपुजा भेडाले गरिन्छ। भने अन्य मगर बस्तीमा भेडा, सुँगुर ले पनि कुलपुजा गरिन्छ। यो जेठ महिना र मँगसिर महिना मा गरिन्छ। पुर्णिमा को दिन गरिन्छ।
दामा सामी जम्मा पारेको चामल, छाङ र पुजा गरेको भेडा को मासु सबै पुजा स्थलमा नै खाई सक्नु पर्ने  आफ्नै थरले मात्र पुजाको प्रसाद खाने  चलन अहिले परिमार्जन हुदै सामुहिक आफन्त सत्कार गर्ने भोज को रुपमा अहिले पनि समाज मा चलन चल्टीमा छ ।
यो पुजा को लागी पनि झाँक्री नै चाहिन्छ ।पुजा बिधि र समाग्री समान्तर सँगै फरक फरक परे पनि सबैले यो पुजा मा झाँक्री को तालमा नाँच्दछन एकै लाईनमा पुजा गर्ने ठाउँको अगेना (आगो) को वरिपरि परिक्रमा गर्दछन। फाप-अफाप हेर्दछन र सामुहिक रुपमा भोज गर्दछन।

देउतीनी पुजा

कुलपुजा भनेर हामीले हाम्रो पुर्बज पुरुष पुर्खाको पुजा गरे जस्तै देउतीनी पुजा पनि कुल भित्रकै मुख्य सदस्यलाई या दैबिक शक्ती प्राप्त गरेको महिला सदस्यलाई देउतीनी को रुपमा स्थापना गरेर उहाँ को सम्झनामा र सन्तानलाई हानी नोक्सानी बाट जोगाउनु भनेर गरिने पुजा हो।
यो बाख्री ले गरिन्छ। यस्को तैयारी पनि कुल पुजा को जस्तै नै हो। दामासामी रुपमा नै रुपैया, अन्न उठाएर पुजा गरिन्छ र यो पुजा गर्दा पनि झाँक्री अनिबार्य छ।

सियो मार्ने

मान्छे मर्दैन आत्मा मात्र सर्छ भन्ने मान्यतामा हाम्रो पुर्बजहरुको मा पनि थियो। गलत काम गर्यो भने अर्को जन्ममा दुख पाईन्छ भन्ने बिश्बास थियो। मरेको मान्छे को आत्मा जिउँदो छ र यस्ले हामीलाई भुत-प्रेत बनेर सताउछ भन्ने बिस्बासको साथमा कुनै मान्छे अकाल मा मरेको छ भने उस्को दुख पाएको आत्मालाई सान्त पार्ने गरिने पुजा हो सियो मार्ने पुजा। यो राती गरिन्थे र परिबारमा कोहि बिमारी भएको भएै गरे भने आत्माले दुख दियो भनेर त्यो आत्मालाई आफ्नो ठाउँमा पठाउन यो पुजा गरिन्थ्यो।यो पनि झाक्रीले नै गर्ने गर्दथे।

झाँक्रीले देउ बोलाएर कन्या केटीलाई जाँड भरिएको चिन्डो (गोलो, अहिले को खुत्रुके जस्तै आकारको, फर्सी समुहको फल) सुकेको फल। लाई  टाउको माथी बोकेर झाँक्री सँगै नाँच्दथेको बरिपरि  अरु मानिस हरु पनि नाँचिरहेका हुन्थे। झाँक्रीले तान्त्रिक बिधि बाट आत्मालाई चिन्डो भित्र जाँडमा बन्द गर्ने त्यसलाई आफ्नो ठाउँमा फर्काउने या मार्ने भन्ने निर्णय उस्ले दिएको दुख को आधारमा हुने गर्दथे।

पण्डितहरुले पुजा मा स्बाह बन्ने शब्द प्रयोग गरेको हामीले सुनेका छौ। त्यो शब्द हाम्रो प्राचिन झाँक्रीहरु बाटै आएको हो।  आत्मालाई आफ्नो बशमा पर्न सकेको सँकेट थियो स्हो– भन्ने शब्द। (यस्तै सातो छेप्ने भन्ने चलन पनि थियो यस्को बारेमा अर्को पोस्टमा )

साराँशमा –
दोखालो पुजा सबै दिबँगत पुर्खाको सरोभाई(थर) हरुले एकैसाथ एकै ठाउँमा गरिने पुजा हो। कुल पुजा हाम्रो मुख्य पुर्बजको पुजा हो। र देउतीनी पुजा कुल भित्रको  दिबँगत महिला सदस्यलाई देउतिनीको रुपमा स्थापना गरि गरिने पुजा हो

यो सबै पुजा को समानता भनेको दाजुभाई एकजुत हुनु, सामुहिक भोज गर्नु हो।

यि सबै पुजा मा सुटक ( बच्चा जन्मेको परिवार थरीमा ११ दिन नपुगेको), दुख- (मान्छे मरेको १३ दिन नपुगेको) बेला यो गरिदैन। कहिले कहि यो पुजा थुप्रै समाय सम्म पनि हुन सक्दैन यो पुजा को दिन लाई जोख (साईत) भनिन्छ। सुटक र दुख थर भित्र पर्यो भने यो पुजा हल्ट ( स्थकित) यो हल्ट हुन्छ शब्द अग्रेजी जस्तै लागे पनि यो हाम्रै मौलिक शब्द हो। अचेल परिबारमा १ बर्ष भित्रमा परिबार का सदस्यको मृत्यु भएको छ भने या परिबार मा कोहि गर्भवती छ भने  त्यो परिबार यि माथी सा सबै सामुहिक पुजा मा चढाउने चामल यहाँ मिसाइदैन।

यि त भए हाम्रो सँस्कार मा मिसिएको झाँक्री चलनका सँस्कारहरु। यसपछि हामीले जमनाको कुरा भित्र हाम्रो समाजका अरुपातो हरु मा झाँक्री प्रचलन को बारे मा सुन्ने छौ । क्रमश ————-

(जमनाको कुरा: हाम्रा पुर्बजले बाँचेका दिनचार्य को सँगालो भएको हुनाले अहिले कतिपय कुराहरु हामीले अहिले नसुहाउने र नदेखेका  पनि हुन सक्छौ)

घर भित्र को कुराकानी -४ (मगर-ढुट)

घर भित्र को कुराकानी -४ (अनुबाद-Narendra Jhakote Magar, धरान)
पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास, सुबदार बाजे, बजै, ठुली आमा – पुजा, पुष्पा र मोहन
दृष्य – आज दुबै परिबार का सदस्यहरु ले एकै ठाउँमा खाना खान लाई तैयार छन। भात पस्कदै गर्दा मोहन को माईजु भर्खरै मोहन को घरमा आई पुग्नु भएको छ र कोहि नदेखे पछि बिकास को घर मा पस्नु हुन्छ ।

 

माईजु – मोहन को बगाल कता गएछन ?
माइजु–मोहनको कुलाक नुङ्लेसा/आन्नेसा?
पुजा – नमस्ते भाउजु
पुजा–मेझोर्ले गुमाजीउ~~!!
माईजु- सबैलाई नमस्ते मेरो पनि
माइजु–पट्टकोलाक ङ्इ र/ड झोरा/झोर्ले~!
माईजु- आज के भतेर नै फेला पार्न पो आईएछ ।
माइजु–छिनी हि आले??मेजोमानाङ् ति पर्ले लेखा ले त~~!!
पुजा – ए केटा केटीहरु खै माईजुलाई नमस्ते गरेको ?
पुजा–ए जजाको इकुरकई गुमाजीउ कि माझोरा कि ह्याले??
नमस्ते माईजु
मेझोरले गुमाजीउ
(सबैले माईजु लाई नमस्ते गर्दछन)
(पट्ट कोइ गुमाजीउ कि झोरले)
मिना- एक्लै आउनु भयो र ?
मिना– नाखोला काटन राहा?
पुजा – शान्तीलाई लिएर आउनु पर्देन। कस्तो हेर्नु मन लागेको थियो।
पुजा–शान्तिकी लार राखिनी~~!!कवाङ्चे ङ्वस-ङ्वस समन्या~~!!
माईजु- बिनोद होस्टेल बस्छ । गीता एक्लै हुन्छ नि।
माइजु-बिनोद होस्टेलाङ् ङ्ले,,,,गीता मेल्हा काट न छान्नेनी त~~!!
मिना- ए बिनोद ले १० मा हो र ? पढ्ने।
मिना–ए बिनोद चाहा/इन्नाङ् १०(दसाङ्)आले ??पडीस्चे?
माईजु – अ, हो ।
माइजु–आले नि~~!!!
पुजा – कति छिटो , मिना र पुस्पा त बल्ल ७ मा पुगेछ।
पुजा — कुड़िक छिटो आले~!!मिना र/ड पुस्पा चे चाम-चाम ७ताङ्(साताङ्)ले~~!!
माईजु – भान्जीहरु ता बिनोद भन्दा सानो हो नि त
माइजु–भान्जीको चे बिनोद डेनाङ् मार्जा आले नि त~~!!
मीना – कति बर्ष पुगे र ?
मिना–कुड़िक वर्ष वल्हा र?
माईजु – १५ पुगेर १६ मा छ।
माइजु–१५ आङ् ताहार १६आङ् ले
मिना – अनु र पुष्पा नि १४ मा छन नि।
मिना–अनु र/ड पुष्पा चही १४आङ् ले नि?
मिना – लौ खाना खाएर कुरा गरौला (हात धोउ केटाकेटी हो )
मिना–लौ है (छो/ज्यात)ज्यार गफ जातिङ्(ए जजाको??लु मिहुत हुरनी-हुरनी~~!!
(गुन्द्रीमा लस्करै बस्छन केटा केटी)
(गुन्द्री याङ् लहरै ङ्ले जजाको)
पुस्पा – बाजे बजैलाई नि बोलाउ खाना खान ।
पुष्पा-बाजीउ-बोजीउ कि र आर्घानि ज्यात/छो ज्याकी!
(बिकास दौडेर जान्छ, बोलाउन) (बाजे बजै भित्र आउछन , बिनोद को माईजु ले नमस्कार गर्दछन, नमस्कार चल्छ)
(बिकाश खेरार नुङ्ले आर्घाकी)(बाजीउ-बोजीउ भित्रि राल्हे~~!!
,,बिनोद औ गुमाजीउ एई झोरले,झोर्की छान्ने नि)
माईजु – म त बिहानै उठेर यता आको ।
माइजु–ङ् चे का–गोराकन सोवार इलाक राछे~~!
बाजे – केटा केटी सन्चै छन ?
बाजीउ–जजाको सेम्हन ले/आले??
बजै – सन्चबार पारेर सबैलाई लिएर पो आउलान भन्दा
बोजीउ–सनिबार पारियार पट्ट कि लार राल्हे कि डेचे
माईजु – बिनोद होस्टेल छ। अर्को २ जनाले घर मै छ ।
माइजु–बिनोद होस्टेलाङ् ले आरी न्हिस(२)इमाङ् न ले
बाजे – बिनोदको बा कहिले आउने रे ?
बाजीउ–बिनोद औ बोइ सेन राल्हेता??
माईजु – दशैमा
माइजु–दशयाङ्
बाजे – दशै धुमधाम हुने भयो ।
बाजीउ–दशयाङ् चही मजा राछे छाना~~!!
मिना – भात थपौ
मिना–ज्यात/छो थप्दिम याहा??
मोहन – मलाई भात पनि मासु पनि
मोहन–ङ्कि ज्यात/छो र स्या र~~!!
मिना – बाबै अरुले नसुनेको यसैले सुने को (हाँस्दै)
मिना–बाबै अरुए मासेचे इचेई न सेलेसा(रेत्चेइ)
मिना – पुजा र पुष्पा लाई के दिउँ?
मिना–पुजा र पुष्पा कि हु याखी??
मोहन – मलाई भात दिनुहोस।
मोहन– ङ्कि ज्यात/छो यान्ही~~!
मिना – भाउजुलाई के थपौ ?
मिना–गुमाजीउ कि हि याखी??
माईजु – सबै पुग्यो ।
माइजु–पट्टन वल्हा~!!
मिना – अलिकति रस थप्छु है ।
मिना–चेक्जा झोल काले है ल~!!
बिकास – आमा, भात
बिकाश–मोई~!!!ज्यात/छो !
मिना – खान सक्ने मात्रै थप, जहिलै खेर फाल्छ ।
मिना–ज्याकी ह्योक्चे मत्रै थप्दियो,इच्यै लोल्हे!
मिना – दिदी ! पुजा, पुष्पा र मोहन लाई थपि दिनुस त। लजाए जस्तो छ।
मिना–दई~~??पुजा~!पुष्पा~!र /ड मोहन कि र थप्दिम यान्ही त~~!!कारानाङ् लेखा ले!
क्रमश ————–

आजको सम्बाद मा प्रयोग गर्न सिकौ

(छिनिउङ् गफाङ्~~~~~)
नमस्कार–झोरले/मेझोरले
बिहानै–का–गोराक्न
मासु–स्या
लजाउनु–काराकी
लजाए-कारा
दिनुहोस–यान्ही
सबै-पट्ट/पट्टन
मामा–मामा
माइजु–गुमाजीउ
भाउजु–भौजीउ
एक्लै– लहाकात्न/ङ्ला काट्न
सैगे–काठोवान
पुरै-पट्टनै

आफै सँग मुँस्कुराउछु म

आफै सँग मुँस्कुराउछु म              – स्यानु पाईजा

निशब्द तिम्रो सम्झनामा
काटेका अनिदो रातहरु
आफैले बनाएका चौतारीमा
आफैले लेखेका लाईनहरु
अर्थ बुझ्न नसकेर
सम्झना भित्र भेटिन नसकेका
मन भित्र मेटिन नसकेका
सुक्न नपाएका पोखरीमा
आफ्नै प्रतिबिम्ब नियाल्दा
खै मैले के देखे ?
म आफै सँग मुँस्कुराए
भित्र देखि मुँस्कुराए
मैले पाएका ति पलको सम्झनामा
म माथी उडेका एक जोडी पंछीको
एउटा प्वाँख खस्यो मन को तलाउमा
प्वाँख त तैरियो पानीमा
पानीको हलचलले मनका भित्ताहरु भत्किए
हरेक चोटी सम्झनामा अचेल
मनको साँध आलो लाउने गर्छु
निशब्द तिम्रो सम्झनामा
काटेका अनिदो रातहरु
आफैले बनाएका चौतारीमा
आफैले लेखेका लाईनहरु
अर्थ बुझ्न नसकेर
आफै सँग मुँस्कुराउछु म