सम्झनाको स्पर्शहरु : बनपाखाका सुस्केरा

आज को जमनाको कुरामा: बनपाखा का सुस्केरा हरु
( जमनाको कुरा भित्र – सम्झनाका स्पर्शहरु उप खण्डमा आफैले भोगेका समायको स्मरण टिपोट सँग्रह गरिदैछ।)
सम्झनाको स्पर्शहरु : बनपाखाका सुस्केरा

बनपाखाका सुस्केराहरु लिएर आएको छु । कुनै बेला यस्तो थियो बनै भरि गोठलाहरु आफ्नै आफ्नै स्वरका एफ रेडियो हरु बजाउथे। कहिले कहि गीतका शब्द र अर्थहरु बुझ्न गाह्रो हुन्थे। केटा केटी ले आफ्नै च्यानल मा गीत गाउथे। युवा ले आफ्नै, बुढाबुढीले आफ्नै मुड र धुन मा गीतहरु गाउँथे बनै भरि। लग्दथ्यो हामीले च्यानल फेरी फेरि टिभी या रेडियो सुन्दैछौ । आज त्यसतै जमना को च्यानलमा बजेका गीत र गीत भित्र को मर्म लिएर आएको छु । कहिले कहि हाम्रा गीतहरु बुझ्न त्यो परिबेशमा हुर्केको हुनु पर्दछ जस्तै लाग्छ। यस्ता गीत का रचनाकार को हुन्थे ? थाहा नै हुन्थेन। त्यसैले नै लोकगीतका लेखकलाई त्यो बेला रचनाकार नभनेर सँकलक भनिन्थे। आज हामीले यस्तै सुस्केराका छोटो लाईन र गीतले बोकेको अर्थ बारे मा आजको जमनाको कुरामा सुन्ने छौ।

स्यानो मा हामी पनि के कम आफ्नै च्यानल का गीत गाउथ्यौ । दौतरीहरु मिलेर बनमा गयो एउटै रुखको अलग अलग हाँगामा बस्यो अनि रुख को हाँगा हल्लाउदै गायो ।बैसाख लागे पछि जिब्रे साग टिप्न भनेर झोला बोकेर गयो। मुख नि कालो हुने गरी जुनमान्द्रो (कम्प्याङ) खायो र रुख को पोथ्रा को हाँगा मा बसेर मच्ची मच्ची गायो। हामीले गाएको सुनेर ठुला दाईहरु मरि मरि हाँस्नु हुन्थ्यो। किन हाँस्नु हुन्थ्यौ हामीले कहिल्यै पनि थाहा पाएनौ। हामीले रमाईलो मानी मानी झन मच्ची मच्ची एकै स्बरमा गाउथ्यौ।

” हुल्ली हुल्ली खेल्ने बेलामा
जाते बुढी गै छ मेलामा”

रूख को हाँगामा बसेर हाँगालाई हल्लाउनु लाई हुल्ली हुल्ली खेल्ने भनिन्थ्यो केटा केटी मा हामी यहि गीत कति गाउथ्यौ, गाउथ्यौ। दिन भरि नथाक्दै सम्म गाउथ्यौ। जिब्रे साग टिप्नु गएको मान्छे कहिले कहि रित्तो झोला घर फर्कने गरि गाउँथ्यौ।

” गाई खायो किराले
बाच्छी मर्यो आमा को पीरले”

बन पखेरामा यो गीत सुन्नु भयो होला कसैले ?

यो गीत मा किरा भनेको “बाँघ” हो । धौवलागेरी भित्र बाँघ लाई किरा र सर्प लाई “लामकिरा” भन्दछन।

“पानी आई रहने
जाल मायाँ कहाँ छ कहाँ
झल्को लाई रहने”

यो गीत मा गायक ले जाल माया नाम गरेको युवती को सम्झना गरेको छ। पानी परेको बेला सँगै ओट बसेको जाल मायाँको झल्को गायकले बिर्सन सकेको छैन ।

” यो माया ले दिएको सिरमला
कि त खाउला, कि पैचो तिरमला”

यो गीत मा सिरमला भने को हरियो धानलाई कात्ने दिनमै भुटेर ढिकी मा बोक्रा मात्र खुल्सने गरी कुटेको चामल हो। भन्ने हो भने त्यो बेला को नामी खाजा हो यो। पैचो भने को सापती हो। माया गरेर दिएको सिरमला खाउला र आफु सँग भएको बेला मा म पनि माया ले सिरमला माया ले दिउँला भन्ने यो यो गीत को अर्थ।

“सल्लेरी करायो
बर्षा लाग्यो भेट हुन हरायो “

हिउँदका दिनहरु फुर्सदका हुन्थे। मनसुन को बर्षा हुने बेला मा सल्लेरी सुसाएको आवज सुन्दथे। खेतीपाती मा ब्यस्त हुने हुनाले बर्षा लाग्यो अव भेट हुन पाईदैन भन्ने थियो यो गीत को भाव।

” लाग्यो मैना (महिना) जेठ
न चिठी न सल्लाह कहिले होला भेट”

यो गीतले पनि बर्षा लग्यो कहिले भेट हुने होला भन्ने अर्थ बोक्दथे।

“धानको बाला सलल,मकै को चमारे
भर्ति भानि सलल, माया त नमारे”

भर्ति भएर पल्टन पसेका मायालु को सम्झाना कहिले कहि यस्ता हृदय भित्रैका गीतहरु पनि गुन्जन्थे बनपाखामा यस्ता अनुरोधहरु कतिले सुने कतिले सुनेन ईतिहास आफ्नै आफ्नै होला तर माया का शब्दहरु बनै भरि यसरी नै गुन्जन्थे। गीत बनेर, मनको प्रित बनेर।

“गाईले धाँस खाई सक्यो
आईन चिठ्ठी ६ महिना भै सक्यो “

बिदेश पसेको मायालु ले बिदेश पुग्दा बित्तिकै चिठी लेख्ने बाँचाको साथ छुटेका हुन्थे। बिदेश पुगे पछि खै के हुन्थ्यो। चिठी लेख्न कलम र खाम किन्ने पैसा हुदैनथे या चिठी लेख्ने मन हुदैनथे। चिठी के कारण ले आउदैनथे। तर उस्को सम्झनामा बनभरि यस्तै गीत दोहोरिन्थे। कति त यस्ता पनि हुन्थे जिवन नै यसरी पर्खाईमा बिताउथे।

“झन कालो धैसो (ध्वाँसो) ले
बोलउदा नि नबोल्ने बैश ले”

छेद हानेरै पनि गाऊथे बोलाउदा नबोल्नेहरुलाई

त्यसो त हाम्रो बनपाखा का स्बरहरु यति बिबिधता थिए कि अहिले बर्षको २०००।३००० गीत रेकर्ड हुने समाय भन्दा पनि युनिकता त्यो बेला नै थिए हाम्रो गीत सँगीतमा भलै मादल, दम्फु ,मर्चुङ्गा,मुरली, सारँगी र बाच्छीबाजा मात्रै किन नहुन बाध्यबाधनका समाग्री तर ताल र लयमा युनिकता थियो त्यो बेला नै। त्यो बेला नै बनपाखाको गीत, मेलापात को गीत, चाँडपर्बको गीत, नाँचगान को गीत, खालमा बसेर गाउने गीत, सालैजो, शिरफुला, भैछ साईलो, यानीमाया, चटु्के भाका, ढिलो भाका जस्ता अनिगिन्ती युनिक लय र अबसरका गीतहरु त्यो बेला नै थिए। नेपाली समाजको मौलिक सम्पती को रुपमा ।

यानीमायाको भावुकता, लोगगीत को अभिब्यक्ती स्बतन्त्रता, दोहरीको मनोर‍ञ्जन, सबैले गाउन र नाँच्न मिल्ने सालैजो, शिरफुलामयाँ, अबिजालेमायाँ,साईलो, राईलो (रोयला भनिन्छ अचेल)चु्ट्के र टुङ्गे भाषीका मिठास हरु हामी सँग त्यो बेला नै थिए।जुन बेला रेडियो नेपाल पनि थिएन।

जादा जादै

एक लाईन यानीमाया

चौतारी को बरपिपलको यानीमाया, काशीपुग्यो जरा
जुनी राजै बितिगयो यानीमाया, नै र पुगी रहर

जती ताक्यो उती सोझो यानीमाया, देउनालीको सर
जति खायो खाउँ खाउ लाग्ने यानीमाया, दुध माथी को तर

यानीमाया गीत को शब्द भाबुकता भित्र त्यो कलात्मक जादु छ। यो त्यो जमनाको अत्याधुनिक दोहरी हो।

(जमनाको कुरा भित्र बाट) सम्झनाका स्पर्शहरु:बनपाखाका सुस्केरा

नोट- सके सम्म रेकर्ड नभएको गीतहरु मात्रै बनपाखा को सुस्केरा भित्र अताएका छन। रेकर्डे गीतहरु को मिठास पनि अलगै छन तर त्यो बेला को गीतहरु यसरी नै बन पाखाका सुस्केरा हरुलाई सँकलन गरेर रेकर्ड गरिन्थे। त्यो एकदमै थोरै हुन्थे।

Comment Here