प्रकाश पुन अनि रामचन्द्र पुन बाट बिद्योदय निमाबि वाखेत लाई सहयोग

प्रकाश पुन अनि रामचन्द्र पुन बाट बिद्योदय निमाबि वाखेत लाई सहयोग

भूपू ब्रितिश आर्मी, गल्लावाल तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष  गम्मर पुन का २ छोराहरु एकै साथ बिद्योदय निमाबि मा आईपुग्दा बिद्योदय परिवार को खुसिको सिमा नै रहेन। प्रकाश पुन र रामचन्द्र पुन दुबै जना भारतिय गोर्खा लाहुरे हुन। प्रकाश पुन अहिले पनि सेवारत नै हुनु हुन्छ भने रामचन्द्र पुन सेवानिवृत भै अहिले ब्रुनाईमा कार्यरत हुनु हुन्छ।२०७१ बैशाख २३ गते को दिन उहाँ हरु दुबै जना गाउँ जानु भयो र बिद्यालयले यसै मौकामा उहाँहरुको सम्मान कार्यक्रम गर्यो। यो एक दमै खुसी को पल थियो। आफुले पढेको बिद्यालयमा भूपू बिद्यार्थीहरु सहयोग सहित आउनु भनेको सम्पुर्ण गाउँलेको लागी खुसी को कुरा हो।

प्रकाश पुन ले बिद्यालय स्तरउन्नती कोष को लागी ३० हजार रुपैया सहयोग गर्नु भयो भने। रामचन्द्र पुन ले कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ को लागी १ थान कम्प्युटर (२५ हजार बराबरको) उपहार हस्तान्तरण गर्नु भयो।

ति यादगार पलहरुलाई वाखेत डायरीले फोटो हरुमा यसरी सँग्रह गरेको छ।

This slideshow requires JavaScript.

Advertisements

क्याप्टेन किशोर रोका दम्पति वाखेतमा

क्याप्टेन किशोर रोका दम्पति वाखेतमा

बिद्योदय निमाबि वाखेत, म्याग्दीले एउटा अन्तर्क्रिया कार्यक्रम राख्यो। जस्का अतिथि हुनु हुन्थ्यो सो बिद्यालयका भूपू बिद्यार्थी, अनि भूपू  शिक्षक किशोर रोका र उहाँ को साथमा उहाँको श्रीमती निशा रोका। बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, अनि समाज का बिभिन्न ब्यक्तिहरु बिच भएको अन्तर्क्रिया कार्यक्रममा किशोर रोका ज्युले को बाट बिद्योदय स्तर उन्नती कोष को लागी १ लाख १ हजार १ सय रुपैया सहयोग गर्नु भयो र निशा रोका बाट कम्प्युटर साक्षरता अभियान. २०७१ लाई ५० हजार रुपैया सहयोग प्रदान गर्नु भयो। उक्त दिनमा उहाँले पुर्ख्यौली समुह- वाखेत लाई पनि १० हजार रुपैया भूमे थान आमा समुह- वाखेत लाई १० हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ।

बिद्योदय निमाबि वाखेत ले स्तरउन्नती गर्दा उहाँ को परिवारले बाबा ब्रिटिश गोर्खा मेजर स्व. लाल ब. रोका को नाममा जग्गा दान गर्नु भएको छ।   ब्रिटिश गोर्खा मेजर स्व. लाल ब. रोका को छोरा क्याप्टेन किशोर रोका वाखेतको ईतिहास मै बेलायती सेनामा क्याप्टेन पद मा पुग्ने पहिलो ब्यक्ति हुनु हुन्छ। उक्त दिनमा उहाँले पुर्ख्यौली समुह- वाखेत लाई पनि

किशोर रोका परिवार सँग वाखेत ले बिताएको पलहरुको सम्झना मा वाखेत डायरीले फोटोहरु यसरी सँग्रह गरेको छ

This slideshow requires JavaScript.

(क्याप्टेन किशोर रोका दम्पति वाखेतमा- फोटो संग्रह)

धेरै धेरै धन्यबाद। किशोर सर लाई हामीलाई बिद्योदय प्राबि मा छदा १-३ सम्म पढाउनु भएको हो उहाँले। शालिन, मेहनती युवा को रुपमा गाउँ मा चिनिनु हुन्थ्यो बिद्यार्थी माझ कुसल शिक्षक। बिचमा उहाँ उच्च शिक्षा को लागी पोखरा जानु भयो बिढाई कार्यक्रम मा त्यो बेला सबै बिद्यार्थी रोएका थिए। पोखरा अध्यान कै क्रममा ब्रितिश आर्मीमा क्लर्क को रुपमा भर्ति हुनु भयो र अहिले क्याप्टेन भै सक्नु भएको छ। उहाँ को सफलताको लागी बढाई र वाखेत होनहार छोरा क्याप्टेन किशोर रोका हाम्रो गौरब हो।

 

 

हरेलो मेला वाखेतः २०७० को फोटो संग्रह

हरेलो मेला वाखेतः २०७० को फोटो संग्रह हरेक बर्ष भदौ को पहिलो मंगलबार लाग्ने हरेलो मेला मा सबैलाई स्वागत छ।

This slideshow requires JavaScript.

हरेलो सम्बन्धित पोस्टहरु पढन तल क्लिक गर्नुहोस

हरेलो मेला: २०७०, ११औ दिन आज फाईनल वाखेत अपडे
हरेलो मेलाः२०७० दशौ दिन को अपडेट
हरेलो मेला: २०७० वाखेत नवौ दिनमा
हरेलो मेला: २०७० वाखेत, आठौ दिन अपडेट
हरेलो मेलाः २०७० वाखेत छैठौ दिनको अपडेट
हरेलो मेला: २०७०, पाँचौ  दिनको अपडेट
हरेलो मेला: २०७०, चौथो  दिनको अपडेट
हरेलो मेला: २०७०, तेस्रो  दिनको अपडेट
हरेलो मेला: २०७०, दोस्रो दिन पुर्खेौयौली नृत्य र धार्मिक लाखे समुह को प्रस्तुती
हरेलो मेला: २०७०, पहिलो दिन को झलक
————————————————-
हरेलो मेला वाखेत २०७० का देश-बिदेशका सहयोग दाताहरु
पुर्खौयौली समुह को भेषभुषा को लागी सहयोग हुदैछ।
हरेलो मेला २०७० को ब्यबस्थापन समिति र कार्यक्रम अनुमानित खर्च
 

२०० जना ले आँखा जचाए भोली देखी ३० जना को आँखा अपरेशन: वाखेत मा बसेको आखा शिबिरमा

२०० जना ले आँखा जचाए भोली देखी ३० जना को आँखा अपरेशन:वाखेत मा बसेको आखा शिबिरमा

स्यानु पाईजा/ रिम प्रसाद रोका ,

पात्लेखेत गाबिस को वाखेत – ८ मा बसेको आँखा शिबिर मा २०० जना ले आँखा जचाए। आँखा का बिरामी हरु ३० जनालाई अपरेशन गरिनु पर्ने भएको ले भोलि देखी अपरेशन गरिने छ।

यो आँखा शिबिर हिमाल आँखा अस्पताल पोखरा को प्रबिधिक सहयोग , लायन्स कल्ब पोखरा को आर्थिक सहयोग मा घारशुन्ना लाली गुराँस युवा कल्ब वाखेत को ब्यबस्थापन मा सन्चालन हुदैछ। आज पहिलो दिन बिधार्थीहरु, अभिभाबकहरुले स्वागत गर्नु का साथै खानपिन का बन्दो बस्तो वाखेत आमा समुहले गरेका थिए।

घारसुन्ना युवा कल्ब ले २०१२ देखि यता आफ्नो सकृयता देखाउन थालेको छ। केहि समाय पहिले मात्रै हेल्थपोस्ट को लागी ११ लाख ५० हजार को गाबिस अनुदान मा लगभग ५ रोपनी भन्दा माथिको जमिन खरिद गरेको छ भने यो २०१३ कै दोस्रो कार्यक्रम हो।

आँखा शिबिर को झलक हेरौ।

फोटो – खबर  रिम प्र. रोका

घारसुन्ना लालीगुराँस युवा क्लब सचिव

148382_315843721870462_942870390_n 227844_315842458537255_747934763_n 309973_315843168537184_1930422589_n 419687_315841498537351_610594253_n 483690_315841005204067_1711687562_n 483713_315844188537082_1410731425_n 554402_315841958537305_1516239589_n