हरेलो मेला : २०७२ वाखेत म्याग्दीको साराँश

१० भदौ २०१५  (27 Aug 2015)

जमनाको कुरा: हरेलो मेला २०७२
(आजको जमानाको कुरामा हरेलो मेला २०७२ को स्मरण छ)

भदौ महिनाको पहिलो मंगलबार मनाउदै आएको हरेलो २०७२ को दशौ दिनमा समापन बिभिन्न प्रतियोगी खेलाडी, नृत्य नृत्यांगना लगायत अन्य प्रतियोगीहरूलाई सम्मान तथा पुरस्कार बितरण गरी सम्पन्न भएको छ आयोजनासाथको सिलसिलामा योगदान पुर्याउनु हुने क्लब, आमा समूह, दर्शक, खेलाडीहरू, बरिष्ठ लोक गायक खड्ग गर्वुजा, स्थानीय कलाकारहरू, पूख्यौली नृत्य समूह सांस्कृतिक तथा धार्मिक कार्यक्रमको टोली र हरेलो मेला आयोजनाको क्रममा आर्थिक सहयोग गरी योगदान पुर्याउने सम्पूर्ण स्पोन्सरहरू प्रति विशेष धन्यवाद दिन चाहान्छौ

पुरुस्कार बितरण कार्यक्रम सन्चालन – रिम रोका ज्युले गर्नु भएको थियो।

आयोजक – घारशुन्ना लालीगुराँस युवा कल्ब, वाखेत म्याग्दी

मेला आयोजक समिति

अध्यक्ष – दल ब. पाईजा

उप-अध्यक्ष – भक्ति प्रसाद थापा

खेलकुद अध्यक्ष – दिनेश पाईजा

”   सदस्यहरु – बिरेन्द्र रोका, होम पाईजा, होम पुन, धन ब. रोका, रबिन थापा

कोष अध्यक्ष – कमल पुन

सचिब- सुजन पुन

सह-सचिब – अर्जुन पुन

साँस्कृतिक अध्यक्ष – मिरा राम्जाली / दिब्या पाईजा

”  सदस्य –  सचिन रोका, यु ब. पाईजा , समन राम्जाली

स्वयम सेवक संयोजक – अमृत पाईजा

सल्लाहकार समिति – याम रोका , रिम रोका , भबिलाल राम्जाली, राम पाईजा, ठाकुर राम्जाली, राजु बुढाथोकी, दिल ब. बुढाथोकी, खिम बुढाथोकी, छक प्रसाद थापा

प्रचार प्रसार समिति – गुन पुर्जा

कार्यक्रम सुचि

11911405_1055503674461345_1823664182_n

हरेलो मेला पुरुस्कार & सहयोग प्रायोजक हरु।

१) राम रोका वाखेत – ६ (हाल यूएई ) रु. १५,००० (महिला भलिबल प्रथम पुरस्कार )
२) कप्पिन पाईजा वाखेत – ७ (हाल कतार ) रु. ८,००० ( महिला भलिबल द्रित्तिय पुरस्कार )
३) संगम घटाने वाखेत – ६ ( हाल कतार ) रु. ५,००० ( बाल बास्केत बल प्रथम पुरस्कार )
४) मंगल पाईजा वाखेत – ६ रु. ३,००० (बाल बास्केत बल द्रित्तिय पुरस्कार )
५) मिरा राम्जाली वाखेत – ८ सो डान्स प्रतियोगिता प्रथम पुरस्कार रु. ५,०००
६) छक प्रसाद थापा वाखेत – ७ महिला तथा पुरुष दुवै तर्फको भलिबल साथै पुरुष बास्केटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी ( best players ) पुरस्कार
७) पोस्ट पाईजा वाखेत – ७ ( हाल प्रचुगल ) रु. १०,०००
८) अधिकारी सुन चाँदी पसल न्यूरोड बेनी रु. ५,०००
९) बलराम थजाली झीँ – ८ भिरकुना ( हाल कुर्डिस्तान ) रु. ५,०००
१०) साजन पाईजा झीँ- ८ वाखेत रु. ३,०००
११) होम बहादुर के.सी. पात्लेखेत – १ ( प्र. अ. जनता मा.बि. दग्नाम ) रु. ५,०००
१२) नारायण कुमार श्रेष्ठ बेनी – भलिबल नेट १ थान
१३) विकास कुमार श्रेष्ठ ( बेनी ) – भलिबल १ थान
१४) हिम बहादुर भण्डारी ( बेनी ) – बास्केट बल १ थान
१५) बरु थजाली ( बेनी ) – बास्केट बल १ थान
१६) ओम छन्तयाल ( बेनी ) रु. ५,०००
१७) गोमन + धन छन्तयाल ( बेनी ) १ थान बास्केटबल

१८) चिरिन्जि शर्मा ( न्यू किराना स्टोर्स बेनी ) रु. ३०,०००
१९) विशाल हार्डवेयर बेनी रु. १७,०००

दशौ दिन मा मेला को पुरुस्कार बितरण तथा समापन भएको छ।

कस्ले जिते ? पुस्कार कति ? स्पोन्सर कस्ले

बाल बास्केटबल

प्रथम पुरुस्कार (५,०००) – कोटगाउँ “ए”  प्रायोजक – संगम घताने(६)

दोस्रो पुरुस्कार (३,०००)- वाखेत “ए” प्रायोजक (मंगल पाईजा (६)

स्कोर (३६- २५)

——————————

पुरुष बास्केटबल

प्रथम पुरुस्कार (३०,०००) – वाखेत “ए” –  प्रायोजक  चिरिन्जि शर्मा ( न्यू किराना स्टोर्स बेनी )

दोस्रो पुरुस्कार (१७,०००)- कोटगाउँ  “ए” विशाल हार्डवेयर बेनी

स्कोर ( ५८-३५)

————————————–

गल्स भलिबल

पहिलो पुरुस्कार (१५,०००)- अर्मन “ए”  प्रायोजन – राम रोका (दुबई)

दोस्रो पुरुस्कार (८,०००)- झि “ए”  प्रायोजन – कपिन पाईजा (कतार)

———————————————

पुरुष भलिबल

पहिलो पुरुस्कार (३०,०००) – KYC घतान “ए”

दोस्रो पुरुस्कार (१७,०००) – वाखेत “बि”

——————————

नृत्य प्रतियोगिता

॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒

प्रथम (५,०००) – कबिता थापा (वाखेत-७)  – मिरा राम्जाली

दोस्रो (३,०००)  – सध्या पुन (बाँसखर्क, पर्वत) – साजन पाईजा

सान्तवना

पूजा रोका, सन्जु पुन, अनु पाईजा

बेस्ट प्लेयर हरेलो मेला २०७२

भलिबल (गल्स) पबित्रा पुन (अर्मन)

भलिबल(पुरुष) – राम कृष्ण केसी (केवाईसि घतान)

बास्केटबल – जित सेर्पुन्जा (कोटगाउ ए)

हाईजेस्ट स्कोर – सुमन पुन ( वाखेत ए)

बेस्टप्लेयर ट्रफी प्रयोजन – छक प्रसाद थापा (७)
स्रोतहरू उपलब्ध गराएर सहयोग गर्नु हुने Sujan Poon, स्यानु पाईजा, गुन पुर्जा, Tak Paija, Amar Thapa Mgr, Rim Prasad Roka, Suneel Poon लगायत सम्पूर्ण घारसुन्ना लाली गुराँस युवा क्लब वाखेत परिवारलाई विशेष धन्यवाद ।

अपडेट सहयोगी भरत पाईजा

फेरी अर्को साल यसरी नै हरेलो अपडेट लिएर भेट्ने छौ।

हरेलो स्मरण दिलाउने केहि फोटो हरु हेर्नुहोस।

This slideshow requires JavaScript.

वाखेतले पहिलो पटक हरेलो मेला मा लोक गायक खडक गर्बुजा लाई मुख्य कलकारको रुपमा आमन्त्रण गर्यो र सफल साँगितिक कार्यक्रम सम्पन्न गर्यो।

हरेलो मेलाको भिडियोहरु हेर्न https://www.youtube.com/user/WakhetDairy/videos यहाँ जानु होला।

पुर्ख्यौली गीतका केहि टुक्काहरु

(१) कोहीले भन्छ पहिला कोहिले भन्छ पहिलै !!
सयलु शितलु बोली र मिठो मगरैको देश!!

(२) क्यामु ध्यामु गाई क्यामु ध्यामुलाई !!
बसौ न दाजुभाई बसौन दाजुभाई गुदरी माथी कमली ओछ्याई बसौन दाजु भाई !!

(३) जोरै करायो जोरै करायो पारी भेट्टा पखेरीमा जोरै करायो
अब त हरायो अब त हरायो घुम्दा फिर्दा हास्थ्यौ खेल्थ्यौ अब त हरायो !!

(४) मालुंगेको चुया कारी फालेलरीमा फाले लरीमा फाले गिदरा गिदारा !!
फापरीको स्याउली घरमा परयो बितरा!!(धर्म छोड्यो कर्मले पार्यो बितारा)!!

(५) धानै पो मारसे धानै पो मारसे ह् छुपु छुपु रोपने धानै मारसे मायालु ले केर भन्छ बुझ फारस् ( यो मायाले केभन्छ बुझ फारसे)!!

(६)डाडै को गुरासको थुंगै खसेको थुंगै खसेको सम्झ्या छौकि बिर्सियौ र संगै बसेको !!

यो भन्दा अधिल्लो बर्षका हरेलो साराशँहरु

हरेलो मेला: २०६८, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०६९, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०७०, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०७१, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०७२, वाखेत (Wakhet Diary-हरेलो डायरी)

Advertisements

वाखेतले लाल ब. बुढाथोकी लाई गुमायौ।

वाखेतले लाल ब. बुढाथोकी लाई गुमायौ।

2 बर्ष यता उनीँ मृगौला समस्या बाट पिडित थिए । केहि दिन बिराएर डायलोसिस गर्नु पर्दथ्यो। हिजो सम्म पनि सबै सँग कुराकानी गरेका बुढाथोकीको निधन पछि सतगतको लागी मृत शरिरलाई गलेश्वर लैजानको लागि तैयारी गरिदैछ। उनको निधन टिचिङ अस्पताल मा उपचार चल्दै गरेको अबस्थामा भएको हो।

उहाँको आत्माको शान्तीको लागी कामना गरौ। परिवार ले धर्यधारण गर्ने शक्ति पाउन।

10690171_820277848012029_3651918949164474769_n

धन रोका & तजिना रोका लाई फागुन २७ गते पुत्र लाभ भएको छ।

वाखेत अपडेट

धन रोका & तजिना रोका लाई फागुन २७ गते पुत्र लाभ भएको छ।

वाखेत ग्रुपको तर्फ देखि रोका परिवार प्रति हार्दिक बधाई एवम् शुभकामना ब्यक्त गर्दछौँ ।

11043153_826859140717022_4128887786718041284_n

हराउदै गैरहेको मेलाहरूमा पाहुनाको सत्कार

हराउदै गैरहेको मेलाहरूमा पाहुनाको सत्कार ।

कुनै चाडपर्व विशेष लगाइने मेला तथा उत्सवहरूमा अन्यत्रबाट पाहुनाको रुपमा आउने कुनै युवा या युवतीहरूको समूहलाई स्थानीय स्थरका युवा वा युवतीहरूको समूहले पाहुनाको रुपमा स्वागत गरेर राखेर गरिने एक प्रकारको सत्कार हो जसमा केटा पक्षले केटीहरूलाई र केटी हरुले केटाहरूको समूहलाई आ-आफ्नै समूहलाई सुविधा हने घरमा राखिन्थे भने पाहुनाहरुलाई सामुहिक रुपमा खाना ओढ्ने ओछ्याउन जस्ता आवश्यकीय समाग्रीहरू मिलेर बन्दोबस्त गरिन्थ्यो त्यो बेलाको परिवेशमा पैसाको चलन कमै मात्रामा गरिने हुदा चामल, दाल, कुखुरा र तरकारीहरू सामूहिक रूपमा नै उठाएर पाहुनालाई खुवाइन्थ्यो रमाइलो पक्ष के छ भने अल्लारे केटाकेटीलाई घरमा अबिभावकहरूले पाहुनालाई खुवाउन खर्च दिदैन भनेर लुकी चोरी पनि समानहरू जुटाउथे कतिपय रमाइलो घटना पनि हुन्थे जब सम्म मेला पर्वहरू सकिँदैन थिए तबसम्म पाहुनाहरू जान पाउदैन थिए कहिले कहीँ त मेला सकिए पछि पनि २/३ दिन अरू राख्ने गर्थे र पाहुनाहरू अनुमति बिना जान पाउदैन थिए विशेष गरेर यौङ थिनेचरहरूको हाम्रो गाउँघरमा प्रचलित पाहुना प्रति गरिने सत्कारलाई नै तरुनी तन्नेरी थुन्ने अथवा छेक्ने भनिन्थ्यो यो संस्कार अहिलेको परिवेशमा पूर्णतया लोपान्मुख हुदै गएको छ ।

प्रविधिहरूको बिकास संगै यस्तै संस्कारहरू लोप हुदै गइरहेको छन यसरी तरुनी तन्नेरीहरू जम्का भेट भएर गाइएने रोधी घरहरू सुन्य हुदैछन पर्व विशेष लाग्ने मेलाहरू रमणीय देखिन्न कारण समय बदलीदै गए समयको मागहरू फरक हुन आए टिभी मोबाइल जस्ता अत्याधुनिक मनोरञ्नका सामग्रीहरू आए मान्छे एक्लै भुल्न सक्ने भए विगतलाई फर्केर हेर्ने हो भने एउटा समाचार एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन महिनौ लाग्थ्यो मान्छेहरू रंगरमाइलो गर्न सामूहिक रूपमा नाच गान गर्न पर्थ्यो त्यसैले नै वाखेत हरेलो मेलाको छुट्टै महत्त्व थियो मान्छेहरू बर्षातको खेतीपाती गरेर थकित शरिरलाई मेला मनाएर बिश्वामको अनुभूति गर्थे गाउले बोलीचालीमा रमिता अथवा जात्रोलाई जाड्रो हेर्न जाने पनि भनिन्थ्यो ।

बिषय बस्तु सन्दर्भ तिर नै जोड्औ तरुनी तन्नेरी थुन्ने प्रथा कति सालसम्म चल्यो मलाई यकिन भएन यो गाउँ विशेष फरक पर्न सक्छ तर हाम्रो गाउँमा त्यति पुरानो भएको छैन किनकी मेरो बाल मस्तिष्कले ताजै राखेको रमाइलो घटना छ म भन्दा अग्रज दाईहरुले तरुनी थनेको रमाइलो घटना याद छ हरेलो मेलामा दाईहरुले तरुनी थुनेर कान्तिन बाजेको खाली घर (हालको चुनु + तक पाईजा) को घरमा राख्नु भएको रहेछ सानो केटाकेटीहरू बिद्यालय जादै गर्दा साथीहरू दाईहरुले तरुनी थुनेको कुरा गरेपछि म मा कौतुहल्टा जाग्यो तरुनी के हो ?? भन्ने मलाई थाहा थिएन जब एक दुईजना सानो फुच्चेहरू मिलेर लुकेर हेर्दै थियौ दाईहरुले थुनेको तरुनीहरू पिदी मै बसेको रहेछन भाद्र महिना पानी परिरहेको थियो बलेसीबाट जोगिदै हेर्दा केटीहरूको जमात देख्दा बितिकै तरुनी के हो भन्ने मेरो बाल मस्तिष्कले जवाफ पाइसकेको थियो जब केटीहरू हामी फुच्चेहरूले लुकेर हरेको देखे पछि “हायु कति राउरो कान्छा रु हेर्न आको नि पातिरु हाउरो देवररू होलान् आउ कान्छारु” भन्दै जिस्काउदै समात्न आएपछि लर्डै र फट्कदै भागियो लाजैले सायद लाज चाहिँ सानैबाट बोकिदो रहेछ क्यारे त्यस पछिबाट चाहिँ छिट् फुट रुपमा थुनिए पनि बिस्तारै लोप हुन पुग्यो ।

हाम्रो धर्म संस्कार र संस्कृति हाम्रो पहिचान हुन हामील� जानेको २/४ शब्द लेखिएमा पछि ईतिहास बन्नेछ यो एउटा प्रथा मात्रै होइन यो त्यति बेलाको सत्कार पनि थियो संगै बसुन्जेल दोहोरी गाउने रमाइलो गरे पछि छुट्टिदाको नमिठो पिडा बोकेर अलि पर सम्म छोड्न जान्थे बिदा गर्थे दृष्टिले भ्याएसम्म रुमाल हल्लाउथे भालो भन्दै कराउथे अनि पछि यदि थुन्ने पक्षलाई फेरी उनीहरूको गाउँमा जादा खोजी खोजी थुन्थे किनकी पालोको पैचो तिर्न पर्छ भन्ने मानसिकता हुुनथ्यो जसले एउटा गाउँको अर्को गाउँ संगको सम्बन्ध नजिक हुन्थे कतिपय युवा युवती बिच प्रेम बस्न पुगेर वैबाहिक जिवनमा बाधिन्थे टाढा टाढाको अपरिचितहरू मित्रतामा जोडिन्थे अनि कसैलाई सम्झना पुर्याउनलाई “राम राम छ रे भन्देउ हाइ फलानालाई” भन्ने गर्थे यस्तै थेट बोली चालीहरू कमै सुन्नमा पाउछौ कतिपय मैले नबुझेको शब्दहरू छन तरपनि यो लेखमा उतार्ने प्रयास गरेको हुँ कतै गल्ति भए क्षमा चाहन्छु ।

-भरत पाईजा 15639_805616932841243_1340132672127284992_n

पात्लेखेत-७ वाखेत, म्याग्दी

सम्झनाको स्पर्शहरु: लाहुरनी बजैको आँगनको टंकी र पूर्जा कान्छौको भित्ते रोगन

सम्झनाको स्पर्शहरु: लाहुरनी बजैको आँगनको टंकी र पूर्जा कान्छौको भित्ते रोगन

लाहुरनी बजै र आँगन

ईण्डिया को २ बटा पेन्शन पछि पनि लाहुरे बाजे ईण्डिया तिर नै थिए। हामीले बाजे को अनुहार कहिल्यै पनि देखेनौ। बजै चाही एकदमै अग्ली र सेतो चपरक्कै सुकेका छाला हड्डी मै टाँसिएकी हुनु हुन्थ्यो। गाउँ मा छरछिमेक सँग बसेर कुरा गर्दा गर्दै पनि उध्नु हुन्थ्यो। उहाँको छोरा
अमर ब. पाईजा (अम्मले भन्थे गाउँलेले) बाबा कै जागीर मा जागीर खान पुगेका थिए। घर आउदा उमेर समुह हेरेर समुह समुहलाई एउटा एउटा बेलुन दिनु हुन्थ्यो। हामी यति खुसी हुन्थ्यौ र खेल्न जान्थ्यौ। नथाक्दै सम्म बेलुन उस्ले उस्ले छोएर आकाश को आकाश मै खेल्दा खेल्दै थाक्थ्यौ। बेलुन भुईमा झर्दथ्यो। छेस्का हरु (भुईका तिखो मसिना सिन्को) मा परेर फुट्दथ्यो। अनि खुसि भएर खेलेका दौतरीहरु एका-एक दुखी भएर झगडा गर्दथ्यो। तैले नछोएर हो। तैले नछोएर हो। नैले धकेलिस, तैले बिराईस त्यसैले बेलुन खस्यो, फुट्यो। फेरी धाँगोले बाँधेर गाँठो बनाएर फुकेर खेल्ने कोशिस गर्दथ्यो। बेलुन फेरी फुक्नै नमिल्ने गरि टुक्रा भएको हु्थ्यो। बेलुन फुटे पछि पनि स-साना टुक्रा सबैले भेटे जति लैजान्थे। कसैले एक छेउ टन्काएर झिंगा मार्दथे। कसैले आफु भन्दा सानो लाई रबरले हानेर भाग्दथे। समाय बित्दै गयो। अम्मले कान्छौ ईण्डिया बाटै जापान जानु भयो रे भन्ने सुनियो। पैसा कमाउनु भयो काठमाडौ तिर घर बनाउनु भयो। लाहुरनी बजैले आमा संग भन्नु हुन्थ्यो। १७ लाख पैसा त माईली दुईता हातले मैले उचाल्नु पनि नसक्ने थियो। पछि सम्म पनि गाउँ को घरमा बजै मात्रै बस्नु हुन्थ्यो। बजै बित्नु भयो। तमती दिदी को पहिलो भाई ४-५ बर्षको उमेर मा बिते पछि घर अफाप भयो कि भन्दै उनिहरु केहि बर्ष त्यहि बसे गणेश जन्मियो। उनिहरुले पनि बेनीमा घर बनाए समाय सँगै यो घर जिर्ण भयो र भट्कियो।

खाने पानी को पहिलो टंकी

खाने पानी को पहिलो टङकी पुरै गाउँलेको लागी यहि आँगन मा बन्यो। यस भन्दा पहिले पाईजा गाउँलेले पानी रेले धारो, (चुनु दाईको पनेलो को रुख मुनी), केशब घर बारी मुनि को कुँवा, र पधेराको ढुँगे पँधेरो मा लिन जान्थे। केहि बर्ष पुरै गाउँले ले पानी खाए। त्यस पछि पानि को पाईप बिग्रे पछि हामी पाईप मा झुण्डेर खेल्ने खेलौना भयो टंकी। अहिले पनि टैकी त्यहि निर नै छ तर अहिले उधो फर्केको छ। पहिले आँगन मै उभो फर्केको थियो।

हामीले थाहा पाउदा यो आगँन मा जोडिएको नयाँ घर पनि थिएन। त्यो ठाउँ मा हामी सिजन अनुसारको खेल खेल्दथ्यौ। ओखर पाक्दा ओखरको थोम, मकै पाक्दा मकैको खोयाको थोम, कहिले दशको – दशको भनेर गनिने ओफीको खोप्पी गुच्चा, थोम, ध्वाँई, छेयाँ, खोप्पी, बोट (कागज को फोल्ड को थोम) खेल्दथ्यौ।

पञ्चायत कालमा केहि बर्ष चलेको पानी टैकी भने बिस्तारै पार्टीहरुको चुनाब चिन्ह ताँस्ने ठाउँ बन्यो। कहिले भिम प्रसाद गौचन लाई जिताऔ, बिकासको मुल फुटाऔ, कहिले हरि ब. बहादुर पुन लाई जिताऔ बिकास को मुल फुटाऔ जस्ता चुनाबी पोस्तर को स्याण्ड बन्यो टैकी। निरदलिय प्रजातन्त्र ढल्यो त्यस पछि ईनामेल पेन्टिङ सुरु भयो। हरेक चिल्ला ढुँगा र चिल्ला भित्ताहरु भरि चुनाब र पार्टीको नारा। अब यो टंकीले हरि बहादुर र भिम प्रसाद लाई जिताउऔ भन्दैन थे। फलानो पार्टीलाई भोट हालौ भन्थे। भित्तेलेखन हरु शुरुवाट को दिन हरु मा त्यति सहज थिएन। सबै राती नै लेखिएका हुन्थे। जिन्दाबाद, मुर्दा बाद, जुन बाद लेखे पनि रातमै लेख्नु पर्दथ्यो। यस्तै नारा लेखेको थाहा पाएर गाउँ निकाला (गाउँ मा मुद्दा लगेका) भएका अनुमान पुन पर्वत बाट वाखेत आएर आफन्तको मा लुकेर पढि रहेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिन्दाबाद भनेर पहिलो पटक पानी टंकीमा कम्युनिस्ट प्रचार लेखिदा धेरैले अनुमान हुनु पर्छ भन्ने अनुमान लगाए। कतिले होईन पुर्जा कान्छा हो भने। रातमा लेखिएको हुनाले सबैले आफ्नो आफ्नो अन्दाज मात्रै लगाए।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिन्दाबाद, सनातन धर्म जिन्दाबाद। यहि दुई लाईन लेखिएको थियो त्यो टँकीमा त्यो बेला सनातन धर्म के हो? नबुझेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) हरुले मान्ने धर्म होला भन्ने लाग्यो। जब सनातन धर्म के हो भन्ने बुझियो। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रचार मा सनातन धर्म जिन्दाबाद किन मिसियो नबुझेर हैरान भयो। कतिपय कुरा कहिले नबुझेर हैरान हुन्छ। कहिले बुझेर हैरान हुन्छ।

यो टंकीले काँग्रेस को रुख चिन्ह, एमालेको सुर्य चिन्ह, राप्रापाको हलो, स्वतन्त्र उमेद्वारको छाता, गिलास जस्ता चिन्ह को प्रचार बोकेर पनि त्यहि पानी नआउने पुरानो टैकी बनेर कयौ बर्ष ठडियो।

अहिले पनि यो आँगन मा उभिने हो भने हामीले खेलेका सबै खेलको सम्झना आउछ। निलो, रातो, पहेलो, हरियो ठुलो बेलुन को याद आउछ। पैसा उचाल्न सकेन भन्ने लाहुरनी बजै को याद आउछ। पछि सुन्नथ्यो काठमाडौ मा ठुलो होटेल छरे – सेतो गुलाफ । हामी खेलेको आँगन चाही अहिले खण्डहर जस्तो भएको छ।

(जमानाको कुरा भित्र बाट
सम्झनाको स्पर्शहरु: लाहुरनी बजैको आँगनको टंकी र पूर्जा कान्छौको भित्ते रोगन)

सम्झनाको स्पर्शहरु: मज्जाको झ्याउँ

जमानाको कुरा:

सम्झनाको स्पर्शहरु: मज्जाको झ्याउँ

क्या मज्जाको झ्याउँ लागि रहेको छ। सुकेको गोब्रे सल्लालाई खिर पकाउने ओडार को डिल बाट ढालेर तल खसाले पछि थाकेर ढलेको साथीले खर्शुको ठुलो रुखको हाँगा तिर फर्केर भन्यो। मन मन नै हाँसेर मनमनै भने झ्याउँ त बोरिङ होला नि कहाँ मजा को हुनु। म पनि उसै गरि ढले साँचै उस्ले देखे जस्तै सिमलको धागो जस्तै लामो ट्यान्द्रो आकाश मुनि पुगेको रुखको हाँगा बाट नाक नजिकै हल्लि रहेको देखे। उस्ले देखेको झ्याउँ मलाई पनि मज्जाको लाग्यो।

कसरी माथी बाट तल सम्म बढे होला अरु बिरुवा भन्दा फरक । सबै बिरुवा तल बाट माथी बढेर जान्छन। मेरो मनले बिस्तारै गन्न थाल्छ कुन कुन बिरुवा माथी बाट तल बढन सक्छ ? बोका को च्यापु भन्दा तल उम्रेको दाह्री, भिरालो काल्ला बाट उम्रेर ओरालो फर्केर बढेको खर, बाबियो अनि एक पटक मैले बाजेको च्यापुको दाह्री पनि सम्झे। फेरी आफैमा अलमल परे , झ्याउँ सजिब हो कि निर्जिब ? कपाल जस्तै ? सोचाई मा नै त्यहि सिमल को ट्यान्द्रोमा एउटा पात आएर अल्झिन्छ। पातमा परेको हावाको बेगले सिमल निकै पर सम्म उडेर जान्छ।

पुरानो सुईटर उधारेर बनाएको धागोमा कालीप्रसाद ठुलाउको पर्खाल बाट रेले डाँडा मा पुग्ने गरि उडाएको चंगा जस्तो। बिचमा चिठ्ठी पठाउदा को आनन्द म भन्दा मसिना केटा केटी हरु चंगा हेर्न पर्खालै भरि लाईन बस्दथे। अलि चक बच्चालाई लट्टा समात्न दिएर चंगालाई पठाएका चिठ्ठीहरु अब पुग्छ पुग्छ् पुग्यो को उत्सुकता म भन्दा अझै रमाएको हुन्छ ति केटा केटी खास झन त्यो लट्टा समात्ने बच्चा। अरुलाई पनि म एउटा एउटा जौ को बाला थुटेर पे बनाई दिन्छु, दुई, तीन डाम्रा भोटेकोसा चबाएर पुन: लट्टा समात्छु। उनिहरुले एकै स्वर मा फुक्दछ र पर्खालै भरि पे बज्छ। मानौ चंगालाई अझे उड भनेर हुटिङ दिए जस्तै चंगा माथी आकासिन्छ। बच्चाहरु अझै जोर जोर ले पे बजाउछन। म अलि दुखी हुन्छ। चिठी माउँ चंगा मा पुगेन चंगा अकासियो भने चिठठी चंङगा मा पुग्ने सक्दैन। हामी यस्तै पे बजाउदै दाईहरु को चंगा हेरेको याद छ। चिठी चंगा मा पुग्यो भने मात्रै चंगा झर्दछ। खास मा त्यो चिठी नै चंङगा बसाल्न पठाएको हो। आफ्नै मनले बनाएको एउटा कथा थियो या साँच्चिकै यस्तै थियो।

सत्य यस्तो पनि थियो। हामीले पठाएका चिठीलाई झोकाले बिपरित तिर लैजान खोज्दा धागोहरु अर्को दिशामा जान्थे र चंगा माथी आकासिन्थ्यो। बिस्तारै हावाको बेगले चिठीहरुलाई माउँ चंगा तिर जैजान्थ्यो र त्यो चिठ्टी भनेर धागो भित्र छिराएर पठाएको अर्को बच्चा चंगा माउँ चंङगा मा पुग्दा दुई चंगालाई हावाले लामो समाय उडाउन सक्दैनथ्यो र चँगा तल खस्दथ्यो।

थुप्रे समाय हामी मौन हरायौ। खै उस्ले के सोच्यो, कस्तो कल्पना गर्यो आफ्नै आफ्नै धुन मा हावा कम भए पछि त्यो सिमल पहिले जस्तै नाक कै अगाडी आयो। मैले पात झिकेर फाले। नचिनेका दुई जना मानिस आए र अर्को गोब्रे सल्लाको वरिपरि घुमेर र नाम्लो ले नापे गोब्रे सल्लाको गोलाई। परै बाट हामीले ढालेको गोब्रे सल्ला भए तिर हेरेर भने बिहान सम्म त थियो। कस्ले काटेछ ? हामीलाई केटाकेटी नै सम्झेछन। सोध्दा पनि सोधेनन। नपत्याउने गरि हामीले एउटा अजंग को गोब्रे सल्ला ढालेका थियौ। खीर पकाउने ओडार सम्म माथी बाट तल पहरा मा झर्दा सुकेको गोब्रे सल्ला थन्का थुन्का भएछ। आफुले बोक्न सक्ने थुक्का बोकेर हामी फर्कियौ।

त्यति खेर मैले पनि भने कति मजा को झ्याउँ भयो है।

सम्झनाको स्पर्शहरु:म्याग्दी बेनी बजार सम्म हिउँ पर्दा

जमानाको कुरा:
सम्झनाको स्पर्शहरु:म्याग्दी बेनी बजार सम्म हिउँ पर्दा

(जीबन के हो ? हरेक आज को संगालो जीवन हो मैले आफ्नै मनलाई दिने छोटो उत्तर यति नै हो।सत्य यो पनि हो हरेक आज हरु हिजो र अतित बन्दछन। आजको बल्ग मा यहि सम्झनाको स्पर्शहरु छन। जति बेला बेनीमा हिउँ परेको थियो। )

बेनीमा हिउँ पर्दा

शिबरात्री भोली हो भोलि हामी काम गर्दैनौ भनेर सँगै काम गर्ने साथीहरुले भनि सकेका थिए। त्यसको लगतै माओबादी को जुलुस खै कुन के को बिरोधमा हो। शिबरात्रीको भोली पल्ट पनि काम नहुने भए पछि ३ दिन बेकार किन बस्नु जस्तो लाग्यो तर रातभरी पानी पर्यो। यति डरलाग्दो कालो रात थियो खै के मन भयो र शर्मिलालाई फोन गरे त्यति बेला सम्म भर्खरै मुबाईलहरुले बेनी र तोरीपानी को डाँडा तिर मात्रै काम गर्दथे। मैले पानी परेको छ सोधै- शर्मिलाले हिउँ परेको छ पुसाउ भन्दा एक छिन जिस्के होला जस्तै लाग्यो ? साँच्चै हो र ? छत मा १ फिट जति बसिसकेछ भने पछि साँच्चै हो जस्तो लाग्यो। त्यति बेला हामी शर्मिलाको घरको एउटा कोठामा किराया मा बस्दथ्यौ। छिट्टै ढुगेपाटन लेखनाथमा सर्ने तैयारी मा थियो। बल्गको कामचलाउ कोठाहरु बनाउदै थियौ।
२०६३ शिबरात्री र भ्यालेन्टाईन डे संगै जस्तो परेको थियो ( फागुन २ गते भ्यालन्टाईन डे र फागुन ४ गते शिबरात्री)। बेनी सम्म नै हिउँ पर्यो रे भनेर सबैलाई सुनाए। नारचिङ तिर को बाजे ले आफुले थाहा पाउदा पनि बेनी मा हिउँ परेको भन्नु भयो। ५४ बर्ष पछि फेरि हिउँ ले काली छोयो भन्नु भयो। त्यसैले हामीले पहिलो पटक बेनी बजार मा हिउँ पर्यो भन्नु पाएनौ। बाजेहरुलाई ईस्टईण्डिया कम्पनी (बेलायतको अधिनमा भारत हुदाको) ले नेपालीलाई भर्ति गर्नको लागी बेनी कालीपुलमा तम्बू ताँगेर राखेको थियो त्यहि रात हिउँ पर्यो हामीले रातभरि तम्बूको हिउँ झार्दै कातेका सम्झना गर्नु भयो।

हिउँले बेनी मै पनि पिपलचोक मा पिपलको हाँगा भाँच्यो र क्याम्पस चोक को बिजुली को खम्बा पनि ढाल्यो। (

राती हिउँ पर्नु र भेलेन्टाईन डे पनि ( सन 2007 Feb 14 Wednesday /२०६३ साल फागुन २ गते) पोखरा बाट बेनी फर्कदा को रौनक नै अलगै थियो। बाटोमा थुप्रै कोरियन जोडीहरुले हिउँ मा खेल्दै फोटो खिचिरहेका थिए। लुम्लेका आसपास का बाटो भरि हिउँ खेल्ने हरु नै थिए। मेला लागे जति मानिसहरु थिए। उमालेको अण्डा १६ रुपैया गोटा हाम्रो भागमा २ ओटा मात्रै पर्यो दुई जनाले १-१ खाए पछि म बाटैमा भए नि खाउला भन्दै अर्को होटल तिर अण्डा खोज्न गए गाडी गुड्यो मलाई छाडेर। हातमा ५-६ अण्डा समाएर अब अर्को गाडी कुर्ने त होला भनेर अनकनाई रहेका थिए। छेउ मै उभिएका बैनीहरुले गाडी छुट्यो र दाई भनेर सोधे। अँ छुट्यो यो बाटो तल झर्नुहोस गाडी भन्दा छिटो पुग्नु हुन्छ। साँचै होला त्यहि बिकल्प पत्याए र ओरालो लागे। नभन्दै म पुगेको २-४ मिनेट पछि मात्रै गाडी त्यहि बाटो आई पुग्यो। धेरै जसो मान्छे खाजा खाने ठाउँ बाट बसको छट मा उक्लिएको थिए। बसमा हुनेहरुले छट तिर नै गयो सम्झेछन। पछि पनि केहि मानिस मजस्तै त्यहि बाटो अरु पनि झर्दै थिए। छुटेका बसका मान्छेहरु।

बाटो भरि एक दमै रमाईलो लाग्यो। पारी बेनी (पर्बत बेनी) को पुल नजिक को टिनको छाना मुनिको खाजाघर भित्र बाटै सबै हिउँ घर भएको थियो। हिजो परेको हिउँ हरु टिन को छानामा सबै बिलाई सकेका थिएनन। आधा छाना भन्दा धेरै छानो को भित्री पाटोमा पनि हिउँ हरु जमेका थिए। बाहिर छाना बाट पग्लेका पानीहरु थोपा थोपा बरफ जमेर आधा छानो तिनको नै बरफको बनेको देख्दा अचम्मै लाग्यो। तिनको छाना भित्रा ग्याँस चुलो मा छाता अडेर समसोस फ्राई दाईको फोटो खिच्ने होस भएको भए त्यो फोटोले पुरुस्कार नै जित्ने थियो होला। घर पुगेर चुक चुक गरे। बेला मा बुद्दीले काम नगरे पछि गर्नु पर्ने सजिलो उपाय नै त्यहि हो।

D-Lotus Cyber

वाखेत का दुई युवा बिद्यार्थीहरु याम रोका र एम्मबरसिं (अमरसिं) रोका ले क्याम्पस पढ्दै गर्दा बेनी पिपलचोक कालीपुल जाने बाटो मै कम्प्युटर साईबर D-Lotus Cyber खोलेका थिए। त्यति बेला सम्म पनि बेनीमा फोन लाईन बाट डाईलअप कनेक्शन मार्फत नेट चलाउनु पर्ने अबस्था थियो। पोखरा बाट डायलअप ईनटरनेट को कनेक्सन मिल्दथ्यो। D-Lotus Cyber पनि त्यसै गरि चलेको थियो। म समाय कटाउन त्यहि पुगेर दिन भरि बस्दथे। साईबर हरु नाम मात्रैका थिए। याहु म्यासेन्जर को जमानाको कुरा हो। फेशबुक त्यहि साल मात्रै १३ बर्ष उमेर माथिका लाई खुल्ला भएको थियो त्यति चाँडै बेनी तिर चलन चल्टीमा पुग्ने कुरा पनि भएन। म्यासेन्जर मा च्याट गर्ने सिक्ने हरु वल्लो कम्प्युटर बाट पल्लो कम्प्युटर मा च्याट गरिरहेको हुन्थे।

DJ Dance Party

DJ Dance Party बेनीमा खुलेको थियो। पर्चा देख्ने जतिले सोध्थे DJ Dance Party भनेको के हो ? यहाँ के हुन्छ ? DJ, RJ, VJ जस्ता शब्दार्थ खासै धेरैले बुझ्दैन थे। म आफैले थुप्रे पटक डिक्सनेरीमा खोजेर वाक्कै परेको छु। डिजे को अर्थ सबैले आफ्नै आफ्नै पाराले लगाउथे। D-Lotus Cyber आउने तन्नेरीको समुहले फरक फरक तरिकाले बुझाउन खोज्दथे। कसैले भन्थे डिजेको अर्थ, ठुलो म्युजिक बज्छ, नाँच्ने ठाउँ हो। कसैले भन्थे म्युजिक सँगै नाँच्दै खाने पिउने ठाउँ हो। गाउँले सोझा साझाहरु को बुझाई अर्कै थियो। त्यहाँ ड्रक्स खानेहरु, ट्यापेहरुले खाएर
नाँच्दछन। जानु हुदैन लडाई पर्छ। DJ Dance Party का संचालनहरुले डिजे भनेको के हो डेफिनेशन लाई थुप्रै ले जोक नै बनाए। उनिहरु दुईजना एउटा होचो र अर्को अग्लो थिएर। उनिहरुले डिजेको डेफिनेशन यसरी गरेछन – यहाँ म्युजिक स्टार्ट हुन्छ म्युजिक का लेयर्रसहरु एकपछि हर्को एक पछि हर्को गर्दै बज्दै जान्छन। दुई हात माथी माथी म्युजिक को लेयर्रस जस्तै सार्दा सार्दै होचो चाही को हातको माथी जाने लिमिट सकिएछ। डिजेको परिभाषा सकिएनछ।अर्को अग्लो चाही साथीले त्यहि बाट आफ्नो हातले म्युजिक को लेयर्सहरु थप्दै थप्दै लगेछ त्यस पछि कोहि साथीले डिजे भनेको के हो भनेर सोध्यो भने त्यहि पारा मा बताउथे।

अहिले बेनीमा हिउँ परेको सम्झना, D-Lotus Cyber, DJ Dance Party ईतिहास भै सकेको छ भने DJ, RJ, VJ को अर्थ कसैले पनि सोध्न नपर्ने गरि स्थापित भै सकेको छ। त्यो बेला सुरुवाट मात्रै भएको फेशबुक अहिले भन्न मनलागेको कुरा र देखाउन मन लागेको फोटो, भिडियो टाँस्ने भित्ता भएको छ।

(जमानाको कुरा: भित्र बाट
सम्झनाको स्पर्शहरु:बेनीमा हिउँ पर्दा)