हरेलो मेला: २०६९ वाखेत साराँश

Sep 4, 2012 ( भदौ-१९, २०६९)

५ गते मगलबार  २०६९ बाट शुरु -१५ गते शनिबार समापन

सास्कृतिक झाँकी, नृत्य

धार्मिक लाखे- बडानं – ६ ( नृत्य भाई बैनीहरु ६,७,८,९)

आमा समुहको नृत्य : बडानं ६,७,८,९

घारसुन्ना लालीगुरास युबा क्लब- टिम

धौवलागेरी बोर्डिङ स्कुल- ओखले

बिध्योदय निमाबि वाखेत

दिलकुमारी राम्जाली(गर्बुजा)

अन्य सहभागी कलकारहरु सबै

खेलकुद

भलिबल पुरुष

पहिलो स्थान – KYC घतान       पुरुस्कार – २६ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – घतान तोरिपानी     पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १९

______________________________________________________________

भलिबल महिला –

पहिलो स्थान – तामाखानी युवा क्लब रुम    पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक टिम (घारसुन्ना युवा कल्ब वाखेत  पुरुस्कार – ८ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – ६

_______________________________________________________________

बाल बास्केटबल ( Boys under 15)

प्रथम स्थान – चिमखोला    पुरुस्कार – पुरुस्कार – ८ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक ( वाखेत) पुरुस्कार – ५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १६

____________________________________________________________

  पुरुष बास्केटबल

प्रथम स्थान-आयोजक घारसुन्ना लालीगुरास युवा क्लब वाखेत  पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान– सृजनशिल युवा क्लब पात्लेखेत           पुरुस्कार – २६ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १४

________________________________________________________________________

     छेलो ( ठेलो)

प्रथम – सुबास पाईजा

दोस्रो – अर्जुन खत्री

________________________________________________________________________

 सो डान्स प्रतियोगीता

प्रथम – सन्तोष शेर्पा, बेनी

दोस्रो – मीरा राम्जाली, वाखेत

तेस्रो – नमुना गर्बुजा, दगनाम

____________________________________________________________________

गायन प्रस्तुती

पोखरा बिग आईकन – गगन पुन

गुन पुर्जा

डेक पुन

गम पुन

जीवन परियार

__________________________________________________________

आयोजक – घारसुन्ना लालीगुरास युवा क्लब वाखेत

कार्यक्रम हरेलो मेला आयोजक समिति अध्यक्ष दिलबहादुर बुढाथोकीको अध्यक्षता, समाजसेवी राम पाईजा (स्यानु) को प्रमुख आतिथ्यता र क्लब अध्यक्ष याम रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पात्लेखेत गाविस सचिव बलबहादुर खत्रीले मन्तव्य राख्नुभएको थियो । टेक थजाली को कृति

“दायरी भित्रका मनका बिस्कुन” को पनि सोहि दिन बिमोचन गरिएको थियो।

हरेलो मेला २०६९ का स्पोन्सरहरु 

2

11 (3)

अहिले सम्म स्कुललाई सहयोग गर्ने हरु को  सहयोग ब्यानर

अहिले सम्म स्कुललाई सहयोग गर्ने हरु को सहयोग ब्यानर

स्कुललाई पहिले  सहयोग भैसकेको हरु को ब्यानर

हरेलो को आयब्या साराँश

486850_494139953931056_1131841561_n

यो एउटा प्रयास मात्रै हो हाम्रो हरेलो मेला को अभिलेख सबैले देख्ने ठाउँ मा सँग्रह गर्ने। हामी लाई सबैको सहयोग चाहिएको छ। ता कि यसरी नै सबै कुरा को अभिलेख यसरी नै राख्न सकियो।

-स्यानू पाईजा

धन्यबाद,

सबै स्पोन्सरहरुलाई

सबै खेलाडी, कलाकार, दर्शक, सुभचिन्तकलाई

जस्ले वाखेत हरेलो मेलालाई भब्य सभ्य बनाई दिनु भयो।

हाम्रो वाखेत राम्रो वाखेत बनाई दिनु भयो।

अर्को साल भदौ महिना को पहिलो मँगलबार फेरि भेटौला।

–    वाखेत परिवार

Advertisements

हरेलो के हो ?

हरेलो के हो ?

हरेलो पुरानो ईतिहास बोके को चाडपर्व हो। मुख्य रुप मा हरेलो कुनै न कुनै रुपले सबै किसानीमा आधारित गाउँहरु मा मनाईन्छ। यो लामो ईतिहास बोके को चाडपर्व हो। जुन खास गरी पहाडी जिल्लाहरु मा मनाईन्छ। जुन कृषिमा आधारित हुन्छ। यो कुनै ठाउँमा साउन को अन्तिम मँगलबार मनाईन्छ भने म्याग्दी जिल्लाको पात्लेखेत गा०बि०स०, वाखेतमा यो पर्व भदौ को पहिलो मंगलबार मनाईन्छ।  तिथी मिति मिलाएर भन्दा पनि परम्परागत रुपमा  बार मिलाएर भदौ को पहिलो मँगलबार नै मनाईनु नै यो आफैमा मौलिकता हो।

खेती पूजा र पितृ पूजा को रुपमा हरेलो

हरेलो अन्य ठाउँ मा साउन को अन्तिम मँगलबार लाग्ने गर्छ भने म्याग्दी जिल्ला पात्लेखेत गाबिस को वाखेत मा यो हरेलो मेला भदौ को पहिलो मँगलबार लाग्ने गर्दछ। यो दिन परिवार का जेठो सदस्यले बिहानै आफ्न पितृहरुको सम्झना मा घरमा पाकेका हरेलो परिकार र हरेकलाई १-१ जोली रातोसेतो ध्बाजा निगालो या कुनै हरियो पात सहित को हाँगा मा लस्करै बाँधेर घर को दलिन मा चढाईन्छ। यसरी घर भित्र को पूजा सकिए पछि खेती पूजा शुरु हुन्छ। खास गरी हरेलो पकवान चरा,मुसा र मग्याङ्ग्रा गहुँको पिठो बाट बनेको तेलमा पकाईन्छ र त्यो पकवानलाई तरुल नभए फर्सीको पातमा पोका पारेर पहिलो दिन जँगलबाट हरियो काटेर लिएको गुराँस को हरियो थाक्रो को हाँगो मा बाधेर त्यो थाक्रो (हाँगो) लाई धानखेत को आली र कोदो बारी को दिल मा गाडिन्छ। र गुईठा बालेर बनाएको आगो मा धानको भुस निसाएको हरेलो धुप हालिन्छ र लौ हाम्रो खेती बाली को राम्रो हेरचाह गरिदिनुस। खेती राम्रो होस। फलेको अन्न को सह आओस भनेर पूजा गरिन्छ। कसै कसैले भाले काटेर भोग पनि दिन्छन।

हरेलोको नामकरणको आधार

हरेलो “हेरालो” भन्ने शव्द बाट अपभ्रंश भएर हरेलो को रुपमा स्थापित भएको नाम हो। जव मानव जाती जँगली शिकारमा आधारित बसोबास छाडेर समुहमा खेती मा आधारित जिवनयापन शुरु गरे त्यहि समाय मा हरेलो को जन्म भएको मानिन्छ। परापुर्वकाल गाई भैसीहरु लाई असार-साउन खेती को समाय मा जंगल पठाउने चलन थियो। बनमा बर्षाको समाय मा राम्रो चरण ( गाई भैसीले खाने घाँस) हुने र खेती को समाय मा सबै ब्यस्त हुने हुनाले गाई बस्तुलाई जँगल पठाउदा हरेक टोल र समुहले आफ्नै आफ्नै निस्चित १,२ मान्छे लाई खर्च उठाएर दिन्थे र गाई बस्तुको देखभालको जिम्मा दिने गर्दथे। जस्लाई हेरालो भनिन्थ्यो। गाई भैसी को गोठको काम गर्ने लाई गोठालो भने जस्तै जँगल पठाएको बेला मा गाई बस्तुलाई गाँऊ फर्कन नदिने तथा सुरक्षा दिने  ब्यक्तीलाई हेरालो भनिन्थ्यो। हेरालो शव्द बाट नै हरेलो बनेको हो । गाउँले ले खेती को काम सक्ने र गाउँले ले जँगल पठाएको गाई वस्तुलाई गाउँ फर्कन दिएको दिन नै सबैले थकाई मेटाउन र रमाईलो गर्नको लागी मेला लगाउन सुरु गरे। पछि यो खेतीपातीको रक्षाको को कुरा मा पनि जोडियो र परम्परा बनेर चलेको छ। समाय सँगै गाई-बस्तुलाई बर्षाको समायमा ( रोपाईको बेलाम) जँगल पठाउने चलन त हरायो तर हरेलो चाहि हाम्रो परम्परा बनेर बाँचिरहेको छ।

शुरुवाट को हरेलो कस्तो हुन्द्थ्यो ?

रोपाई सकिए पछि र मकै बाली थन्काए पछि गाउँमा कटुवाल ( सार्वजानिक सन्देश उच्चो स्वरमा अग्लो ठाउँमा उभिएर सबैलाई सुनाउने ब्याक्ती) कराउदथ्यो। यो सन्देश मा भनिन्थ्यो।——– गाउँवासीहरु—फलानो दिन भित्र सबैले आ-आफ्नो बारीको मकै र अन्नवाली निकाल्नु होला। यसरी सामुहिक सन्देशले निस्चित गरेको दिन सम्म सबै मकै र नोक्सान हुने सबै अन्नबाली बारी बाट निकाली सके पछि जँगल बाट गाँउ फर्कने टागरो, टगालोहरु खुल्ला गरेर हेरालोहरु मेला मनाउनु गाउँ फर्कने गर्दथे। गाउँमा बारीको टगारो, टगालो पनि खुल्ला गरिएको हुन्थ्यो। गाई बस्तु जँगल बाट फर्केपछि सोझै गाई बस्तु बारीमा पस्दथे। गाउँलेहरु मेलामा रमाईलो गर्दथे। बिभिन्न परिकारहरु तैयार गर्दथे, दिबङगत आत्माहरुलाई सम्झेर खाना चढाउथे। पछि गएर यो खेतीपूजाको रुपमा स्थापित भयो। जसरी बनमा पठाएको गाईबस्तुलाई हेरालो ले सुरक्षित राख्दथे त्यसै गरी खेत-बारीमा पनि हेरालो को प्रतिकको रुपमा गुराँशको हाँगामा बिभिन्न अन्न खर्चको पोका हरु राखेर सुरक्षा गरिदिनुस भनि पूजा गरिन थालियो। यो ठाउँ बिषेश फरक हुन्छ। गुराँस को सत्तामा कहि खिर्रा, तितेपाती, या अन्य बोटको हाँगा पनि प्रयोग गरिन्छ। कतै कतै खेतमा कुखुराको भाले काटेर भोग पनि दिईन्छ। र वाखेतमा बाहेक अन्य भेकहरुमा साउनको अन्तिम मँगलबार मनाईन्छ। यो हरेलो अहिले मेलाको रुपमा मनाईन्छ। ७-१० सम्म बिभिन्न कार्यक्रम सहित यो मेला पात्लेखेत गाबिस को  वाखेत मा लाग्ने गर्दछ।

हरेलोको को भबिस्य

अहिले हरेलो कतिपय ठाउँमा मनाउन नसक्ने महँगो साबित हुदैछ। बढ्दो महँगी, स्थानिय आर्थिक स्रोत को अभाव, स्थानिय स्रोतले धान्न सक्ने पुरुस्कारका राशी ले गर्दा खेरी अव हरेलोलाई मौलिक चाँडको रुपमा बचाई राख्नु निकै गाह्रो भै सकेको छ। भबिस्यमा हरेलो लाई निरन्तर मौलिक रुप मा सन्चालन गराउने हो भने आयोजकले निक्कै साहस र अनुसन्धान गर्नु पर्ने बेला भै सकेको छ। स्थानिय स्रोतलाई पहिचान गरि हरेलो लाई धाटा को रमिता बनाउनु भन्दा उत्पादन मुलक बनाउन जरुरी भै सकेको छ। होईन भने हरेलो कि त हराएर जान्छ कि महोत्सोव को रुपमा टिकट काटेर हेर्नु पर्ने हुन्छ। यो हुनु भनेको पनि हरेलो हराउनु बराबर नै हो। हामीले हाम्रो हरेलो लाई बिज्ञापन को रुपमा हाम्रो प्रयोग गरेर गाउँ को लोकल टुरिजम र उत्पादनको रुपमा प्रयोग गरेर प्रोमोशन गर्न सक्छौ।

-स्यानु पाईजा, वाखेत डायरी

(जमानाको कुरा भित्र बाट)

हरेलो मेला २०६९ को भिडियो साराँश

हरेलो मेला २०६८ साराँश

हरेलो मेला २०६८ साराँश
भलिबल पुरुष
पहिलो- पातल्लेखेत
दोस्रो- काउलेगौडा

__________________________________________

भलिबल महिला-
पहिलो- रुम
दोस्रो- कुँहु

_________________________________________

बाल बास्केटबल-
पहिलो- झी
दोस्रो- पात्लेखेत

_________________________________________

पुरुष बास्केट बल-
पहिलो- वाखेत
दोस्रो- कुँहु

__________________________________________

हरेलो मेला र वाखेत स्कुल चिनो कोष, युवा क्लव सहयोग साराँश-
सहयोग-
सुर्य राम्जाली – १ लाख ५० हजार रुपैया (चिनो कोष)
कुल ब० राम्जाली- १ लाख रुपैया स्कुल को (चिनो कोष)। ४ वटै आमासमहु लाई ५/५ हजार र धारशुन्न लाली गुँरास युवा क्लव वाखेतलाई १० हजार रुपैया
ओम रोका (ब्रितिस आर्मी) पात्लेखेत- २५ हजार रुपैया वाखेत युवा क्लब लाई
कमल पुन- १० हजार रुपैया स्कुल चिनो कोषलाई (अरु पनि थुप्रै सहयोग हरु प्राप्त भएको छ) अधिकारिक कागजातहरु प्राप्त भए पछि सार्बजानिक गरिने छ । धन्यवाद सबै सहयोगी दाताहरु लाई

Share this:

हरेलो २०६७ साराँश

हरेलो २०६७ साराँश

हरेलो मेला को फोटो -२०६७
Photo By- Mejan Roka

हरेलो २०६७ साराँश

भदौ को १ गते मँगलबार देखी मेला शुरु

बास्केटबल – पहिलो स्थान- वाखेत, दोस्रो स्थान- पात्लेखेत

महिला भलिबल- पहिलो स्थान- बारँजा, दोस्रो स्थान- दग्नाम

पुरूष भलिबल फाईनल भोलि- पात्लेखेत VS घतान ( भदौ ११ गते )

पुरुष भलिबल – घटान पहिलो, पात्लेखेत दोस्रो

फोटो स्रोत- मेजन रोका , वाखेत

हरेलो मेला स्पोन्सर -2067

स्थानिय मेला मा पनि पुरुस्कार स्पोन्सर को ईतिहास सुरु भयो।

ईराक बाट-
1) YOU KUMAR ROKA
2) THIR BAHADUR ROKA
3) FHAKTA ROKA
4) RAJU ROKA
5) GAJENDRA PUN
6) KAMAL PUN (PAKHA)
7) RESHEM PAIJA
CHAYANDRA PAIJA
9) THAKUR RAMJALI
10) GUN BAHADUR PURJA
11) DILIP GARBUJA
TOTAL AMOUNT- 21,073 Nepalese Rupee.

साउदी बाट

Ram Paija (Syanu) – 9,000/-

माल्दिभस बाट

Amar Roka  – 5,000

कोरिया बाट –

भबिन्द्र पाईजा
कुमराज पुर्जा
हर्क ब. रोका
पुर्ण कुमार रोका
केश कुमार रोका
चुनु पाईजा

कोरिया को टोलीले युवा कल्व को लागी साउण्ड सिस्टम खरिद गरिदिनु भएको छ ।

अन्य स्थानिय स्पोन्सरहरु पनि हुनु हन्छ उहाँ हरु सबैलाई धेरै धेरै धन्यबाद। बिस्तारै पुरा डिटेल को साथ मा अपडेट गर्ने छौ।