पात्लेखेत वाखेतको बराह पंग्रेनी बन उपभोक्ता समुह प्रथम

पात्लेखेत वाखेतको बराह पंग्रेनी प्रथम

उत्कृष्ट वन समूह र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ असार ।
जिल्ला वन कार्यालयले उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरेको छ ।

वन तथा वातावरण संरक्षण, सम्र्बद्धनमा योगदान गर्ने एक जना वन प्राबिधिक र तिन वटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो । यस वर्ष घतान ईलाका वन कार्यालयमा कार्यरत वनरक्षक टेकनाथ शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा नगद ११ हजार रुपैयाँ सहित सम्मान गरिएको सहायक जिल्ला वन अधिकृत अजयबिक्रम मानन्धरले जानकारी दिनुभयो ।forest officeयसैगरी पात्लेखेत वाखेतको बराह पंग्रेनी, दरवाङको दोवील्ना लमसुङ र राम्चे ९ को एकराते सामुदायीक वन उपभोक्ता समूहलाई प्रथम, दितृय र तितृय पुरस्कार प्रदान गरिएको छ । सहायक वन अधिकृत मानन्धरका अनुसार प्रथम, दितृय र तितृय हुने वन समूहलाई क्रमश नगद पाँच हजार पाँच सय, तिन हजार पाँच सय र दुई हजार ८७५ रुपैयाँ पुरस्कार उपलब्ध गराइएको छ ।


– See more at: http://www.bikalpanews.com/?p=6361#sthash.uDrE4Aqg.dpuf

Advertisements

पात्लेखेतको बृहत स्वास्थ्य शिबिरबाट ८ सय ८१ लाभान्वित

बेनी अनलाईन बाट साभार

म्याग्दीको पात्लेखेत गाविसको रघुनाथ भद्रकाली स्मृती सामुदायिक अस्पतालमा बृहत स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । बिपि चिन्तन प्रतिष्ठान केन्द्रीय कार्य समितिको अयोजनामा भएको स्वास्थ्य शिबिरमा ८ सय ८१ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । शिबिरमा बाल रोग,स्त्री रोग,हाडजोर्नी,दात ,आखाँ,जनरल मेडिसियन जस्ता रोगहरुको परिक्षण निशुल्क औषधी बितरणका साथै भिडियो एक्सरे समेत गरिएको बृहत स्वास्थ्य शिबिरका संयोजक भरत रकालले बेनीअनलाइनलाई जानकारी दिएका छन ।
CIMG2431
बिपि चिन्तन प्रतिष्ठान केन्द्रीय कार्य समितिको आयोजना नेपाल स्वास्थ्य कर्मिसंघ क्षेत्रियकार्य समिति कास्की , गण्डकी मेडिकल कलेज र रोटरी क्लब त्रिपुरेश्वरको प्राबिधिक सहयोगमा सम्पन्न शिबिरमा पात्लेखेत,साबिक घतान, झिँ, पाखापानी लगायतका गाबिसहरु लाभान्बीत भएका छन । शिबिरको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिपि चिन्तन प्रतिष्ठान केन्द्रीय समितिका उपाध्यक्ष पुष्पराज पराजुलीले स्वास्थ्य परिक्षणमा अधिकांश महिला रहेकोले गाउँ घरमा धेरै महिलालाई काम गर्न लगाईने र बिरामी भएपनि समयमा अस्पतालमा नपु¥याईने हुदा गाउँमा बढी बिरामी पर्ने उपचार नपाउने हुदा समय समयमा यस्ता खालका शिबिरहरु बिभिन्न ठाउँमा गर्ने हो भने स्वास्थ्यमा राम्रो सेवा पुग्ने बताएका छन । हाल बिपि चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले नेपालका ३५ वटा जिल्लामा यस्ता खालका शिबिर सञ्चालन गर्ने र पहिलो म्याग्दीबाट सुरु गरिएकोे हो ।
CIMG2424
बिपि चिन्तन प्रतिष्ठान जिल्ला शाखा म्याग्दीका अध्यक्ष एब्म रघुनाथ भद्रकाली स्मृति सामुदायिक अस्पतालका अध्यक्ष चिरन्जीबी शर्माको सभापतित्व नेपाली कांग्रेस पात्लेखेत गाउँकार्य समितिका सभापति शिब बहादुर शाहीको स्वागत बृहत स्वास्थ्य शिबिरका संयोजक भरत रकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिपि चिन्तन प्रतिष्ठानका सदस्य खिमानसिंह रायमाझी रोटरी क्लब त्रिपुरेश्वरका प्रतिनिधी रमेश शर्मा पराजुली, गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल,लगायतले शुभकामना मन्तब्य राखेका थिए । निर्मल खत्री

म्याग्दीको वाखेतमा कम्प्युटर साक्षरता अभियान

म्याग्दीको वाखेतमा कम्प्युटर साक्षरता अभियान

Submitted by on September 12, 2014 – 9:32 pmOne Comment
 साभार-http://www.ebaglung.com/?p=131356

म्याग्दी २०७१ भदौ २७ । म्याग्दीको पात्लेखेत गाविसको वाखेत गाउँमा कम्प्युटर साक्षरता अभियान सुरु भएको छ ।

विद्योदय निमावीको परिसरमा स्थापित कम्प्युटर ल्याब र भवनको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुन र कम्युटर कक्ष भवन निर्माण समितिका पुर्व संयोजक खड्गबहादुर रोकाले शुक्रबार अभियानको सुरुवात गरेका छन् ।

वाखेतका भारतीय र ब्रिटीश सेनाका पुर्व लाहुरेहरुले ६ लाख रुपैया लगानी गरेर बनाएको भवनमा बिदेशमा पुगेका वाखेतबासीहरुले उपलब्ध गराएको २० थान कम्प्युटर राखेर गाउँले र विद्यार्थीलाई सूचना प्रबिधि सम्बन्धि शिक्षा दिन थालिएको विद्योदय निमावीका प्रधानाध्यापक मनबिर किसानले बताए । हङकङमा रहेका वाखेतका केशव पुनको संयोजकत्वमा च्यारीटो शो गरेर संकलित रकमबाट ल्याबका लागि ९ थान कम्युटर खरिद गरिएको बताइएको छ ।

यसैगरी बेलायतमा रहेका किशोर रोकाले २ थान, कतारमा रहेका भरत पाईजा लगायतबाट १ थान, हङकङमा रहेका शिव पुनबाट १ थान, कोरियामा रहेका हर्कबहादुर रोका, पूर्ण रोका, चित्र थापा, चुनु पाईजा, भुपेन्द्र पाईजाले २ थान, पोर्चुगलमा रहेका पोष्टबहादुर पाईजाबाट १ थान, पोर्चुगलकै कुमार राम्जालीबाट १ थान, बेलायतमा रहेका ओम रोकाले १ थान र बु्रनाईमा रहेका रामचन्द्र पुनले १ थान कम्प्युटर सहयोग गरेका छन् ।

 

 

विद्योदय निमावीमा सुरु भयो कम्प्यूटर साक्षरता अभियान–२०७१ (फोटो फिचर)

म्याग्दीको पात्लेखेत–८ वाखेत स्थित विद्योदय निमावीमा शुक्रबार कम्प्यूटर साक्षरता अभियान–२०७१ को शुभारम्भ गरिएको छ । अभियानको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुन र कम्प्यूटर भवन ब्यवस्थापन समितिका संयोजक खड्कबहादुर रोकाले संयुक्त रुपमा उद्घाटन गदैं विद्यालयको शैक्षिक र भौतिक पुर्वाधार विस्तारमा गाउँलेले गरेको प्रयासलाई आगामी दिनमा समेत जारी राख्नुपर्नेमा बताउनुभएको थियो । विभिन्न देशमा रहेका स्थानियले २० थान कम्प्यूटर र आर्थिक सहयोग गरेका छन् । तस्विर सौजन्य मनविर किसान÷ प्रअ विद्योदय निमावी वाखेत
bioddaya photo01
bioddaya photo02
bioddaya photo03
bioddaya photo05
bioddaya photo06
bioddaya photo07
bioddaya photo08
bioddaya photo11
bioddaya photo12
bioddaya photo13
bioddaya photo15
bioddaya photo16
bioddaya photo17
bioddaya photo18

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बेनी अनलाईन बाट साभार http://myagdikali.com/40156.html

bioddaya photo20

 

पात्लेखेत – ६ वाखेत का शेर ब. पुन पुरस्कृत

पात्लेखेत – ६ वाखेत का शेर ब. पुन पुरस्कृत

बिगत ३ बर्ष देखि ब्यबसायिक बाख्रापालन मा लागेका शेर ब. पुनजी लाई पुरस्कार प्राप्त भएको खबर  म्याग्दी अनलाईन छापिएको छ।

खबर तल हेर्नुहोला

पशुजन्य व्यवसाय प्रर्वद्धनका लागि सात लाख मूल्यका सामाग्री सहयोग
Written By : म्याग्दी अनलाइन on July 8, 2014

सन्तोष गौतम
म्याग्दी, २४ असार । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले पशुजन्य व्यवसायको प्रर्वद्धनका लागि मंगलबार सात लाख रुपैया मूल्य बराबरका उपकरण सहयोग गरेको छ । चार वटा डेरी पसल र तीन वटा मासु पसल सञ्चालकलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि उपकरणहरु हस्तान्तरण गरिएको हो । एक थान चिलीङ भ्याट भेसीन, ३ वटा फ्रिज, ७ वटा डिफ्रीज, तीन वटा टेबुल, तीन वटा डिजीटल तौलने मेसीन र तीन वटा मासु काट्ने चक्कु उपलब्ध गराइएको छ । मासु र दूध व्यवसायमा गुणस्तरीयता वृद्धी गराउन सात लाख रुपैया मूल्य बराबरको उपकरण सत प्रतिशत अनुदानमा उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर दयाराम चापागाईले जानकारी दिनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले उपलब्ध गराइएका उपकरणहरुले व्यवसाय प्रर्वद्धनका साथै उपभोक्ताहरुले स्वस्थ्य मासु तथा दूध उपभोग गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उक्त अवसरमा म्याग्दीको पशु पालन क्षेत्रमा प्रशसनिय काम गरेको भन्दै भगवतीका नन्दबहादुर भण्डारी, घारका नारायण बरुवाल, भकिम्लीका धनबहादुर श्रीस र पात्लेखेतका शेरबहादुर पुनलाई पुरस्कृत गरिएको थियो । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माको अध्यक्षता, जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राबिधिक डिल्लीराम रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यालयका पशु स्वास्थ्य प्राबिधिक सुभाष रेग्मीले स्वागत गर्नुभएको थियो ।

मौरी पालनबाट मनग्य आम्दानी गर्न सफल वाखेतका कृषकहरु

Written By : म्याग्दी अनलाइन on June 30, 2014

सन्दीप खत्री-
म्याग्दी, १६ असार । मौरी पालन व्यवसायबाट पात्लेखेत ९ वाखेतका कृषकहरु मनग्य आम्दानी गर्न सफल भएका छन । लालिगुराँस मौरीपालन लघु उद्यमी समूह वाखेतका कृषकहरुले आधुनिक मौरी पालनबाट परम्परागत मुढे घारमा भन्दा दोब्बर आम्दानी गरेका हुन । १४ जना सदस्य रहेका उक्त मौरीपालन समुहका प्रत्येक कृषकहरुलाई संगम म्याग्दीले परिक्षणका लागि कसैलाई आधुनिक मौरी घार र कसैलाई मौरी प्रदान गरेको थियो । सोही घारबाट मौरी बृद्धि गरी हाल कम्तीमा ३ वटा देखि १२ वटासम्म आधुनिक मौरीको घार बनाउन सफल भएको लालीगुराँस मौरी पालन समुहका अध्यक्ष लोक बहादुर पुनले जानकारी दिए ।

SAM_2092

“मुढे घारबाट वर्षको जम्मा २ पटक मह झिक्न मिल्छ भने आधुनिक मौरी घारबाट वर्षको ३ पटक मह निकाल्न मिल्छ”– अध्यक्ष पुनले बताए । उनका अनुसार एक पटक मह निकाल्दा १० किलोसम्म आउँछ, प्रति किलो ८ सयका दरले विक्री वितरण हुने गरेको छ । मौरी पालनबाट वार्षिक २४ हजार देखिबाट करिब १ लाख सम्म आम्दानी गर्न सफल भएको कृषक तथा समुहका अध्यक्ष पुनले बताए । बजारको कुनै समस्या नभएको उनको भनाई छ । “स्वदेश देखि विदेश सम्म गाउँको मह जाने गरेको छ त्यसैले पनि कृषकहरु उत्साहित भएर लागेका छन” पुनले बताए ।

– See more at: http://www.myagdionline.com/?p=16495#sthash.JlmbM0bp.2vwd8CyQ.dpuf

घारसुन्ना लाली गुँरास युवा क्लव -वाखेत ले गर्यो वाखेत-टोडके बाटो मर्मत

म्याग्दी अनलाईन–
म्याग्दी, ११ पुस ।

क्लवको सक्रियतामा मोटरबाटो मर्मत

घारसुन्ना लाली गुँरास युवा क्लवको सक्रियतामा वाखेतदेखि टोड्के जाने मोटरबाटो मर्मत गरिएको छ। बुधबार र बिहिबार गरि बाखेतबासिको सहभागीतामा बर्षाको कारण अबरुद्ध भएको मोटरबाटो मर्मत गरिएको हो। बर्षाका कारण ४ महिनादेखि अवरुद्ध बनेको मोटरबाटोमा सवारि साधन जान नसक्दा वाखेत र टोड्के क्षेत्रका बासिन्दा मर्कामा परेका थिए।

घारसुन्ना लाली गुँरास युवा क्लब वाखेतको सक्रियतामा सम्पुर्ण वाखेतबासिको सहभागीतामा मोटरबाटो मर्मत भएपछि स्थानियबासी राहतको महसुस गरेका छन। यस क्लवले यसअघि पनि गाउँमा विभिन्न सामाजिक कार्य गदै आइरहेको क्लवका अध्यक्ष याम रोकाले जानकारी दिनुभएको छ।
– See more at: http://www.myagdionline.com/?p=6458#sthash.VttJI6PV.dpuf