वाखेतले लाल ब. बुढाथोकी लाई गुमायौ।

वाखेतले लाल ब. बुढाथोकी लाई गुमायौ।

2 बर्ष यता उनीँ मृगौला समस्या बाट पिडित थिए । केहि दिन बिराएर डायलोसिस गर्नु पर्दथ्यो। हिजो सम्म पनि सबै सँग कुराकानी गरेका बुढाथोकीको निधन पछि सतगतको लागी मृत शरिरलाई गलेश्वर लैजानको लागि तैयारी गरिदैछ। उनको निधन टिचिङ अस्पताल मा उपचार चल्दै गरेको अबस्थामा भएको हो।

उहाँको आत्माको शान्तीको लागी कामना गरौ। परिवार ले धर्यधारण गर्ने शक्ति पाउन।

10690171_820277848012029_3651918949164474769_n

Advertisements

गुन पुर्जालाई पुत्रलाभ

15 May, 2014

गुन पुर्जालाई पुत्रलाभ

हाम्रो वाखेत गाउँको गुन पुर्जालाई पुत्रलाभ भयको खबर प्राप्त भयको छ l बधाई छ गुन पुर्जालाई तथा नवजात शिशुको सुस्वस्थ्य र दिर्घायुको कामना l

श्रोत- पुर्ण कुमार रोका

पुर्ण ब. पुन को बाजे को निधन

दुखद खबर छ- पुर्ण ब. पुन को बाजे को निधन

हाम्रो पाखा को अम्मर ब. पुन (खिईए जेठान) को बाबा (उहाँ चितवन बस्नु हुन्थ्यो) को आज निधन भएको छ। नयाँ पुस्ताको लागी पुर्ण, टंकल को बाजे।

उहाँ लाई आफ्नै माटो मा मर्नु लेखेको रहेछ। नातिनि को गुन्यु चोलीमा आए यता वाखेत गाउँ मै हुनु हुन्यो।

उहाँ को आत्माले शान्ति पाओस।

खबर स्रोत – Gau Maya Pun . Xuchi Magarnee Kt, YU magar

घारसुन्ना लालीगुराँस युवा कल्व वाखेतका अध्यक्ष याम रोकालाई मातृशोक

घारसुन्ना लालीगुराँस युवा कल्व वाखेतका अध्यक्ष याम रोकालाई मातृशोक
Mero Wakhet Gaun Member Season Roka को ममतामयी आमा तथा वाखेत को एउटा सक्रिय सदस्य लालमाया रोका लाई आज हामीले गुमाएका छौ। उहाँ कार्तिक को चौथो हप्ता देखी पोखरा अस्पताल मा उपचाररत हुनु हुन्थ्यो। Season Roka घारसुन्ना लालीगुराँस युवा कल्व को अध्यक्ष हुनु हुन्छ। उहाँ को मृत्युको खवर वाखेत वाल मा लेख्नु पर्दा धेरै दुख लागेको छ।

स्रोत-
Yu Poon , Wakhet Myagdi

अलबिदा राम ब. थजाली

वाखेत अपडेट
अलबिदा राम ब. थजाली
झिं, बाजोगरा को पुसाउ – राम ब. थजाली (ठाकुर को बाबा) बित्नु भयो। गत बर्ष उहाँ को श्रीमती युके मा बित्नु भएको थियो। उहाँको अहिले गलेश्वर मा अन्टेष्ठी हुदैछ।

उहाँ हरुको आत्मा को शान्ती को कामना गरौ।