२०६९ को छुट्टि र दाइ

२०६९ को छुट्टि र दाइ

१५ बर्ष पछि हरेलो, तीज, दशै, तिहार चाँडहरुको सिरिज मनाउने अबसर मिल्यो। १२० दिन को लामो छुट्टी खास मा बाँस को नर्सरी बनाउने उद्देश्यले बर्षाको दिन भेट्ने गरि मिलाउने कोसिस गरेको थिए। तर अचम्मै भयो। जुन ठाउँ खेत मा बास को नर्सरी बनाउन चहान्थे। हामीले खेती गर्न छाडेको ६-७ बर्ष मै त्यो खेत को पर्खाल को जग कहाँ छ भन्ने थाहा नहुने गरी हराई सकेको थियो। जव म खेत मा पुगे खेत मैले सोचेको जस्तो अबस्था मा थिएन। नयाँ पर्खाल बनाउन लाई ७५ हजार भन्दा बढि खर्च लाग्ने र २० दिन भन्दा बढि लाग्ने भए पछि बाँस को नर्सरीको प्लान नै प्याकअप भयो। अनि सुरु भयो चाँड मनाउन।

म नेपाल पुग्दा मेरो घर नै लगभग मकै बारी भित्र थियो। हरेलो मेला १२ दिन लाग्यो। हरेलो हेर्दै मकै को घोगा देखि माथीको डाँठ गाईबस्तुलाई घाँस खुवाउदा खुवाउदै लगभग घरवरिपरि खुल्ला भै सकेको थियो। कुन जातका मकैहरु हुन चाहिने भन्दा बढि अग्ला थिए् मकै भाँच्नको लागी बोट नुगाउनु पर्ने खालको अग्लो थियो। यि अग्ला मकैका बिउ मलाई त्यति राम्रो लागेन किन कि हावा ले यि सजिलै भाँचिन्थे र मकै निकाल्नु पनि २ जना चाहिन्थे। एउटा ले ढल्कायो भने अर्कोले तुप्पा समाटेर घोगा भाँच्नुपर्ने खाले थियो। धेरै पछि को मकै भाँचाई रमाईलै भयो।

म नेपाल जाँदा भर्खरै धान सोहरेर हरेलो मान्नु बसेका गाउँलेहरुको को धान म यता उता गर्दा गर्दै पहेला पुर भै सकेको थियो। आफ्नो धान खेत कतै बाझै र कतै १२-१५ सय बर्ष को ठेक्का मा हुनाले धान काट्नु कस्को मा जाने हो भन्दा भन्दै ५ दिन मा पात्लेखेत फाँत चट भै सकेको थियो। मानिसले कति बेला धान काटे मैले मेसो नै पाएन। दशै ढिलो भएको ले कसै कसैले त दशैको दिन पनि धान काटे भन्ने सुनियो। अँश बन्दा ले टुक्रिएका धानखेतहरु सबैको खेत छ भन्ने अबस्थामा थिए।

त्यस्तै दाई मा पनि कसैले बोलाउने छाँटकाँट नदेखे पछि आफै नाम्लो समातेर गए नजिक नजिक जस्को मा पुगिन्छ पुगिन्छ। जहाँ नजिक दाई देखिन्छ त्यही पुग्दा पुगे ५ जना को खेतमा दाई गर्नु। धानको मुठा बाध्ने, झाट्ने, भारी हाल्ने सम्म त ठिकै सजिलै काम गरे। परालको भारी बोकेर बोक्सेको उकालो उक्लिनु चाहि निकै सकस भएको थियो। गणेश पाईजा, कोपीला पाईजा, भिम ब. राम्जाली, ईन्द्र पाईजा (भबिन्द्रको भाई), बिनोद रोका को दाई मा काम गरियो। जे होस निक्कै रमाईलो भयो।

अचेल वाखेत मा बारी मा पनि धान रोपिन्छ। अन्नपुर्ण जात का धान (रातो मोटो चामल) हुने तर रोप्नु चाहि पानी नै चाहिने जात को धान एउटै गह्रामा २ मुरी सम्म फल्ने र पराल पनि ननिहुराईकन नल जस्तै पनि गाईबस्तुले मजाले खाने हुनाले धान खेत र घाँसको बिकल्प यो धानले पुरा गरेको देखियो। भात चाहि पहिला पहिला निकै निल्नु गाह्रो हुन्छ। अलि कडा हुन्छ। तर प्रेशरकुकर मा पकाएर त्यहि भात खान थाले पछि भने अरु भात मिठो हुन छाड्छ।

सबै को धान पहिले जस्तै गरि दाई गरियो। तर ईन्द्र पाईजाको दाई मा भने धान बट्टाउने कामको लागी हाते पंखा को प्रयोग गरियो। यो मेरो लागी नयाँ लाग्यो। अर्को रमाईलो भनेको दाई गर्ने जानेहरु ले भारी जति ट्राक्टरलाई बोकाएर खेतला रित्तै हिडेर आएको भाग्यमानी खेतलाहरु लाई देखेर लागेको थियो। जे होस वाखेत पनि बिस्तारै फेरिदैछ। मैले देख्दा देख्दै पबित्रा को बाबा, टिके को बाबा, सोमे दाई, जय प्रसाद पुर्जा, ओमेको बाबा को धान ट्राक्टरले ओसार्यो। फाँत बाट एक ट्रिप भारी ओसारेको १ हजार रुपैया हो।

धान खेतीमा खर्चको हिसाब गर्ने हो भने चोख्खै घाटा छ। जति जना को दाई मा गए खाजा-खेतला को खर्च देख्दा त यो पारा ले खेती गर्नु सकिदैन भन्ने लागेको थियो। हाम्रो भिम ब. राम्जाली काका र लाल ब. राम्जाली मामा ले २ बोटल रोयल स्टेग सक्नु भयो हामी ४ जना बियर सक्ने मा परियो भने लोकल सक्नेहरु पनि ५ जना जति थिए। सबैको हिसाब नै गर्ने हो भने ता साह्रै छ आज भोलिको दाई गर्नु त ३० बर्ष पहिले को बिहे गर्नु जति कै गाह्रो भै सकेको रहेछ। २ किलो मासु चाहियो। जे होस अव वाखेतेले यस्तो खर्चमात्रै हुने खेतीलाई भन्दा अव को धान खेतमा सबैले आलु र प्याज लगाउनु पर्छ। र खेत बाट घर नल्याई कन उतै बाट ब्यपारीलाई बेच्नु पर्छ। १० मुरी धान फल्ने खेत मा त प्याज लगाउने हो भने त बर्ष भरि भात र मासु नै खाने पैसा आउछ। आलु रोप्यो भने आलु फाईदा हुन्छ। धान खेत मा आलु र प्याज सजिलै २ बाली भै हाल्छ। अझै बिचमा तोरी छरेर गुन्द्रुक बनाउने हो भने राम्रै आम्दानी हुन सक्छ।

अब परम्परागत खेती लाई अलि कति ब्यबसायिक आँखाले हेर्नु पर्छ । उत्पादन र लागत पनि लेखाजोखा गर्नु पर्छ। लागत को हिसाबले फाईदा हुने ब्यबसायिक खेती गर्नु पर्छ।

Advertisements

बलत्कार

बलत्कार

कहिले माटो बलत्कार भयो भनिन्छ। कहिले राष्ट्रियता बलत्कार भएको कुरा उचालिन्छ। नैतिकता बलत्कार भएको बुझ्ने कस्ले ? न्याय दिने कस्ले ? कतै न्यायलयले नै बलत्कार गरेको छ कहि न्यायलय नै बलत्कार भएको छ। बलत्कार एक हद सम्म सबै हुन्छ। पुरुष पनि ! मात्र फरक यति हो पुरुष बलत्कार हुदा उस्को आत्मा मात्र बलत्कार हुन्छ उ गर्भबती हुदैन। नारी बलत्कार भई भने आत्मा बलत्कार को साथ साथै गर्भवती हुने सम्भावना र यथार्थ पनि सँगै हुन्छ। त्यसैले नारी बढी पिडित देखिन्छिन। तर बलत्कार हुने को सँख्या नारी मात्रै होईन अन्य को पनि नगन्य छ। कतै स्वाभिमान बलत्कार हुन्छ। कतै भबिस्य, कतै बर्तमान, कतै देश, कतै नागरिक, कतै धर्म, कतै देवता।

यौन र पैसा उस्तै हुन

दुबै ले मानिसलाई बलत्कार हुन उक्साउछन। मात्रै फरक उक्सने र नउक्सने मा मात्रै भर पर्छ । कसैले यौनको आबेग लाई संयम लिन नसकेर निर्धोलाई बलत्कार गर्छन। कसैले पैसा ले मन थाम्न नसकेर देश,भबिस्य, बर्तमान, नागरिक, धर्म, देवता लाई मात्र होईन आफै पनि बलत्कृत हुन्छन। 

मानिस रोगी, भोगी, जोगी शोखी मात्रै उस्कै आफ्नै मन कारण ले हुन्छ तर सबै दोष अरुलाई थुपारेर उम्कन जान्दछ यो खोज्दछ।

मानिस भ्रम भित्र को जीवन बाँचिरहेको छ। आफु बलत्कार हुदा को पिडा बिर्सेर अरुमा बलत्कार दोहराउन तल्लीन छ।

जीवनको अन्त दुखद सत्य हो । तर पिडा(बलत्कार) को अन्त छ कि छैन मलाई थाहा छैन।

-स्यानु पाईजा 

मोज के हो ?

मोज पढे पछि (जस्ले पढ्नु भएको छैन उहाँहरुको लागी)

मोज के हो ?

-” मोज” – सुख र सन्तुष्टिका क्षणहरु

” मोज ” सोध्नु यो कर्ण शाक्य को नयाँ किताव हो। कर्ण शाक्य को यो चौथो किताव हो। सोच, खोज, म सक्छु पछि २०६९ भदौमा प्रकाशन भएको किताव हो।

पेज- ३८८ ‌+ ६
मुल्य – ४००
प्रकाशक- बुद्वमाया प्रकाशन

मोज मा के छ ?

” मोज” – सुख र सन्तुष्टिका क्षणहरु
साँच्चै कै लेखक को आफ्नै जीवनको सुख र सन्तुष्टिका क्षणहरु छन। नकरात्मक आँखाले हेर्ने हो भने मोजमा आफ्नै गौरवको ब्याख्या छ। तर सकरात्मक नजरले हर्ने हो भने मोज भित्र हामीले पनि मोज गर्नु मिल्ने तर जान नसकिने ठाउँहरुको बर्णन ४०० रुपैयामा आफ्नै हातमा छ। ४०० रुपैया मा तपाई सन्सारको मुख्य मुख्य ठाउँ यात्रा गर्न सक्नु हुन्छ। कुन ठाउँमा कति मा खाना पाईन्छ। कहाँ कतिमा एपार्टमेन्ट पाईन्छ डिटेल छ।

मलाई मन परेको कुरा त्यहाँ – ” New York Water City- The Movie को स्क्रिप्ट छ- अँग्रेजीमा। यो फिल्म बन्ला नबन्ला तै पनि हामीले कथा पढ्न सक्छौ फिल्म बन्नु भन्दा पहिला नै । यो पनि उहाँको New York यात्रा को ३ महिना मा लेखिएको स्क्रिप्ट हो। यस्ले के सन्देश दिन्छ भने तपाई भित्र पनि सोच छ भने ३ महिना मा फिल्म को कथा नै लेख्नु सक्नु हुन्छ भन्ने सजह सन्देश छ। यस्ले तपाई पनि अँग्रेजीमा लेख्नु पर्छ भन्दैन तर धुमाउरो पाराले तिमी जहाँ छौ त्यहाँ को पनि फिल्म बन्नु सक्छ भन्ने सम्भावना छोडेको छ।

साथी भाई सँगको गफगाफ बुढेशकाल को आँगनमा पुगेको बुढाको जस्तो छ। नकरात्मक आँखाले हेर्ने हो भने तर सच्चाई त्यही हो सबैलाई सबै भन्दा मन पर्ने भनेको आफ्नै जीवनको बितेका पलहरु नै हुन। हामी जसरी बाँचेका छौ त्यो एक पटक सम्झनु र जीवनलाई सार्थक बनाउनु पर्छ भन्ने मोजमा सन्देश छ।

मोज किताव रिटायर्ड पुस्ता को लागी भनिएको छ। तर सकारत्मक बिचार रिटायर्ड हुनु भन्दा पहिले पनि अरुलाई पनि सेयर गर्नु पर्छ भन्ने नै कितावको मुख्य सार हो । जस्तै पि एच डि गरेका रिटायर्डहरु आफ्नो अनुभव अरुलाई नसुनाई मरे भने उनीहरुको अनुभव, सीप, ज्ञान उनिहरु सँगै मरेर जान्छ त्यस्सैले सक्रिय रुपमा समाज मा बाँच भन्ने सन्देश मोज भित्र छ।

सोच, खोज लाई म पढ्नै पर्ने किताव हो भन्छु तर “मोज” पढे पनि हुन्छ न पढे पनि हुन्छ। मात्रै मोज पढेर नबुझ्ने पाठक ले जीवनलाई मोज गरेको पलहरु भनेर बाँचे भने अझै बढि बाँच्न सक्छन। जीवन बाँच्नु पनि एउटा मोज हो भन्ने कुरा मोज बाट सिक्नु परेको छ।

मोज ले कर्ण शाक्यलाई त्यही दिएको छ। जुन जीवन भरको मेहेनत लगाएर स्थापना गरेको उनको पर्यटन ब्यबसाय भन्दा फराकिलो छ। त्यो हो किताव लेख्नु र पाठक को प्रसँसा सुन्नु र प्रसँसा गर्नु ।

मोज को बारेमा मेरो मन को धारणा।

मोज को परिभाषा समाय, परिबेश र ब्याक्तीमा फरक फरक हुन्छ। नाङगो पाईला भएको मानिसलाई पुरानो जुत्ता लगाउनु पाउनु पनि मोज हुन्छ। बैसाखी मा उभिएको मानिस लाई सग्लो खुट्टा मात्रै पनि मोज हुन्छ। खुत्ता हुने हो भने उ जुत्ता जति पनि किन्न सक्छु भन्ने सोच्दछ। जुत्ता हुनेहरुलाई नयाँ जुता मोज हुन सक्छ। आबस्यकता पुरा गर्नु सक्नु मोज को पहिलो दर्जा हो। आबस्यकता पुरा गर्न सक्नु सुख को अनुभुती नै मोज हो । तर बुझ्नु पर्ने कुरा आबस्यकता बढ्दै जान्छ त्यसैले लगतार मेहेनत गर्नु पर्छ। आबस्यता भन्दा बढि धन भयो भने मानिस स्वार्थी र दुखी एकै चोटी हुन्छ।

मोज बाट मैले सिकेको कुरा

समस्या जस्लाइ पनि हुन्छ मन हुने जतिलाई मन छ र दुख्छ मनलाई दुख्न दिनु हुदैन। मन भित्र माया छ यस्लाई सुक्नु दिनु हुदैन। माया नै यथार्थ हो। जस्ले जीवनलाई माया गर्दैन उस्ले अरुलाई पनि माया गर्न सक्दैन।

मोज पढ्दै गर्दा मलाई पुर्खेौउली गीत खोज्नु जाँदा जस्तै भयो। कतै रक्सी नपुगेर कुरा निस्केन। कतै रक्सी बढि भएर चुरो निस्केन। कतै आफैले नबुझेको भएर सोध्न सकिएन। कतै गुरुकुल को सास मा बाँचेका गुरु मण्डलीहरुले उनीहरु नमरी चेला नबनाउने मुड तै पनि मैले जति पाए जति समाय त्यो नै खोजी को प्राप्ती मानेर मैले पनि मोज गरे। थुप्रै कुरा सिकेर आए। सिकाई नै जीवन हो। कहिले मारुनीलाई पुर्खेउली हो भनेर मख्ख परे,कहिले सोरठीलाई कहिले, कहिले नाँचरीलाई, कहिले ख्याली लाई पुर्खयौली हो भनेर भ्रम परे। आखिरीमा यि सबै को मुल जरा नै पुर्खेयौली गीत हुन्न भनेर मैले अहिले सम्म को धारणा बनाएको छु। तर मलाई थाहा छ यो मात्रै पुर्खेयौली को परिभाषा होईन। सागर भित्रका असँख्य जीव जस्तै पुर्खौयौली गीत भित्र पनि असँख्य हाँगा बाँचेका छन। यि हाँगा हरु भेटिनु पनि मोज हो । अर्थात जस्ले जे खोज्दछ उस्ले त्यो पाउनु मोज हो ।

-स्यानु पाईजा , पात्लेखेत-७,वाखेत म्याग्दी

जस्ले लुट हेर्नु भएको छैन । -स्यानु पाईजा

२०१२ को सुपर हिट फिल्म हेरे पछि को बल्ग पोस्ट

जस्ले लुट हेर्नु भएको छैन ।

लुट मा के छ ?

साधारण दैनिक सुनेका सम्बादहरु छन। मुलत कथा बैक लुट को छ । उध्रेको चोली गीत सुनेर लुटलाई भल्गर फिल्म को ईमेज दिमाग मा बनाउनु भएको छ भने तपाई को अनुमान गलत छ। यो पुरै फिल्ममा नायिका को ईन्ट्री ५० सौ मिनेट पछि का दृष्यमा मात्र हुन्छ। यो पनि एकै छिन को लागी जम्मा जम्मी गनेरै भन्ने हो भने यो फिल्ममा महिला अनुहार ३ जना बैक मा एक झलक ४ जना को मात्र छ। यो फिल्मलाई एडल्ट सर्टिफिकेट किन मिले होला ? केहि पनि छैन यो फिल्म मा त्यस्तो। यो भन्दा भल्गर सम्वाद त हर्के हल्दार र तितो सत्यमा दोहरिएर आउँछ।

यो फिल्म को मौलिकता भने को डाईलग मात्रै हो। स्टोरी नयाँ होईन। नेपालीपन मा प्रस्तुत गरेको मात्र हो।

लुट हेरि सके पछि साथीहरुले भनेका थिए लुट मा केहि पनि छैन। हो लुट मा केहि पनि छैन।

जे छ यति मात्रै छ । पैसा पैसा सबै को जरुरत पैसा। यहि पैसा कै लागी मरि हत्ते गर्ने बेरोजगार युवाहरु को कथा छ लुटमा जुन लुट्न प्लान लास्टमा यस्तो पल्टी खान्छ कि हाकु काले ले बाँकी ४ जनालाई लोप्पा खुवाएर जेल पठाई दिन्छ। बैक लुट्ने आफ्नो टिम उस्को गोप्य अलगै हुन्छ तर ४ जना पैसाको लागी मर्ने केटाहरुलाई बैक आफूहरुले लुटेर फसाउन को लागी मात्र प्रयोग गरेको छ। बैक लुटेर लुटेरहरु भाग्छन। डमी लुटेरहरु नलुटिकन पुलिस को फन्दामा पर्दछन।

लुट ले दिने शन्देश यति नै हो । पैसा को पछि भाग्नु हुदैन अनि अरुको सजिलै बिश्वास गर्नु हुदैन। बास्तबमा पैसाले मान्छे को नियत सजिलै बिग्रन्छ भन्ने शन्देश नै यो फिल्म को सार हो ।

डाईलग चाही रमाईलै छ ।

– बैक लुट्ने मास्टर प्लान छ म सँग – आँट छ ?
-अनि भाग मा चाहि कति पर्छ नि? पच्चिस लाख
-बल होईन पासा डिमाग लगाई डिमाग
-मेरो हात चाही कोट को बाहुला हो ? हल्लेर बस्छ ?
-केटी को फोन आयो कि लवाई, खवाई, हिडाई सब फेरिन्छ।
-लौ कुट लौ कुट त्यहि काम त बाँकी छ।
-त हेर्दै जा म भुन्टेलाई डाक्टर बनाउछु
-तलाई पनि था छ मलाई पनि था छ कस्लाई सुनाको
-सब सब ठिक हुन्छ पुतली

डाईलग त अरु पनि थुप्रै छन तर मलाई मन परेको चाही
केटी- आई लभ यु
केटा – मेरो नि तेई।

—-
नाडीमा छैन कम्मरमा घडी पाल्छ कि क्या हो २,४ दिन


ओई बिचार गरेर सुत मलाई आयशा सम्झेलास

–गयो गयो कुहिएको भात
-केहि पाउनु लाई कहि सहनु पर्छ – आज त होनी भोली बाट त तन्नै पैसा हुन्छ बास्ना आउने प्रशाद जस्तो पाद आउछ।

निद्रा लागेको ले अरु मसाला छुटेको छन।

टिपिकल बोलीचाली को डाईलग ले र फेशबुके पुस्ता को हुल ले सुपर हिट बनाएको फिल्म हो लुट। हेर्ने हो भने रमाईलो पनि छैन बोरिङ पनि छैन।

सोचेर बोल अलि धेरै दिन बाँच्चस ।

काठमाण्डौ,पोखरा को सिको गर्दै म्याग्दी बेनीमा पनि अफर दिएका छन होटेल & रेस्टुरेन्टले

काठमाण्डौ,पोखरा को सिको गर्दै म्याग्दी बेनीमा पनि अफर दिएका छन रेस्टुरेन्टहरु

नेपालै भरि लागु गरिएको भाग्यमानी ग्रहाक अफर म्याग्दी बेनी सम्म पनि आई पुग्यो। आज देखी बेनी का सबै नमस्ते, डलफिन, यति जस्ता ठुला होटेलहरुले बेलुका को खाना मा ५०% दिस्काउण्ट र हरेक दिन पहिलो ग्राहक को लागी ५००० रुपैया को कुपन गेट मै छोडिडिने गरेका छन। आज बाट भएको यो झट्का अफर मा यति र नमस्ते ले गेट मा राखेको कुपन चोरि भएको छ। तर दुर्भाग्य चोर्ने मान्छेलाई सिसि क्यामरा ले समातेको छ।

ढिलो नगर्नु होला खाना पनि छुट ५००० पनि पाईने  आजै देखि होटल मा खानु किन नजाने। हिजो समाते को सिसि टिभि को चोर को फोटो हेर्नु होस

हिजोको क्यामरा ले क्याप्चर गरेको मान्छे को फोटो यो फोटो मा पनि छ। पहेलो कपडा लगाएको मान्छे नै हिजो को ५००० को कुपन चोर हो।

अप्रिल फूल

वाखेत डायरी