मिस मगर नेपाल २०१४ माः सरिस्मा राम्जाली लाई मिस भर्सटाईल उपाधि

मिस मगर नेपाल २०१४ माः सरिस्मा राम्जाली लाई मिस भर्सटाईल उपाधि

म्याग्दी जिल्ला पात्लेखेत गाबिस वाखेत ९ का सरिस्मा राम्जाली ले वाखेत कै ईतिहास मा पहिलो पटक  मिस मगर नेपाल मा भाग लिएर पछिका पुस्ताको लागी प्रेरणाको ढोका खोल्नु मात्रै भएको छैन। मिस भर्सटाईल टाईटल पनि प्राप्त गर्नु सक्नु भएको छ। थुप्रै म्युजिक भिडियो हरुमा मोडलिङ को साथै गायन मा क्षेत्रमा पनि प्रेबश गर्नु भएकि सरिस्मालाई मिस भर्सटाईल टाईटल ले उहाँ लाई न्याय गरेको छ जस्तै लागेको छ। सरिस्मा राम्जाली लाई सम्पुर्ण वाखेत को तर्फ बाट धेरै धेर धन्यबाद।  सरिस्मा राम्जाली लाल ब. राम्जाली र जस माया राम्जाली को छोरी हुन।

sarishma ramjali miss magar 2014

वाखेत डायरी मा आजको सुनौलो दिनको रेकर्ड राख्नु पाउदा धेरै खुसी लागेको छ।10979_682003538537293_3450440843490011718_nMiss Magar Nepal 2014

Winner : Usha Paija Magar
1st Runner Up – Shrijana Rana Magar
2nd Runner Up – Sarala Thapa Magar
3rd Runner Up – Shrijana Salami Magar

पोखरामा सम्पन्न मिस मगर नेपाल २०१४ को ताज म्याग्दीकी उषा पाइजा मगरले चुमेकी छन् । पहिलोपटक आयोजना गरिएको राष्ट्रिस्तरको ‘सिंगापुर इन्टरप्राइजेज मिस मगर नेपाल-२०१४’ मा ३० जना प्रतिष्पर्धीलाई उछिनेर उनले १२ तोलाको चाँदीको ताजसँगै पियाजिओ स्कुटर हात पारेकी छिन् ।

नेपाल मगर सङघ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा पोखरामा सम्पन्न प्रतियोगितामा काठमाडौंकी सिर्जना रानामगर फस्ट रनर अप, बाग्लुङकी सरला थापामगर सेकेण्ड रनर अप  भए भने  डडेल्धुराकी सिर्जना सलामीमगरले तेस्राेस्थान पाइन्  । फस्ट रनर अप सिर्जनाले कोर आई फाइब ल्यापटप र सेकेण्ड रनर अप सरलाले ट्याबलेट, मोबाइलसँगै अन्य पुरस्कार पाइन् ।

सो प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभाकी उपाध्यक्ष वनसरी घर्तीमगरले मगर महिला बाट भएको थियो।

 

Advertisements

बिध्योदय निमाबि वाखेत लाई सहयोग प्राप्त

बिध्योदय निमाबि वाखेत लाई सहयोग प्राप्त
कार्तिक १५, २०७० ( Nov 1,2013)
सहयोग दाताहरु हुनु हुन्छ।

सत ब. पुन ( शिव पुन को बाबा) – १५,०००

राम ब. थापा (थापा काईला को भाई)-१०,०००
दिलिप पुर्जा ( जय प्रसाद को बाबा)- ५,०००
अन्नत कुमार राम्जाली (प्रेम माया मेडमको बुढा)- ५,५००
—————————————————————-
आज प्राप्त कुल सहयोग – ८६,५०५/
(छ्यासी हजार पाँच सय पाँच)

हाम्रो दाताहरुलाई नयाँ र पुरानो पुस्तालाई चिनाउनु पर्दा उहाँ हरु, सत ब. पुन शिव पुन को बाबा र ईन ब. पुन को भाई तथा सुनिल पुन को कान्छो बा हुनु हुन्छ। गोरी पुन, कुवापानी पर्वत बिबहा भएको कुम्बीर थापा ( भेषे, हिरा) को फुपु हुनु हुन्छ। राम ब. थापा लतरा को दाई हुनु हुन्छ। दिलिप पुर्जा जय प्रसाद पुर्जा को बाबा तथा मनिषा पुर्जा को बाजे हुनु हुन्छ। अनन्त राम्जाली लाई त सबैले चिन्नु हुन्छ होला।

सबै दाता लाई धन्यबाद। आज को सहयोग थप गर्दा अव बिध्योदय निमाबि स्तर उन्नती कोष ” चिनो कोष” मा १६ लाख ‍प्लस जम्मा भएको छ।

हामी सबै को सहकार्यले नै एक दिन वाखेत आफ्नै आगन मा गुणस्तरीय स्कुल बनाउन सफल हुने छ।

सहयोग दाताहरुको फोटो सँग्रह

सत ब. पुन ( शिव पुन को बाबा) काठमाडौ - १५,०००

सत ब. पुन ( शिव पुन को बाबा) काठमाडौ – १५,०००

गोरी पुन (छुकुन पुन को आमा)- ५१,००५ पर्वत कुवापानी (काठमाडौ)

गोरी पुन (छुकुन पुन को आमा)- ५१,००५ पर्वत कुवापानी (काठमाडौ)

दाताहरु को सामुहिक फोटो।

दाताहरु को सामुहिक फोटो।

Photo Source: बिध्योदय निमाबि वाखेत

महेन्द्र माबि झी मा रेडक्रस जुनियर सर्कल ले आयोजना गरेको स्कुल स्तरिय लोक नृत्य प्रतियोगीता मा – बिध्योदय निमाबि प्रथम भयो।

महेन्द्र माबि झी मा रेडक्रस जुनियर सर्कल ले आयोजना गरेको स्कुल स्तरिय लोक नृत्य प्रतियोगीता मा – बिध्योदय निमाबि प्रथम भयो।

आज महेन्द्र माबि झी मा रेडक्रस जुनियर सर्कल ले आयोजना गरेको स्कुल स्तरिय लोक नृत्य प्रतियोगीता मा को नतिजा यसप्रकार छ।

६ स्कुलको सहभागिता

प्रथम – बिध्योद्य निमा बि वाखेत
दोस्रो – महेन्द्र मा बि झी
तेस्रो – दिपक माबि पात्लेखेत
चौथो- जनता माबि दग्नाम

गलेश्वर माबि घतान र नेप्टेचौरले पनि कार्यक्रम मा सहभागी जनाएका थिए ।

File Photo

481289_121212998048564_1231820299_n
Source News By Ganesh Regmi

भिडियो मा हेर्नुहोस  कस्तो प्रतुति दिए हाम्रो बिधार्थीहरुले

Photo By – Sita Ramjali

Update by – Syanu Paija

Tanka Ramjali has done Graduation In Uk

Tanka Ramjali has done Graduation In Uk
Mero Wakhet Gaun
Mr. Toran Ramjali face book name “Tanka Ramjali” son of Mr. Chhak Bahadur ramjali has done Graduation in United Kingdom “London” recently so we all wish him all the good year a head and once again congratulation, well done…….

Source: Yunsang Thapa MGr

Source: Yunsang Thapa MGr

‘चिमखोले फेसवुक समुह’ माफर्त हाजिरीजवाफ

कमल खत्री ÷म्याग्दी

मंगसिर २५, २०६९ ( Dec 10, 2012)

साभार बेनी अनलाईन बाट http://benionline.com.np/19975.html

मंसिर, २५ गते ।म्याग्दीको चिमखोला गाविसमा रहेर अहिले देश तथा विदेशमा रहेकाहरुको फेसवुक पेज ‘चिमखोले फेसवुक समुह’ले विद्यार्थिहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उदेश्यले गाउँमै हाजिरीजवाफ प्रतियोगीता आयोजना गरेको छ ।

पाखापानी स्रोत केन्द्रका विभिन्न १० विद्यालयको सहभागीता रहेको अन्तर प्राथमिक हाजिरीजवाफ प्रतियोगीतामा जनआदर्श प्रावि कोटगाउँ प्रथम, जनसुन्दर प्रावि पात्लेखर्क द्धितिय, विद्योदय निमावि वाखेत तृतिय र जनसेवा प्रावि मंगले सान्त्वना भएका छन् ।

समुहले शुक्रवार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगीतामा प्रथम हुने विद्यालयलाई नगद २ हजार, रनिङशिल्ड, जिन्सी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । त्यस्तै द्धितियलाई नगद १५ सय,जिन्सी र प्रमाणपत्र तथा तृतियलाई नगद १ हजार, जिन्सी र प्रमाणपत्रले पुरस्कृत गरिएको ‘चिमखोले फेसवुक समुह’ का नेपाल एडमिन गणेश पुनले जानकारी दिनुभयो ।

गतबर्षदेखी म्याग्दीको अमर मावि पाखापानी स्रोत केन्द्रका प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर सोही स्रोत केन्द्रको चिमखोला स्थित रहेको अमरमावि चिमखोलामा अन्तर प्रावि स्तरिय रनिङसिल्ड हाजिरीजवाफ प्रतियोगीता सुरु गरिएको थियो ।

त्यस्तै प्रतियोगीतामा सान्त्वना र सहभागी विद्यालयलाई समेत आयोजकले प्रमाणपत्रले सम्मान गरेको थियो । चिमखोलामा जन्मिएर अहिले विभिन्न ठाउँमा रहेकाहरु १ सय ८८ जना आवद्ध भएका ‘चिमखोले फेसवुक समुह’ ले समुहमा आवद्ध भएकाहरुबाट आर्थिक संकलन गरेर अन्तर प्राथमिक हाजिरीजवाफ प्रतियोगीता आयोजना गर्न सुरु गरेको जनाएको छ ।

पुख्यौली गाउँबाट विभिन्न शिलशिलामा देश तथा विदेशमा छरिएर रहेकाहरुलाई एकिकृत गरि गाउँको शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले यसरी फेसवुक समुह मार्फत विद्यालयको प्राथमिक तहमा विविध प्रतियोगीताको आयोजना गर्न सुरु गरिएको चिमखोले फेसवुक समुहका हेड एडमिन विरन पुनले टेलीफोन मार्फत जानकारी दिनुभयो ।

हाल अध्ययनको शिलशिलामा साईप्रसमा रहनुभएका हेड एडमिन पुनले ग्रामीण भेगमा रहका बालबालीकाहरुको शैक्षिक गुणस्तर सुधार र प्रतिस्पर्धात्मक क्षमताको विकासका लागी छरिएर रहेका चिमखोलाबासीहरुलाई एकिकृत गर्ने अभियानमा चिमखोले फेसवुक समुह लागी परेको बताउनुभयो ।
गत बर्ष समुहले समुहमा आवद्ध भएकाहरुबाट ५५ हजार रुपैयाँ आर्थिक संकलन गरेको थियो, फेसवुक समुहका नेपाल एडमिन गणेश पुनले भन्नुभयो ‘यो कार्यक्रम संचालन गर्नका लार्गी समुहका हेड एडमिन विरन पुनले १६ हजार ५ सय रुपैयाँ सहयोग पठाउनुभएको छ भने हालै चिमखोलामा घर भएर हाल अमेरीकामा वस्दै आउनुभएका टिका पुनले ५हजार, मन्जु पुनले ५ हजार र निलम गर्वुजाले २ हजार रुपैयाँ सहयोग स्वरुप पठाएका छन् । ’

समुहले गरेको दोस्रो बर्षको कार्यक्रम अन्र्तगत शुक्रवार चिमखोला स्थित अमर माविमा स्थानिय हिमाली आमा समुह, गाउँ संचालन समिति, विद्यालय व्यवस्थापन समिति, मण्डली युवा क्लब लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरुको भव्य समारोहका विच अन्तर प्रावि स्रोत केन्द्र स्तरीय हाजिरिजबाफ प्रतियोगीता सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम वहादुर पुनको अध्यक्षता तथा स्थानिय युवा कलाकार कमल पुनको प्रमुख आतित्यथामा भएको कार्यक्रममा चिमखोला गाविसका कार्यबाहक अध्यक्ष देउ प्रसाद पुन, विद्यालयका प्रअ पृथ वहादुर थापा, कार्यक्रमका अतिथि, खम थापा मगर, जनआदर्श प्राविका शिक्षीका विना पाईजाले प्रावि स्तरिय हाजिरिजबाफ प्रतियोगीताले स्रोत केन्द्रमा रहेका विद्यालयका विद्यार्थीहरुविच प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पु¥याएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै पत्रकारद्धय कमल खत्री र सन्दीप खत्रीले सामाजीक सञ्जाल फेसबुकको समुह माफर्त यसरी सदरमुकाम देखी टाढाको दुरीमा रहेका विद्यालयहरुलाई आपसी रुपमा शैक्षिक गुणस्तर सुधार गर्दै प्रतिस्पर्धा गर्ने क्षमताको विकासका लागी चिमखोला फेसवुक समुहले गरेको कार्यक्रम नमुना भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि युवा कलाकार कमल पुनले ‘चिमखोलाको चुईँयाको डोको ’ वोलको गित समेत प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन चिमखोले फेसवुक समुहका नेपाल एडमिन गणेश पुन, शिक्षक कर्ण खत्री र भोज वहादुर छन्त्यालले गर्नुभएको थियो ।

नयाँ बर्ष २०६९ को शुभकामना

नयाँ बर्ष २०६९ को शुभकामना

…….. तर कथा पुरानो

हामी किन दुखी छौ ?

यहि प्रश्नको जवाफ धेरै पटक खोजिएको छ ।दुख: कारण पत्ता लगाए भन्ने ज्ञान पाए भनेर मख्ख परेका बुद्व भगवान बने तर दुख जस्ता को तस्तै छ। हाम्रा दर्शनहरुले सबैले कतै न कतै दुखको कारण परिवार र सँस्कार हो भन्ने गलत ब्याख्या गरेका छन। उदाहरण – घर परिवार छाडेर हिडेका शिदार्थ गौतम। शान्ती खोज्दै जोगी बनेका अलेकशङकर हरु । नन हरु, पादरीहरु अनि सबै हामी हरु सबै दुख को अन्तको लागी त लागी परेका छौ नि होईन र ?
कहिले कहि म मात्रै होईन धेरैले सँस्कारलाई गाली गर्दछन हामी सँस्कार महँगो हुनु कै कारण दुख पाउछौ। कतिलाई भ्रम हुन्छ दुख को कारण नै जिउँदो हुनु हो। यहि भ्रम कै कारण कतिले आत्महत्या गर्छन। कतिले गरिबी हो भन्छन र धनी हुनलाई जे पनि गर्दछन।

मान्छे भित्र धेरै भ्रमहरु छन। जस्को कारण नै दुख के हो खोज्न र बुझ्न मै सबै जिन्दगी लाग्दछ। जब बुझ्दछन मान्छे को बाँच्ने रहर, उमेर नै बाँकी रहदैन। मान्छे जिबनलाई सिद्वान्तमा चलाउन खोज्दछन। र शुत्रमा समस्याहरु को समधान खोज्दछन। यहाँ हरेक मान्छे कि त सम्पन्न बन्न चाहान्छ कि उदाहरण बन्न चाहान्छ। मात्र मान्छे बन्न कोहि पनि चाहदैन। किन कि आम मान्छेको गुमनाम जिवन सायद कसैलाई पनि मन नपर्नु को कारण पनि यहि होला।

दुख का कारणहरु धेरै ले यसरी पहिचान गरेका छन
प्रेम, यौन,सम्पती, सन्तान (परिवार), सँस्कार(परम्परा),देश, धर्म

प्रेम

प्रेम भनेको जस्ले जसरी अर्थ लगाउन पनि मिल्ने शब्द हो। तरल पदार्थ जस्तै यस्को अर्थ सतह र अबस्था अनुसार रुप फेरिन सक्छ। अनि रक्सी जस्तै हो जस्ले जस्तो परिस्थितिमा पनि यस्को उपयोग गर्न सक्छ। मात्र ब्याख्या गर्ने को मुड मा भर पर्छ। सत्य त्यही हो प्रेम प्रेम नभएर नै हामी दुखी छौ। प्रेम को रुपान्तर मा नै मुख्य गल्ती भएको छ।

प्रेम को रुपान्तर

प्रेम प्रेम रहनै सक्दैन। जब युवक र युवती प्रेम गर्छन। एक अर्कोको लागी ज्यान दिन तैयार रहन्छन। लुकि लुकि भेट्छन। यो उनिहरुलाई मन पर्दैन र बैधानिकता खोज्छन बिबहा गर्छन। प्रेम को प्राप्ती नै त्यति बेला बिबहालाई मान्दछन। जव बिबहा हुन्छन प्रेम को अर्थ नै फेरिन्छ। प्रेम प्रेमी – लोग्ने स्वास्नी बनि सक्छन। अव प्रेम प्रेम होईन घर(परिवार) बन्छ। जिम्मेवार बन्दछ। अनि जिम्मेबार को बर्गिकरण पनि पुरानै धर्राको छ। लोग्ने ले कमाएर ल्याउनै पर्ने, स्वास्नीले नानी पाल्नै पर्ने। हामी प्रेमी बन्नु नसक्नु को मुख्य कारण नै यहि हो। जसरी प्रेम मा युबक र युबतीले घरपरिवार सबै बिर्सेर मात्र प्रेम गरे त्यसरी नै जिबनभर लोग्ने र स्बास्नी बन्नु को सत्ता प्रेमी बनेर बस्न सकेको भए जिम्मेवार बराबर काम बराबर तिम्रो मेरो माया बराबर। तर यस्तो हुदैन। लोक्ने ले हैकम शुरु गर्छ। स्वास्नीले दिमाण्ड। यो हैकम र दिमाण्ड ले मान्छेलाई के लाग्छ भने हामी सँग भनेजति सम्पति नभएर नै दुख पाएको भन्ने लाग्छ। हो यो सम्पति भयो भने हामी सुखी हुन्छौ भन्ने भ्रम मा मान्छे सम्पती कसरी कमाउने भन्ने तिर पछि पर्छ। सम्पतिको मोहले नै मान्छेलाई बिदेश पुराउछ। कतिपयले अपराध पनि गर्दछन।तर सम्पति कमाए पछि पनि समस्या को अन्त भने हुदैन। आफ्नो र आफन्त मा नै अबिस्वास गराउछ। लोग्ने स्वास्नी बाटै असुरक्षित बन्छ। स्वास्नी लोग्ने बाटै असुरक्षित बन्छ।सहज परिवार चलाउन प्रयाप्त सम्पती खोजेको लोग्ने स्वास्नी सम्पती प्राप्त भए पछि आफ्नो आफ्नो कब्जा बलियो बनाउने द्वन्दमा फस्छ। यस्को फाईदा कुरौटे भरौटेले उठाउछन। अखिर मा दुख को कारण सम्पति पो हो कि जस्तो मान्छेलाई लाग्छ।

दुख को अर्को भ्रम यौन हो । मान्छेले यौन भएन भने जिबन अर्थबिहिन थान्छन र यौन(बासना) हबस पुरा गर्नु नै सुख हो भन्ने भ्रममा पर्दछन।यौनलाई प्राप्ती को मुख्य बिन्दु मान्छन र गल्ती गर्दछन। यौन प्रात्ती नै मुख्य सुख हो भन्ने थान्नु नै दुखको अर्को कारण हो । भनिन्छ यौन ले तनाव कम गर्छ, प्रेम बढाउछ। यौन को ब्याख्या नै हाम्रो समाज मा गलत छ। यौनलाई हाम्रो समाज र सँस्कारले बैधानिक र अबैधानिक गरी भाग लगाएको छ। हामी यौन को परिभाषा र बैधानिकतामै गल्ती गरेका छौ। एक थरिले यौन अनिबार्य हो भनिदिन्छन।चरम सुख नै यौन ले दिन्छ भनेर गलत ब्याख्या गर्दछन। त्यसको शिकार समाज र परिवार बन्छ। यौनले छिन्न भिन्न बनेका उदाहरणहरु खोज्न धेरै पर पुग्नु पर्दैन। छनिक यौन को पछि लागेर कति को जीवन नर्क बन्छ। मान्छेको भ्रम नै मान्छेको दुस्मन हो। त्यसैले यौनलाई मान्छेले दुखको कारण मान्दछन।

कतिपय अभिभावकलाई सन्तानको डिमाण्ड पुरा गर्ने मुस्किल पर्दछ। र लाग्दछन परिवार नै दुखको कारण हो। जोगी, साधु, नन हरु सुखी रहन नसक्नु ले यो पनि प्रमाणित गरेको छ कि दुखको कारण परिवार पनि होईन। कतिपय अबस्थामा परम्परालाई दुखको कारण मान्दछौ। हाम्रो परम्पराहरु खर्चालु हुनु को कारण ले नै हामीले दुख्ख पायौ भन्ने भ्रम मा पर्दछौ। परम्परा भनेको पुर्खाले छाडेका ति मिठा चलन चल्टी को निरन्तरता हो जस्ले हामीलाई जिवनमा सँधर्ष गर्न सिकाउछ। हो फलानो महिना मा फलानो पर्ब छ यस्को लागी अहिल्यै नै कमाउनु पर्छ काम गर्नु पर्छ भन्ने प्रेरणा कै लागी यि बनेका हुन। मान्छेले दुख मात्र नगरुन आराम गर्न नभुलुन भनेरै दिन टोकेरै लौ सबै बसौ रमाईलो गरौ भन्ने मान्यता त्यो बेला नै स्थापित गरिएको हो बेला बेला मा चाँडपर्वहरु बनाएर तर हामी चाही तालमेल मिलाउनु त कता कता हाम्रो सँस्कार धेरै भए भनेर दुख को कारण नै सँस्कारलाई मान्दछौ।

सँस्कारहरु र परम्पराहरु मौलिक भए पनि पछि यहि हरु धार्मिक अँशबन्दा का शिकार भएका छन। त्यसकारण कतिलाई भ्रम के लाग्छ भने यो धर्म को यो नराम्रो फलानो धर्म राम्रो भन्ने भ्रम मा धर्म परिबर्तन तिर लाग्छन किन कि उनिहरुलाई भ्रम हुन्छ। दुखका कारणहरु सँस्कार र परम्पराहरु हुन जुन धर्म सँग जोडेर हेर्दछन। तर धर्म परिबर्तन गरेर पनि मान्छे सुखी भएको भ्रम पनि छिनिक मात्र हो। अन्तत मान्छे दुखि नै रहन्छ।
कतिपय अबस्थामा गरिब मुलुक मा जन्मिएर दुख पाएको भन्ने भ्रम मान्छेलाई पर्छ। सुबिधाहरु कम भए त्यसैले गाउँ बाट मान्छे बजार झर्छ। बजार बाट काठमाडौ र काठमाडौ बाट बिदेश मै बसाई सर्छ। तर मान्छे भित्रको भ्रम को अन्त हुदैन र दुखको अन्त पनि छैन। मान्छे जहाँ पुगे पनि दुख साथै पुग्छ। बुढा हरुले त्यसै भनेका होईनन “ बर्मा गाए पनि कर्म साथै नेपाल गए पनि कपाल साथै” सन्तुष्टी मात्र छिनिक हो। मानिस स्वभावैले असतुष्टी छ। त्यस कारण ले नै बिकास भएको छ। आबिस्कार भएको छ। तर मान्छेले नबुझेको यथार्थ भनेकै जीवन के हो र दुख के हो नै हो।

बुद्वले उतिबेलै भनेका हुन । मान्छे लोभ,मोह,रिस ,राग, रोग, हिँसा हत्याको कारण दुखी छ। ईस्लाम धर्मले भनेको छ ।घाँटी कसैको नकाट। घाँटी नकाट भनेको नमार भन्नु हो तर हामीले लगाएको अर्थ हेरौ। घाँटी पुरा नछिनाली काटेको मासु खान मिल्छ। मुस्लिमले मासुको लागी जनवार या पँछि मार्नु पर्यो भने श्वास नलि मात्र कातेर मार्दछन। बुद्वले भने जिब हत्या नगर रगत नखाउ तर हामीले मारेर रगत खानु हुदैन मासु खानु हुन्छ भन्ने ब्याख्या गर्दछौ र मार्दछौ र रगत फालेर मासु खान्छौ।

निस्कर्ष-
दुखका कारण: प्रेम, यौन,सम्पती, सन्तान (परिवार), सँस्कार(परम्परा),देश, धर्म होईनन। सामाजिक मान्यता को गलत ब्याख्या र प्रयोग नै दुखका कारण हुन।
मान्छेमा गलत सोच मात्रै १०-१५ मिनेट मात्रै आउछ। त्यो १०-१५ मिनेटलाई असल सोचमा परिबर्तन गरौ। जीवन भनेको हरेक दिन नयाँ नै हो। किन कि हामीले जहिले पनि नयाँ दिनै मात्रै बाँच्छौ। नयाँ बर्ष भनेर खासै नयाँ दिन आएको हुदैन। हामी भोलि लाई भेटदैनौ र समायलाई फर्काउन सक्दैनौ। तर हरेक आजलाई सदुपयोग चाही गर्न सक्छौ। हरेक आज को सदुपयोग गरौ। जीवन नै हरेक आज को सँगालो हो। भोली भनेको त हामीले कहिल्यै नभेट्ने सत्य हो। जसरी भगवान देखिदैन तर छ भोलि पनि त्यस्तै हो छ तर हामीले भेट्दैनौ। हामीले मात्र आजलाई भेट्छौ। सबैको आज सुखमय रहोस नयाँ बर्ष को यहि शुभकामना।