साँगीतिक क्षेत्रमा गगन पुन

साँगीतिक क्षेत्रमा गगन

२०१० मा पोखराको बिग एफएमले आयोजना गरेको पहिलो बिग आईकनमा सबैभन्दा अन्तिममा फर्म भरेका म्याग्दी दग्नाम गाविसका गगन पुननै प्रथम बिग आईकन भए । त्यसयता उनको सांगितिक यात्राले श्रीगणेश ग¥यो । २०६९ सालमा ‘थाहै भएन मलाई पतै भएन…’ भन्ने गीतले नै उनलाई यस क्षेत्रमा चिनाउन सफल भयो । उनको ‘रिदम’ नामक एल्बम बजारमा आएको छ । उनको प्रेरणाको श्रोत अरुण थापा मगर हुन् । उनको गीतहरु स्टेजमा पर्फम गर्दागर्दै बिग आईकनले उनलाई साँगीतिक यात्रामा केहीहदसम्म स्थापित गर्न सफल भयो । अरुण थापा र अन्तु पन्त मन पर्ने म्याग्दीका गगन अहिले काठमाडौंमा बसेर यस क्षेत्रमा अझ केही गर्न प्रयासरत छन् ।

हरेक क्षेत्रमा नातावाद, कृपावाद रहे जस्तो संगीत क्षेत्र पनि अछुतो छैन । र, पनि निरन्तर फरक फरक खालका गीतहरु गाएर आफुलाई भर्सटाईल गायकको रुपमा पहिचान बनाउन चाहन्छन् । हङकङ, भारत, बहराईन र भारतमा स्टेज प्रस्तुति दिएका गगन मेजन पुन मगर निर्देशत रैंयाँ चलचित्रमा सहनायकको रुपमा गायककै भुमिकामा प्रस्तुत भएका छन् । र, हाल यो चलचित्र कास्की, स्याङ्जा, पाल्पा, सुर्खेतमा प्रदर्शन भई आफ्नो भुमिकालाई मन पराईदिएकोमा गगन दंग पनि छन् । कास्की, म्याग्दीको विभिन्न ठाउँको महोत्सवहरुमा आफ्नो गायन प्रस्तुत गरिसकेका गगन अहिले कोरियामा आयोजित भएको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन गएका छन् ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s