जमानाको कुरा: भूमे पूजा र नेजा मा समायले गरेका परिबर्तनहरु

जमानाको कुरा: भूमे पूजा र नेजा मा समायले गरेका परिबर्तनहरु

(भूमे पूजा कति पुरानो छ भन्ने थाहा पाउन मानब सभ्यताको त्यो युग संग जोडिनु पर्दछ जहिले हामी प्रकृतिक रुपमा हरेक जल,जमिन, हावा (प्रकृति) लाई र आफ्ना दिबंगत पुर्बज हरुलाई सुरक्षा गर्ने देवताको रुपमा मान्दथ्यौ(छौ)। थान शब्द आफैमा एउटा ईरा हो।जति नै परिबर्तन आए पनि भूमे थान को अचम्मता के छ भने भलै हामी कंक्रिट को भब्य मन्दिर बनाउ त्यही ठाँउ मा तर पूजा गर्ने बेला मा अझै पनि पुरानै बेला को ढुँगाको थान मन्दिर भित्रै बनाउदछौ। आज को जमानाको कुरा बल्ग मा भूमे पूजा मा लगिने नेजा हरुको बारे मा छ)

मगर भित्रका थर हरु लाई बर्णब्यबस्था ( काम को आधारमा ठुलो र सानो हुने) ले पुरै छोएन तै पनि यस्का असर हरु चाही बर्णब्यबस्था भएका जातीहरु बाट प्रभाबित भए। उधौली र उभौली देउराली हरु उधौली देवाली, उभौली देवाली हरु भए, दोखालो हरु दशहरा भए र थान हरु मन्दिर हुदै गए। हरेक पूजा र औषधी मँगलबार खोज्ने जाती हरु, बिस्तारै मंगलबार जन्मिए मांगलिक, औसी, २ गते जन्मिए मृत्यबाण ले छोएको भाग्य भनेर भाग्यबादी भ्रम र डर भित्र जकडिए। भूमे पूजा र हरेलो अझै पनि अपबाद हो। जुन अझै पनि मंगलबार नै गरिन्छ।

भूमे पूजा गर्दा नियालेर हेर्नेले अझै पनि देख्नु हुने छ। रातो सेतो ध्वजाको चढाउने भन्दा पहिले मानिसले सुता (हातले बनाएको धाँगो) को जोडा बाँढेको देख्नु हुने छ। जहाँ बुढा पाकाहरुले पुस्तान्तर गर्ने सकेनन त्यो सुता चलन नहुन पनि सक्छ। यस्लाई मास्न बर्णब्यबस्था भित्र ध्वजाको बिट हुनु पर्दछ भन्ने चलन आयो।बिट (किनारा) को अर्थ हाते उत्पादन नभएर मेसिन उत्पादन हुन्छ।बिट पछि छिट भन्ने आयो। (छिट- टेक्चर, डिजाईन, बुट्टा भएको कपडा, बिशेष महिलाको कपडा)

भूमे पूजा जहाँ पानी को मुलका ( मुहान ,स्रोत) त्यहाँ सिराउ (मरेका, बाजे बराजु) बस्दछन। त्यसैले ति रुखहरु काट्नु हुदैन र फोहर गर्नु हुदैन। पानी नभए जिबन कष्टकर हुन्छ र पानी रुखहरु कै कारणले सुरक्षित रहन्छ भन्ने पुस्तान्तर सन्देश पनि हो भूमे पूजा जस्लाई अझै पनि पुरानो पुस्ताले सोझै भुई अर्थात जमिनको पूजा भन्दछन।

नेजा मा मैले देखेका परिबर्तन हरु

नेजा शब्दको अर्थ झण्डा हो ।नेजा ठाउँ बिशेष फरक फरक हुन्छ।

वाखेत मा (हाम्रो गाउँ) – रातो र सेतो ध्वजालाई हरियो जाता बाँस या निगालो को टुप्पा भएको लिङगो मा झण्डा को रुपमा लगिन्छ। कतिले रातो बाँस तिर हुनु पर्दच। कतिले सेतो बास तिर हुनु पर्दछ पनि भन्छन। यस्तै हुनु पर्दछ भन्ने फर्मेट चाही बनेको छैन। नेजा लाई एकताको रुपमा पनि लिईएको छ। बिस्तारै गाउँ एक थरका मानिसहरु को बसोबास नभएर थुप्रै थरका मानिसहरुको बसोबास स्थल बन्दछ। एउटै ठाउँ मा थुप्रै थरिले अलगअलग पूजा गर्दा थुप्रै प्रबिधिक समस्याहरु उत्पन्न हुन जान्छ भनेर नै त्यो बेला सामजिक एकताको लागी सुता (धागो) चलन बाट नेजा चलन मा गएको देखिन्छ। किन कि कतिले सुता भन्ने कतिले बिट, (मेसिनले बनाएको ध्वाजा),छिट- (टेक्चर, डिजाईन, बुट्टा भएको कपडा, बिशेष महिलाको कपडा) मा बिबाद नहोस भनेर नै त्यो बेला नेजा (झण्डा) सबैले जस्ले जति रकम दिन ईच्छा गर्दछ सबैले रकम उठाउने र साझा नेजा लैजाने परम्परा बसेको छ। एक किसिमले यो त्यो बेला को सर्बमान्य नियम हो।
जब हामी ९ बर्षका भयौ हामीले पनि हाम्रो उमेर समुहको आफ्नै नेजा बनायौ। त्योँ भन्दा पहिले गाउँ को एउटा बडा को एउटा मात्रै नेजा हुने गर्दथ्यो। संगठन को भुत चढेको थियो नेजा मा बाल संगठन भनेर पनि लेख्यौ। बुढापाका हरु खुब रिसाए कतिले यस्तो झण्डा चढाउनु हुदैन पनि भने कतिले होईन केटाकेटी हुन उनिहरुलाई थाहा नभएकोले लेखिएको हो अर्को पटक नलेख्ने पनि भनेर सम्झाए। त्यस पछि हामीले कहिल्यै पनि नेजामा लेख्ने हिम्मत गरेनौ। त्यति बेला हामीले बनाएको नेजाले सहज रुप लिएको भए यति बेला फलानो कल्ब, फलानो आमा समुह, फलानो थर, फलानो जाती भनेर भूमे पूजा को नेजा महोत्सब को ब्यानर बन्ने थियो होला। एक किसिमले हामी बुढापाका को कुरा मा प्रतिबाद गरेनौ र ठिकै गर्यौ भन्ने लाग्दछ। पुरै गाउँ को एउटै नेजा लगेर जानु को एकता र रमाईलो अचेल सम्झदा गर्व लाग्छ।

पात्लेखेत को झण्डा

समाय सँगै धेरै कुरा परिमार्जन हुन्छन। पात्लेखेत को झण्डा कुनै बेला खण्ड खण्ड (पछि सेतो, सेतो पछि रातो मिलाएर सिलाएको हुन्थे। कुनै बेला नेजा को साईड मा जोर ध्वजा हरेक खण्डमा सिलईएका पनि हुन्थे र कुनै बेला रातो सेतो वाखेत को जस्तै पनि हुने गर्दथे। सबैको आफ्नो आफ्नो बिश्वास र एकताको प्रतिक को रुपमा भूमे पूजा को नेजालाई सहज रुपमा अरु कुनै अर्थले ब्याख्या गरिदैन।

दग्दाम (दम्दाम) को नेजा

दग्दाम गाबिस को झ्ण्डा हेर्दा ३० पहिले सम्म पनि एक – एक रंग को मात्रै हुने गर्दथे। एउटा गाउँले सेतो रंग को अर्कोले रातो रंग को नेजा बनाउथे। कान्छी गाउँ र जेठी गाउँ (अचेल गैह्री गाउँ भनिन्छ) जेठी र कान्छी गाउँ को बिचमा पनि गाउँ भएको तर त्यस माथी को भुभाग कम्जोर भएको ले त्यहाँ बस्ती बिस्तार हुन सकेन। सुरुवाट को दिन मा एउटा गाउँ को एउटा रंग को नेजा हुन्थे। त्यस पछि आलो पालो गरिए। अर्को बर्ष सेतो बनाउनेले रातो ध्वाँजाको नेजा बनाउने यसो हुनु को कारण उनिहरुले नेजा लाई कस्को अग्लो भनेर दाँज्ने गर्दथे। अचेल त्यहाँ पनि रातो सेतो नेजा नै हुन्छ तर चिन्ह को रुपमा एउटा गाउँ को माथी को भागमा रातो सेतो क्रश टुप्पा तिर सिलाईएको हुन्छ।

यसो एक किसिम को उत्साह को लागी गरिन्छ। जस्तै कति ठाउँ मा मिठाई केटा केटी को भिड मा माथी आकाश तिर फाल्ने र मिठाई छोपेर खाने पनि गरिन्छ। मानिस मा उत्साह भर्न को लागी एउटा न एउटा चलनहरु चलेका हुन्छन र निरन्तरता पनि पाएका हुन्छन।
वाखेत बासीले भूमे पूजा जहाँ जहाँ बाजे बराजु को पाला देखि पानीका मुहान हरु थिए त्यहाँ पनि अझै गरिरहेका छन।

छिमेकी गाउँ झि मा हेर्ने हो भने ९ बडा ले नौ ठाउँ मै पूजा गरेको देखिन्छ। खर्चको हिसाबले जोडेर हेर्ने हो भने यो खर्चालु हो। एकता को हिसाबले हेर्ने हो भने यो हाम्रो पुर्वजले सुरु गरेको त्यो बेलाको एकता या जल दिबस नै हो। यहाँ हामीले एउटै प्रण गरेका हुन्छौ। पानी को स्रोत मा रुख कात्दैनौ, फोहर गर्दैनौ। किन कि यहाँ हाम्रो सिरौउ (मरेका मानिसहरु देवता भएर बस्छन) बस्दछन र हाम्रो सुरक्षा गर्दछन। त्यसैले हामी भाग्यमानी छौ पिउने पानी को स्रोतहरु बचाई राखेका छौ। कुवा, ढुँगेधारो पछि पानीको स्रोत हरु घर घर मा पुगे पनि स्रोत उहि नै हो त्यसैले पनि भूमे पूजा को महत्व अहिले पनि उति नै जरुरत छ। पानी मान्छेलाई मात्रै होईन सबै प्राणीलाई आवश्यक छ। त्यसैले भूमे पूजा को आवश्यकता भोलिको दिन हरु मा पनि छ। तर भूमे पूजा लाई भने जलदिबस को दिन क्यालेण्डर हेरेर सार्नु हुदैन। जुन दखालो (दोखालो) लाई दशहरा मा सारेका जसरी।

(वाखेत डायरी – जमनाको कुरा भित्र बाट)
जमानाको कुरा: भूमे पूजा र नेजा मा समायले गरेका परिबर्तनहरु
-स्यानु पाईजा, पात्लेखेत-७ वाखेत

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s