पात्लेखेतको बृहत स्वास्थ्य शिबिरबाट ८ सय ८१ लाभान्वित

बेनी अनलाईन बाट साभार

म्याग्दीको पात्लेखेत गाविसको रघुनाथ भद्रकाली स्मृती सामुदायिक अस्पतालमा बृहत स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । बिपि चिन्तन प्रतिष्ठान केन्द्रीय कार्य समितिको अयोजनामा भएको स्वास्थ्य शिबिरमा ८ सय ८१ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । शिबिरमा बाल रोग,स्त्री रोग,हाडजोर्नी,दात ,आखाँ,जनरल मेडिसियन जस्ता रोगहरुको परिक्षण निशुल्क औषधी बितरणका साथै भिडियो एक्सरे समेत गरिएको बृहत स्वास्थ्य शिबिरका संयोजक भरत रकालले बेनीअनलाइनलाई जानकारी दिएका छन ।
CIMG2431
बिपि चिन्तन प्रतिष्ठान केन्द्रीय कार्य समितिको आयोजना नेपाल स्वास्थ्य कर्मिसंघ क्षेत्रियकार्य समिति कास्की , गण्डकी मेडिकल कलेज र रोटरी क्लब त्रिपुरेश्वरको प्राबिधिक सहयोगमा सम्पन्न शिबिरमा पात्लेखेत,साबिक घतान, झिँ, पाखापानी लगायतका गाबिसहरु लाभान्बीत भएका छन । शिबिरको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिपि चिन्तन प्रतिष्ठान केन्द्रीय समितिका उपाध्यक्ष पुष्पराज पराजुलीले स्वास्थ्य परिक्षणमा अधिकांश महिला रहेकोले गाउँ घरमा धेरै महिलालाई काम गर्न लगाईने र बिरामी भएपनि समयमा अस्पतालमा नपु¥याईने हुदा गाउँमा बढी बिरामी पर्ने उपचार नपाउने हुदा समय समयमा यस्ता खालका शिबिरहरु बिभिन्न ठाउँमा गर्ने हो भने स्वास्थ्यमा राम्रो सेवा पुग्ने बताएका छन । हाल बिपि चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले नेपालका ३५ वटा जिल्लामा यस्ता खालका शिबिर सञ्चालन गर्ने र पहिलो म्याग्दीबाट सुरु गरिएकोे हो ।
CIMG2424
बिपि चिन्तन प्रतिष्ठान जिल्ला शाखा म्याग्दीका अध्यक्ष एब्म रघुनाथ भद्रकाली स्मृति सामुदायिक अस्पतालका अध्यक्ष चिरन्जीबी शर्माको सभापतित्व नेपाली कांग्रेस पात्लेखेत गाउँकार्य समितिका सभापति शिब बहादुर शाहीको स्वागत बृहत स्वास्थ्य शिबिरका संयोजक भरत रकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिपि चिन्तन प्रतिष्ठानका सदस्य खिमानसिंह रायमाझी रोटरी क्लब त्रिपुरेश्वरका प्रतिनिधी रमेश शर्मा पराजुली, गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल,लगायतले शुभकामना मन्तब्य राखेका थिए । निर्मल खत्री

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s