हराउदै गैरहेको मेलाहरूमा पाहुनाको सत्कार ।
कुनै चाडपर्व विशेष लगाइने मेला तथा उत्सवहरूमा अन्यत्रबाट पाहुनाको रुपमा आउने कुनै युवा या युवतीहरूको समूहलाई स्थानीय स्थरका युवा वा युवतीहरूको समूहले पाहुनाको रुपमा स्वागत गरेर राखेर गरिने एक प्रकारको सत्कार हो जसमा केटा पक्षले केटीहरूलाई र केटी हरुले केटाहरूको समूहलाई आ-आफ्नै समूहलाई सुविधा हने घरमा राखिन्थे भने पाहुनाहरुलाई सामुहिक रुपमा खाना ओढ्ने ओछ्याउन जस्ता आवश्यकीय समाग्रीहरू मिलेर बन्दोबस्त गरिन्थ्यो त्यो बेलाको परिवेशमा पैसाको चलन कमै मात्रामा गरिने हुदा चामल, दाल, कुखुरा र तरकारीहरू सामूहिक रूपमा नै उठाएर पाहुनालाई खुवाइन्थ्यो रमाइलो पक्ष के छ भने अल्लारे केटाकेटीलाई घरमा अबिभावकहरूले पाहुनालाई खुवाउन खर्च दिदैन भनेर लुकी चोरी पनि समानहरू जुटाउथे कतिपय रमाइलो घटना पनि हुन्थे जब सम्म मेला पर्वहरू सकिँदैन थिए तबसम्म पाहुनाहरू जान पाउदैन थिए कहिले कहीँ त मेला सकिए पछि पनि २/३ दिन अरू राख्ने गर्थे र पाहुनाहरू अनुमति बिना जान पाउदैन थिए विशेष गरेर यौङ थिनेचरहरूको हाम्रो गाउँघरमा प्रचलित पाहुना प्रति गरिने सत्कारलाई नै तरुनी तन्नेरी थुन्ने अथवा छेक्ने भनिन्थ्यो यो संस्कार अहिलेको परिवेशमा पूर्णतया लोपान्मुख हुदै गएको छ ।
प्रविधिहरूको बिकास संगै यस्तै संस्कारहरू लोप हुदै गइरहेको छन यसरी तरुनी तन्नेरीहरू जम्का भेट भएर गाइएने रोधी घरहरू सुन्य हुदैछन पर्व विशेष लाग्ने मेलाहरू रमणीय देखिन्न कारण समय बदलीदै गए समयको मागहरू फरक हुन आए टिभी मोबाइल जस्ता अत्याधुनिक मनोरञ्नका सामग्रीहरू आए मान्छे एक्लै भुल्न सक्ने भए विगतलाई फर्केर हेर्ने हो भने एउटा समाचार एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन महिनौ लाग्थ्यो मान्छेहरू रंगरमाइलो गर्न सामूहिक रूपमा नाच गान गर्न पर्थ्यो त्यसैले नै वाखेत हरेलो मेलाको छुट्टै महत्त्व थियो मान्छेहरू बर्षातको खेतीपाती गरेर थकित शरिरलाई मेला मनाएर बिश्वामको अनुभूति गर्थे गाउले बोलीचालीमा रमिता अथवा जात्रोलाई जाड्रो हेर्न जाने पनि भनिन्थ्यो ।
बिषय बस्तु सन्दर्भ तिर नै जोड्औ तरुनी तन्नेरी थुन्ने प्रथा कति सालसम्म चल्यो मलाई यकिन भएन यो गाउँ विशेष फरक पर्न सक्छ तर हाम्रो गाउँमा त्यति पुरानो भएको छैन किनकी मेरो बाल मस्तिष्कले ताजै राखेको रमाइलो घटना छ म भन्दा अग्रज दाईहरुले तरुनी थनेको रमाइलो घटना याद छ हरेलो मेलामा दाईहरुले तरुनी थुनेर कान्तिन बाजेको खाली घर (हालको चुनु + तक पाईजा) को घरमा राख्नु भएको रहेछ सानो केटाकेटीहरू बिद्यालय जादै गर्दा साथीहरू दाईहरुले तरुनी थुनेको कुरा गरेपछि म मा कौतुहल्टा जाग्यो तरुनी के हो ?? भन्ने मलाई थाहा थिएन जब एक दुईजना सानो फुच्चेहरू मिलेर लुकेर हेर्दै थियौ दाईहरुले थुनेको तरुनीहरू पिदी मै बसेको रहेछन भाद्र महिना पानी परिरहेको थियो बलेसीबाट जोगिदै हेर्दा केटीहरूको जमात देख्दा बितिकै तरुनी के हो भन्ने मेरो बाल मस्तिष्कले जवाफ पाइसकेको थियो जब केटीहरू हामी फुच्चेहरूले लुकेर हरेको देखे पछि “हायु कति राउरो कान्छा रु हेर्न आको नि पातिरु हाउरो देवररू होलान् आउ कान्छारु” भन्दै जिस्काउदै समात्न आएपछि लर्डै र फट्कदै भागियो लाजैले सायद लाज चाहिँ सानैबाट बोकिदो रहेछ क्यारे त्यस पछिबाट चाहिँ छिट् फुट रुपमा थुनिए पनि बिस्तारै लोप हुन पुग्यो ।
हाम्रो धर्म संस्कार र संस्कृति हाम्रो पहिचान हुन हामील� जानेको २/४ शब्द लेखिएमा पछि ईतिहास बन्नेछ यो एउटा प्रथा मात्रै होइन यो त्यति बेलाको सत्कार पनि थियो संगै बसुन्जेल दोहोरी गाउने रमाइलो गरे पछि छुट्टिदाको नमिठो पिडा बोकेर अलि पर सम्म छोड्न जान्थे बिदा गर्थे दृष्टिले भ्याएसम्म रुमाल हल्लाउथे भालो भन्दै कराउथे अनि पछि यदि थुन्ने पक्षलाई फेरी उनीहरूको गाउँमा जादा खोजी खोजी थुन्थे किनकी पालोको पैचो तिर्न पर्छ भन्ने मानसिकता हुुनथ्यो जसले एउटा गाउँको अर्को गाउँ संगको सम्बन्ध नजिक हुन्थे कतिपय युवा युवती बिच प्रेम बस्न पुगेर वैबाहिक जिवनमा बाधिन्थे टाढा टाढाको अपरिचितहरू मित्रतामा जोडिन्थे अनि कसैलाई सम्झना पुर्याउनलाई “राम राम छ रे भन्देउ हाइ फलानालाई” भन्ने गर्थे यस्तै थेट बोली चालीहरू कमै सुन्नमा पाउछौ कतिपय मैले नबुझेको शब्दहरू छन तरपनि यो लेखमा उतार्ने प्रयास गरेको हुँ कतै गल्ति भए क्षमा चाहन्छु ।
पात्लेखेत-७ वाखेत, म्याग्दी