सम्झनाको स्पर्शहरु: लाहुरनी बजैको आँगनको टंकी र पूर्जा कान्छौको भित्ते रोगन

सम्झनाको स्पर्शहरु: लाहुरनी बजैको आँगनको टंकी र पूर्जा कान्छौको भित्ते रोगन

लाहुरनी बजै र आँगन

ईण्डिया को २ बटा पेन्शन पछि पनि लाहुरे बाजे ईण्डिया तिर नै थिए। हामीले बाजे को अनुहार कहिल्यै पनि देखेनौ। बजै चाही एकदमै अग्ली र सेतो चपरक्कै सुकेका छाला हड्डी मै टाँसिएकी हुनु हुन्थ्यो। गाउँ मा छरछिमेक सँग बसेर कुरा गर्दा गर्दै पनि उध्नु हुन्थ्यो। उहाँको छोरा
अमर ब. पाईजा (अम्मले भन्थे गाउँलेले) बाबा कै जागीर मा जागीर खान पुगेका थिए। घर आउदा उमेर समुह हेरेर समुह समुहलाई एउटा एउटा बेलुन दिनु हुन्थ्यो। हामी यति खुसी हुन्थ्यौ र खेल्न जान्थ्यौ। नथाक्दै सम्म बेलुन उस्ले उस्ले छोएर आकाश को आकाश मै खेल्दा खेल्दै थाक्थ्यौ। बेलुन भुईमा झर्दथ्यो। छेस्का हरु (भुईका तिखो मसिना सिन्को) मा परेर फुट्दथ्यो। अनि खुसि भएर खेलेका दौतरीहरु एका-एक दुखी भएर झगडा गर्दथ्यो। तैले नछोएर हो। तैले नछोएर हो। नैले धकेलिस, तैले बिराईस त्यसैले बेलुन खस्यो, फुट्यो। फेरी धाँगोले बाँधेर गाँठो बनाएर फुकेर खेल्ने कोशिस गर्दथ्यो। बेलुन फेरी फुक्नै नमिल्ने गरि टुक्रा भएको हु्थ्यो। बेलुन फुटे पछि पनि स-साना टुक्रा सबैले भेटे जति लैजान्थे। कसैले एक छेउ टन्काएर झिंगा मार्दथे। कसैले आफु भन्दा सानो लाई रबरले हानेर भाग्दथे। समाय बित्दै गयो। अम्मले कान्छौ ईण्डिया बाटै जापान जानु भयो रे भन्ने सुनियो। पैसा कमाउनु भयो काठमाडौ तिर घर बनाउनु भयो। लाहुरनी बजैले आमा संग भन्नु हुन्थ्यो। १७ लाख पैसा त माईली दुईता हातले मैले उचाल्नु पनि नसक्ने थियो। पछि सम्म पनि गाउँ को घरमा बजै मात्रै बस्नु हुन्थ्यो। बजै बित्नु भयो। तमती दिदी को पहिलो भाई ४-५ बर्षको उमेर मा बिते पछि घर अफाप भयो कि भन्दै उनिहरु केहि बर्ष त्यहि बसे गणेश जन्मियो। उनिहरुले पनि बेनीमा घर बनाए समाय सँगै यो घर जिर्ण भयो र भट्कियो।

खाने पानी को पहिलो टंकी

खाने पानी को पहिलो टङकी पुरै गाउँलेको लागी यहि आँगन मा बन्यो। यस भन्दा पहिले पाईजा गाउँलेले पानी रेले धारो, (चुनु दाईको पनेलो को रुख मुनी), केशब घर बारी मुनि को कुँवा, र पधेराको ढुँगे पँधेरो मा लिन जान्थे। केहि बर्ष पुरै गाउँले ले पानी खाए। त्यस पछि पानि को पाईप बिग्रे पछि हामी पाईप मा झुण्डेर खेल्ने खेलौना भयो टंकी। अहिले पनि टैकी त्यहि निर नै छ तर अहिले उधो फर्केको छ। पहिले आँगन मै उभो फर्केको थियो।

हामीले थाहा पाउदा यो आगँन मा जोडिएको नयाँ घर पनि थिएन। त्यो ठाउँ मा हामी सिजन अनुसारको खेल खेल्दथ्यौ। ओखर पाक्दा ओखरको थोम, मकै पाक्दा मकैको खोयाको थोम, कहिले दशको – दशको भनेर गनिने ओफीको खोप्पी गुच्चा, थोम, ध्वाँई, छेयाँ, खोप्पी, बोट (कागज को फोल्ड को थोम) खेल्दथ्यौ।

पञ्चायत कालमा केहि बर्ष चलेको पानी टैकी भने बिस्तारै पार्टीहरुको चुनाब चिन्ह ताँस्ने ठाउँ बन्यो। कहिले भिम प्रसाद गौचन लाई जिताऔ, बिकासको मुल फुटाऔ, कहिले हरि ब. बहादुर पुन लाई जिताऔ बिकास को मुल फुटाऔ जस्ता चुनाबी पोस्तर को स्याण्ड बन्यो टैकी। निरदलिय प्रजातन्त्र ढल्यो त्यस पछि ईनामेल पेन्टिङ सुरु भयो। हरेक चिल्ला ढुँगा र चिल्ला भित्ताहरु भरि चुनाब र पार्टीको नारा। अब यो टंकीले हरि बहादुर र भिम प्रसाद लाई जिताउऔ भन्दैन थे। फलानो पार्टीलाई भोट हालौ भन्थे। भित्तेलेखन हरु शुरुवाट को दिन हरु मा त्यति सहज थिएन। सबै राती नै लेखिएका हुन्थे। जिन्दाबाद, मुर्दा बाद, जुन बाद लेखे पनि रातमै लेख्नु पर्दथ्यो। यस्तै नारा लेखेको थाहा पाएर गाउँ निकाला (गाउँ मा मुद्दा लगेका) भएका अनुमान पुन पर्वत बाट वाखेत आएर आफन्तको मा लुकेर पढि रहेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिन्दाबाद भनेर पहिलो पटक पानी टंकीमा कम्युनिस्ट प्रचार लेखिदा धेरैले अनुमान हुनु पर्छ भन्ने अनुमान लगाए। कतिले होईन पुर्जा कान्छा हो भने। रातमा लेखिएको हुनाले सबैले आफ्नो आफ्नो अन्दाज मात्रै लगाए।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिन्दाबाद, सनातन धर्म जिन्दाबाद। यहि दुई लाईन लेखिएको थियो त्यो टँकीमा त्यो बेला सनातन धर्म के हो? नबुझेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) हरुले मान्ने धर्म होला भन्ने लाग्यो। जब सनातन धर्म के हो भन्ने बुझियो। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रचार मा सनातन धर्म जिन्दाबाद किन मिसियो नबुझेर हैरान भयो। कतिपय कुरा कहिले नबुझेर हैरान हुन्छ। कहिले बुझेर हैरान हुन्छ।

यो टंकीले काँग्रेस को रुख चिन्ह, एमालेको सुर्य चिन्ह, राप्रापाको हलो, स्वतन्त्र उमेद्वारको छाता, गिलास जस्ता चिन्ह को प्रचार बोकेर पनि त्यहि पानी नआउने पुरानो टैकी बनेर कयौ बर्ष ठडियो।

अहिले पनि यो आँगन मा उभिने हो भने हामीले खेलेका सबै खेलको सम्झना आउछ। निलो, रातो, पहेलो, हरियो ठुलो बेलुन को याद आउछ। पैसा उचाल्न सकेन भन्ने लाहुरनी बजै को याद आउछ। पछि सुन्नथ्यो काठमाडौ मा ठुलो होटेल छरे – सेतो गुलाफ । हामी खेलेको आँगन चाही अहिले खण्डहर जस्तो भएको छ।

(जमानाको कुरा भित्र बाट
सम्झनाको स्पर्शहरु: लाहुरनी बजैको आँगनको टंकी र पूर्जा कान्छौको भित्ते रोगन)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s