सम्झनाको स्पर्शहरु: मज्जाको झ्याउँ

जमानाको कुरा:

सम्झनाको स्पर्शहरु: मज्जाको झ्याउँ

क्या मज्जाको झ्याउँ लागि रहेको छ। सुकेको गोब्रे सल्लालाई खिर पकाउने ओडार को डिल बाट ढालेर तल खसाले पछि थाकेर ढलेको साथीले खर्शुको ठुलो रुखको हाँगा तिर फर्केर भन्यो। मन मन नै हाँसेर मनमनै भने झ्याउँ त बोरिङ होला नि कहाँ मजा को हुनु। म पनि उसै गरि ढले साँचै उस्ले देखे जस्तै सिमलको धागो जस्तै लामो ट्यान्द्रो आकाश मुनि पुगेको रुखको हाँगा बाट नाक नजिकै हल्लि रहेको देखे। उस्ले देखेको झ्याउँ मलाई पनि मज्जाको लाग्यो।

कसरी माथी बाट तल सम्म बढे होला अरु बिरुवा भन्दा फरक । सबै बिरुवा तल बाट माथी बढेर जान्छन। मेरो मनले बिस्तारै गन्न थाल्छ कुन कुन बिरुवा माथी बाट तल बढन सक्छ ? बोका को च्यापु भन्दा तल उम्रेको दाह्री, भिरालो काल्ला बाट उम्रेर ओरालो फर्केर बढेको खर, बाबियो अनि एक पटक मैले बाजेको च्यापुको दाह्री पनि सम्झे। फेरी आफैमा अलमल परे , झ्याउँ सजिब हो कि निर्जिब ? कपाल जस्तै ? सोचाई मा नै त्यहि सिमल को ट्यान्द्रोमा एउटा पात आएर अल्झिन्छ। पातमा परेको हावाको बेगले सिमल निकै पर सम्म उडेर जान्छ।

पुरानो सुईटर उधारेर बनाएको धागोमा कालीप्रसाद ठुलाउको पर्खाल बाट रेले डाँडा मा पुग्ने गरि उडाएको चंगा जस्तो। बिचमा चिठ्ठी पठाउदा को आनन्द म भन्दा मसिना केटा केटी हरु चंगा हेर्न पर्खालै भरि लाईन बस्दथे। अलि चक बच्चालाई लट्टा समात्न दिएर चंगालाई पठाएका चिठ्ठीहरु अब पुग्छ पुग्छ् पुग्यो को उत्सुकता म भन्दा अझै रमाएको हुन्छ ति केटा केटी खास झन त्यो लट्टा समात्ने बच्चा। अरुलाई पनि म एउटा एउटा जौ को बाला थुटेर पे बनाई दिन्छु, दुई, तीन डाम्रा भोटेकोसा चबाएर पुन: लट्टा समात्छु। उनिहरुले एकै स्वर मा फुक्दछ र पर्खालै भरि पे बज्छ। मानौ चंगालाई अझे उड भनेर हुटिङ दिए जस्तै चंगा माथी आकासिन्छ। बच्चाहरु अझै जोर जोर ले पे बजाउछन। म अलि दुखी हुन्छ। चिठी माउँ चंगा मा पुगेन चंगा अकासियो भने चिठठी चंङगा मा पुग्ने सक्दैन। हामी यस्तै पे बजाउदै दाईहरु को चंगा हेरेको याद छ। चिठी चंगा मा पुग्यो भने मात्रै चंगा झर्दछ। खास मा त्यो चिठी नै चंङगा बसाल्न पठाएको हो। आफ्नै मनले बनाएको एउटा कथा थियो या साँच्चिकै यस्तै थियो।

सत्य यस्तो पनि थियो। हामीले पठाएका चिठीलाई झोकाले बिपरित तिर लैजान खोज्दा धागोहरु अर्को दिशामा जान्थे र चंगा माथी आकासिन्थ्यो। बिस्तारै हावाको बेगले चिठीहरुलाई माउँ चंगा तिर जैजान्थ्यो र त्यो चिठ्टी भनेर धागो भित्र छिराएर पठाएको अर्को बच्चा चंगा माउँ चंङगा मा पुग्दा दुई चंगालाई हावाले लामो समाय उडाउन सक्दैनथ्यो र चँगा तल खस्दथ्यो।

थुप्रे समाय हामी मौन हरायौ। खै उस्ले के सोच्यो, कस्तो कल्पना गर्यो आफ्नै आफ्नै धुन मा हावा कम भए पछि त्यो सिमल पहिले जस्तै नाक कै अगाडी आयो। मैले पात झिकेर फाले। नचिनेका दुई जना मानिस आए र अर्को गोब्रे सल्लाको वरिपरि घुमेर र नाम्लो ले नापे गोब्रे सल्लाको गोलाई। परै बाट हामीले ढालेको गोब्रे सल्ला भए तिर हेरेर भने बिहान सम्म त थियो। कस्ले काटेछ ? हामीलाई केटाकेटी नै सम्झेछन। सोध्दा पनि सोधेनन। नपत्याउने गरि हामीले एउटा अजंग को गोब्रे सल्ला ढालेका थियौ। खीर पकाउने ओडार सम्म माथी बाट तल पहरा मा झर्दा सुकेको गोब्रे सल्ला थन्का थुन्का भएछ। आफुले बोक्न सक्ने थुक्का बोकेर हामी फर्कियौ।

त्यति खेर मैले पनि भने कति मजा को झ्याउँ भयो है।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s