२०१४ लाई फर्केर हेर्दा (ओम रोका को डायरी बाट साभार गरिएको)

२०१४ लाई फर्केर हेर्दा |

(ओम रोका को डायरी बाट साभार गरिएको)

Diary 14-1

मानिसको दुई दिनको जिन्दगी आज होकी भोलि हो कसैलाई थाह छैन तर बाचुन्जेल उसकोलागि हरेक पल र घडीमा अनेक प्रकारको समस्या हरुले झेलिरहेको हुन्छ भने अनेकौ प्रकारको सोचविचार हरु पनि मनमा खेलिरहेका हुन्छ साथै ति सोच र बिचार धेरै जसो सपना जस्तै भएर बिलाउँछ भने कति कुराहरु उसले जिबनमा खुदै आफैले भोगेर काम गर्नु पर्ने हुन्छ अरुले गरेर हुदैन |

हो मेरो लागि २०१४ साल त्यसै गरि बित्यो जुन कुराहरु मैले चाहेको थिए त्यो पुरा हुन् सकेन तर जुन कुराहरु मैले सोचेको पनि थिएन त्यो कुराहरु मैले जिबनमा गर्नु परयो ति कुराहरु मेरो लागि जिन्दगी भरि एक प्रकारको अविस्मरणिय क्षण हुन पुग्यो |

हामी फौजी घरमा काम गरेको मान्छेहरु नत राजनीतिको बिषयमा राम्रो ज्ञान छ नत् अन्य कुरा जस्तै ब्यापार आदि बिषयमा राम्रो ज्ञान होस् साथै दायाँबायाँ छलकपट गर्नपनि नजान्ने सिधापन हुने भएकोले अवकासप्राप्त पछी पनि नेपालमा बसेर त्यहाँको रहनसहनमा प्रतिस्पर्धा गर्न झनै गाह्रो हुने भएकोले फेरि पनि कामको लागि बिदेशमै जानु पर्ने बाध्यता हुन्छ | आफ्नो देश तथा गाउँघरको माया लाग्दालाग्दै पनि बिदेसिनु पर्ने हाम्रो रहर नभएर बाध्यता थियो भने बेलाएत सरकारले भूपू गोर्खा हरुलाई पनि युकेमा बस्ने आवसीय भिसा दिएपछि धेरै नेपालीहरु परीवार सहित युकेमा बस्न थालेको छन् | त्यसैको सिलसिलामा म पनि सन् २००६ साल देखि परिवार सहित युकेमा आई स्थाई बसोबास गर्न थालेको हो साथै सुरुको दिनहरुमा यहाको लागि हरेक कुराको लागि संघर्ष गर्नु परेको थियो भयो भने त्यसपछीका दिनहरु आ-आफ्नो काममा ब्यस्त हुदै समय बित्दै गयो |

फेसबुकको सुरवात |

सुरुमा श्रीमतीले फेसबुक खोलिन तर मेरो भने काममा काम र फुर्सदमा चाहि म्यारिज खेलेर समय बिताउने गर्ने तर पछी बिस्तारै२ श्रीमतीको फेसबुक हेर्न थाले हुदाहुदै मलाई पनि फेसबुकमा रस बस्दै गयो फलस्वरुप मैलेपनि आफ्नै फेसबुकको खाता खोले र धेरै साथीहरु बनाए | मेरो आफ्नो गाउँ पात्लेखेतमा आतेजाते भएपनि मेरो बचपनमा हुर्केको गाउँ वाखेत संग भने मेरो पुरै सम्बन्ध बिच्छेद थियो | तर यहि फेसबुकको माध्यमबात वाखेत गाउँसंग सम्बन्ध गासिन पुग्यो र त्यहाको बारेमा सम्पूर्ण हालखबरहरु पनि थाह पाउँदै गए जसको लागि यो वाखेत वालको Create गर्नुहुने तेजिन्द्र थापा बाबु र गाउँघरको हरेक खबर अपडेट गर्नुहुने भदै स्यानु / राम पाईजा लाई धन्यबाद दिन चाहान्छु |

Diary 14-2

ख्याल ख्यालैमा समाजसेवी |

बि.स. २०७० सालमा मा एक महिनाको बिदा लिएर नेपाल जाने क्रममा गाउँको लागि केहि गरौ भन्ने भित्रि ईच्छा भएकोले अरु कुराहरुमा भन्दा पनि हाम्रो लोप हुन लागेको सस्कृति पुर्खेउली नाचको लागि केहि हौसला बढाउन सानो कोषको स्थापना गर्ने बिचार भयो  | सुरुमा म आफैले ५० – ६० हजारको कोष स्थापना गर्छु भन्ने बिचार थीयो तर एकाएक मेरो बिचार बदलियो र यो सँस्कृति भन्ने कुरा म एक्लैले गरेर हुदैन सबैले मिलेर सहयोग गरेमा एकताको भावना हुन्छ भन्ने मनमा जागेर आयो र युकेमा हुनु भएको सबै गाउँले दाजुभाई र  साथीभाई हरुसंग सल्लाह गरेपछि उहाहरुले पनि स्वीकृत जनाउनु भयो र सबै वाखेत / पातलेखेत युके बासीको तर्फबाट रु. ११७,३५०.  अक्षयकोषको स्थापना गरियो | त्यसै गरि भूपू गोर्खा सैनिक कम्पुटर भवनको लागि पनि रु.  ८१,५०० र पोखरा आईडल नृत्यमा टप पाच भित्र छानिनु भएको मिरा राम्जाली लाई रु. ५,००० सहयोग गरियो भने मेरो आफ्नो व्यक्तिगत तर्फबाट बिद्दोदय निमाबि वाखेत लाई रु. ६०,००० / एकथान कम्पुटर / आमा समुहलाई रु. १०,००० नृत्य कलाकार विद्यार्थी भाईबहिनि हरुलाई रु. ४,००० र घारसुन्ना लालिगुरास युवा क्लबलाई खेलकुदको सामानहरु सहयोग भएको थियो | बि.स. २०७० साल फाल्गुन १७ गते बिद्दोदय निमाविको प्रागणमा रकम हस्तान्तरण तथा सम्मान कार्यक्रम भएको  थियो | कार्यक्रम अति भव्यताका साथ् भएको थियो जुन कुरा मैले सपनामा पनि सोचेको थिएन | केहि झलकहरु तस्बिर आफै बोल्छ:-

Diary 14-3 Diary 14-4

दिपक माध्यमिक बिधालय पात्लेखेतमा पनि सोहि दिन बि.स. २०७० साल फाल्गुन १७ गते  बिहान समयको अभाबले छोटो भेटघाट कार्यक्रम राखिएको थियो जसमा बिधालयको अध्यक्ष जिउ सिब साही, सिक्षक् जिउहरु तथा केहि गाउँलेहरुको पनि उपस्थित रहेको थियो।

Diary 14-5

सो आयोजना गरिएको कारण सन. २०११ सालमा बिधालयको भवन निर्माणको लागि मेरो तर्फबाट रु. १०१,१०१ आर्थिक सहयोग गरेको थिए त्यसैको लागि सम्मान कार्यक्रम गरिएको थियो |

११ बर्षीय ब्लड क्यान्सरबाट पिडित भुवन घर्ति मगरलाई बचाऊ अभियान:-

यसै फेसबुकको पेजमा भुवन घर्तीको बारेमा पढेपछि मलाईपनि केहि आर्थिक सहयोग गर्न मन लाग्यो त्यसैले भुवनको नातेदार संग कोहिछ युकेमा आर्थिक संकलन गर्ने मान्छे ? भनेर सोधे तर युकेमा कोहि हुनु हुन्न आफ्नो मान्छे बरु हजुरले नै संकलन गरिदिनु परयो भनेर अनुरोध गर्नु भयो | सोधी हाले अब यस्तो अवस्थामा हुदैन भन्न मिलेन त्यसैले हुन्छ भने तर त्यो भुवन घर्ति बाबु कहाँ रोल्पाको चिन्नु न जान्नु को संग चन्दा माग्ने तैपनि फेसबुक मार्फत आग्रह गरे पछि झन्डै ६९ हजार रुपिया संकलन गर्न सफल भएको थिए सम्पूर्ण चन्दा दाताहरुलाई मेरो तर्फबाट मुरीमुरी धन्यबाद छ | हाल खबर अनुसार भुवन घर्ति मगरको स्वास्थमा धेरै सुधार भै बिधालय जान थालेको खबर छ | तस्बिर आफै बोल्छ:-Diary 14-6 Diary 14-7

दुवै मृगौलाले काम गर्न छाडेको बिरामी लाल बुढाथोकी बचाउ अभियान:-

केहि महिना अघि मात्र रोल्पा जिल्लाबासी भुवन घर्ति मगरको लागि संयोजक भएर चन्दा संकलन गरेको थिए भने यसपटक आफ्नै गाउँको बिरामीलाई सहयोग नगर्ने कुरै भएन | त्यसैले फेरी पनि फेसबुक र फोनको माध्यम बात सबै साथीभाईहरुलाई आर्थिक सहयोगको अनुरोध गर्दै रु. ३०८,६६० अक्ष्यरुपी तीनलाख आठ हजार छसय साट्ठी रुपया मात्र चन्दा संकलन गर्न सफल भएको थियो | यस्तै गरि अरु ठाउँहरु बात पनि सहयोग संकलन भैरहेको खबर छ सम्पूर्ण सहयोगी चन्दा दाताहरुलाई हरुलाई मेरो तर्फबाट मुरीमुरी धन्यबाद छ | उहा भान्जा लाल बुढाथोकीको स्वास्थमा सिघ्न सुधार होस् भनि कामना गर्दछु | तस्बिरहरु आफै बोल्छ:-

Diary 14-8

1

वाखेत डायरी मा हामीले त्यहि पलहरुलाई बचाउने कोशिस गर्दछौ। जुन हाम्रो बरिपरि का सृजनात्मक र पछि को पुस्ताको लागी हाम्रो कुरा हामीले नै बचाउनु पर्दछ।

ओम पुसाउलाई धन्यबाद। यति मिठो यादगार पाईला वाखेत डायरीको लागी उपलब्ध गराईदिनु भएको मा।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s