सम्झनाका स्पर्शहरु: संस्कारमा परिमार्जनका डोपहरु

जमानाको कुरा
सम्झनाका स्पर्शहरु: संस्कारमा परिमार्जनका डोपहरु

(समाय परिबर्तनसिल छ। आजको जमानाको कुरा मा जन्म, मृत्यु र बिबहा संस्कार मा आँखा अगाडी नै भएका परिमार्जनहरुको संगालो छ। कतिलाई अपच पनि लाग्छ समाय अनुसार मानिसको सोच र मान्यता एउटा त्यस्तो बलियो गरि बस्दछ कि जस्ले परिबर्तनलाई स्वीकार गर्दछ।)

मान्छे मरेको थाहा पाएको पहिलो सम्झना

भीम ब. पाईजा ( सानो ईन्द्र पाईजा को बाबा) बित्दा हामी ४-६ बर्षको मात्रै थियौ। अचानक पाखाको बारीमा जोत्दा जोत्दै मुटु खायो भनेर बारी मै बित्नु भयो। जति बेला ईण्डियाको आर्मीबाट छुट्टीमा घर आउनु भएको थियो। बाबा बिते पछि ईन्द्र लाई लिन केहि मानिस स्कुलमा आए। स्कुल अहिले को भुमेथान आमा समुहको भवन भएको ठाउँ मा थियो।
हामी पनि हेर्न भनेर पछि पछि गयौ। ठुलाहरुले तिमीहरुले हेर्नु हुदैन भनेर हामीलाई लखेटे। जान नमान्ने हरुलाई आमा बजै हरुले गुन्यु र पछ्यौरीको पल्ला भित्र लुकाए। मानिस मर्दछन र मानिस मर्दा सबै रुन्छन भन्ने थाहा पाएको त्यति नै बेला हो। ३ दिन मा किरिया गरियो र त्यो किरिया उनिहरु कै आँगन मा गरियो। वाखेत मा भीम ब. नाम मात्रै १३ जना को छ। पाईजा मा मात्रै ३ जनाको छ। पाईजा, रोका, राम्जाली सबै गर्दा १३ जना भिम ब. छन।

छाक फाल्ने चलन

अचेल एउटै थरको मानिस मर्दा मात्रै छाक छाडने र नुन बार्ने गरिन्छ। हामीले थाहा पाउदा सम्म पुरै गाउँ मा जुन सुकै थर का मानिस मरे पनि त्यो दिन गाउँले ले नै छाक फाल्थे। पानी पिउनलाई तामाको गाग्रीको चलन आई सकेको हुन्थ्यो। छाक फाल्दा भात, ढिडो, रोटी यस्ता खाना नखाएर भुटेको मकै, उसिनेको फर्सि यस्ता खाना एक समायको लागी खाईन्थे। पानी टाढा बाट ढुँगे धारो या कुवाँ बाट लिनु पर्ने हुन्थ्यो। गाउँ मा मानिस मर्यो रे भन्ने सुन्दा बित्तिकै सबै भन्दा पहिले सबैकोघर घर को पानी सबै पोखिन्थे। सबैले ताजा पानी नजिकका पधेरो, कुवाँ हरुमा जान्थे। कसरी, कुन बिमारले, कति थलिएर मरे जस्ता सबै कुरा सबैले त्यहि पँधेरो गफगाफ बाट थाहा पाउथे। छाक फाल्ने र पानी फेर्ने चलन त्यसैले चलेको हुनु पर्दछ मानिस मर्दा सबैले थाहा पाउनु पर्दछ।

माटो बार्ने चलन

जेसुकै काम होस मान्छे मरे भनेर सुने पछि खन्ने जोत्ने काम बन्द गरिन्थे। मान्छे मरेको दिन खनजोत गर्यो भने माटो मर्दछ। सुन्दा बितिकै खन्न छोड्नु पर्दछ भनेर जमिन खोन जोत गर्न बन्द गर्दथे। म ३६ बर्षको भए। कम्तीमा १६ बर्षमा जोते हुँला। त्यो समायमा म फड्के मा जोत्दै थिए। भबिन्द्र ले गोट्टेखोर खोरियामा जोत्दै थियो। एउटा अचम्म के लाग्छ भने फड्के र गोट्टेखोर बाट हामी कुरा कानी गर्न सक्थ्यौ। तगालो मा बसेर गम ब. पुन दिन भरि कुम्बीर थापा को भाले र फक्तीराम भाले लाई जिस्काएको फड्के बाटै सुन्थ्यौ। टगालो मा उभिएर मुखले कुखुरी काँ को आवाज निकालि दिए पछि कुम्बीर र फक्तिरामको भालेहरु पालै पालो बास्थे। के रमाईलो लागेको हो कहिले कहि दिनभरि मुखले भाले बाँस्नु हुन्थ्यो। नथाकी दिनभरि यताका भालेहरु पनि दिन भरि बाँस्थे।

अहिले जस्तो फडके र गोट्टेखोर नदेख्ने गरि जँगल त्यो बेला थिएन। रुखहरु भएनन भने आवाज धेरै टाढा सम्म पुग्दो रहेछ भन्ने प्रमाण हो। मैले र भबिन्द्रले गोट्टेखोर फडके कुराकानी गर्नु सक्नु। चलन नै यस्तै थियो जहाँ सुन्यौ त्यहि ठाँउमा रोक्यौ । उले उस्लाई उले उस्लाई भन्दा भन्दै फडके सम्मै पुग्यो धन माया को बाजे बितेको कुरा। हामी जोत्दै गरेको सबै छाडेर मरेको ठाउँ मा झर्यौ। यस्ले के देखाउछ भने माटो बार्ने चलन आज भन्दा २० बर्ष पहिले सम्म पनि थियो। छाक फाल्ने र माटो बार्ने चलन थर मा मात्रै होईन गाउँ मा नै साझा थियो। जो मर्दा पनि माटो बार्नु पर्ने , जो मर्दा पनि छाक फाल्नु पर्ने। त्यति बेल मानिसको जनसंख्या कम्ती थियो। मुस्किलले बर्षमा ३-४ मानिस मर्दथे। जनसंंख्या बढ्यो। मर्ने मानिसहरुको संख्या पनि बढ्यो। माटो बार्ने भन्ने चलन पछि सम्म पनि चल्यो। छाक फाल्ने चलन बिस्तारै सरो-भाई (थर) सिमित भयो।

मण्डलीथान शिब रोका को बाजे ईन्द्र ब. रोका चौतरापोखरी संगेता गर्दा गर्दे रगत बान्ता गरेर मरे। त्यति बेला सबैले ईण्द्रबाण ले फेला पार्यो भने। भिम ब. पाईजा मर्दा पनि धेरैले त्यस्तै भन्थे बाण लाग्यो। कतिले जोत्दा हलो ले सन्नी ( अण्डाकोष) मा लाग्यो होला सम्मको अनुमान गरे। कतिले सक्क सक्क, (प्रसाद, खानाको चढाई पराई – खानु भन्दा पहिले सिमेभुमे, देबिदेउता, वायु लाई चढाउनेकाम) राम्रो भएन सम्म भने।

पहिलो पटक मलामी

दाई तन्नेरी नहुदै सम्म बाबा जानु हुन्थ्यो मलामी मा। दाई बिदेश पुगे पछि म पहिलो पटक मलामी कर्ण ब. थापा मर्दा गएको छु। झरपानी मा मलामी गयौ। लास जलाउनु पर्दा लैजाने दाउरा एक ठाउँ मा मात्रै बाँध्नु पर्दछ। उल्टो गरी बाटो को चोया को निगालो चिर्नु पर्छ। बिजोर पार्नु पर्छ जस्ता कुरा हरु सिकियो। त्यति बेला समाज का मानिसहरु नयाँ लाई सिकाउनु पर्दछ भन्ने स्वभावका हुन्थे। त्यो बेला को पहिलो पटक मलामी जाँदैछ को पहिल्यै गईसकेको छ सबैलाई थाहा हुन्थ्यो। मानिसहरु समाज र संस्कारको काम मा यति सकृयता देखाउथे कि मलाई मि भिड मा म नयाँ थिए। थिर ब. कान्छौ, भिम ब. कान्छौ हरुले आएर सिकाई हाल्नु भयो। बुहारी पेट को छ होला यो गर्नु यो नगर्नु। छोटकरीमा सबै भन्दा सजिलो गरि सिकेको र कहिल्यै नबिर्सने गरि सम्झेको त्यति बेला नै हो। लास को मुख नहेर्नु। दाग दिदा सबै मलामीले माटो र सिन्का दिनु पर्दछ त्यो नदिनु।

अचम्म को कुरा के भयो भने लास सिद्दथान- गोट्टेखोर -छहराबोट- मकि्किना हुदै झरपानी गयो। त्यो भन्दा सजिलो बाटो मुल बाटो चौतराबोट-छहराबोट लगियो। मैले कारण सोधे सोमे र टक ब. को घरमा साना साना केटा केटी छन मरो (लास) देखेर सातो जान्छ। पहिले का मानिसले यसरी तर्काउथे र केटा केटी को बाटो।

दोस्रो मलामी

खड्क सिं राम्जाली बाजे लाई परालाईज भयो। माघे संग्राती मनाउन गाउँ गएको बेला मा बिचरा मुख बोल्दैन थियो तै पनि चिया खा भन्दै केटलीमा को चिया तताउनु भयो। उहाँले ईशारा गर्ने मैले बोल्ने गरेर बात मार्यो। यो भन्दा पहिले पनि त्यस्तै भएको थियो समाय मै काठमाडौ पुराएको ले सन्चो भएको बिमार ४-५ बर्ष पछि फेरि उल्झियो। गाउँ गाउँ मा माओबादी चलपल बढि थियो। एउटा एउटा गरेर पुरै गाउँले घर बाट डेराबासी भएका थिए भएका नानीहरु पढाउन भन्दै बेनी बजार र देशका बिभिन्न शहर हरुमा। बाजेलाई गलेश्वर घाट मा ल्याए हामी त्यहि घाट सम्म भए पनि मलामी जाउँ भनेर बेनी बाटै गलेश्वर गयौ। त्यति बेला बेनीमा रहेका छोरी मान्छेहरु पनि सबै हेर्न गए। कर्ण ब. थापा मामा मर्दा गर्भमा भएको मेरो छोरी पढ्न सुरु गरेको थियो मात्रै ४-५ बर्ष को अन्तरमा गाउँ महिला मलामी जाने गरि परिबर्तन भै सकेको थियो। त्यसैको ठिक ४-५ बर्ष पहिले मानिसहरुले सुत्केरी र नानीहरु छन भनेर मलामी को बाटो नै फरक बाटो पार्दथे।

तेस्रो मलामी

तेस्रो पटक मलामी भिरकुना (झि) राजु थजाली को बाबा बित्दा गए। त्यति खेर मलामी मा एउटै घरका सबै परिवार मलामी मा थिए। त्यसमा पनि साना केटाकेटीहरु बोकेका नानी आमा हरु आफ्न नानीहरुलाई लास देखाउदै थिए। रमिता झै मानेर केटाकेटी हेरिरहेका थिए जल्दै गरेको लास। दोस्रो र तेस्रो मलामी को बिचमा १० बर्ष को अन्तर छ होला। १५० भन्दा बढि मलामी हरु गाउँ देखि नजिक को डाँडा सम्म पुगे। भिरकुना झि गाबिस भए पनि त्यहाँ का मानिस मर्दा गाउँ कै मानिस मर्दा जति कै गरेर मलामी आईजाई हुन्छ। मलामी हरु २-३ जना जलाउने बसेर सबै फर्किए। म छक्क परे। पहिलो मलामी र तेस्रो मलामी बिच को अन्तर सम्झेर। हामी सानो मा थकाली हरुको मलामी म यस्तै हुन्छ भन्ने सुनेका थियोौ। भान्जा या ज्वाँईहरुले कुखुराको मासु र रक्सी खादै लास जलाउछन रे भनेको सुनेको थिए। रक्सी र चटनी खादै लास जलाएको आफैले देखे। यस्ले मानिस को भावनात्मक सम्बेदना कहाँ पुग्दैछ र कताको सिको गर्दैछ भन्ने देखाउछ।

पहिलो पटक मलामी जादा महिला मलामी जादैनथे। दो्स्रो मलामी जाँदा आधा मलामी महिला थिए। तेस्रो पटक मलामी जाँदा १०-१५ जना बाहेक सबै महिला र नानीहरु थिए। यतिका नानी र नानीका आमाहरु लास जलाई सकुन्जेल रात पर्छ बसि राख्ने कुरा पनि भएन। यसरी आबश्यकताले परिमार्जन हुदै जान्छ चलन हरु।

कहिले कहि चलेको चलन संस्कार भनेर सजिलो कुरा पनि गाह्रो बनाउछौ। सम्झनामा त्यस्तै घटना हरि को सम्झना छ।

चित्रे दाई (सोम दाईको भाई) र बेगम ब. पाईजा एकदमै मिल्ने साथी। बेगम दाई को बिहे हुनु भन्दा १ दिन पहिले चित्र दाई को किरिया भयो। किरिया मा सहभागि भएर बिबहा मा नाच्नु जादाँ नस्को कस्तो लागेको थियो। चित्र दाई त्यो बेला जण्डिजले मर्न पहिलो थाहा लागेको ब्याक्ती हुन। पिले (पहेलो) लागेको होरे भन्थे। हामीलाई भैसी माथी घोडा चढाएर चौतराबोट पुराउने जर्किन पेटमा बाँधेर टैकीमा पौढि खेलाउने दाई मर्दा हामी धेरै रोएका थियौ। त्यति बेला सम्म मा पनि किरिया घर मै गरिन्थे। चित्रे दाई को किरिया पनि घर कै अगाडी को आँगन मा गरेको हो। बेगम दाई को बिबहा रोकिन्छ भनेर चित्रे दाई को किरिया उम्काएको हो।

त्यस्तै खोरिया मा भबिलाल दाई र चौतराबोट लै प्रसाद कान्छौ को बाबा को किरिया एकै पाटो (दिन) मा गरिएको छ।

अम्बिका र कृष्ण कुमारी को ११ दिन सुटक पनि एक दिन मा गाफिएको छ। समाज का कुनै पनि चलन हरु यस्तै नै हो यहि नै हो भनिन्छ भने समायले त्यसलाई गलत साबित गर्दछ।

अर्को संयोग भनेको अबिन पाईजा को बिबहा ( बेगम दाई को जेठो छोरा) को बिबहा बाट नै सरो चलन को चामल उठाउने चलन को सत्ता मा नगद उठाउने चलन बसेको छ। भने भेजा चलन हटाईएको छ। थुप्रै पटक भाई सल्लाह भए अब भेजा को मासु बन्द गर्ने तर कोहि पनि मान्न राजि थिएनन। दखालो मा भाई सल्लाह गरे अब यो दखालो देखि उता जस्को पनि बिबहा हुन्छ उसैको पालो बाट भेजा हताउने। (भेजा बराबर रकम उठाएर बिबहा हुने घर मै सबै घरका सबै जना एकै ठाउँ मा जम्मा भएर खाना खाने र दिन मा काटिएको राँगो को मासुलाई सबै सरो-भाई हरुले बराबर बिलो लगाएर लैजाने। टाउको, भित्री भाग लाई भोज को लागी सगुन को रुपमा राख्ने सामुहिक चलन हो, सबैले बराबर उठाएर सबैले बराबर खाने चलन, दामा सामी खर्च बोक्ने चलन)

पहिले को जमानामा बर्षको १-२ बिबहा हुन्थे। राँगा हरु सबैको घरमै हुन्थे। बिस्तारै बर्ष मा १०-१५ बिबहा हुन थाले। चौपाया पाल्ने चलन हरायो राँगो काटेर भेजा गर्दा अर्थिक रुपमा सबैलाई भार भयो। त्यसैले भेजा चलन हरायो। कतै बाहिरी गाउँ ठाउँ मा मेला पर्वहरुमा पर्यो भने पनि यस्तै तरिका अपनाईन्थे। तरुनीहरुले खाना लिएर आउथे। ठिटाहरुले रुमाले भेजा भन्ने चलन थियो। खाजा खादै गर्दा रुमाल राख्थे र सबैले आफ्नो ईक्छाले रकम रुमाल मा राख्दथे त्यहि पैसा बाट फलफूलहरु किनिन्थे र सबैले खाएर बाकी रुमाल नै सँग केटीहरुलाई दिन्थे उनिहरुले घर फर्कदा आफ्ना भाई बैनीहरुलाई लगेर दिन्थे।

अहिले को ईस्टमित्र भेट्ने दिन पनि रात मा थियो। कमला दिदी को पालो देखि मात्रै दिन मा सरेको हो। यसो हुनु को कारण हिउँ परेर रायखोर-मुलपानी बाट जन्तीहरु रातमा वाखेत आउन नसकेर झि मा बास बस्नु थियो। कमला दिदी र अबिनको बिबहा सबैलाई सम्झना हुने छ। उनिहरु को बिबहा बाटै नै संस्कार हरु परिमार्जन भएका छन। सजिलो को लागी समाय सुहाउँदो परिमार्जन गर्नु संस्कार मास्नु होईन संस्कारलाई बचाई राख्नु पनि हो।

समाय अनुसार परिमार्जन आवश्यकता छ। परिमार्जन गर्नु नसकेकै कारण थुप्रै चलनहरु राम्रा हुदा हुदै पनि पुस्तान्तर हुन सकेनन।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s