बिम ग्रामिण कृषि पर्यटन महोत्सव भब्यताका साथ सम्पन्न, लोक दोहोरी गित प्रतियोगितामा बिवाईसी बागलुङ बिजयी

बिम ग्रामिण कृषि पर्यटन महोत्सव भब्यताका साथ सम्पन्न, लोक दोहोरी गित प्रतियोगितामा बिवाईसी बागलुङ बिजयी

Written By : म्याग्दी अनलाइन on January 6, 2015

कमल खत्री
म्याग्दी, २२ पुस ।
म्याग्दीको बिममा रहेको किसानी उच्च माविको स्वर्ण जयन्तीको अवसर पारेर सञ्चालित बिम ग्रामिण कृषि पर्यटन महोत्सव भब्यताका साथ सम्पन्न भएको छ । बिमको कृषि, पर्यटन, जलविद्युत लगायत विकासका सम्भावनाको उजागर गर्ने, कला र संस्कृतीको संरक्षण एवं खेल प्रतिभालाई प्रोत्साहनका साथै कृषि क्याम्पस स्थापनाका लागि आयस्रोत जुटाउने उद्देश्यले किसानी उच्च मावि र म्याग्दी बिम समाज युकेको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो । बिममा १५ महिने कृषि जेटिए विषयको अध्यापन हुने किसानी प्राबिधिक शिक्षालयको स्तरवृद्धी गरी कृषि क्याम्पस स्थापनाका लागि आयस्रोत जुटाउने लक्ष्य सहित पुस १६ गतेदेखि पुष २२ महोत्सब सञ्चालन भएको हो ।

IMG_3123

महोत्सवमा बिमको विकास र प्रर्वद्धनमा सहयोग पुग्ने गतिबिधीको साथमा परम्परागत झाँकी प्रस्तुत, कृषि, लघु उद्यमीका उत्पादन प्रर्दशनी गरिएको किसानी उच्च माविका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिनुभयो ।
महोत्सवका अवसरमा स्वास्थ्य, पशु, माटो परिक्षण र बाली उपचार शिवीर पनि सञ्चालन गरिएको थियो । महोत्सवमा २० हजार जना दर्शकले अवलोकन गरेको र ५० लाख रुपैया बराबरको आर्थिक कारोबार भएको महोत्सवका संयोजक कृष्ण जुक्जालीले जानकारी दिनुभयो । संयोजक जुक्जालीका अनुसार महोत्सवको आय व्यय विवरण छिट्टै सार्वजनीक गरिने भएको छ ।

???????????????????????????????
महोत्सवमा खर्च भएर बचत भएको रकम कृषि क्याम्पस स्थापना गर्न प्रयोग गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा सहभागि हुन बिमको छिमेकी गाविसका बासिन्दाका साथै प्रवासमा रहेका बिमबासीहरु आएका थिए । महोत्सबमा आयोजित लोक दोहोरी गित प्रतियोगितामा बिवाईसी बागलुङ प्रथम र कृषि औजार निर्माण उद्योग हाँडेभिर दितृय भएका छन् । लोक दोहोरीमा प्रथम र दितृयलाई क्रमश ७५ हजार र ४५ हजार रुपैया पुरस्कार प्रदान गरिएको किसानी उच्च माविका शिक्षक सुर्मन गर्बुजाले जानकारी दिनुभयो ।???????????????????????????????

महोत्सबमा आयोजित पुरुष भलिबल प्रतियोगितामा दरबाङ प्रथम र केवाईसी घतान द्धितिय र न्यु एकता युवा क्लब बावियाचौर तितृय हुँदै क्रमश नगद रु ८० हजार , ४५ हजार र २५ हजारको साथमा प्रमाणपत्र र मेटलद्धारा पुरस्कृत भएका छन् । महिला भलिबलमा रुम डाँडागाउँ प्रथम न्यु मालिका युवा क्ल्ब दुखु द्धितिय हुँदै क्रमश नगद रु ५० हजार र ३० हजार नगद सहित मेडल र प्रमणपत्र हात पारेका छन् । त्यस्तै पूरुष बास्केटबल प्रतियोगितामा प्रथम चिमखोला र द्धितिय बिमलाई नगद रु ५० हजार र ३० हजारको साथमा मेडल र प्रमणपत्रद्धारा पुरस्कृत गरिएको छ । महोत्सबको अबसरमा आयोजित ताराखेलमा बेनी स्पोष्र्ट क्लब प्रथम र नेपाल मगर आर्चरी संघ पोखरा द्धितिय हुँदै क्रमश नगद रु ४० हजार र २५ हजार पुरस्कार हात पारेका छन भने मावि स्तरीय नृत्य प्रतियोगितामा केवि एकेडेमि दरबाङ प्रथम, किसानी उच्च मावि विम द्धितिय र चन्द्रज्वती निमावि खिवाङ तितृय हुँदै क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका गरेको आयोजकले जनाएको छ ।IMG_3210

महोत्सवमा मुना थापा मगर, खड्ग गर्बुजा, शिरिष देवकोटा, राजन ठकुरी, सुरेन्द्र बिक, कल्पना श्रीपाली, राम गगन, विलन थापामगर, कृष्णा परियार, गगन पुन लगायतका कलाकारहरुले गित प्रस्तुत गर्नुभएको थियो । बिम महोत्सवको अवसरमा पश्चिम म्याग्दी युवा कल्व दरवाङको प्रायोजनमा नमस्ते हस्पीटल पोखराको सहयोगमा बिममा निशूल्क मुटु रोग शिवीर पनि सम्पन्न भएको छ । शिवीरमा चार सय ५० जनाले मुटुरोग सम्बन्धि सेवा लिएका र तिन लाख रुपैया बराबरको औषधि निशूल्क वितरण गरिएको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रले सञ्चालन गरेको निशूल्क आर्युवेद शिवीर मार्फत २५० जनाले सेवा लिएका थिए ।

– See more at: http://www.myagdionline.com/?p=24640#sthash.JNeHBxij.dpuf

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s