मलेसियामा अलपत्र एक म्याग्देलीको उद्धार

रोजगारको सिलसिलामा मलेसियामा अलपत्र परेका एक म्याग्देलीको उद्धार गरिएको छ । जिल्लाको पात्लेखेत गाविस–७ घर भएका किर बहादुर रोका अलपत्र परेको समाचार बेनीअनलाइनबाट प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीको निवेदन तथा नेपालगञ्जका केशव शर्माको सक्रियतामा उद्धार गरी घर पठाइएको छ । ‘उहाँलाई केही आर्थिक संकलन गरी घर पठाएका छौ । तपाईहरूको सक्रियताले कागजप्रक्रिया मिलाउन सहज भयो’ टेलिफोनमा शर्माले बेनीअनलाइनलाई बताए । १२ बर्षदेखि अलपत्र रहेका रोकासँग नागरिकता समेत नभएको र अवैधानिक तरिकाले बसेकाले पनि प्रहरीले खोजि गरिरहेको थियो ।

1मलेसिया सरकारले अवैध कामदारलाई आवश्यक प्रक्रिया पुरा गरेर फिर्ता पठाउन डिसेम्बर अन्तिमसम्मको म्याद दिएको थियो । रोकासँग टिकट काट्ने पैसा समेत नभएकाले त्यहाँ रहेका नेपालीले सहयोग गरेका थिए । अवैध तरिकाले बसेका कामदारलाई कम्पनीले समयमै तलव नदिने तथा विभिन्न वाहना देखाउँदै प्रहरीको जिम्मामा लगाउने गरेको थियो ।

रोजगारका लागि मलेसीया पुगेका केही नेपाली अवैध अवस्थामा भेटिएपनि फिर्ता जाने प्रक्रियाका बारेमा जानकारी नभएकाले समस्या उत्पन्न भएको बताइएको छ । राजदुतावासको पहुँच नपुगेका ग्रामिण इलाकामा रहेका नेपालीले तलव समेत नपाएको गुनासो आउने गरेपनि त्यसप्रति सम्बोधन भएको छैन । हरिकृष्ण गौतम

FacebookTwitterGoogle+PinterestTumblrRedditLinkedInBookmark/FavoritesPocketInstapaper

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s