सम्झनाको स्पर्शहरु: बिद्योदय प्रा.बि- निमाबि-माबि‌-‌+2 स्तरउन्नति अभियान र “चिनो कोष” १९,८७,९८१/- स्थापना भयो

जमानाको कुरा:
सम्झनाको स्पर्शहरु: बिद्योदय प्रा.बि- निमाबि-माबि‌-‌+2 स्तरउन्नति अभियान र “चिनो कोष”

(आज को सम्झनाको स्पर्शहरुमा बिद्योदय प्रा.बि. स्तरउन्नती अभियान समुहमा म किन र कसरी जोडिए भन्ने बारे सम्झना हरु सेमटिएको छ।)

म किन र कसरी जोडिए बिद्यालय स्तरउन्नती अभियान समुहमा

थुप्रै डेरा बसाई र सराई पछि जिबन को कुनै पलहरु ढुंगेपाटन ( लेखनाथ नगरपालिका -१३, पोखरा) पुगेको बेला २०६६ को तिहार आयो। गाउँ बिजुलीकरण हुदै थिए। हाम्रो घरमा मानिसहरु गाउँ बाहिर भएको ले अध्यारै थियो। बाबा आमा भेडिखर्क बस्नु हुन्छ। झि मा बिजुलिकरण हुन लाई धमाधम पोलहरु ओसारदिदै थिए। कच्ची बाटोहरुले मुस्किलले गाउँ जोडिएका थिए। मैले तिहार लाई त्यहि बत्ती जोड्ने र तिहार पनि मनाउने किसिमको योजना बनाएर गाउँ गए।

तिहारको ३ दिन मात्रै पहिले सरकारी कार्यलय हरु बन्द हुनु १ दिन अगाडी मिटर बक्स निकाल्ने काम हरु भए वायरिङ गर्ने बिल्डिङ वायरले नै चौतराबोट स्व. कर्ण ब. थापा को घर देखि भेडिखर्क हाम्रो घर (गोठ) सम्म कति मिटर रहेछ नाप्यौ। १ मिटर को रोल थियो केबुल(तार) २ पटक मै घर पुग्यौ। नाप्न मा साजन र रामकृष्ण भाई हरुले सहयोग गरे। बिहानै तार नापेर मा कालो तार किन्नलाई बेनी झरे। मिटर बक्स दिने बिधुत कार्यलय ठाउँ मै भेटेको ईलेक्ट्रिकल टेक्निशियन कै अनुसार तिहार अगाडी नै बत्ती बाल्ने गरी सबै समान किन्ने लिस्ट बनायौ। समान किनियो गाउँ तिर जाने गाडी को बारे मा बुझ्दा पहिलो २ गाडी निस्कि सकेको ईन्द्रे दाई को गाडी तोरीपानी को डाँडा मा टायर पन्चर भएर बसेको भन्ने थाहा भयो। त्यसैमा झि को एक जना दाई लौ भाई सन्चै सन्चै हिडेर जाम भनेर भन्नु भयो। उहाँ लाई मेरो साथमा भारी छ भन्ने थाहा थिएन। एउटा चामल को खाली बोरा मा एक झोला केबुल र अन्य समान काँध मा राखेर टकमाया दिदी र नारायण रोका भेनालाई लौ म त हिडेर गए भनेर कराएको त्यति लामो बाटो कहाँ सक्छ? काँध मा लैजानु बोकेर लैजा भन्दै ठिक्कै को डोको दिनु भयो त्यहि डोको मा भारि मिलाएर बोकेर हिडियो। हिड्नु को २ कारण थिए। भोलि नै ईलिक्ट्रिकल टेक्निशियन जोड्नु लाईन जोड्नु आउदै थियो उ आउनु अगाडी तार ताँगेर सक्नु पर्ने थियो। भोलि को गाडी कुर्दा बल्ल बल्ल मिलाएको टेक्निशियन तैयारी नपुगेको भनेर फर्केर जाने सम्भाबना थियो र तिहार सकेर म पनि फेरी साउदी अरब नै फर्कनु पर्ने थियो। एक किसिमले मेरो वाखेत यात्रा ३ काम को संयोजन थियो। पहिलो घरमा बत्ती बाल्नु, तिहार मनाउनु र बिदेश फर्कनु भन्दा पहिले बाबा आमा र गाउँलेलाई भेट्नु।

कुनै समायमा बेनी बाट दिन को ३ बजेको सो फिल्म हेरेर सकेर पनि ९ नबज्दै घर पुगेर खाना खाएको ज्यान हिड्नलाई निकै सकस हुने भै सकेको रहेछ। गाउँले हरु तिहार खर्च लिन गएका बाटै भरि थिए। मलाई हिड्न निक्कै गाह्रो भयो। पछि पछि बिद्योदय प्राबिको प्रअ मनबीर किसान आईरहेको मलाई थाहै भएन चौतारा मा भारी बिसायौ। त्यहि बोलचाल भयो। त्यसो त अधिल्लो दिन उहाँ ओखले तिर पनि भेटेको थिए त्यति बेला बोलचाल भएको थिएन। एक जना माथी बाट बेनी तिर झर्ने ब्याक्तीले मनबीर सर सँग ईन्द्रे दाई को गाडी को बनेको छ फोन गर्नुस र रोक्नुस अनि गाडीमा जाने सल्लाह दिनु भयो। मुवाईल सेवा शुरु भख्खरै भएको थियो। सिग्नलहरु डाँडा काँडा मा खोजेर मात्रै फोन लाग्थे। सरले फोन मिलाएर दाईलाई पर्खनु भन्नु भयो। लौ छिटो आउनु भने पछि को केहि बिसौनी मा झि को दाई लाई म हिडन नसकेको देखेर टिठ लागेछ ले भाई मा एकछिन बोक्छु भन्नु भयो लाज मानि मानि डोको दिए। पालो पालो गरेर गाडी सम्म पुग्यो। गाडी भेटेर सास आयो। हिला सम्म पुगेको राती भयो। काईलो मामा को घरमा डोको छाडेर रित्तै ईन्द्रे दाई र म वाखेत तिर उकालो लाग्यौ। जय प्रसाद दाई को मा पुग्दा रात को १०-११ बज्नु लागेको थियो। त्यतै बस्यौ हिलामा खाजा-साजा खाएर उक्लेका थियौ। जय को मा गएर फेरी चाउचाउ थप्यौ। राती अबेर सम्म कुरा गरेर दुई भाई (जय प्रसाद र म) सँगै सुत्यौ।

बिहानै उठेर चिया खाए डोको लिन हिला जाने कुरा गरे पछि थाके होलास। रत्नेलाई बोलाएर ल्याईदे भन भनेर दाईले भन्नु भयो संयोग रामकृष्ण भाई त्यही छेउमा रहेछ। त्यहि भाईले ल्याईदियो । टेक्निशियन आउन भन्दा अगाडी नै तार तान्यौ। टेक्निशियनले त्यहि दिन लाईन जोडेर बत्ती बालिदिए। सबै काम ठिक समाय मै भयो। गाउँ भरि भैलो को चलपल भै रहेको थियो।

नरमती फूपू कोआँगनमा खसी काट्दै रहेछन। बेगम दाजु, जय प्रसाद, बले पुसाउ म पनि थपिए। ४ जनाले खुर खुरै खाने सल्लाहले काट्दै रहेछन। म पुगे पछि बेगम दाईले लौ मेरो बाट आधा आधा गरौला भन्नु भयो। त्यहि आगँन मा स्कुल को भैलो समुह आई पुगे। त्यहि भैलो मा ईन ब. पुन, खड्क ब. रोका हरु थिए। भबदत्त सरले मलाई कस्को छोरा हौ भनेर सोध्नु भयो। भैलो खेल्नु को कारण त्यो बेला पनि राहत कोटाको टिचर को टलब मा सहयोग होस भनेर कोष बनाउनु थियो। म संग सिमिट पैसा थियो। मुस्किलले पोखरा फर्कने पैसा वालेट को भित्री पाकेट तिर। सानै देखि मेरो बानी त्यस्तै थियो। फर्कने पैसा अलग राख्ने। बेनी जाँदा खेरी पनि म त्यसै गर्दथे। समान किन्ने र बाटो मा खाजा खानै पैसा अलग राख्दथे। त्यही फर्कने बाटो खर्च मध्ये कै १५ सय भैलो दान मा त्यहि पुसाउ को आगन मा मिसाएर केहि बेर भैलो पछि पछि गाउँ दुले। बस्त रोका, सिनारको याम ब. बुढाथोकी हरु आईपुगे। उनिहरुले भट्टाउन सुरु गरे।

भैलो मा उपस्थित सबै को स्कुल प्रतिको आवश्यकताले नै होला सेतै फूलेका बुढा हरु हरेक घर घर मा कलिला बच्चा र शिक्षक शिक्षिका अघि अघि भैलो खेलिरहेका थिए। उनिहरु को पालामा नै स्थापना भएको स्कुलको सबै भन्दा माया उनिहरुलाई नै लाग्दो हो र हामीलाई पनि लाग्नु पर्दछ भन्ने मन मा लाग्यो र म पनि यो अभियान को एउटा सदस्य बन्ने निर्णय गरे।

त्यहि बिद्यालय ब्यबस्थापन समितिले सुनाए हामीले यो बर्ष देखि ६ क्लास सुरु गर्दै छौ। देश बिदेशमा सहयोग माग्दैछौ अलि अलि सहयोग गर्नु पर्दछ भन्नु भयो। मैले हंङकंङ मा कार्यरत केशब पुन को मुवाईल नं लिएर फर्किए। यता आए पछि केशब संग मुवाईल कुराकानी भयो। कसरी सहयोग गर्ने भनेर सर सल्लाह भयो। त्यो बेला अहिले जस्तो फेशबुक समुह हरु थिएनन। मुस्किलले थोरैका ईमेल एड्रेस र याहु म्यासेन्जरहरुको सहयोग मा च्याट गर्नु पर्ने हुन्थ्यो।

मुस्किलले फोन, म्यासेन्जर हरु बाट स्कुल अभियान को कुरा सबैलाई पुरायौ। मोटामोटी यसरी जाने भन्ने खाका हरु बनाएर सर्कल गर्यौ। सहयोग स्रोतहरु को अनुमानित खाका र कोष निर्माण र सन्चालन को बिधिहरु बारे खाका सर्कल गर्यो। २०१०-२०१५ पहिलो चरण भनेर खाका को ढाँचा पनि बनायौ।

फिक्स कोष “चिनो” को नामकरण फिक्स कोष अबधारणा बारे

बिद्यालय सन्चालन गर्नु भनेको बाटो, भवन बनाए जस्तो १ बर्ष र १ पटक को कुरा होईन। यस्लाई निरन्तर चलाउनु पर्दछ त्यसैले कोष फिक्स भयो भने पारदर्शिता र लाभ निरन्तर हुन्छ भन्ने हो। जस्तै हामीले बिदेशमा १ बर्ष ३-४ लाख चन्दा उठायौ अर्को साल उठाउन सकेनौ भने बिद्यालय आर्थिक समस्याले तलब तिर्न नसकेर समस्या मा पर्दछ। चन्दा हरेक बर्ष उठाउन पनि सकिदैन। सबै बिदेशमा आफ्नै आफ्नै समस्या मा हुन्छन। त्यसैले यस्तो कोष बनाउ जस्को ब्याजले हरेक बर्ष स्कुललाई सहयोग गरोस। स्कुल पनि चलोस र सहयोग दिनेहरुको योगदान पनि रहि रहोस भनेर नै यो कोष को नाम .”चिनो” राखेका हौ। चिनो मानिसले कहिल्यै पनि मास्दैनन भन्ने पुरानो मान्यता र बिस्वास लाई हामीले आर्थिक सहयोग को निरन्तरता को अबधारणामा मिसाउने कोशिस गरेका हौ।

पहिलो चरण १ बर्ष अगाडी नै बन्द गर्नु को कारण

समाय सधै एउटै सिद्वान्त र फर्मेट ले चल्दैन। फेरी कुनै काम को निस्चित बिन्दु मा पुगे पछि प्रगति बिबरण हरु दिनु पर्ने हुन्छ। प्रगति बिबरण हरु बनाउन र अहिले सम्म के कति स्तर उन्नती का काम हरु भए भनेर सबैलाई दाताहरुलाई बिबरण र प्रतिबेदन पुराउनु पनि १ बर्ष अगाडी नै यो चिनो कोष लाई फिक्स कोष मा बन्द गरेका हौ। यो कोष लाई खुल्लै छोड्डा सम्म हामीले यो कोष बाट कति ब्याज लिन सक्छौ। कति लगानी मा छ र कति रकम मौजदात छ त्यो कुराहरु सबैलाई बुझाउन सक्ने अबस्थामा थिएनौ। अब सजिलो हुने छ। यो कोषले अहिले सम्म ४ लाख को हाराहारीमा ब्याज प्राप्त गरेर योग्दान गरि सकेको छ। अहिले कुल रु १७,८५,७३७/-संकलन भएको मा खर्च रु -५०,०००/- (स्कुलको ग्राउण्ड सम्माउदा र अन्य ब्यबस्थापन खर्च) बाँकी रु १७,८५,७३७/- ‍+ च्यारिटी हङकङको थप २,०२,२४४/- गरि १९,८७,९८१/- को फिक्स कोष बनेको छ। १६,३०,००० रुपैया लगानी भएको छ र ७५,०००/- बिद्योदय सापती २,८०,०००/- नगद मौजदात २,९८१/- बैक मौजदात छ,

अव बल्ल यो कोषले हरेक चौमार्षिक तलब मा कति ब्याज योगदान गर्दछ कति उठ्यो र कति उठेन, भाबि दिन हरुमा कोषलाई कसरी अगाडी लैजाने भन्ने बिषयमा बहस हरु सुरु गर्दछ। यो कोषलाई निर्माण गर्न जो जति जनाले सहयोग र निरन्तर योगदान गर्नु भएको छ उहाँ हरुलाई यो कोष को आजिबन संस्थापक सदस्य र देश बिदेशमा थुप्रै जनालाई संस्थापक सल्लाहाकार बनाईएको छ। यो २०१५ देखि यो कोष को चोस्रो चरण शुरु हुन्छ। बिद्यालयलाई यो कोषले गरेको योगदान, यस्को उपयोगिता, यस्को पारदर्शिता को आधारमा सहयोगी हातहरु थपिदै जाने छन।

के गर्नु पर्छ ? कोष ब्यबस्थापन ले ?

आर्थिक पक्ष कम्जोर र योजना बिहिन भयो भने सबै काम भद्रगोल हुन्छ र उपलब्धी बिहिन हुन्छ। त्यसैले हरेक चौमार्षिक तलब लिनु भन्दा १ महिना पहिले नै लगानी भएका सदस्यहरुलाई पत्रचार गरि १ महिना पछि ब्याज बुझाउने भाका र ब्याज यति हुन्छ भनेर पत्रचार गर्नु पर्दछ। अनि दिन निश्चित गरेर ब्याज बुझाउने बेठक गर्ने। कोष ब्यबस्थापन बिधि बिधान हरु बनाउनु पर्दछ र फिर्ता भएका लगानी भए मा वाल मै यति रकम मौदजात छ कसैलाई चाहिए सम्पर्क गर्नु होला जस्ता सुचना हरु अपडेट गर्नु पर्दछ। अनि ब्याज कति उठ्यो र नपुग स्रोत कसरी पुराउने भनेर सम्बन्धित सबै गाउँले को अगाडी छलफल गर्नु पर्दछ।

अहिले सम्म को तलब ब्यबस्थापन मा भएको कम्जोरी

हामीले सामुदाय बाट सहयोग लिएर तलब ब्यबस्थापनको तरिका अपनायौ तर सामुदायलाई कहिल्यै पनि चौमार्षिक तलब मा कति ले रकम पुगेन भनेर एकै ठाउँ मा बसाएर भनेनौ। हरेक चौमार्षिक तलब को बितरण नै त्यस्तै सामुहिक बैठक को दिन गर्ने गर्यो भने समाजलाई आफ्नो दायित्वको बारेमा बोध हुन्छ। कति ले नपुगेको रहेछ। सोहि दिन दामा सामी रकम जन्मा गरे पनि पुराउने आँत आउन सक्छ। यस्को लागी चिनो कोष को ब्याजले ठुलो भुमिका खेल्छ। फेरी लगानी भएको ठाउँ मा पनि हो सबैको आँखा छ लगानी माथी भनेर समायमा चौमार्षिक ब्याज बुझाउने चलन को सुरुवाट पनि हुन्छ।

बार्षिक घर दैलो अभियान बाट हरेक घर १००० रकम सहयोग संकलन गर्नु को सातो चौमार्षिक तलब मा चिनो कोष ले कति पुग्दैन त्यो नै दामा सामी सबैले हरेक चौमार्षिक मा संकलन गरे्यो भने तलब दिनुलाई कतै रिण लिनु पनि पर्दैन र एकै पटक १००० रुपैया सहयोग गर्नु पर्ने गाउँलेलाई पनि राहत हुन्छ।

मैले अहिले सम्म हरेको स्थानिय स्रोतको तलबले चलेको स्कुलहरुमा यो नै सबै भन्दा उपयोगी तलब ब्यबस्थापन देखेको छु। होलान यो भन्दा राम्रो प्रयोगहरु पनि होलान। राम्रो कुरा को अनुसरण गरेर जानु पर्दछ।

अन्तमा के भन्नु चाहान्छु भने – शिक्षाको स्तरउन्नती बिना समाज को स्तरउन्नती को प्रयास भनेको त्यो सामजिकता बिना को समाज जस्तै हो। हामी ले जिबनलाई आफुलाई पुग्ने सम्पति र खुसिमा खुम्चाएका छौ। त्यसैले समाजमा सामाजिकता हराउदै गएको छ। समाजिकता हराउनु भनेको मानिस ले मानबता भुल्नु हो। मानबता बिना, समाज, देश धर्म सबै बिना अर्थका हुन्छन।

(जमानाको कुरा: भित्र बाट
सम्झनाको स्पर्शहरु: बिद्योदय प्रा.बि- निमाबि-माबि‌-‌+2 स्तरउन्नति अभियान र “चिनो कोष”)
-स्यानु पाईजा, पात्लेखेत-७ वाखेत

कतिलाई के पनि लाग्न सक्छ भने यो कोषले फलानो फलानो को नाम राख्छ भन्ने भ्रम पनि छ। यो कोष निर्माण क्रम मै प्रष्ट भनिएको छ। यो कोष निर्माण को लागी हरेक सदस्य सहयोग आहवान कर्ता र हरेक सदस्य संयोजक भनिएको छ। र यो कोषमा सहयोग गर्ने सबैलाई आजिबन संस्थापक सदस्य बनाईएको छ। यहाँ का संस्थापक सदस्य र सहल्लाहकार हरुले आजिबन कुनै पनि शुल्क र रिन्यु गरेर सदस्यता र सहल्लाहार हुनु पर्दैन। यो कोष को फरक नै यहि हो। यो कोषलाई घेरै र थोरै सहयोग गर्ने सबै दाता संस्थापक सदस्य हुन।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s