ओफी किन लोप हुने अबस्थामा पुगे?

 

जमानाको कुरा

सम्झनाको स्पर्शहरुः ओफी किन लोप हुने अबस्थामा पुगे?

(आजको बल्ग ओफीहरु किन लोप भएर गए। पुरानो समायमा यस्को उपयोगिता र लोप हुनु का कारण हरु बारे आज को सम्झनाको स्पर्शहरु समेटिएको छ।)

 

ओफी के हो ?

लोपउन्मुख अबस्थामा पुगेको पहाडी ईलाका को एउटा बृक्षको नाम ओफी हो। ओफी एक किसिम को फल लाग्ने जँगली रुख हो। यस्को भित्रको फल (नट) बाट बनाईएका तेलहरु छाल जन्य रोग को उपचारको लागी प्रयोग गरिन्थे। शिरो (शिरु) को नफक्रेको फूल लाई बाटी को रुपमा प्रयोग गरेर उज्यालो को लागी दियो बाल्न प्रयोग गरिन्थे। बजार मा काँच र ढलोट का गुच्चाहरु बन्नु भन्दा पहिले केटा केटी गुच्चाको रुपमा पनि ओफी कै दाना प्रयोग गर्दथे।

ओफी किन लोप अबस्थामा पुगे?

जब मानिसहरु शिकार युग बाट खेतीपाती को युगमा प्रबेश गरे त्यति बेला बाटै ओफीहरु मानब अतिक्रमण मा परे। यस्को घाँस र दाना भेडा बाख्राले बढि मनपराउने हुनाले हाँगाहरु बर्सेनी झार्ने (कात्ने) र भेडा बाख्रालाई खुवाउने गरिन थाले। खुल्ला चरण भएको कारण छिप्पिएका फल हरु तल झरे पछि चौपाया ले खाएर सक्ने हुनाले नयाँ बोट उम्रन सकेन। फेरि ओफीका फल बाट तेल बनाउन सुरु भए पछि त झन ओफीको संकलन कार्य पनि तिब्र भयो। ओफी का तेल हरु खास गरेर लुटो, घाउँ खटिराको औषघीको रुपमा प्रयोग हुन्थे। कुर्कच्चा फुटेका, ओठ फुटेका, छाला फुस्रो हुने मानिसहरुले पनि लोसन को रुपमा प्रयोग गर्दथे।

ओफी लोप हुनु को अर्को कारण गोठलाहरुले गोठमा आगो बचाई राख्नलाई पनि यिनै ओफीका मुढाहरु उपयुक्त मानिनु नै बुढो रुखहरु मासिनु को अर्को कारण बने। आगोका लगी ओफीका रुख नै किन उपयुक्त मानिए? यस्का दुई कारण थिए। एउटा आधामसो (आधा हिस्सा सुके जस्ता) हुन्थे पुरानो रुखहरु जस्ले आगो सल्कनु सजिलो तथा आधा काँचो हुनाले छिटो जलेर नसकिने खालका हुन्थे। अर्को अरु रुखहरुको जस्तो सोझो लामो रेसा(फाईबर) नभई कणदार फाईबर हुनु अर्को कारण हो। सोझो लामो रेसा भएका मुढाहरु मा आगो छिटो जलेर सकिन्थे। जसरी फलाम एक छेउबाट तापक्रम दिने हो भने अर्को छेउ सम्म नै तातिन्छ या जुन प्रकारले फलाम मा तापको सम्बाहन हुन्छ त्यहि प्रकारको आगोको सल्काई ओफीका रुखहरुमा हुन्थे। त्यसैले नै ओफीका मुढाहरु आगो जोहो राख्नको लागी गोठहरुमा प्रयोग गरिने उपयुक्त मुढा बने र मानब अतिक्रमण मा परेर लोप हुने अबस्थामा पुगे।

मट्टिटेल, सलाई, लाईटर को प्रयोग हुनु भन्दा पहिले सबै भन्दा महत्वपुर्ण मानिसका लागी आगोको जोहो नै थियो। गोठमा ठुलो मुढाहरुमा आगो जोगाईन्थे भने घरहरुमा अलि मोटो दाउरालाई अगुटोको रुपमा आगोको फिलिङगोमा घुसाएर खरानीले पुरिन्थे। फिलिङगोहरुले दाउरामा आगो बिस्तारै लाग्दथे र बिहान सम्म आगो रहन्थे। त्यस्तै गरि दिन मा पनि त्यसरी नै आगोको जोगो गरिन्थे।

आगोले धेरै चलनहरु बसाएका छन समाजमा छिमेक बिचको मित्रता पनि आगोले नै कायम गरेको थियो। आगो मर्दा आगो लिन पाईन्न भनेर नै त्यो बेला का मानिसहरु छिमेकी सँग झगडा गर्दैनथे। घातक बार, बार्ने बार जस्ता चलन हरु मात्रै होईन अचेल को सप्ताह अन्त को सुरुवाट पनि आगो कै कारणले बनेका थिए नेपाली गाउँ समाजहरुमा।  घातक बार र बार्ने बार का एउटै घारणा थिएनन। कतिले आफुलाई अफाप लाग्ने बार, जुन बार मा चोटपटक बढि लाग्छ। अमुल्य समानहरु हराउछ त्यो बार लाई बार्ने बार को रुपमा मान्दथे। भने कतिपयले आफु जन्मेको बारको तेस्रो दिन लाई घातक बार मान्दथे। कतिले भने आईतबार, मंगलबार र सनिबारलाई घातक बार मान्दथे।

 

गोठलाहरु आगो बलेको ठाउँमा बाघ, भालु र जँगली जनवारले आक्रमण गर्दैन भनेर नै राती भरि आगो बाल्दथे। कतिपय अबस्थामा आक्रमण गर्न आउने र गोठ बरिपरि आएर कराउने जँगली जनवारलाई लखेट्न पनि यिनै आगोहरु नै पहिलो बिकल्प हुन्थे।

बिश्वासको आधारमा बसेका चलन हरु हुनाले यि चलनहरु टोड्न मानिसलाई कानुन टोड्न जतिकै बैमानी गरिएको मानिन्थे। बार्ने बारको दिन आगो नदिने, मंगलबार को दिन पिडालु बारीमा नपस्ने। घाम दुबे पछि ओखर फोडेर नखाने। रातीमा ऐना नहेर्ने। ओखर र पाङग्रोको काठहरु एउटै घरमा प्रयोग नगर्ने। ऐजेरु पलाएका रुखका दाउरा नबाल्ने। अरु त अरु आईतबार र मंगलबार लाई महिलाले नुहाउनु नहुने बार को रुपमा पनि मान्यता राख्दथे।

 

ओफीलाई घाँस, आगो राख्ने मुढा, औषधी, खेलौना (गुच्चा), सिटी (फिर्फिरी) को रुपमा प्रयोग गरेको ले नै यिनिहरु को नयाँ बोटहरु हुर्कने मौका पाएनन। ओफी को गेडालाई सानो प्वाँल बनाएर भित्रको नट झिके पछि बन्ने खोक्रो प्वाँल मा सानो ढुँगा या केराउको गेडा हालेर भित्र मुखले सास फुक्दा सिटि को आवाज निस्कन्थे जस्लाई फिर्फिरे भन्थे।    बुढो रुखहरु मुढाको रुपमा प्रयोग भए पछि प्रकृतिले एउटै मा अनेक उपयोगी गुण दिएर पठाएको अमुल्य प्रजातिको रुख ओफी लोप हुन पुगे। दारको रुपमा भने ओफी बलियो काठ होईन।

 

(ओफीलाई ठाउँ बिशेष फरक फरक नामले चिनिन्छ)

 

जमानाको कुरा भित्र बाट

सम्झनाको स्पर्शहरुः ओफी किन लोप हुने अबस्थामा पुगे?)

स्यानु पाईजा

पात्लेखेत- ७ वाखेत, म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s