सम्झनाको स्पर्शहरुः यसरी थपिन्छ नयाँ रितीथिति

जमानाको कुरा

सम्झनाको स्पर्शहरुः यसरी थपिन्छ नयाँ रितीथिति

संस्कारमा पछि जोडिने जति कुरालाई बुढापाकाहरुले रोसन (रसन) भन्थे। मालिका पूजा बर्षको २ पटक मात्रै गरिन्थे। आज भोली चाहि भाईटिका को अधिल्लो रात पनि मालिका पुगेर पूजा गर्ने चलन थपिएको छ। कुनै चलन चल्टीका कुरा दोहोरिए भने तिनिहरु नै रितिथिति बन्छन र संस्कृतिमा मिसिन्छन।

भाईटिका को अधिल्लो रातको पूजा थप भएको मात्रै १३ बर्ष पनि भएको छैन। जेष्ठमा जुका लाग्ने पानी पर्ने हुनाले धेरैलाई यो समाय मन पर्दैन। यति बेला न धेरै जाडो, न धेरै जुका न पानी र न अति चिसो हुनाले सबैलाई यो समाय मन परेको हुनु पर्दछ। यो बेला नयाँ पुस्ताहरु बढि पुग्ने गर्दछन। भगवान जहिले सम्म मान्छेको मन मा केहि बन्ने र पाउने (महत्वकाँक्षा) लालच रहिहन्छ। कुनै न कुनै रुपमा तिम्रो पूजा पनि चलि रहन्छ र आफ्नो अनुकुलता अनुसारको ब्याख्या पनि भै रहन्छ। यहि ब्याख्या ले लामो समाय मान्यता पाएर सबैले बिश्वास गरे भने ति किम्बदन्ती बन्दछन। नेपाली मौलिक पर्वहरुलाई मौलिकता को आधारमा समाय अनुकुल परमार्जन को आवश्यकता छ। किन्बदन्ती को आधारमा ब्याख्या गर्न थाल्ने हो भने समायले ति ब्याख्याहरुलाई पुरानो र आउटडेट साबित गरिदिन्छन। जसरी गढीमाई मेला र दशै (बलीप्रथा) बखेडा सतहमा आउदैछ। त्यसैले मौलिक चाँडपर्बहरु किम्बदन्तीको आधारमा होईन समाय पाच्य र सभ्य समाजको आधारमा समायनुकुल परिमार्जन सँगै निरन्तरता आवश्यक छ।

केहि बर्ष भित्रैमा तिहार को अधिल्लो दिन गरिने मालिका पूजाको पनि किम्बदन्तीहरु ले ब्याख्या गर्लान कसैले। तर चाँड पर्वहरुलाई किम्बदन्तीको आधारमा होईन यो समाज यि पर्वहरुले समाजमा खेल्ने भुमिका र सामाजिक सन्तुलनको आधारमा परिमार्जन र निरन्तरता दिनु पर्दछ।

गणतन्त्र पछि नेवारी समुदायले दशै लाई नै एकादशिका दिनमा २-३ बर्ष नै सारे उनिहरुको पात्रो अनुसार घडिपला, फाप अफाप को असर भन्दै। यस्ले के देखाउछ भने कि त नेपाली क्यालेण्डर बनाउनेहरुको कम्जोरी छ। या परिमार्जन गर्ने छुट छ भन्ने देखाउछ।

कहिले कहि मगर सामुदायका केहि मानिसहरु धरो को रँगमा बिबाद गरिरहेका देखिन्छन कोहि पोटेको रंग मा । आँखा कै अगाडी नेपाली समाज मा खादा भँत्रिएको छ। मात्रै १५ बर्ष पहिले नेपाली समाज मा छिरेको खादाले २५ रंग फेरि सकेको छ यस्लाई कस्ले गणना गर्ने र कस्ले कसरी ब्याख्या गर्ने। कुनै बेला यसै गरी पुर्ख्यौली को धरो ले रंग परिबर्तन गरेर कतै सेतो कतै पहेलो र निलो बनेको थियो।

एउटा गीत सम्झनुस

के आयो रसन, चाईना ब्याउज पछाडी बटन

(कुनै बेला चाईनाले नेपाल मा पछाडी बटन भएको ब्लाउज बजार मा पठाएछ त्यहि समायमा बनेको गीत हुन)पछाडी बटन भएका चाईना ब्लाउज हरु बजार बाट हराए होलान तर बडिज, चेस्टरहरु अझै पनि चाईन ब्लाउज कै मोडेल मा पछाडी हुक भएकै मा निरन्तर छ। हो ब्लाउज लाई पछाडी बटन आबश्यक छैन। थिएन र त्यो हरायो तर बडिज, चेस्टरहरु आवश्यकता छ त्यसैले यो अझै पनि निरन्तरता पाई रहेको छ।

यस्तै कतिपय चलन फेशन को रुपमा भित्रन्छन र रितिथिति बन्दछन। त्यस्तै तिहार को अधिल्लो राती हुने पुजा र खादा नेपाली समाज का पछिल्ला रसन हरु हुन जुन रितिथिति बन्ने तरखरमा छन।

(जमानाको कुरा भित्र बाट

सम्झनाको स्पर्शहरुः यसरी थपिन्छ नयाँ रितीथिति)

स्यानु पाईजा, पात्लेखेत-७ , वाखेत म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s