म्याग्दीको वाखेतमा कम्प्युटर साक्षरता अभियान

म्याग्दीको वाखेतमा कम्प्युटर साक्षरता अभियान

Submitted by on September 12, 2014 – 9:32 pmOne Comment
 साभार-http://www.ebaglung.com/?p=131356

म्याग्दी २०७१ भदौ २७ । म्याग्दीको पात्लेखेत गाविसको वाखेत गाउँमा कम्प्युटर साक्षरता अभियान सुरु भएको छ ।

विद्योदय निमावीको परिसरमा स्थापित कम्प्युटर ल्याब र भवनको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुन र कम्युटर कक्ष भवन निर्माण समितिका पुर्व संयोजक खड्गबहादुर रोकाले शुक्रबार अभियानको सुरुवात गरेका छन् ।

वाखेतका भारतीय र ब्रिटीश सेनाका पुर्व लाहुरेहरुले ६ लाख रुपैया लगानी गरेर बनाएको भवनमा बिदेशमा पुगेका वाखेतबासीहरुले उपलब्ध गराएको २० थान कम्प्युटर राखेर गाउँले र विद्यार्थीलाई सूचना प्रबिधि सम्बन्धि शिक्षा दिन थालिएको विद्योदय निमावीका प्रधानाध्यापक मनबिर किसानले बताए । हङकङमा रहेका वाखेतका केशव पुनको संयोजकत्वमा च्यारीटो शो गरेर संकलित रकमबाट ल्याबका लागि ९ थान कम्युटर खरिद गरिएको बताइएको छ ।

यसैगरी बेलायतमा रहेका किशोर रोकाले २ थान, कतारमा रहेका भरत पाईजा लगायतबाट १ थान, हङकङमा रहेका शिव पुनबाट १ थान, कोरियामा रहेका हर्कबहादुर रोका, पूर्ण रोका, चित्र थापा, चुनु पाईजा, भुपेन्द्र पाईजाले २ थान, पोर्चुगलमा रहेका पोष्टबहादुर पाईजाबाट १ थान, पोर्चुगलकै कुमार राम्जालीबाट १ थान, बेलायतमा रहेका ओम रोकाले १ थान र बु्रनाईमा रहेका रामचन्द्र पुनले १ थान कम्प्युटर सहयोग गरेका छन् ।

 

 

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s