जमानाको कुराः
सम्झनाको स्पर्शहरुः वाखेतका घरहरु जुन अहिले छैनन
(आजको बल्ग मा हामीले गाउँका पुरानो घरहरु अहिले नभएको घरहरु सँग जोडिएको प्रसँगहरु छन )
हामीले खेलेका आँगनहरु कुनै घर भएका छन भने कुनै अन्य प्रयोजन मा प्रयोग भै सकेका छन। वाखेत मा हामीले थाहा पाउदा एउटै मात्रै घुमाउरो घर (डोम टाईप) को घर थियो। जुन हाम्रो बराजुहरुको पुर्खयौली घर थियो पछि अँश बन्दा मा पहलमान बाजे (रेशमको पाईजाको बाजे) लाई पर्यो र अहिले यो आँगन को रुपमा छ।
कहाँ कस्को घर छैन अहिले
वडानं – ७ भित्र
घुमाउरो घर (डोम टाईप) – ठुलो घर बाजे र रेशमको घर अगाडी (हाम्रो बराजुहरुको घर)
छुकना बाजेको घर – रेशम पाईजा र चुनु पाईजा को घरको बिचमा अहिले चुनु को ट्वाईलेट बनेको छ।
गोरी आमाको घर – पोक ब. को र हरिलाल पाईजा को घर बिचमा अहिले हरिलाल कान्छौको मलखाद छ।
लाचे आमाको घर – जय प्रसाद पुर्जा र ईन्द्र पाईजा को घरको बिचमा जहाँ अहिले ठुलो ईन्द्र दाई को आँगन छ।
जेउरे भेनाको घर –अम्मले कान्छौ ( याङकु पाईजा) को घर अगाडी जय प्रसाद पुर्जाको घर अगाडी खाने पानी टैकी भएको ठाउँमा अहिले याङकु को आँगन छ।
तेजिन्द्र बाजेको घर – जय को घर पछाडी र सोमको घरको अगाडी अहिले खाने पानी टैकी को साईडमा
किरकले पाईजाको राधे राधे मन्दिर – बेगम पाईजाको घरको को छेउमा जुन पहिले लाटी बाबाको घर थियो। घर सँगै जोडिएको धनसार को माथिल्लो तल्ला भित्र मन्दिर थियो।
चन ब. पाईजाको (बेगमको बाबा) घर – अहिले गौनारायण पाईजा को ठुलो पैयुको तल्लो डिलमा
शिव पुन को घनसार – अहिले को घरको छेउमा ठाडो बाटो तिर
कर्ण ब. थापाको धनसार – भेष ब. को घर पछाडी
तेजिन्द्रको घरको बाजेको घर – अहिले को छक प्रसाद थापाको घर र दल्ली को घरको बिचमा, खडक थापाको घर पछाडि।
जोखे रोका बाजेको घर – गँगलाल पाईजा घर पछाडी, भेष ब. थापाको घर अगाडी जुन अहिले स्व. ईन्द्र थापाको घर छ।
जमानसि थापाको मुल घर – कर्ण ब. थापा को घर पछाडी अहिले टिन को छाना धनसार भएको घर
काली प्रसाद पाईजाको घर – पाखा अहिले को पुर्ण ब. पुनको घर मुनि पाखा तेर्सो बाटो उपल्तिर
सुक्तलाल रोका को घर, धनसार- गोट्टेखोर दल्ला मामा को गोठ मुनि
फक्तिराम मामाको घर- पानी टैकी मुनि र खड्क रोका को घर पछाडी
वडानं – ६ भित्र अहिले नभएका घरहरु
दिलमुनी खड्क ब. रोकाको मुल घर – अहिले टिन को छाना भएको धनसार नजिक
बल ब. रोकाको घर – रेम ब. रोकाको घर पछाडी अहिले मधु रोकाको बाबा को कुखुरा खोर नजिक
नरसींग बाजेको मुल घर – अहिले मधु रोका को आँगन
झगडे रोका र चाँचरी रोकाको घर – अहिले मोतिलाल रोका (भिमुको बाबा) नयाँ घर
गज ब. रोकाको घर – हर्क रोका र दिल ब. रोकाको घर अगाडी जहाँ कुनै बेला चक्र रोका को मिल पनि थियो।
भिम ब. रोकाको मुलघर- भवानी बजै बस्ने घर
बडानं ८, ९ को अहिले नभएका घरहरु
बीर ब. राम्जाली को मिल – देउरिनी जहाँ अहिले नयाँ घर बनेको छ।
बीर ब. राम्जाली को मुल घर – घारा को अहिलेको तल्लो गर को अधिल्तिर बाटो माथी।
बिजय पाईजाको मुल घर – बिष्णु राम्जाली को अहिले को घर अगाडी, दिलकुमार राम्जाली को घर मुनी
बिचरास राम्जालीको घर- थिर ब. राम्जाली को मुल घर बतिला को घर नजिक
ठाकुर थापा को घर – बिचरास राम्जाली को घर पछाडी
मुख्खिनि बैजै को घर- अहिले को लाल ब. पुन को घर आगाडि
रत्न ब. पुन को मुलघर – लाल ब. पुन को अगाडी
मन्दिर गोफी को मुल घर – चक्र पुन ले खरिद गरे पछि बिरेन्द्र पुर्जाले पुन खरिद गरि माथी सारेर नयाँ घर बनाउनु भएको। बिरेन्द्रको मुल घर मुनी।
प्रेम ब. बुढाथोकीको घर – छहराबोट, पदम बुढाथोकीको मुल घर मुनि
पदम ब. बुढाथोकीको मुल घर- छहराबोट को नयाँ घरको उपल्तिर
सुन्ने बाजे, असारी पाईजाको मुल घर – अहिले बिना राम्जाली पुन ले घर बनाएको केहि माथी र गजेन्द्र पुन को घरको केही तल बारीको बिचमा (एउटै छोरा अकाल मा मरे पछि अनजे सार्नु भएको)
गुज्जरे सार्की को घर – अहालबोट , अहिले को थिर ब. पाईजाको धनसार भएको माथिल्लो तिर
अन्धी बजैको घर- अहिले को बिना राम्जालीको घर नजिक
यो भन्दा अरु घरहरु बिलय भएका छैनन। अझै सम्म सबै भन्दा बढि घर हरु बडानं ७ का घरहरु नै हराए कारण यो निक्कै पुरानो बस्ती हो पुरानो बस्तीका घरहरु धेरै जसो सात, नौ हातका घरहरु थिए पछि साँघुरो भए केहि पुन निर्माण भए केहि बिलाए।
(अर्को बल्गमा कहाँ कस्को घर पुन निर्माण भए, पुन निर्माण र नयाँ निर्माण सँग जोडिएका सम्झना हरुको संगालो हुनेछ। )
(जमानाको कुराः भित्र बाट
सम्झनाको स्पर्शहरुः वाखेतका घरहरु जुन अहिले छैन )
स्यानु पाईजा, पात्लेखेत-७ वाखेत, म्याग्दी