उनि हुन आमा

उनि हुन आमा

 

नौ महिना गर्भमा बोक्दा

कष्ट नथानेकी उनी हुन आमा

ओछ्यानमा गुँहु मुत रुमल्लिदा

धिन नमानेकी उनी हुन आमा

तिमीलाई भोक लाग्दा

न्याम चबाएकी

तिमीलाई बिमार लाग्दा

धामी, बैध र अस्पताल पुराएकी

पूजा-आजा, सरो-भेजा, मेला-खेतला जादा

पटुकीको फेर सँगै दुलाएकी

प्रसाद, सगुन, अर्नी खुवाएकी

उनि हुन आमा

तिम्रो हरेक आवश्यकतामा

सबै भन्दा बढि खर्च गर्ने

तिम्रो हरेक समस्यामा

सबै भन्दा बढि चिन्ता गर्ने

हुर्केका सन्तानको तालो बिना पनि

ईज्जत र भोक धानेकी

जिउनु को गर्व मानेकी

उनि हुन आमा

तिमीले अबुझ सम्झने

तिमीले अज्ञानी सम्झने

सेक ताप गरेर दह्राएकी

कहिले गाली गरेर

कहिले फकाएर अह्राएकी

राम्रा जति सबै कुरा सिकाएकी

उनि नै हुन ज्ञानी आमा

ममता र मनकी धनी

तिमीले नबोले पनि

सबै मनले बुझ्ने

उनि हुन आमा

तिमीले सोच्छौ होला

मैले फोहरी आमाहरु देखेको छु

हो तिमीले देखेका आमाहरु

अपबादका ठेट्ना ममीहरु होलान

जो पैसा खुवाएर बच्चा हुर्काउछन

होस्टेल पठाएर समाज सिकाउछन

आमा-बाबालाई बृढाआश्रम छाडेर

ठुला ठुला समाज सेवा गर्दछन

त्यहीको सम्मानको खादा भिर्दछन

दलाल मार्फत पार्टनर फेर्दछन

फेशबुकमा व्वाईफ्रेण्ड खोज्दछन

अपबाद का केहि ठेट्ना ममी बाहेक

अझै पनि आमा र ममीहरु उस्तै छन

निधार छामेर रोग पत्ता लगाउछन

अनुहार हेरेर भोक लागेको थाहा पाउछन

हाउँ भाउँ हेरेर आवश्यकता पत्ता लगाउछन

खाना खुवाएरै रोग निको पार्दछन

सन्तानको सबै गल्टीको माफी

सन्तानको सबै खुसीको साक्षी

एउटै आँशुले गर्ने सक्ने

तिमीले देख्न, छुन र माया गर्ने सक्ने

सबै भन्दा नजिकको भगवान

उनि हुन आमा

-स्यानु पाईजा

पात्लेखेत – ७ वाखेत, म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s