जमनाको कुराः हरेलो मेला र भबिष्य, आयोजकहरुले ल्याउनु पर्ने भाबी रणनिति

जमनाको कुराः हरेलो मेला र भबिष्य, आयोजकहरुले ल्याउनु पर्ने भाबी रणनिति

(आजको बल्ग हाम्रो गाउँ को परम्परागत हरेलो मेला को वरिपरि नै छ। )
हरेलो मेला मात्रै होईन सबै गाउँले मेलाहरुको भबिष्य त्यति चम्किलो छैन। हामी हरु गाउँले मेलालाई किनेको मैनबत्ती जसरी बाली रहेका छौ। मैन बती बलेर सकियो भने फेरी अर्को नकिनि उज्यालो हुदैन। सबै गाउँ का मेलाहरु यसरी नै मैनबत्तिको हालतमा छन।

किन हराउदै छ मेला को आकर्षण

मिडिया को पहुचले गर्दा अब परम्परागत रौनकता मा कम आयो। मनोरन्जनका लागी नजिक मा सिनेमाहरु हरु उपलब्ध छन । घर घर मा केबुल टिभि जोडिएका छन। घर भित्र कयौ देश परका का च्यानलहरु छिरि सकेका छन। यस्तो अबस्थामा परम्परागत धर्राका मनोरन्जनहरु फिका लागि रहेका छन। मेला को आकर्षण हराउनु मा कला र सँस्कृतिमा सृजनात्मकता नहुनु पनि एउटा कारण बनेको छ। जस्तै दम्फु र मादल को युगमा मानिस मिडिया र प्रबिधि भन्दा पर थिए उनिहरुलाई मादल र हारमुनियम बजाएर मौखिक गाएर प्रस्तुत गरिएको साँस्कृतिक कार्यक्रम रोचक लाग्दथे। मैनटोल को उज्यालो मा मञ्चको पर्दा कति बेला खोलिन्छ भनेर मानिस ब्यग्रले प्रतिक्षा गर्दथे। अचेल को साँस्कृतिक कार्यक्रम का मञ्चहरुमा पर्दा नै हुदैनन। सबै कुरा खुल्ला भएको ले कौतुहलता भन्ने कुरा मन मा नै आउदैन। कुनै बेला कतिजना को प्रस्तुति होला। कसरी नाच्लान भन्ने अनुमान गर्दा गर्दै उत्साह मनमा चढि सकेको हुन्थ्यो।

मेला रोचक नहुनु मा बिभिन्न कारणहरु छन।

-खेलकुदहरु प्रतिस्पर्धात्मक नहुनु। कुनै बलियो टिम आउदैछ भन्यो भने जित्ने उनि ले नै हो किन गेम फि सक्ने भन्ने हारको मानसिकता बढ्नु। खेल बलियो टिम सँग खेलेर जित्ने हो भन्ने आत्मबल खेलाडीले गुमाउदै जानु। खेलाडी समायमा उपस्थित नहुनु।
-साँस्कृतिक कार्यक्रमहरुमा सृजनात्मकता हराउनु। जति नृत्यहरु प्रस्तुत गरिन्छ त्यो सबै सबैले टिभिमा ५० सौ पटक देखिसकेको नृत्य हुन्छ।
-बुढा पाका पुस्ताको लागी कार्यक्रम नै नहुनु। पुस्तान्तर यसरी फराकिलो भयो कि पुरानो पुस्ताले अहिलेका गीतहरु आधा बुझ्दैनन र आधा मन पराउदैनन। उनिहरुको लागी कार्यक्रम हरु बनाउन नसक्नु
– समुह समुह बिच हुने झगडाले निम्ताएको समाजको फुट। कुनै समायमा छिमेकी गाउँ हरुले मेलालाई राम्रो शोभा बढाई दिन्थे। अचेल समुह बिच मा हुने झगडा र मुद्दा ले गर्दा छिमेकी छिमेकी बिचको सम्बन्ध सुमधुर छैन। कुनै बेला गाउँले मेला मा अरु गाँउका सबै मानिस पहुना बनेर घर घर मा आईपुग्थे। अर्को गाउँ मा मेला लाग्दा त्यसरी नै जान्थे।
-आलो पालो घर घर मा खाना खुवाउने चलन हराउनु। तरुनी तन्नेरी बिच हासखेलको चलन छुट्नु। पुरानो समायका मेलाहरु कम खर्चालु यसैले हुन्थे कि खाजा देखी खाना बस्न सम्म सबै आलो पालो चलन ले हुन्थे। उमेर समुह का आफन्तको गाउँ का केटा केटीलाई मेला अबधि भर खाने बस्नेको ब्यबस्था उस्तै उमेरका केटाकेटीले गर्दथे। एक किसिमले आत्मियता थियो उनिहरु कतै न कतै बाट नातेदार परिहाल्थे। उस्तै पालो उनिहरुको गाउँ को मेला मा जाँदा पनि हुन्थ्यो। रमाईलो सँगै आत्मियता बढाएका हुन्थे यस्ता चलनहरुले।
-महँगाई बढ्यो, महँगाई यति बढ्यो कि साथीहरु सँगै होेटल मा बसेर खाजा खानलाई पनि मानिसलाई सोच्नु पर्ने अबस्था आयो। सबै कुरा किनेका र बजारे खाना पिन शैलीले पम्परागत कुराहरु हराएर गए।
-रातको समायमा हुनु भन्दा पहिल्यै मानिस आफ्नो गन्तब्य मा फर्कि सक्नु। अचेल का झगडाहरु पुलिस केस हुने र कुटपिट टाँका लाग्ने गरि हुने गर्दछ। त्यसैले समाय मै घर फर्किनु नै सबैले बुद्वमान सम्झन्छन। त्यसैले पनि मेला खाली स्थान नै खाली भए पछि रमाईलो कम हुने नै भयो।
-प्रबिधिले भित्राएको स्वतन्त्रताः पहिले एउटा साँस्कृतिक कार्यक्रमको लागी टिम को जरुरत पर्दथ्यो।बाध्यबादन बजाउने, गित गाउँने, नृत्य गर्ने जस्ता मानिसहरुको सकृयता बढि हुन्थे। प्रबिधिले अहिले मुवाईल मा गीत बजाएर नाँचिन्छ र तालिम गरिन्छ। तालिम देखि कार्यक्रम प्रस्तुत गर्दा सम्म राम्रो टिमओर्कको जरुरी हुने हुनाले त्यो बेला का समुह मा एकता थियो। अहिले यस्तो आवश्यकता छैन। मुवाईल मा गीत बजाएर मुवाईल मै भिडियो हेरेर नाँच्न सिकिएका र नाचिएका कार्यक्रम को मनोञ्जन र सृजनात्मकता प्रश्न पत्र आउट भै सकेको परिक्षा र रिजल्ट जस्तै फिका भयो।

आत्मनिर्भर हुन सकेन मेला ?

मेला आत्मनिर्भर हुन नसक्नु को कारण आम्दानी भन्दा बढि ब्यबस्थापन खर्च नै हो। जम्बो ब्यबस्थापन समिति। सामान्य खाजा खाए मात्रै पनि ४०-५० हजार को खर्चै भै हाल्छ।मेला अबधि अनाबश्यक लामो हुनु।

मेला आत्मनिर्भर हुन नसक्नुको कारण

-खेलाडीहरु कम टिम सहभागिता
-मेला अबधि लामो हुने हुदा ब्यबस्थापन खर्च बढ्नु
-मेला बाट उठ्ने करहरुको अप्रादर्शिता
-बिदेश बाट सहयोग मागेर मेला चलाउने ट्रेण्ड। बिदेश बाट भएका स्पोन्सरहरुले मेलाई लाई अनाआवश्यक लामो र खर्चालु बनाएका छन।
-राष्ट्रिय स्तरका कलकारहरु पाश्रमिक दिएर ल्याउनु तर टिकट चलन नहुनु
-अर्को साल फेरी स्पोन्सर पाई हालिन्छ भनेर संकलन भए जति रकम खर्चमा देखाउनु र बचत नगर्नु।
-मेलाा आयोजक समितिले सर्वपक्षलाई समेटन नसक्नु
-युवा कल्व या मेला ब्यबस्थापन समिति सँग दिर्धकालिन योजना नहुनु। स्पोन्सरले स्पोन्सर गरे बापत उस्को ब्यबसायलाई बिक्री प्रबर्धन नहुनु। संस्थागत र ब्यबसायिक घराना भन्दा ब्यक्तिगत प्रायोजन बढि हुनु। प्रायोजकहरु सँग सम्पर्क गर्न सक्ने संयन्त्र कम्जोर हुनु।
यो बर्ष मात्रै हरेलो मेला नजिक आईरहदा बिदेशमा काम गरि सकेका एक जनालाई पनि मेला ब्यबस्थापन समितिमा र बैठकमा बोलाउनु पर्छ भन्ने तर्फ सोचाई नपुग्नु। अहिले , टक पुन, चकप्रसाद थापा, खेम ब.थापा, दिपक रोका, कुमार रोका, तुलप्रसाद रोका, खेम रोका, गौ ब. रोका रामकृष्ण पाईजा गाँउ मै छन। गत बर्षहरुमा १००% ग्राण्ड स्पोन्सर गर्ने बिभिन्न देशका मा छरिर काम गर्ने सहयोग दाताहरु हुनु हुन्छ उहाँ हरुलाई सम्मानार्थ सल्लाहकार को भुमिका मा छलफल गर्ने नसक्नु। भोलि गएर आज कै गाउँका युवाहरु भोलिको सहयोग दाता हो भन्ने अबधारणामा काम गर्न नसक्नु।

हरेलो मेला को निरन्तरताको लागी भाबि रणनिति

समाज को मुख्य शक्ती युवा पनि हो। हाम्रो युवाहरु कहिले बिदेश निस्कने मुडमा पासपोर्ट काटेर भिसाको पर्खाईमा बसिरहेको हुने हुनाले मेला आयोजना गर्नको लागि दिर्धकालिन योजना को अभाव छ। म गै हाल्छु भोलिका ले गर्छन भन्दा भन्दै हामी र हाम्रो समाज निकै पर पुगि सकेको छ।
परम्परागत मेलाहरु को निरन्तरता र बिकास को लागी रणनितिहरु आवश्यक छ।
-मेला हाम्रो खर्च होईन गौरव हो भन्ने भावनात्मक बिकास गर्नु आबश्यक छ।
-मेलालाई आयोजक खोज्ने र सन्चालन गर्ने भन्दा पनि आत्मनिर्भरको बाटो मा कसरी लैजाने भन्ने रणनितिहरुको बारे मा खोज र छलफल गर्नु आवश्यक छ।
-मेला हेर्न किन जाने ? भन्ने प्रश्न आउनु भन्दा पहिले फलानो मेला मा फलानो मौलिक कार्यक्रम हुन्छ त्यसैले हेर्नु पर्छ भन्ने प्रचारात्मक कार्यक्रम र ईमेज मेलाले बनाउनु पर्यो।
-स्थानिय उत्पादन र प्रबर्धवन संग मेला जोडिनु पर्यो। उत्पादन सँगै मेलालाई बजारिकरण र बिज्ञापन को रुपमा उपयोग गर्नु आवश्यक छ।
-फलानो ठाउँ मा यस्तो गरियो हामी पनि यस्तै गर्ने भन्ने तिर नलागौ। हामी हाम्रो आफ्नै मौलिक ईमेज स्थापना मा लागौ।
-सबै भन्दा ठुलो कुरा टिमओेर्क हो। फलानो छ आयोजक मा उसैले गर्नु पर्छ भन्ने साँगुरो मानसिकता बाट सबै निस्कनु आवश्यक छ।
-कस्तो किसिम को कार्यक्रम बनाउने। कति टिम खेलाडी हुन्छ। खर्च कति हुन्छ र कसरी ब्यबस्थापन गर्ने भन्ने योजना हरेलो आउने बेला मा मात्रै कुरा उठ्नु भएन। संस्कृति र परम्परा भन्ने कुराहरु १ दिन बचाएर हुदैन। यस्को लागी सबैले सकारत्मक रुपमा बिभिन्न समाय मा बिभिन्न चरणका कोशिस हरु गरिरहनु आवश्यक छ।
-परम्परा भनेको मेला र रमाईलो मात्रै होईन। हाम्रो मौलिक संस्कृति र एकताको कडि पनि हो। बिभिन्न उमेर, लिङग र सामुदायले यो मेरो हो भन्ने अनुभुति गर्ने सक्ने र कार्यएकता गर्ने सक्ने भनेको यस्ते मेला पर्वहरु नै हुन। जस्ले हामीहरुलाई भावनात्मकरुपमा जोड्छ।
-युवा कल्व गठन गर्दा हिजो हामीहरु भित्रकै ब्यबस्थापन समितिमा काम गरिसकेका हरुलाई बिदेश सल्लहाकार या प्रतिनिधिहरु राख्नु भयो भने कुनै पनि बिषयमा छलफल गर्न को सँग भन्ने कसरी जाने भन्ने सजिलो हुन्छ।
-बिगत मा प्रायोजन गरिसकेहा सँस्था,, दाताहाहरुलाई धन्यबाद र अपडेटहरु उपलब्ध गराउनु पर्दछ। धेरै मा मैले यहि निराशा देख्छु। हामीले गाउँ को लागी यति गर्यो उति गर्यो उनिहरुले अपडेट पनि गर्दैनन भन्ने गुनासो बिदेशको हुन्छ।
-आत्मनिर्भर मिडिया बनाउनु आवश्यक छ। जस्ले हाम्रो अपडेटहरु सजिलै सहि समयामा सबैलाई पुराउन सकोस र यो हाम्रो र राम्रो समाज भन्ने गर्व गर्न सकोस।

-स्यानु पाईजा पात्लेखेत-७ वाखेत, म्याग्दी
(जमनाको कुराः हरेलो मेला र भबिष्य, आयोजकहरुले ल्याउनु पर्ने भाबी रणनिति

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s