म्याग्दीको पाप्लेखेत गाविस–८ स्थित वाखेतमा रहेको विद्योदय निमावीमा बुधबार अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको भौतिक पुर्वाधार, शैक्षिक उपलब्धी लगाएत भावि योजनाका बारेमा छलफलका साथै आर्थिक सहयोग उपलब्ध गराउनेलाई सम्मान समेत गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुन, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक लगाएतको सहभागिता रहेको कार्यक्रममा विद्यालयको भौतिक पुर्वाधार विस्तारमा स्थानियको महत्वपुर्ण भुमिका रहेको बताएका थिए ।
सोही अवसरमा विद्यालयको चिनो कोषमा १ लाख १ हजार १ सय, आमा समुहलाई १० हजार, पुख्यौली समुह १० हजार आर्थिक सहयोग गर्ने बेलायती सेनाका क्याप्टेन किशोर रोका र कम्प्यूटर साक्षारता अभियानमा ५० हजार सहयोग गर्ने निशा रोकालाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै लाहुरे स्वागत कार्यक्रम अन्र्तरगत वाखेतका लेकबहादुर किसान र बेलबहादुर किसानले समेत दुईदुई हजार सहयोग गर्नुभएको विद्यालयका प्रअ मनविर किसानले बेनीअनलाइनलाई बताए । ‘विद्यालय यो अवस्थामा आइपुग्नुमा स्थानियको ठुलो सहयोग छ’ । हामी विद्यालयलाई जिल्लाकै नमुना बनाउने प्रयासमा छौ’ उनले भने । चिनो कोषमा हालसम्म १६ लाख ५ सय १५ रुपैयाँ रहेको छ । हरिकृष्ण गौतम