बिध्योदय निम्न माध्यमिक बिध्यालय वाखेत, म्याग्दी को कम्प्युटर साक्षरता अभियान बर्ष: २०७१

बिध्योदय निम्न माध्यमिक बिध्यालय वाखेत, म्याग्दी को कम्प्युटर साक्षरता अभियान बर्ष: २०७१

यसका पुर्वतैयारी हरु

– भवन (भूपू गोर्खा हरुको सकृयतामा किनिने, हाल लाई बिष्णु राम्जाली हरुले बनाउनु भएको हरेलो ग्राउण्ड छेउ कै २ कोठे भवन )
– चैत्र महिना मा बार्षिक परिक्षा हुने भएको ले सो आगाबै फर्निचर र ईलेक्ट्रिक्स को ब्यबस्था गरि सक्ने
-चैत्र दोस्रो साता कम्प्युटर कति किन्ने र कहाँ किन्ने सप्लाईर र कोटेशन सार्वजानिक गर्ने
-चैत्रको अन्तिम साता कम्प्युटर बिध्यालयमा पुराई सक्ने
-बैसाख महिनामा कुन दिन उट्धाटन गर्ने अन्तिम तैयारी गर्ने

कम्प्युटर साक्षरता अभियान बर्ष: २०७१ को लागी अहिले सम्म भै सकेको कोशिस हरु

-२०६९ साउन अन्तिम साता केशव पुन हंङकंङ बाट १ थान कम्प्युटर तथा ईन्टरनेट कनेनक्शन स्पोन्सर

-२०६९ को हरेलो मेला को भिडियो क्लिपहरु बितरण गरेर कम्प्युटर सहयोग संकलन खर्च कटाएर १०६६५ बचत (बिबरण यहा हेर्नुहोस https://wakhetdiary.wordpress.com/2013/02/17/हरेलो-मेला-२०६९-को-dvd-बितरण-क/

-२०७० भदौ महिना मा कुमार राम्जाली को संयोजन मा पोर्चुगलमा सहयोग संकलन गरेर २ कम्प्युटर उपहार थप (बिबरण यहाँ हेर्नुहोस – https://wakhetdiary.wordpress.com/2013/09/25/वाखेत-डायरी-बिध्योदय-नि-म/

-वन नाईट सेफ फाउण्डर सुर्य राम्जाली बाट रु$ 2000 सहयोग प्राप्त
-हंङकंङ मा केशव पुन संयोजन र सम्पुर्ण वाखेतबासी को सहकार्यमा “कम्प्युटर साक्षरता अभियान बर्ष २०७१ लाई कम्प्युटर तथा वायरलेस प्रबिधि सहयोगार्थ च्यारिटी कार्यक्रम सफल सम्पन्न (बिबरण यहाँ हेर्नुहोस https://wakhetdiary.wordpress.com/2014/02/10/वाखेत-गाँउ-सम्पर्क-समिति/

-शिव पुन (हंङकङ) बाट १ कम्प्युटर (हंङकंङ) सहयोग प्राप्त
-रामचन्द्र पुन (ब्रुनाई) बाट १ कम्प्युटर प्राप्त
-छक प्रसाद थापा र तक ब. पुन (ओमन)
(बैसाख २०७१ कम्प्युटर सक्षरता अभियना उट्धाटन दिन हस्तान्तरण हुने)

-ओम रोका युके को संयोजन मा पुर्ख्यौली प्रवर्द्वन तथा संरक्षण कोष स्थापन, साथै भुपु गोर्खा कम्प्युटर ल्याब & ई-पुस्तकालय भवन लाई सहयोग संकलन र हस्तान्तरण बिबरण यहा हेर्नुहोस (https://wakhetdiary.wordpress.com/2014/02/16/युके-बाट-पुर्ख्यौली-प्रब/)

-ओम रोका ज्यु (युके) बाट ब्यक्तिगत/परिवारिक तर्फ बाट १ कम्प्युटर उपहार तथा बिध्योदय स्तरउन्नती कोष चिनो मा ६०,००० (साठी हजार) सहयोग
-अमेरिका बाट नर ब. राम्जाली को सहयोग मा भुपु भवन कोष को लागी ५०५५० (पचास हजार पाँच सय पचास) सहयोग प्राप्त भएको छ।

भै रहेका नया प्रयासहरु

-साउदी मा यु कुमार रोका को संयोजन मा १ कम्प्युटर उपहार पठाउने पहल हुदैछ
-बहरायन मा – बल ब. रोका को संयोजन मा पहल हुदैछ
-कतार मा अमर थापा र भरत पाईजा को पहल मा
-कोरियामा – चुनु पाईजा, पुर्ण कुमार रोका, भबिन्द्र पाईजा को पहलमा
-अस्ट्रेलियामा – तेजिन्द्र थापा को संयोजनमा पहल हुदैछ
त्यस्तै ईराक, दुबई, मेलेसिया र अन्य मुलुक जहाँ रोजगार को लागी पुगेका छन उनिहरु लाई सम्पर्क गरेर १ कम्प्युटर सहयोग माग्ने कोशिस भै रहेको छ।

(एउटा कम्प्युटर बराबर २५ हजार नेपाली रुपैया बनाईएको छ। हरेक देशमा १० जना लाई मात्रै बुझाउन सकियो भने संसार को १८ देशमा कार्यरत छौ हामी) यो अभियान सजिलै समपन्न हुन्छ।

– नेपाल मा कम्प्युटर साक्षरता सहकार्य समुह – वाखेत बन्ने तैयारी मा छ। जस्ले आफु सिक्ने छन र सिकाउने छन।

बिध्यालयलाई स्तर उन्नती गर्दै लगेर आफ्नै आँगन मा उच्च शिक्षा पाउन सक्ने बिध्यालय बनाउने वाखेत को लक्ष्य हो। कम्प्युटर अभियान मात्रै भएको भए बिध्यालय सँग कम्प्युटर किन्ने पैसा संकलन भैसकेको छ। सुरक्षा को लागी तार बार कमपाउण्ड जस्ता खर्च लाग्ने काम हरु रहेको ले हामी सबै को सहकार्य आवश्यक छ।

यो अभियान को लक्ष्य – २१ कम्प्युटर संकलन गर्नु हो (४ कम्प्युटर पुगी सकेको छ ३ हस्तान्तरण हुने क्रम मा छ) बांकी १४ कम्प्युटर यसरी हरेक देशमा अपिल गरे पछि कति आई पुग्छ त्यसमा नपुग कम्प्युटर हंङकंङ च्यारिटि बाट उठेको रकम ले किनिने छ र बैसाख महिना २०७१ को कुनै दिन मा हस्तान्तरण र उट्धाटन कार्यक्रम गरिने छ।

पोर्चुगल, युके, हंङकङ, बुर्नाई, ओमन यि देश बाट कम्प्युटर सहयोग प्राप्त भएको छ। हामीले यसो भन्नु को कारण सबैको सहकार्य भयो भने सबैलाई माया हुन्छ। सबै को माया भएको काम ले राम्रो नतिजा दिन्छ।

अन्य ठाउँ मा कम्प्युटर बिदेश बाट सहयोग मा आउने तर बिध्यालयले राम्रो ब्यबस्थापन गर्नु नसक्दा भनेजति उपलब्धी पाउन सकेका छैनन। यसो हुनु को कारण थोरै ब्यक्तीले धेरै सहयोग गर्नु र अरुले बास्ता नगर्नु नै हो।

हामी ले धेरैले सहयोग गरौ थोरै थोरै सहयोग गरौ र धेरै धेरै माया गरौ भन्ने सिद्दान्त प्रयोग गर्न खोजि रहेका छौ। त्यसैले कम्प्युटर मात्रै स्कुले नानी हरुलाई मात्रै होईन। हरेक लिंग, उमेर र सामुदाय लाई साक्षरता बनाउनु पर्छ भनेका छौ।

कम्प्युटर साक्षरता अभियान को उद्देश्य यहि नै हो – २०७१-२०७५ सम्म मा वाखेत का सबै उमेर लिंग र सामुदायलाई कम्प्युटर साक्षरता बनाउने छौ। यस्तै कार्यक्रम हरेक गाउँले आफैले आफ्नो ठाउँ मा गरे भने नेपाल कत्रो छ? नेपाली आफै बिकास गर्न सक्छन। जसरी एउटा गाँउले बाटो खनेको देखेर प्रतिस्पर्धा मा सबैले आफ्नो गाउँ मा मोटर बाटो पुराए बत्ती पुराए। अब शिक्षा पुराउनु बाँकी छ। किन कि शिक्षा नै बिकास र प्रबिधि को मुख्य आधार हो।

धन्यबाद।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s